इटहरी । प्रदेश सभाको निर्वाचन भएको दुई वर्षसम्म पुरानै नियमावलीबाट सभा सञ्चालन गरिरहेको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा ९माओवादी केन्द्र० ले प्रदेश सभा नियमावली तत्काल संसद्मा पेस गर्न माग गरेको छ । सोमबारबाट सुरु भएको प्रदेश सभाको छैटौँ अधिवेशनमा बोल्दै प्रमुख प्रतिपक्ष दलका नेता इन्द्रबहादुर आङ्बोले प्रदेश सभाले लाखौँ रुपियाँ खर्च गरेर तयार पारेको प्रदेश सभा नियमावलीको ड्राफ्ट सभामा पेस गर्न माग गर्नुभएको हो । उहाँले नयाँ नियमावलीबाट सदन नचलाएर विरोध गर्ने बताउनुभयो । कोशी प्रदेश सभा २०७४ कै नियमावलीमा सामान्य संशोधन गरी सञ्चालन हुँदै आएको छ । विपक्षी दलका नेता आङ्बोले प्रदेशवासीले सरका
काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ खाली गाग्री बोकेर काठमाडौं आइपुगेका छन् । धरानमा पानीको हाहाकार भइरहेपछि उनी खानेपानीमन्त्री प्रदीप यादव र प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न रित्तो गाग्री बोकेर सोमबार काठमाडौं उत्रिएका हुन् । खानेपानी समस्या समाधानका लागि सरकारले प्रबन्ध नगरेको भन्दै मेयर साम्पाङ रुष्ट छन् । उनी यस्तो अवस्थामा खानेपानीमन्त्री यादव र प्रधानमन्त्री ओलीलाई भेट्न रित्तै गाग्री लिएर आएका हुन् । उनी मंगलबार उक्त रित्तो गाग्रीसहित प्रधानमन्त्रीसहितलाई भेट्न सिंहदरबार छिर्ने भएका छन् । यसअघि आइतबार बिहान धरानको खानेपानी समस्या समाधान माग गर्दै मेयर हर्कसहितले प्र
इटहरी। नेकपा ९एमाले०को विराटनगर महानगरपालिका–२ कमिटीका १८ जनाले सामूहिक राजीनामा दिएका छन् । राजीनामा दिनेमा वडा समितिका उपसंयोजक, उपसचिव र सदस्यहरू छन् । विराटनगरको मानगढ खानेपानी आयोजनाको निर्वाचनको सन्दर्भ जोड्दै राजीनामा दिएको जनाइएको छ । निर्वाचनमा स्थानीय कमिटीले राम घिमिरेलाई उमदेवारका रूपमा उठाएको थियो । तर, एमाले विराटनगर कमिटीका अध्यक्ष सागर थापासहितले ‘बागी’ उमेदवारलाई सहयोग गरेको भन्दै कारबाही गरेको थियो । थापाको कारबाहीको सिफारिस प्रदेश कमिटीले पनि अनुमोदन गरेको थियो । मतदानपछिको परिणामका विषयमा उच्च अदालत विराटनगरमा मुद्दा विचाराधीन छ । वडाका अधिकांश पार्टी सदस्यबीच छलफल र सल्लाह
इटहरी । कोशी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु हुँदै छ । हिउँदे तथा विधेयक अधिवेशन दिउँसो २ बजेबाट सुरु हुने कोशी प्रदेशसभा सचिवालयले जानकारी दिएको हो । आइतबार कार्य व्यवस्था परामर्श समितिको बैठकले कार्यसूची तय गरिसकेको छ । आजको बैठकमा सभामुख अम्बरबहादुर विष्टले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रहरू वाचन गर्नुहुनेछ भने केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८१ सभामा पेस गर्नुहुनेछ । यस्तै सभामुखबाट जारी भएको बाधा अड्काउ फुकाउने आदेश अनुमोदन गर्न सभामा पेस हुनेछ । सोमबारको बैठकमा मुख्य महान्यायाधिवक्ताको काम, कर्तव्य, अधिकार र सेवाको सर्तसम्बन्धी ऐन २०७५ लाई संशोधन गर्न बनेको व
धरान / नेपाल खेलकुद महासङ्घ धरान उपमहानगर कमिटीको अध्यक्षमा रन्जित शाहको नेतृत्वमा १७ सदस्य कमिटी चयन भएको छ । नेकपा एमाले धरान पार्टी कार्यालयमा भएको नेपाल खेलकुद महासङ्घ धरान उपमहानगर कमिटीको पुनर्गठन कार्यक्रम कोशी प्रदेश सभा सदस्य विजय राई को प्रमुख अतिथ्यता तथा नेकोस स्थायी कमिटी तथा पार्टी प्रदेश कमिटी सदस्य धरान इन्चार्ज सन्तोषी श्रेष्ठ, नेपाल खेलकुद महासङ्घ स्थायी कमिटी सदस्य तथा सुनसरी इन्चार्ज भेसराज कार्की, नेपाल खेलकुद महासङ्घ सुनसरी अध्यक्ष विकल पौडेलको विशिष्ट आतिथ्यतामा भएको थियो । कार्यक्रममा रन्जित शाहको अध्यक्षतामा गठित कमिटीमा उपाध्यक्ष
