नेपाल सुशासन पार्टीले निर्वाचन चिह्न माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज अन्तरिम आदेशबारे छलफल हुँदैछ । न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र डा.कुमार चुडालको संयुक्त इजलासमा रिटको पक्ष र विपक्षबीच छलफल हुने भएको हो ।रिट निवेदकको तर्फबाट संविधानविद् समेत रहेका अधिवक्ता डा.भीमार्जुन आचार्य अन्तरिम आदेश बारेको छलफलमा सहभागी हुनेछन् । विपक्षीबाट महान्यायाधिवक्ताको कार्यालयका अधिकारीहरू सहभागी हुनेछन् ।यसअघि २८ चैत २०७८ मा न्यायाधीशहरू प्रकाशमानसिंह राउत र तेजबहादुर केसीको संयुक्त इजलासमा अन्तरिम आदेशबारे छलफलका लागि रिटको पेसी तोकिएको थियो ।तर, समय अभाव देखाउँदै त्यसबेला
सुर्खेत / कर्णाली प्रदेशमा पाँचदलीय गठबन्धनलाई उम्मेदवार छनोट गर्न समस्या भइरहेको छ । तर, प्रमुख प्रतिपक्ष एमालेले भने धमाधम स्थानीय तहमा उम्मेदवार सिफारिस गरिरहेको छ । माओवादी केन्द्रका कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्लले १० जिल्लामा भएको छलफलमा कुनै सहमति नजुटेको जानकारी दिए । ‘सबै जिल्लाबाट रिपोर्ट आएको छ, तर सहमतिभन्दा विमतिकै रिपोर्ट बढी आएकाले पार्टीका प्रदेश अध्यक्ष विमला केसी छलफल हुँदैछ,’ उनले भने, ‘रिपोर्ट जे आए पनि प्रदेशबाट सहमति गरेर केन्द्रमा ५ वैशाखसम्म रिपोर्ट पठाइने छ ।आइतबार एकीकृत समाजवादीसँग माओवादीले छलफल गर्न लागेको छ । आफ्नो हैसियातभन्दा ठूलो भाग खोजेपछि सहमति हुन
लेटाङ । अखिल नेपाल महिला संघ लेटाङ नगरपालिकाको प्रथम अधिवेशनले मनकुमारी राईको अध्यक्षतामा ६३ सदस्यीय नगर कमिटी गठन गरेको छ । आज नेकपा एमाले स्थायी कमिटी सदस्य, पूर्वमन्त्री तथा पूर्वउपसभामुख डा. शिवमाया तुम्वाहाम्फेको प्रमुख आतिथ्यतामा लेटाङस्थित जनसेवा सामुदायीक भवनको कार्यालय परिसरमा भएको अधिवेशनले नयाँ कमिटी गठन गरेको हो ।नवनिर्वाचित कमिटीको उपाध्यक्षमा गंगा राई, सचिवमा तारा गुरागाईं निरौला, उपसचिवमा गोमा ढकाल र कोषाध्यक्षमा चम्पा मगरलाई चयन हुनु भएको छ । हाल लेटाङ नगर उपप्रमुख समेत रहनु भएकी कृष्णकुमारी निरौलाको संयोजकत्वमा रहेको नगर कमिटी विगठन गरि अधिवेशनबाट नयाँ कमिटी गठन गरिएको हो । उप
राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आफनो पार्टीबाट स्थानीय तहमा उम्मेदवार हुनेले भ्रष्टाचार नगर्ने कसम खुवाएर मात्रै टिकट दिने बताएका छन् । ‘एउटा हातमा राजीनामाको कागज लिन्छौँ र अर्को हातमा टिकट दिन्छौ भ्रष्ट्राचार नगर्ने प्रतिबद्धता जनाउनै पर्छ,’ उनले भने ।पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर–७ शिवपुरगढीमा शनिवार बिहान आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भ्रष्टाचारले देश बर्बाद भएको बताए । राप्रपाले भ्रष्टाचार शून्यमा झार्ने र जनताका पक्षमा काम गर्ने लिङ्देनको भनाइ थियो ।निर्वाचनमा असल मान्छे र राम्रो पार्टीलाई विजयी नग
सर्लाही / आफूलाई मधेशका ठेकेदार ठान्नेहरूबाट मधेश मुक्त भएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताए । शनिबार सर्लाहीको मलंगवामा एमाले जिल्ला कमिटीले आयोजना गरेको आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले अब आफूलाई कसैले मधेशको ठेकेदार नठान्न चेतावनी दिएका छन् । विभिन्न पार्टीका नेता तथा कार्यकर्तालाई पार्टीमा स्वागत गर्दै ओलीले मधेशका नागरिकलाई मधेशको ठेकेदार ठान्नेहरूले नै शोषण गरेको दाबी गरे ।२०४६ सालको आन्दोलनपछि २०४७ साल वैशाखमा सर्लाही सदरमुकाम मलंगवा आएको स्मरण गर्दै उनले ३२ वर्षपछि आउने अवसर जुरेको भन्दै खुसी व्यक्त गरे । मधेशको जनताको आर्थिक, सामाजिक तथा समग्र विकास
