इटहरी । नेकपा (एमाले) का नेता कृष्णभक्त पोखरेलले भ्रष्टाचारको कुनै पनि मुद्दामा एमालेका नेताहरु जोडिएको भए छानविन गर्न सरकारलाई चूनौति दिनुभएको छ । मंगलबार रिपोर्टर्स क्लब नेपालले काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले एमालेका नेताहरुमाथि लाग्ने गरेको आरोप गिरीबन्धुदेखि ओम्नीसम्म छानविन गर्न सरकारलाई चूनौति दिनुभएको हो । पोखरेलले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारको टीओआर निर्वाचनमात्रै रहेको बताउनुभयो । सबैभन्दा बढी पपुलर मत पाएका नेता (केपी शर्मा ओली) लाई स्थान हद गरेर निष्पक्ष निर्वाचन हुन्छ भन्ने कुराको विश्वास गर्न नसकिने उहाले बताउनुभयो ।उहाले&nb
इटहरी । नेकपा (माओवादी केन्द्र) का नेता हितबहादुर तामाङले अहिले मुलुक विषम परिस्थितिबाट गुज्रिराखेको बताउनुभएको छ । मंगलबार रिपोटर्स क्लबले काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा तामाङले जेनजी आन्दोलन पनि अहिले मुलुक विषम परिस्थितिबाट गुज्रिराखेको बताउनुभएको हो । उहाले ६ महिनाभित्र निर्वाचन गर्ने भनेर मिति तोकिएर बनेको अन्तरिम सरकारले निर्वाचन हुन्छ या हुँदैन भन्ने अनिश्चयको स्थिति कायमै रहेको बताउनुभयो । जेन–जी आन्दोलन छोटो समयमा भए पनि यसको उपलब्धी खासै नरहेको उहाको भनाइ छ । उहाले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली भएको ठाउँमा अहिले सुशीला कार्की प्रधानमन्त्री बनेर आउनेभन्दा अर्को उपलब्धी
काठमाडौं । नेपाली कांग्रेससँग आबद्ध युवा संगठन नेपाल तरुण दलले सरकारविरुद्ध सडक आन्दोलनमा उत्रने चेतावनी दिएको छ।सोमबार स्थापना दिवसको अवसर पारेर आयोजित कार्यक्रममा तरुण दलका अध्यक्ष विद्वान गुरुङले मुलुकको वर्तमान व्यवस्था जोगाउन र संगठनको अस्तित्व रक्षा गर्न अब चुप लागेर बस्न नसक्ने बताए।उनले हालका राजनीतिक गतिविधिहरूले तरुण दलको अस्तित्वमाथि नै चुनौती उत्पन्न गरेको आरोप लगाउँदै आफ्ना नेता तथा कार्यकर्तालाई सडक संघर्षका लागि तयारी अवस्थामा रहन निर्देशन दिए।“हामी चुप लागेर बसेर मात्र मुलुकमा शान्ति हुँदैन। यदि यो मुलुकको व्यवस्था र हाम्रो अस्तित्व जोगाउने हो भने अब सडकमा भिड्नुपर्छ। अर्को विक
इटहरी । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले संविधानको रक्षा, परिवर्तनको रक्षा र जनताको अधिकारको रक्षाको लागि पार्टी एकताबद्ध भएर अघि बढ्ने बताउनुभएको छ । सोमबार तरुण दलको स्थापना दिवसको अवसरमा कांग्रेस पार्टी कार्यालय सानेपामा आयोजित चियापान कार्यक्रममा खड्काले विगतमा भएका कमि कमजोरीहरुलाई स्वीकार गर्दै अव पार्टी एकताबद्ध भएर अघि बढ्ने बताउनुभएको हो । अहिले मुलुक अप्ठेरो अवस्थामा रहेकाले विगतको इतिहासको कालखण्ड जस्तै अहिले पनि देश र जनताले काङ्ग्रेसबाट अपेक्षा र आशा गरेको उहाले बताउनुभयो । खड्काले पार्टीमा प्रस्तुत भएको विशेष महाधिवेशनको प्रस्तावलाई नियमित महाधिवेशनको सीमाभि
इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले छठ पर्वको अवसरमा देश तथा देश बाहिर रहनुभएका समस्त नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ । आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले सूर्य भगवानको आराधना, आत्माशुद्धि र समर्पणको प्रतीकका रूपमा मनाइने यो पर्व हाम्रो आस्था, संस्कार र सहअस्तित्वको सुन्दर उदाहरण भएको उल्लेख गर्नुभएको छ । छठ पर्वले प्रकृति, जल, माटो र सूर्यप्रति कृतज्ञता व्यक्त गर्दै मानिस, समाज र पर्यावरणबिचको सन्तुलन सन्देश दिने उहाँले उल्लेख गर्नुभएको छ । कोशी प्रदेश विभित्र जातजाति, भाषा, धर्म र संस्कृतिकको विविधताले समृद्ध प्रदेश भएको उहाँले सन्देशमा उल्लेख