विराटनगर : नेपाल खेलकुद महासंघ मोरङ जिल्ला कमिटीको अध्यक्षमा शितल राय निर्वाचित हुनुभएको छ। आज विराटनगर स्थित एमाले पार्टी कार्यालयमा सम्पन्न महासंघको दोस्रो जिल्ला अधिवेशन बाट अध्यक्षमा राय निर्विरोध निर्वाचित हुनुभएको हो। २९ सदस्यीय जिल्ला कमिटीको उपाध्यक्षमा रिक्की रानामगर ( प्रभाकर ) र नविन थापा , सचिवमा सागर केसी , सहसचिवमा इन्दु बाँस्कोटा र मेनका ठाकुर र कोषाध्यक्षमा करुणा दाहाल निर्वाचित हुनुभएको महासंघ स्थायी कमिटी सदस्य रोहित कोइरालाले जानकारी दिनु भयो।दोस्रो जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेतले महासंघले पछिल्लो समय खेल क्षेत्रलाई ग
इटहरी । मोरङको ग्रामथान गाउँपालिका ५ तेतेरियामा वृहत् जनसभा सुरु भएको छ । नेकपा माओवादी केन्द्र ग्रामथान गाउँपालिका समितिको आयोजनामा धन्यवाद ज्ञापन कार्यक्रम तथा खबरदारी सभामा सुरु भएको हो । सभालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने कार्यक्रम छ । गत मंसिर १६ गते भएको स्थानीय तह उपनिर्वाचनमा यो पालिकाको अध्यक्ष माओवादी केन्द्रले जितेको थियो । गत भदौ २९ गते अध्यक्ष प्रचण्डले नै ग्रामथान पुगेर पहिलो चुनावी सभालाई सम्बोधन गरेका थिए । २०७९ को स्थानीय तह निर्वाचनमा तेस्रो बनेको माओवादीलाई यस पटक ग्रामथानवासीले पहिलो बनाएपछि मतदातालाई धन्यवाद ज्ञापन गर्न अध्यक्ष
इटहरी। नेकपा ९माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विराटनगरमा रहेको गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाइएको जानकारी दिनुहुँदै यसलाई छिटोभन्दा छिटो निर्माण सम्पन्न गर्न सरकारले ध्यान दिनुपर्ने बताउनुभएको छ । शनिबार बिहान रङ्गशालाको अनुगमन गर्नुहुँदै उहाँले यस्तो आग्रह गर्नुभएको हो । अध्यक्ष प्रचण्डले नेपाली राजनीतिका ऐतिहासिक व्यक्तित्व एवम् शान्ति सम्झौताका हस्ताक्षरकर्ता पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नाम जोडिएको यो आयोजनालाई राष्ट्रिय गौरवको आयोजना बनाउन आफ्नो प्रधानमन्त्रीत्वकालमा सुरु गरिएको जानकारी पनि
विराटनगर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना केन्द्रीय सदस्यहरुले सम्पत्तीको स्रोत देखाउनुपर्ने बताएका छन् । माओवादी केन्द्रको केही दिन अगाडि सम्पन्न केन्द्रीय समितिको बैठकले केन्द्रीय सदस्यहरुले सम्पत्ती विवरण बुझाउनु पर्नेसहितको प्रतिवेदन पारित गरेको थियो ।विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले सम्पत्ती विवरण बुझाउनु पर्ने मात्रै नभएर सम्पत्तीको स्रोत पनि देखाउनु पर्ने र गैरकानूनी ढंगले कमाएको देखिए कारबाही गरिने पनि बताए । ‘कारबाही गर्नकै लागि त्यो भनिएको हो । हामीले पहिले पनि महाधिवेशनबाट पनि यो कुरा (सम्पत्ती विवरण बुझाउने कुरा) उठा
काठमाडौं । कास्की जिल्ला अदालतले गोर्खा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्रबाबु राई ९जीबी० को राहदानी रद्द गर्न सरकारलाई आदेश दिएको छ । शुक्रबार न्यायाधीश हिमाल बेलबासेको एकल इजलासले राईको राहदानी रद्द गर्न राहदानी विभागलाई आदेश दिएको हो । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सभापति रवि लामिछानेको पूर्व व्यवसायिक साझेदार समेत रहेका राईलाई देशका विभिन्न सहकारीमा ठगी गर्दै सर्वसाधारणको बचत रकम हिनामिना गरेको आरोप छ । उनी मलेसियामा छन् । राहदानी रद्द नभएकै कारण उनलाई मलेसियाबाट नेपाल ल्याउन नसकिएको बताइन्छ । पाँच सहकारी ठगीका मुख्य अभियुक्त जीबी विदेश भागेपछि उनलाई नेपाल फिर्ता ल्याउन सरकारल
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.