इटहरी , नेकपा एमाले इटहरी वडा न २ अन्तगर्त आयुर्वेद हवाइचोक टोल कमिटि गठन सम्पन्न भएको छ । स्थानीय निकायको निर्वाचन तोकिएसंगै एमालेले इटहरी २ मा आफ्नो संगठन बिस्तार र सुदृढीकरणको अभियानलाई तीब्र पार्दै उत्त टोल कमिटि गठन गरेको हो । नव गठित टोल कमिटीको अध्यक्षमा भोला आचार्य चयन गरिएको छ भने उपाध्यक्षमा शेषराज घिमिरे ,सचिवमा डिक राज घिमिरे, सहचीवमा विशाल खतिवडा र दिपक थापा सहित २७ सदस्यीय कमिटी सर्बसहमत गठन गरिएको थियो । नेपाल निर्वाचन आयोगले निर्वाचन मिति तोके सगै नेपाल कम्युनिष्ट पाटि नेकपाले इटहरी वडा न २ का विभिन्न स्थानमा आफ्नो सकृयता देखाउदै कमिटि गठनलाई तिब्र पारेको छ । टोल कमिटि संगै उर्
मोरङ : औपचारिक रुपमा एमाले प्रवेश गर्न लागेका मोरङस्थित रंगेली नगरपालिकाका प्रमुख दिलिप बगडिया (अग्रवाल) लाई माओवादी केन्द्रले कारबाही गरेको जनाएको छ । माओवादी केन्द्रका प्रदेश १ अध्यक्ष हर्कबहादुर नेम्वाङले एक विज्ञप्ति जारी गर्दै पार्टीले २०७८ साल फागुन १५ गतेदेखि लागू हुने गरी पार्टीको साधारण सदस्यसमेत नरहने गरी उनलाई निष्काशन गरेको जनाएका हुन् । ‘पार्टी नगर कमिटी इन्चार्जको जिम्मेवारी समेत रहेका अग्रवाल पार्टीलाई क्षति पुग्ने गतिविधि गर्दै पार्टी र नगर प्रमुखको शक्तिलाई आफ्नो व्यवसायीक स्वार्थमा प्रयोग गर्न खोजेपछि सदस्यसमेत नरहने गरी उनलाई निष्काशन गरेको जनाएका हुन् । जिल्ल
इटहरी / नेकपा माओवादी केन्द्र इटहरी उपमहानगरपालिकाको इन्चार्जमा मदन चुँडाल नियुक्त भएका छन् । १ नम्बर प्रदेश समितिको दोस्रो पूर्ण बैठक बाट चुडाललाइ इटहरी इन्चार्जकाे जिम्मेवारी दिइएको हो ।इटहरी कार्य क्षेत्र बनाएका चुँडाल राजनीति सँगै व्यवसायमा समेत सक्रिय छन् ।
झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश १ को नाम कोशी राख्दा उपयुक्त हुने बताएका छन् । प्रेस चौतारी नेपाल प्रदेश १ को आज बिर्तामोडमा आयोजित प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले मानव सभ्यताभन्दा अघिदेखि नै कोशी नदीको उत्पत्ति भएका कारण प्रदेश १ को नाम ‘कोशी प्रदेश’ राख्दा उपयुक्त हुने सुझाव दिएका हुन् । उनले भने ‘कोशीले पुरानो सभ्यता र परम्परा बोकेको छ । यहाँका धर्म, ज्ञान, संस्कृति, सभ्यता र परम्परा योसँग जोडिएका छन् । त्यसैले कुनै भ्रममा नपरी प्रदेशको नामाकरण कोशी गर्दा हुन्छ ।’
सुन्दरहरैचा / मोरङको सुन्दरहरैचा नगरपालिकामा भुमी आयोगले सुकुम्बासी र अव्यवस्थित बसोबासको जग्गा नापजाँच गर्ने कार्य शुरु गरेको छ ।केन्द्रिय भुमिआयोगका अध्यक्ष केशब प्रसाद निरौला, नगरप्रमुख शिवप्रसाद ढकाल उपप्रमुख धनमाया तामांग, प्रमुख प्रसासकिय अधिकृत बिनोद भट्टराई, सेखर ढकाल, वडा नं १०अध्यक्ष राजेन्द्र बहादुर थापा स्थानीय भूमिहीन, सुकुम्बासी, सर्वसाधारणको उपस्थितिमा बुधबार सुन्दरहरैचा नगरपालिकाको वडा नं १० बाट सुकुम्बासी र अव्यवस्थित बसोबासको जग्गा नापजाँच गर्ने कार्यको शुभारम्भ गरेको हो ।जग्गा नापजाँच कार्यको शुभारम्भ गर्दै भुमी आयोगका केन्द्रिय अध्यक्ष केशव निरौला