इटहरी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले लोकतन्त्र विरुद्ध लाग्नेहरुलाई जनताले गाँउबस्तीबाट लखेट्ने बताउनुभएको छ । नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्यसमितिले बुधबार भक्तपुरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा मुख्यमन्त्री बानियाँले गरिव मजदुर किसान लगाएत सवै जनताको रगतबाट मुलुकमा लोकतान्त्रीक गणतन्त्र स्थापीत भएको भन्दै लोकतन्त्र विरुद्ध लाग्नेहरुलाई जनताले गाँउबस्तीबाट लखेट्ने बताउनुभएको हो । अहिले जेनजी आन्दोलनका क्रममा भएको बितण्डालाई भविष्यमा दोहरिन नदिन वडादेखि केन्द्रसम्म रहेका सवै सुध्रनुपर्ने उहाले बताउनुभयो । उहाले जनताले पठाएका प्रतिनिधि ठिक ढंगले चल्न
इटहरी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले आफुबिरुद्ध थप योजना बनाइरहेको आशंका व्यक्त गर्नुभएको छ । बुधबार जेनजी आन्दोलनमा आगजनी गरिएको बालकोटको घर अवलोकन गर्दै अध्यक्ष ओलीले गृहमन्त्रीले आफुमाथि व्यक्तिगत दुश्मनी पालेको भन्दै आफुबिरुद्ध थप योजना बनाईराखेको गम्भीर आशंका रहेको बताउनुभएको हो । गृहमन्त्रीको अन्तर्वार्ता हेर्दा सरकारको उद्देश्य, गन्तव्य, छर्लङ देखिएको उहाले बताउनुभयो । अध्यक्ष ओलीले अचानक पलाएका सरकारको तमाशासँग विचलित नहुने भन्दै ओलीले एमालेले देशमा शान्ति, सुव्यवस्था, भ्रष्टाचार नियन्त्रण गरेर छाड्ने स्पष्ट पार्नुभयो । त्यस्तै उहाले जेनजीको आन्दोलनको नाममा गल
इटहरी । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले निर्वाचनको वातावरण बनाउनुपर्ने बताउनुभएको छ । बुधबार जनकपुरमा सञ्चारकर्मीसंग कुरा गर्दै प्रचण्डले अझै पनि निर्वाचनको वातावरण बन्न नसकेकाले सरकार यसमा गम्भीर हुनुपर्ने बताउनुभएको हो । तोकिएको समयमा नै प्रतिनिधिसभाको निर्वाचन हुनुपर्ने उहाले बताउनुभयो । प्रचण्डले असाधारण परिस्थीतिमा अन्तरिम सरकारले निर्वाचनको मिति घोषणा गरेपछि माओवादीले नै निर्वाचनमा जाने निर्णय सवै भन्दा पहिले गरेको उल्लेख गर्नुभयो । उहाले समाजवादी मोर्चामा रहेका पार्टीहरु एकता प्रक्रियातर्फ अगाडि बढेको जानकारी दिनुभयो । प्रचण्डले छठ पर्वपछि एकताको नयाँ प
इटहरी । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलन पछिको अवस्थालाई सामान्यीकरण गरी आगामी फागुन २१ गते भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकार दत्तचित्त भएर लागेको बताउनुभएको छ । नेपाल संवत् नयाँ वर्ष ११४६ को अवसरमा नेपाल संवत् न्हूदँ संरक्षण समाजले बुधबार वसन्तपुरमा आयोजना गरेको स्वागत कार्यक्रममा उहाले आन्दोलनको बलमा बनेको यस नागरिक सरकारले प्राप्त जिम्मेवारीअनुरुप सम्पूर्ण नेपाली जनताको सहभागितासहित निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रत्येक दिन राजनीतिक दलहरुसँग कुनै न कुनै रुपमा संवाद भइरहेको र परिवर्तनका बाहक ‘जेनजी पुस्ता’ का प्रतिनिधिहरूसँग पनि निरन्तर संव
इटहरी । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले राजनीतिक दल र नेताहरुलाई विश्वासमा लिएर अघि बढ्न सरकारलाई सुझाव दिनुभएको छ । मंगलबार काठमाडौंमा आयोजित देउसी भैलो कार्यक्रममा सहभागी हुनुभएका अध्यक्ष नेपालले सञ्चारकर्मी संग कुरा गर्दै सरकारले घोषणा गरेको निर्वाचनलाई निष्पक्ष र मर्यादीत बनाउन आफुहरुले पनि सहयोग गर्ने भन्दै राजनीतिक दल र नेताहरुलाई विश्वासमा लिएर अघि बढ्न सरकारलाई सुझाव दिनुभएको हो । उहाले संविधानलाई संशोधन गर्दै संघीयतालाई परिस्कृत र सुधार गर्न सकिने भन्दै संविधान सुधारको पक्षमा बृहत राजनीतिक छलफलको आवश्यकता रहेको धारणा राख्नुभयो । अध्यक्ष नेपालले सवै राजनीतिक दल र नेत
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.