इटहरी । आफ्नै घरमा बसेर सरकारबाट आवास भत्ता लिएको विषय सार्वजनिक भएपछि कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारी विवादमा तानिएका छन् । इटहरीका स्थायी बासिन्दा भण्डारी मन्त्री नियुक्त भएको १० महिनादेखि आफ्नै घरबाट कार्यालय आउजाउ गर्दै आएका छन् । तर, सरकारले मन्त्रीलाई आवास उपलब्ध नगराएमा मासिक २९ हजार रुपैयाँ घरभाडा ९आवास भत्ता० दिने कानुनी व्यवस्था अनुसार भण्डारीले १० महिनामा २ लाख ९० हजार रुपैयाँ बुझेको तथ्य बाहिरिएपछि प्रश्न उठेको हो । खासगरी १७ मंसिर ०८१ मा मन्त्री नियुक्त भएका उनले १० महिनाको घरभाडा बुझिसकेका छन् । समाचार बाहिरिएपछि उनको सामाजिक सञ्जालमा आलोचना भएको छ
सुनसरी । नेकपा एमालेले कात्तिक २९ गते सुनसरीका विभिन्न स्थानमा विशाल जनजागरण र्याली आयोजना गर्दै इनरुवामा भव्य कोणसभा सम्पन्न गरेको छ। जिल्लाभरिका नेता-कार्यकर्ता, युवा, व्यापारी, स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणको उल्लेख्य सहभागितासहित कार्यक्रम उत्साहपूर्वक सम्पन्न भएको हो।जिल्ला अध्यक्ष परशुराम यादवका अनुसार र्यालीमा ६,००० भन्दा बढी मोटरसाइकल सहभागी थिए। विभिन्न स्थानीय तह, वडा संरचना तथा जनस्तरसम्मको सक्रिय समन्वयमा इतिहासकै भीडसहित र्याली अघि बढेको उहाँले बताउनुभयो।र्यालीका प्रमुख मार्गहरूदुहबी र धरानबाट छुट्टिएर निस्किएका दुई ठूला मोटरसाइकल समूह इटहरीमा भेला भई रामधुनी हुँदै इनरुवा
सुनसरी । नेकपा एमालेले कात्तिक २९ गते सुनसरीका विभिन्न क्षेत्रमा भव्य सहभागीता सहित जनजागरण र्याली र कोणसभाको तयारी पूरा गरेको जनाएको छ। पार्टीका जिल्ला अध्यक्ष परशुराम यादवका अनुसार यस पटकको र्यालीमा ३ हजारभन्दा बढी मोटरसाइकल सहभागी हुने अनुमान गरिएको छ। स्थानीय तहदेखि जनस्तरसम्म व्यापक रूपमा सहभागिता सुनिश्चित गर्न सबै पक्षले सक्रिय रूपमा अभियान सञ्चालन गरिरहेको उहाँले बताउनुभयो।एमाले सुनसरीले युवादेखि व्यापारी, स्थानीय प्रतिनिधि तथा तल्लो तहका संरचनालाई समेत समन्वय गर्दै र्यालीलाई ऐतिहासिक बनाउन तयारी तीव्र बनाएको छ। जिल्लाका विभिन्न भागमा मोटरसाइकल र्यालीका लागि टोलीहरू गठन गरिएका छन्
✍️विश्व प्रकाश तिम्सिना(शर्मा)युवा नेता,नेपाली कांग्रेस(झापा)नेपालको लोकतान्त्रिक यात्राको प्रत्येक मोडमा नेपाली कांग्रेसको नाम स्वर्ण अक्षरमा लेखिएको छ। राणाशासनको अन्त्यदेखि बहुदलीय प्रजातन्त्रको पुनःस्थापना, ०४६ सालको जनआन्दोलनदेखि २०६२/६३ को ऐतिहासिक आन्दोलनसम्म — कांग्रेसले देशलाई स्वाधीनताको बाटोमा डोर्यायो। संविधान निर्माण, नागरिक अधिकारको संस्थागत व्यवस्था र जनताको आवाजको प्रतिनिधित्व यी सबै कांग्रेसको योगदान हुन्।तर आजको यथार्थ भिन्न छ। जनताको पार्टी भनेर चिनिने कांग्रेस अहिले सत्ताको दलजस्तो देखिन्छ। संगठनभित्रको असन्तुलन, गुटगत स्वार्थ र टिकटको दौडबाजीले जनताको विश्वास ओझेलमा
विराटनगर । लोकतन्त्र बलियो भयो भनेमात्रै श्रम आन्दोलन बलियो हुने नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष विनोद श्रेष्ठले बताउनुभएको छ । जिफन्ट कोशी प्रदेश कमिटीले सुरु गरेको बदलिएको राजनीतिक परिवेशमा श्रमिकहरुसंग सम्वाद अभियानको शुभारम्भ गर्नुहुँदै उक्त कुरा बताउनु भएको हो । जेनजी घटनापछि श्रम बजार र श्रमिकहरुको जीवनमा परेको असर बारे मंसिर महिनाभरी कोशी प्रदेशभरीका सबै प्रतिष्ठानसम्म पुगेर श्रमिकहरुसंग प्रत्यक्ष सम्वाद् गर्ने अभियानको शुभारम्भ मंगलबार विराटनगरमा जिफन्ट अध्यक्ष विनोद श्रेष्ठले गर्नुभएको हो । अध्यक्ष श्रेष्ठले जेनजी आन्दोलनका नाममा भएका हिंशा र विध्वंशले देशमा राजनीतिक संक
