काठमाण्डौ । गृह मन्त्रालयले भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति सरकारका नाममा फिर्ता ल्याउन सक्रियता बढाएको छ । त्यस क्रममा सर्वोच्च अदालतबाट जफत हुने भनेर फैसला भएका घरजग्गा सरकारका नाममा ल्याउने प्रस्ताव गृह मन्त्रालयमार्फत मन्त्रिपरिषद् पठाइएको कसूरजन्य सम्पत्ति व्यवस्थापन विभागका महानिर्देशक सुरेश पन्थीले जानकारी दिनुभयो । पाँच जना पूर्वप्रशासक र आपराधिक गतिविधिबाट एक जना भारतीय नागरिकले नेपालमा खरिद गरेको घरजग्गा जफतका लागि प्रस्ताव पठाइएको महानिर्देशक पन्थीले बताउनुभयो । अदालतबाट भएका फैसलाको लगत सङ्कलनका लागि शाखा अधिकृतको नेतृत्वमा पाँच वटा समूह बनाएर काम भइरहेको उहाँले जानकारी दिनुभयो
काठमाण्डौ । सरकारले संसद्मार्फत विधेयकका रूपमा ल्याउनुपर्ने कानूनहरू अध्यादेशबाट ल्याएको भन्दै प्रतिपक्ष दलहरूले आपत्ति जनाएका छन् । प्रतिपक्षी दलहरूले तत्काल संसद्को हिउँदे अधिवेशनको प्रक्रिया थालनी गर्न आग्रह पनि गरेका छन् । सरकारले तत्काल अधिवेशन नबोलाएमा विशेष अधिवेशन माग गर्ने प्रतिपक्ष दलहरूले बताएका छन् । संयुक्त वक्तव्य जारी गर्न आज संसद् भवन नयाँ बानेश्वरमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले नैतिकता गुमाइसकेको आरोप लगाउनुभयो । नेपाल विद्युत् प्राधिकरणमा राजनीतिक हस्तक्षेप गरेको, भूमिहीन तथा सुकुम्वासील
इटहरी । इटहरी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र मेहता र प्रशासन प्रमुख संजिव खड्कालाई कारबाही गर्न सिफारिस भएको छ । बिहीबार उपमेयर सङ्गिता चौधरीको अध्यक्षतामा बसेको कार्यपालिका बैठक पछि कारबाहीको सिफारिस गरिएको हो । कार्यपालिका सदस्य तथा वडा नम्बर(९ का अध्यक्ष जितेन्द्र थापाका अनुसार कार्यालयको हित विपरीत गतिविधि गरेको भन्दै कारबाही सिफारिस गरिएको हो । कार्यपालिका बैठकमा माइन्युट लुकाएको लगायत कारण देखाउँदै कारबाही गर्न लागिएको उनले बताए । मेयर हेमकर्ण पौडेल भारत भ्रमणमा रहेको समयमा उपमेयरले कार्यपालिका बैठक बोलाएकी हुन् । उपमेयरले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा
इटहरी । मेची राजमार्ग अन्तर्गत पर्ने इलामको राजदुवाली–भञ्ज्याङ सडकको मर्मत गर्न उद्योग व्यवसायीहरुले सरकारसँग माग गरेका छन् । इलाम उद्योग वाणिज्य संघका अध्यक्ष चेतनाथ पौड्याल कृष्णको नेतृत्वको उद्योगी–व्ययवसायीको टोलीले प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठमार्फत सरकारलाई बिहीबार ध्यानाकर्षणपत्र बुुझाउँदै सो माग गरेका हुन् । बर्खायाम सुरु हुनअगावै मेची राजमार्ग वा वैकल्पिक मार्गलाई तयारी गर्न सरकारको ध्यानाकर्षण गराइएको व्यवसायीको भनाइ छ । पूर्वी पहाडलाई जोड्ने ‘लाइफ लाइन’ सडकका रुपमा रहेको मेची राजमार्गको बिग्रिएको स्थानमा आकाशे पानी पर्नासाथ यातायात अवरुद्ध हुनेगर्छ । त्यही कारण समयमै स
काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्कामाथि मन्त्रालयभित्रै हातपात र दुर्व्यवहार भएको खुलेको छ । मन्त्री खड्कामाथि मन्त्रालयमा नै गत शुक्रबार हातपात भएको थियो । मन्त्री कार्यकक्षबाट बाहिरिँदै गर्दा खड्कामाथि हातपात भएको हो । घटना हाे, पुस २६ गते शुक्रबारको । याे घटनाबारे मन्त्री खड्काले कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बिहीबार (माघ ३ गते) कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूको बैठकमा भनेपछि सार्वजनिक भएको हो ।
इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेश सरकार छुट्टै राजश्व महाशाखा गठनको तयारीमा रहेको बताउनुभएको छ । मोरङको बेलबारी–११ लक्ष्मीमार्गमा बेलबारी नगरपालिकाले आयोजना गरेको प्रथम विद्यालय तह शैक्षिक प्रदर्शनीको बिहीबार उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । प्रदेश सरकारको आन्तरिक आय वृद्धिका लागि छुट्टै महाशाखा आवश्यक भएको बताउँदै महाशाखा गठन भएपछि राजश्व बाँडफाँट वापतको बजेट वृद्धि हुने उल्लेख गर्नुभयो । उहाँले महाशाखा गठन पछि केही अर्ब राजश्व बढाउन सकिने बताउनु भयो । नेपाली काङ्ग्रेस र एमाले बिचको सहमतिपछि बनेको सङ्घीय सरकारले आर्थिक सुधारका लागि धेरै काम गरिरहेको
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पक्षघातको उपचारमा प्रयोग हुने औषधी निःशुल्क उपलब्ध गराउने निर्णय गरेका छन् । थ्रोम्बोलाइटिक ड्रग्स नामक पक्षघातको यो औषधी निकै महंगो मानिन्छ । साथै, यो औषधी सहज उपलब्ध हुन कठिन छ । अमेरिकी सहयोगमा प्राप्त औषधी संघीय तथा प्रदेश अस्पतालमार्फत निःशुल्क वितरण गरिने मन्त्री पौडेलको भनाइ छ । पक्षघातबाट हरेक वर्ष झण्डै आठ सयजनाले ज्यान गुमाइरहेको सरकारी तथ्यांक छ । रक्तचाप र मुटुसम्बन्धी समस्या देखिएका व्यक्तिमा पक्षघात हुने अवस्थामा औषधी प्राप्त नहुँदा ज्यान जाने संख्या बढेको मन्त्रालयको विवरणमा छ । थ्रोम्बोलाइटिक ड्रग्स नामक औषधीको एक मात्रा स
काठमाडौं । काठमाडौं जिल्ला अदालतले रवि लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएको छ । बुधबार न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले उनलाई धरौटीमा छाड्न आदेश दिएको अदालतका कर्मचारीले जानकारी दिए । यसअघि, कास्की जिल्ला अदालतले २५ पुसमा लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।
इटहरी । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले भूकम्पबाट हुने मानवीय क्षति न्यूनीकरण गर्न भवन निर्माण ऐनलाई प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् । प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा आज विराटनगरमा २७औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले प्रदेश सरकारले भवन निर्माण ऐन ल्याउने तयारी गरिरहेको बताएका छन् । उक्त ऐनमा मन्त्रालयका प्राविधिकद्वारा अनुगमन गरी नक्सापासको स्वीकृति दिने प्रावधान रहेको मन्त्री भण्डारीले जानकारी दिए। उनले सरकारले सुरक्षा निकायलाई साधन सम्पन्न बनाएर विपद्को जोखिममा क्षति न्यूनीकरणका लागि कार्य गरिर
काठमाडौं । काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत रकम ठगी प्रकरणमा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका समर्थकले अधिवक्ता दिनेश त्रिपाठीलाई कुटपिट प्रयास गरेका छन् । स्वर्णलक्ष्मी सहकारी ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जाहेरी पक्षमा तर्फबाट बहस गरेर फर्किने क्रममा अधिवक्ता त्रिपाठीमाथि अदालत परिसरमै हातपात भएको हो । ‘धक्काधक्की भएको र कसले गरेको भन्ने पहिचान गरिरहेको जिल्ला प्रहरी प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए । स्वर्णलक्ष्मी सहकारी ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेव
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.