झापा । माघ १५ गते । झापाको पुरानो र ठूलो चिया बगान गिरी बन्धु टी स्टेटको जग्गा बिक्रीको विषयलाई लिएर राजनीतिक आरोप प्रत्यारोप सुरु भएको छ ।गिरीबन्धु टी स्टेटले हदबन्दीभन्दा बढी राखेको चियाबगानको जग्गा सट्टापट्टाको नाममा बिक्रीवितरण गरेर कम्पनी स्थानान्तरण गर्न दिने निर्णयको स्थानीय राजनीतिक दलले विरोध गरिरहेका छन् ।गिरीबन्धु टी स्टेटको स्वामित्वमा झापाको विर्तामोड र अर्जुनधारा गरी ३४१ बिघाभन्दा बढी जग्गा रहेको छ । केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले भूमिसम्बन्धी ऐन २०२१ संशोधन गरी चिया बगानको जग्गा बिक्रीका लागि बाटो खुला गरेको थियो ।प्रदेश १ सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सत्तारुढ दलको स्थानीय तहको निर्वाचन टार्ने प्रयास असफल भएको बताएका छन् । शनिबार सत्तारुढ गठबन्धनको बैठकले आगामी जेठभित्रै स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेसँगै एमाले महासचिव पोखरेलले यस्तो प्रतिक्रिया दिएका हुन् ।पोखरेलले सामाजिक सञ्जाल फेसबूकमा भनेका छन्, ‘स्थानीय तहको निर्वाचन टार्ने प्रयास असफल भएपछि सत्ता गठवन्धनले भनेछ, ‘जेठ अगावै चुनाव गर्ने ।’ हो, यसैलाई भनिन्छ जनमतको तागत ।’प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले वैशाखमै निर्वाचन गर्नुपर्ने दबाब दिँदै आए पनि सरकारले निर्वाचनको मिति तोक्न आलटाल गर्दै आएको थियो । सत्तारुढ गठबन्धन निर्वाचन
पाँच दलीय गठबन्धनको प्रदेश १ सरकारले सरकारी ढुकुटी रित्तिने गरी मन्त्रालय विभाजनको आन्तरिक गृहकार्य गरिरहेको छ ।मुख्यमन्त्री राजेन्द्र राई नेतृत्वको प्रदेश १ सरकारले हाल कायम रहेको ७ मन्त्रालयलाई फुटाएर ११ देखि १३ वटा मन्त्रालयमा विभाजन गर्ने तयारी गरिरहेको हो ।गठबन्धन भित्रको खटपटले घोषित मन्त्रीमण्डल विस्तारको काम अलमलमा परेको बेला सरकारले राजनीतिक भागबन्डा मिलाउन मन्त्रालय विभाजनको तयारी थालेको हो । सरकारको उक्त तयारीसँगै सरकारको टाउकोमा व्ययभारको बोझ थपिने निश्चित छ ।सेवा प्रवाहमा चुस्त बनाउनुको सट्टा राजनीतिक भागबन्डा पुर्याउनकै निम्ति मन्त्रालय फुटाउने तयारी गर्नु गलत भएको राजनीतिक विश्
काठमाडौं । सत्तारुढ ५ दलीय गठबन्धनमा २०७९ साल असोजपछि मात्रै स्थानीय निर्वाचन गर्ने सहमति जुटेको छ । बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकले संविधानसँग बाझिएका कानून संशोधन गरी असोज उप्रान्त स्थानीय निर्वाचन गर्ने सहमति गरेको हो ।जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले २०७४ सालमा तीनै चरणको निर्वाचनबाट निर्वाचित स्थानीय जनप्रतिनिधिहरुको कार्यकाल पूरा भएपछि मात्रै स्थानीय निर्वाचन गर्ने सहमति भएको पुष्टी गरेका छन् ।
उर्लाबारी । नेकपा एमालेका सचिव योगेश भट्टराईले अपाकृतिक पाँच दलीय गठबन्धन संबिधानलाई समाप्त पार्ने दिशामा अघि बढेको बताउनुभएको छ ।नेकपा एमाले उर्लाबारी नगर कमिटिले आयोजना गरेको अगुवा कार्यकर्ता भेला कार्यक्रममा बोल्दै सचिव भट्टराईले स्थानीय तहको निर्वाचन नगरेर बर्तमान गठबन्धन संबिधान समाप्त पार्न लागेको आरोप लगाउनुभयो । सचिव भट्टराई संघियताको जग नै स्थानीय तह भएकाले यसलाई रिक्त बनाएर स्थानीय तहलाई संघीय सरकारको छाँया बनाउने प्रयास भईरहेको बताउनुभयो ।बैशाखमा स्थानीय तह निर्वाचन भएमा अधिंकाश स्थानमा एमाले विजयी हुने देखिएकाले बर्तमान सरकार निर्वाचन सार्न लागिपरेको बताउनुभयो । स्थानीय तहमा ए
