राजनीति

    Showing ६२१-६३० of २,३०० items.
  • केपी ओली निवास बालकोट नजिकै प्रदर्शनकारी र प्रहरीबीच झडप, गोली लागेर १ जना घाइते

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको निजी निवास बालकोट नजिकै प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । झडपमा प्रहरीको गोली लागेर एक जना घाइते भएका छन् । घाइतेलाई प्रदर्शनकारीले नै अस्पताल लगेका छन् । प्रधानमन्त्रीविरुद्ध चर्का नाराबाजी गर्दै तोडफोडमा उत्रिएका प्रदर्शनकारीलाई भगाउन प्रहरीले शुरूमा हवाई फायर गरेको थियो । केही सेल अश्रुग्यास प्रहार गर्दा पनि उनीहरू तितरबितर नभएपछि गोली चलाउनु परेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः भदौ २४, २०८२
    • २२८ पटक पढिएको
  • प्रदर्शनकारी संसद् भवनमा प्रवेश गर्न खोजेपछि प्रहरीले चलायो गोली

    काठमाडौं । प्रदर्शनकारी संसद् भवन प्रवेश गर्न खोजेपछि प्रहरीले गोली चलाएको छ । ठूलो संख्यामा सडकमा उत्रिएका प्रदर्शनकारी मंगलबार पनि संसद् भवनभित्र प्रवेश गर्न खोजेपछि प्रहरीले संसद् भवन परिसरबाट गोली चलाएको फिल्डमा रहेका नेपालभ्युजकर्मीले जानकारी दिए । यसअघि प्रहरीले अश्रुग्याससमेत प्रहार गरेको थियो । 

    • प्रकाशित मितिः भदौ २४, २०८२
    • २८३ पटक पढिएको
  • विराटनगरको आन्तरिक राजश्व कार्यालयमा तोडफोड

    इटहरी  । विराटनगरमा प्रदर्शनकारीले आन्तरिक राजश्व कार्यालयमा तोडफोड गरेका छन् । प्रदर्शनकारीले ट्राफिक चोकस्थित आन्तरिक राजश्व कार्यालयमा तोडफोड गरेका छन् । विराटनगरका केही भागमा कर्फ्यु आदेश जारी भएको छ । तर,  प्रदशर्न भने जारी छ । केही समयअघि स्थानीय भट्टिमोडमा ट्रफिक प्रहरी बिट आगजनी गरेको समूह राजश्व कार्यालयतर्फ अघि बढेको थियो । कोसी प्रदेशसभानजिकैको देवकोटा चोक क्षेत्रमा प्रदर्शनकारीले टायर बालेर विरोध गरिरहेका छन् । त्यहाँ सुरक्षा तैनाथी बढाइएको छ ।

    • प्रकाशित मितिः भदौ २४, २०८२
    • २४४ पटक पढिएको
  • राजदूतावासबाट राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो हटाइयो

    काठमाडौं। अस्ट्रेलियामा रहेको नेपाली राजदूतावासबाट राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो निकालिएको छ। आक्रोशित युवाहरूको भिडले भित्तामा रहेको उनीहरूको फोटो डस्बिनमा फालिदिएका हुन्। एनआरएनए अस्ट्रेलियाको पदाधिकारी र स्वतस्स्फुर्त दूतावासमा ज्ञापनपत्र बुझाउन गएको टोलीका सदस्यहरुले राजदूतको कार्यलयमा टागिएको फोटो हटाएको हो। 

    • प्रकाशित मितिः भदौ २४, २०८२
    • २४१ पटक पढिएको
  • आन्दोलनकारीले लगाए गगन थापाको घरमा आगो

    काठमाडौं । जेन–जी पुस्ताले सुरू गरेको आन्दोलनमा सरकारले बल प्रयोग गरेपछि  आक्रोशित आन्दोलनकारीहरू नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको घर आगजनी गरेका छन् । उनीहरूले केहीबेर अघि महामन्त्री थापको रातोपुलस्थित थापा निवासमा आगो लगाए हुन् । त्यसअघि आन्दोलनकारीहरूले नजिकै रातोपुलमा अवस्थित प्रहरी बिटमा आगो लगाएका थिए । 

    • प्रकाशित मितिः भदौ २४, २०८२
    • १६४ पटक पढिएको
  • रास्वपाको आकस्मिक संसदीय दल बैठक, सबै सांसदले राजीनामा दिने तयारी

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको आकस्मिक संसदीय दल बैठक बसेको छ। पार्टी कार्यालय चस्मतिमा मंगलबार जारी बैठकमा सबै सांसदले राजीनामा दिने विषयमा छलफल भइरहेको छ। डा। तोसिमा कार्की, असिम शाह, निशा डाँगी लगायतले राजीनामाको घोषणासमेत गरिसकेका छन्। जेनजीको आन्दोलन चर्कंदै गएको छ। सोमबार प्रदर्शनमा १९ जनाको मृत्यु भएको थियो।