देश विरामी भएर राजनितिमा आएको होः डा. खगेन्द्र ओली इटहरी , लामो समय सम्म डाक्टर भएर बिरामीको सेवा गर्दै अाएका डा खगेन्द्र ओली अव भने राजनितिबाट देशको उपचार गर्ने उदेश्यले इटहरी उपमहानगरपालिका वडा न ४ मा आउने भएका छन् । नेकपा एकिकृत समाजवादी पार्टीले इटहरी उपमहानगरपालिका वडा नम्बर ४ को नेतृत्वका लागि डा.खगेन्द्र ओली सहित ४ जनाको नाम सिफारिस गरेपछि यतिबेला युवा वर्गको रोजाइमा परेका डा खगेन्द्र वली चर्चामा रहेका छन् । स्थानीय तहको चुनाव नजिकिँदै जाँदा पार्टीले वडा नम्बर ४ का लागि पार्टीका वडा नम्बर ४ अध्यक्षका लागी होमियोप्याथी बिधाको चर्चित युबा डाक्टर तथा एकिकृत स
२ वैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशको एक्लो उपमहानगरपालिका धनगढीमा सत्तारुढ गठबन्धनले अझै भागबण्डा टुंगो लगाउन सकेका छैनन् । गठबन्धनले महानगरपालिकामा जस्तै उपमहानगरपालिकामा पनि केन्द्रबाटै सहमति गर्ने भनेको छ । तर केन्द्रले अहिलेसम्म सहमति जुटाएको छैन ।स्थानीय नेतृत्वले भने आ आफ्नो दाबी राखेका छन् । नेपाली कांग्रेसले मेयर र उपमेयर दुवैमा दाबी गरेको छ । नेकपा माओवादी केन्द्रले पनि उपमेयरमा दाबी नछाड्ने बताएको छ भने नेकपा एकीकृत समाजवादीले सबै पदमा उम्मेद्वार सिफारिस गर्ने, तर बाँडफाँटमा लचक हुने नीति लिएको छ ।कांग्रेस र माओवादीका आफ्नै दाबी२०७४ सालको स्थानीय तहको चुनावमा १२ वडासहित धनगढीको मेय
१ वैशाख, काठमाडौं । निर्वाचन आयोगले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोधेको छ ।निर्वाचन आचार संहिता उल्लंघन गरेको भन्दै आयोगले उनीसँग स्पष्टीकरण सोधेको हो । नेकपा माओवादी केन्द्रले घिसिङको फोटो राखेर निर्वाचन प्रचार सामग्री बनाएको थियो फोटो राखेर प्रचार सामग्री बनाउन दिने विषयमा तपाईंको सहमति हो कि होइन भनेर स्पष्टीकरण माग्ने निधो भएको हो’ आयोग स्रोतले भन्यो, ‘सहमति होइन भने त्यस्तो फोटो सहितको प्रचारसामग्री देख्दादेख्दै आयोगमा किन उजुरी गर्नुभएन भनेर सोध्ने निर्णय भएको हो ।’आयोगले माओवादी केन्द्रको प्रचार सामग्रीमा फोटो सहमतिमै राखिएको हो कि होइन भनी प्
२ वैशाख , काठमाडौं । राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले आसन्न स्थानीय तहको निर्वाचनमा ४० प्रतिशत युवालाई उम्मेदवार बनाउन सबै राजनीतिक दललाई आग्रह गरेका छन् । युवाहरूको सार्थक र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरेमात्र मुलुकले समृद्धिको मार्ग पहिल्याउन सक्ने बस्नेतको धारणा छ ।परिषदको तर्फबाट जारी गरिएको नव वर्ष २०७९ को शुभकामना विज्ञप्तिमा बस्नेतले भनेका छन्, ‘आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा ४० प्रतिशत युवाहरुलाई उम्मेदवार बनाउन सबै राजनीतिक दलहरूलाई हार्दिक आह्वान गर्न चाहन्छौं ।राष्ट्रिय युवा नीति, २०७२ अनुसार नेपालमा १६ देखि ४० वर्ष सम्मका उ
काठमाडौं / नेकपा एमालेका नेता भीम रावलले आफ्नो पार्टीको चुनाव चिन्ह्र ‘सूर्य’ अरुलाई प्रयोग गर्न दिएकोमा आपत्ति जनाएका छन् । नेकपा एमालेले बुधबार कमल थापा नेतृत्वको राप्रपा, नेपाल र परिवार दललाई आगामी स्थानीय तह निर्वाचनमा सूर्य चिन्ह प्रयोग गर्न दिने सहमति गरेपछि रावलले आपत्ति जनाएका हुन् ।‘विपरीत सिद्धान्त भएका राप्रपा र परिवार दलका उम्मेदवारले एमालेको सूर्य चिन्हमा लड्ने तर एमाले हुनु नपर्ने रे! के सूर्य चिन्ह बिक्री हुने व्यवसायिक चिन्ह हो र ? यसलाई ठूलो ठेकेदारले ठेक्का लिएर सानो ठेकेदारलाई काम दिएजस्तो गर्न मिल्छ र ? दलीय प्रणाली र कम्युनिष्ट पार्टीको फजिती मात्र!,’ रावलले सामाजिक सञ्जाल
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.