इटहरी / जेनजी घटनापछि आधारभूततह र युवा पुस्ताका भावनासंग हाम्रो पार्टी नेतृत्व जोडिनु पर्छ भन्ने उदेश्यले पार्टीले आफ्ना नीतिहरु बनाईरहेको नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इन्चार्ज शेरधन राईले बताउनुभएको छ । जेनजी पुस्ताको शक्तिलाई दुरुपयोग गरेर भदौ २४ गते देश माथि आक्रमण भएको तथ्यलाई उजागर गर्नुहुँदै कार्यक्रमका प्रमुख अतिथि राईले जेनजीहरुमाथिको गोली प्रहारको गम्भिर छानबिन गर्नुपर्ने बताउनु भएको छ । वहाँले भन्नु भएको छ विद्यालयका सानासाना विद्यार्थीहरुलाई पोशाकमै कसले बोलायो ? ती साना अबोध बालबालिकामाथि कस्ले गोली चलायो ? विद्यार्थीहरुको टाउकोमै कसरी गोली लाग्य
इटहरी। कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले किरात धर्मावलम्बीहरूका महागुरु फाल्गुनन्द लिङ्देनलाई महान् धार्मिक तथा समाज सुधारक र समाजका लागि व्यवहारिक नीति नियम बनाउने दार्शनिकको रूपमा लिइने गरेको बताउनुभयो । मङ्गलबार फाल्गुनन्द जयन्तिको शुभकामना सन्देश दिनुहुँदै उहाँले सो कुरा बताउनुभएको हो । राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनले समाज सुधारका लागि खेलेको भूमिकाको कदर गर्दै हरेक वर्ष कात्तिक २५ गते उहाँको जन्मजयन्ती मनाउने गरिन्छ । सामाजिक चेतना फैलाउने फाल्गुनन्दलाई महान् धार्मिक तथा समाज सुधारक र समाजका लागि व्यवहारिक नीति नियम बनाउने दार्शनिकको रूपमा लिइन्छ । विशेषगरी फाल्गुनन्द लिङ्
इनरुवा, सुनसरी । नेपाल खेलकुद महासङ्घ इनरुवा र युवा सङ्घ इनरुवाको संयुक्त आयोजना तथा नेकपा (एमाले) इनरुवा नगर कमिटीको सहकार्यमा आज सुनसरीको सदरमुकाम इनरुवामा भव्य मोटरसाइकल र्याली सम्पन्न गरिएको छ ।देशभरि नेकपा (एमाले)ले सञ्चालन गरिरहेका विविध राजनीतिक र जनजागरण कार्यक्रमहरूको क्रममा आज इनरुवामा आयोजित उक्त र्यालीमा सयौँ युवा उत्साहपूर्वक सहभागी भएका थिए । झण्डा, ब्यानर र देशभक्तिपूर्ण नारासहितको र्यालीले इनरुवाको मुख्य बजार गरेको थियो ।नेपाल खेलकुद महासङ्घका केन्द्रीय सचिव विप्लव घोषले र्याली युवाहरूमा जागरण र राष्ट्रिय एकताको भावना प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजना गरिएको बताउनुभयो
सुन्दरहरैचा। नेकपा एमालेको जनपरिचालन कार्यक्रम अन्तर्गत आज मंगलबार देशभरका ७ सय ५३ पालिकामा जनप्रदर्शन हुँदैछ । त्यसै अन्तर्गत कोशी प्रदेशका पनि १३७ ओटै पालिकामा प्रतिगामी षडयन्त्र विरुद्ध एमालेले जनपरिचालन गर्ने निर्णय गरेअनुसार वडा, पालिका, जिल्ला र राष्ट्रिय रुपमा जनप्रदर्शनका कार्यक्रम अगाडि बढाएको हो ।यसअघि कात्तिक २२ गते देशका ६ हजार ७ सय ४३ वटै वडामा वडा भेला भइसकेका छन् । भेलामा भदौ २४ गतेपछि विकसित राजनीतिक घटनाक्रम, संसदको गैरसंवैधानिक विघटन र एमालेको आगामी बाटोका बिषयमा कार्यकर्ताहरुलाई प्रष्ट पारिएको नेकपा एमाले केन्द्रीय सदस्य तथा कोशी प्रदेश इन्चार्ज शेरधन राईले बताउनुभयो
काठमाडौं । सरकारले मधेश प्रदेशकी प्रमुख सुमित्रा भण्डारीलाई पदमुक्त गरेर सुरेन्द्र लाभ कर्णलाई नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.