सुन्दरहरैँचा / मुल्यबृद्धि र स्थानीय तहको निर्वाचन नगर्ने षड्यन्त्र बिरुद्ध नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ र अनेरास्वबियुले आज झापाको दमकमा विरोध प्रदर्शन गरेका छन् ।दमकको गणतन्त्र चौकमा भेला भएका युवा संघ र अनेरास्वबियुका नेता कार्यकर्ताले विरोध जनाएका हुन् । महंगी, पेट्रोलियम पदार्थको मूल्यवृद्धि, राज्यको जिम्मेवार तहमा बसेका व्यक्तिहरुको असंवैधानिक अभिव्यक्ति र स्थानीय तहको निर्वाचन नगर्ने चलखेलका विरुद्धमा विरोध प्रदर्शन गरिएको राष्ट्रिय युवा संघकी केन्द्रीय सदस्य चन्द्रमाया निरौलाले जानकारी दिनुभयो ।विरोध प्रदर्शनलाई राष्ट्रिय युवा संघ नेपाल पूर्व केन्द्रीय सचिव सु
राष्ट्रिय युवा संघ नेपाल केराबारी मोरङ्गको सहकार्यमा राष्ट्रिय युवा संघ नेपालको केन्द्रिय सदस्य तथा नेकपा एमाले मोरङ्ग जिल्ला कमिटी सदस्य सुमन मिरिङचिङ मगरद्वारा इलाका प्रहरी कार्यलय केराबारीको हिरासत कक्षको लागि न्यानो कपडा हस्तान्तरण गरिएको छ / आफ्नो राजनीतिक साथै सामाजिक दाइत्यो पुरा गर्न न्यानो कपडा हस्तान्तरण गरिएको मगरले बताउनु भयो / अति विपिन्न परिवारहरुलाइ न्यानो कपडा तथा खाद्य सामग्री वितरण गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यलयको हिरासत कक्षको लागि पनि न्यानो कपडा आवश्यकता देखेर प्रदान गरिएको मगरले बताउनु भयो /
राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एस, जसपा र राष्टिय जनमोर्चाको तर्फबाट बनेको पाँच दलीय गठबन्धनले सानदार जित हात पार्दा प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहेको नेकपा एमालेले पनि गठबन्धनलाई चुनौती दिँदै एक सिट जोगाएको छ ।सत्ताधारी दलहरू गठबन्धनसहित मैदानमा उत्रिँदा एमालेले प्रदेश १ तर्फ आफ्ना उम्मेदवारलाई विजयी बनाउन सफल भएको हो । योसँगै १९ सिटका लागि भएको निर्वाचनमा एमाले ‘क्लिनस्विप’ हुनबाट जोगिएको हो ।निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम परिणामअनुसार चुनाव भएका १९ मध्ये १८ सिटमा गठबन्धनमा आबद्ध दलका उम्मेदवार विजयी भएका छन् ।प्रदेश १ मा एमालेका सोनम
प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताएका छन् । बुधबार १९ सिटका लागि भएको राष्ट्रियसभा निर्वाचनमा एमाले एक सिट मात्र जित्ता बाँकी सत्ता गठबन्धनले हात पारेकाे थियाे । रिमालले बिहीबार सामाजिक सञ्जालमा भनेका छन्, ‘अपहरित पुरानो जनमतको बलमा गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ सकियो । चौतर्फी घेरा तोडेर विजयी सोनाम ग्याल्जेन शेर्पालाई हार्दिक बधाई ।’ उनले अहिलेकाे राष्ट्रियसभा निर्वाचन पुरानाे जनमत रहेकाे उल्लेख गर्दै आगामी स्थानीय प्रदेश र संघीय निर्वाचन नै ‘रियल’ हुने बताएका छन् ।‘अब हुने निर्वाचन ‘रियल’
विराटनगर : नेकपा एमाले प्रदेश नम्बर १ संसदीय दलले प्रदेशसभाको बैठक बोलाउन माग गरेको छ ।तीन महिनादेखि प्रदेशसभा बैठक नबोलाएको भन्दै एमालेले संसद् बैठक बोलाउन माग गरेको हो । एमाले संसदीय दलको आज बसेको बैठकले संसद् बोलाउने सहित विभिन्न सात बुँदे माग राख्दै प्रदेश सरकारको ध्यानाकर्षण समेत गराएको एमाले प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले बताए ।बैठकले एमालेको नेतृत्वको सरकारले गरेका निर्णयलाई अहिलेको सरकारले जथाभाबी खारेज गर्ने र एमाले संसद्का क्षेत्रमा विनियोजित बजेट कटौती गर्ने कार्य रोक्न पनि माग गरेको छ ।आफ्नो पार्टी नेतृत्वको सरकारका पालामा भए गरेका काम र निर्णय फेरबदल भएका विषय छानबिन गर्न ह
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.