रामधुनी / रामधुनीमा युवासङ्घको एक कार्यक्रममा बोल्दै नेपाल कम्युनिस्ट पार्टी(एमाले) सुनसरी जिल्ला कमिटी अध्यक्ष रेवती रमण भण्डारीले आगामी चैत्रसम्ममा सुनसरीका करिब आधा माओवादी नेता–कार्यकर्ता एमाले प्रवेश गर्ने तयारीमा रहेको दाबी गरेका छन् ।‘माओवादी भन्ने पार्टी इतिहासमा विद्यार्थीहरूलाई पढ्नका लागि काम लाग्न सक्छ, राजनीतिमा काम लाग्दैन ।’ उनले भने, ‘अन्तको म कुरा गर्दिन, सुनसरीमा चैत्र महिनासम्म माओवादीका आधा नेता–कार्यकर्ता एमालेमा आउँदै हुनुहुन्छ ।’ लोकतन्त्र, आवधिक निर्वाचन, विधिको शासन, गरिबी निवारण, समाजवाद जस्ता एजेण्ड एमालेसँगै भएपछि अन्य कम्युनिस्ट पार्टीको दोकान खोल्नुको कुनै औचित्य
काठमाडौं: आफ्नो पार्टीले कारबाही गरेका १४ सांसदलाई सभामुख अग्निप्रसाद सापकोटाले निलम्बनको भएको सूचना टाँस नगरेकोमा एमाले अध्यक्ष केपी ओलीले सभामुखविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने बताएका छन् ।मंगलबार आयोजित पत्रकार सम्मेलनमा ओलीले सभामुखले राजीनामा नदिए महाअभियोग ल्याउने उनले चेतावनी दिएका हुन् । तर उनले आफ्नाे पार्टी देशमा राजनीतिक अस्थिरता ल्याउने पक्षमा नरहेकाे भन्दै सभामुखलाई राजीनामा दिन आग्रह गरे ।‘हामी सभामुखविरुद्ध महाभियोग ल्याउन पनि सक्छौँ, नल्याउन पनि सक्छौँ यदि उहाँले समयमै राजीनामा दिनुभयो भने,’ उनले भने। पार्टीविरुद्ध राजनीतिक हिसाबले आपराधिक गतिविधि गर्ने एमाले सांसदलाई गर
काठमाडौं / नेकपा एमालेले देशमा पछिल्लो समय भइरहेको राजनीतिक घटनाक्रम र अमेरिकी सहयोग परियोजना एमसीसी प्रस्ताव संसदबाट पास हुनलाई ‘ठगी धन्धाको पर्दाफास’ भनेको छ । एमालेद्वारा आज अायोजित पत्रकार सम्मेलनमा अध्यक्ष केपी शर्मा ओलीकाे लिखित भाषणलाई उपमहासचिव प्रदिप ज्ञवालीले पढेर सुनाउँदै भने, ‘सरकारभित्रै रहेका दलले एमसीसी ठिक होइन, ठिक छैन भन्ने, एकै छिनमा सरकारमा रहिरहने तर एमसीसीको विपक्षमा मत दिने भन्ने, सरकारमै रहेर ‘राष्ट्रघाति’ प्रस्ताव भन्ने जस्ता क्रियाकलाप केही दिन हामीले देख्यौं । अन्तिममा तिनै दलले प्रस्ताव पास गरे । यो घटनाले गठबन्धन सरकारको ठगी धन्धा पर्दाफास भएको
विराटनगर : काँग्रेस संसदीय दलले प्रदेश नम्बर १ सरकारको तीन महिने कार्यकालको समीक्षा गर्दै कामको प्रभावकारिता चित्तबुझ्दो र परिणाममुखी नदेखिएको निष्कर्ष निकालेको छ ।संसदीय दलका नेता राजीव कोइरालाको अध्यक्षतामा आइतबार बसेको बैठकले गठबन्धन सरकार मूल मर्ममा गठन भएको थियो त्यसअनुसार अघि बढ्न नसक्दा गठबन्धनको संस्कृति र मूल आत्माबाट नै विमुख भएको देखिएको ठहर गरेको छ । काँग्रेस सचेतक सूयर्माराज राईका अनुसार बैठकले दलहरूको बिचमा सहमति हुनुपर्ने, मन्त्रीहरूको बिचमा समन्वय हुनुपर्ने, मन्त्री तथा मुख्यमन्त्रीबिच सरसल्लाह हुनुपर्ने, दल दलहरूबिच अनि नेता नेताहरूबिच पनि समन्वयको अभाव देखिएको बता
सुन्दरहरैँचा । अमेरिकी सहयोग परियोजना मिलेनियन च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसदबाट अनुमोदन भएको छ । आइतबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौताबारे उठेका प्रश्नहरुलाई समेटेर १२ बुँदे व्याख्यात्मक घोषणा प्रस्ताव गरेका थिए । कुनै पनि सैन्य गठबन्धनमा आवद्ध नहुनेलगायत ब्याख्यात्मक घोषणासँगै एमसीसी संसदबाट अनुमोदन भएको हो । सम्झौता पारित गर्न संसदमा ध्वनि मत प्रयोग गरिएको थियो।प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने एमसिसी अनुमोदन प्रक्रियामा सहभागिता जनाएन। एमसिसी पारित हुँदा एमाले सांसदहरू वेल घेरेर नाराबाजी गरिरहेका थिए। संसदबाट अनुमोदन भएसँगै ५०
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.