    • प्रकाशित मितिः भदौ २४, २०८२
    • १७३ पटक पढिएको
  • प्रधानमन्त्री केपी ओलीको निजी निवास बालकोटमा गोली चल्यो

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको निवास बालकोटमा प्रदर्शनकारीले तोडफोड गरेपछि प्रहरीले गोली चलाएको छ । ओलीको निवास प्रदर्शकारीले कब्जा गर्ने प्रयास गरेपछि सुराक्षकर्मीले गोली चलाएका हुन् । सोमबर जेन जीहरुले गरेको प्रदर्शनमा सकारले बल प्रयोग गरी १९ युवाका हत्या गरेपछि आक्रोसित बनेका नागरिकहरुले पार्टी कार्यालय र नेताका निवासहरुलाई लक्षित गर्दै आक्रमण गरीरहेका छन् । सोही क्रममा बालकोटस्थित ओली निवास कब्जा गर्न पुगेको प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाएको हो । गोली लागेर दुई जना घाइते भएको जनाइएको छ । यसअघि प्रदर्शनकारीले कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड

    • प्रकाशित मितिः भदौ २४, २०८२
    • २६६ पटक पढिएको
  • जेन–जी आन्दोलनमा दमनको विरोध माओवादी कोशीद्वारा प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    इटहरी । काठमाडौंलगायत देशभर जेन–जी पुस्ताद्वारा शान्तिपूर्ण रूपमा आयोजित विरोध प्रदर्शनका क्रममा सरकारले गरेको दमनको माओवादी केन्द्र कोशीले निन्दा र भत्र्सना गरेको छ । आन्दोलनलाई दमन गरेर रोक्न नसकिने इतिहासमा पुष्टि भइसकेको भन्दै माओवादी केन्द्र कोशीका अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्सोले विज्ञप्ति जारी गर्दै सरकारले विवेक गुमाएको र जनताको भावना बुझ्न असफल भएको टिप्पणी गरेको छ । ‘१७ जना युवाको हत्या भएको र २ सयभन्दा बढी घाइते भएको प्रारम्भिक रिपोर्टप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यो अमानवीय घटनाले हाम्रो पार्टीलाई स्तब्ध, दुःखी र आक्रोशित बनाएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘भ्रष्टा

    • प्रकाशित मितिः भदौ २४, २०८२
    • २१२ पटक पढिएको
  • इलामसहित विभिन्न पालिकाले जेनजी आन्दोलनमा मृत्यु भएका विद्यार्थीको सम्झनामा शोक बिदा घोषणा

    इटहरी । सोमबार काठमाडौँसहित देशका विभिन्न स्थानमा जेनजीको प्रदर्शनका क्रममा मृत्यु भएका विद्यार्थीको आत्मा शान्तिको कामना गर्दै शोक बिदा दिएका छन् । स्थानीय पालिकाले विज्ञप्ती जारी गर्दै मृत्यु भएका विद्यार्थीको आत्मा शान्तिको कामना गर्दै संस्थागत तथा सामुदायिक विद्यालयमा बिदा दिएका हुन् । इलामको रोङ गाउँपालिकाले हिजै विज्ञप्ती निकाली विद्यालय बन्द रहने जनाएको थियो । गाउँपालिका अध्यक्ष मनिकुमार स्याङबोले जेनजी समुहका माग पूरा गर्न सरकार लाग्नु पर्ने जनाउदै शोक बिदा दिएको जानकारी दिनुभयो । यस्तै सूर्योदय नगरपालिकाले पनि आज एक दिन पालिका भित्रका अति आवश्यक बाहेक कार्यालय र विद्यालयमा शोक बिदा दि

    • प्रकाशित मितिः भदौ २४, २०८२
    • २२६ पटक पढिएको
  • तत्काल सरकार छाड्न कांग्रेस महामन्त्री गगन थापाको आग्रह

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारलाई तत्काल छोड्नुपर्ने बताएका छन् । उनले आन्दोलनका क्रममा भएका दमनका घटनापछि प्रधानमन्त्रीले पदत्याग गर्नुपर्ने र कांग्रेसले सरकारमा एक दिन पनि थप बस्न नसक्ने चेतावनी दिएका हुन् ।थापाले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भनेका छन्, ‘रातभर सुत्न सकिन। म जस्तै देशभित्र र बाहिर रहेको सिंगो नेपाल सुत्न सकेको छैन। अवाेध युवाहरू अनाहकमा मारिएको त्यो क्रुर दृश्य आँखा अगाडि घुमिरहेको छ। प्रधानमन्त्रीज्यूले यो दमनको जिम्मा लिएर अबिलम्ब पद छोड्नुपर्छ ।’उनले कांग्रेसले तत्काल सरकार छाड्नुपर्ने भन्दै यसबारे पार्टीको बैठकमार्फत निर्णय गराउने

    • प्रकाशित मितिः भदौ २४, २०८२
    • ३३८ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]