राजनीति

    Showing ८९१-९०० of २,३०२ items.
  • परीक्षा पत्र नेपाली र अंग्रेजीमा उपलब्ध गराउन माग गर्दै पू.वी केन्द्रिय कार्यालयमा संयुक्त विज्ञप्ती बुझाए

    विराटनगर | पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा प्रणालीलाई न्यायसंगत र समावेशी बनाउन माग गर्दै अनेरास्ववियु, ने.वि.संघ, र अखिल (क्रान्तिकारी) ले संयुक्त रूपमा परीक्षा पत्र नेपाली र अंग्रेजी दुवै भाषामा उपलब्ध गराउन विज्ञपति बुझाएका छन्। बिहीबार पूर्वान्चल विश्वविद्यालय "कलेज अफ ल"का विद्यार्थीहरूको तर्फबाट प्रस्तुत गरिएको यो मागलाई विश्वविद्यालय केन्द्रीय कार्यालय सुन्दरहरैंचाका उपकुलपति प्राध्यापक डा. बिजु कुमार थपलियासमक्ष बुझाइएको हो।विद्यार्थी संगठनहरूले परीक्षा प्रणाली सबैका लागि सहज र समावेशी बनाउन लामो समयदेखि उठ्दै आएको भाषा सम्बन्धी समस्याको समाधान गर्न तत्काल कदम चाल्न आग्रह गरेका

    • प्रकाशित मितिः पुस २६, २०८१
    • ६०२ पटक पढिएको
  • संघीयता कार्यान्वयनका लागि २४ कानुन संशोधन गर्न कोशी प्रदेशलाई सुझाव

    इटहरी । संघीयता कार्यान्वयन तथा प्रदेश कानुन निर्माण सम्बन्धी कार्यदलले कोशी प्रदेश सरकारलाई प्रतिवेदन हस्तान्तरण गरेको छ । बुधबार विराटनगरमा प्रतिवेदन हस्तान्तरण गर्दै कार्यदलले संघियता कार्यान्वयनका लागि तत्काल कोशी प्रदेश सरकारले बनाएका २४ वटा कानुनहरु संसोधन गर्नुपर्ने सुझाव दिएको छ । कोशी प्रदेश सरकारले बनाएको संघीयता कार्यान्वयन तथा प्रदेश कानुन निर्माण सम्बन्धी अध्ययन कार्यदलको प्रतिवेदनमा प्रदेशको एकल अधिकारमा रहेका २३ वटा कानुनहरु र संघ र प्रदेशको साझा अधिकारमा रहेका २० वटा कानुनहरु निर्माण गर्नुपर्ने उल्लेख छ । संघीयता कार्यान्वयन तथा प्रदेशलाई थप मजबुत र प्रभावकारी बनाउन कानुन निर्म

    • प्रकाशित मितिः पुस २४, २०८१
    • ३०१ पटक पढिएको
  • प्रदेश स्वास्थ्य सेवा ऐन बनाउन कोसी सरकारको गृहकार्य, प्राविधिक समिति सुझाव संकलनमा

    इटहरी । कोसी प्रदेश सरकारले स्वास्थ्य सेवाका कर्मचारीलाई सम्बोधन गर्ने गरी प्रदेश स्वास्थ्य सेवा ऐन ल्याउने अन्तिम तयारी गरेको छ। कोसी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले त्यसको काम थालिसकेको जनाएको छ। प्रदेश स्वास्थ्य सेवा ऐन निर्माण कोलागि प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले सैद्धान्तिक सहमति दिएपछि स्वास्थ्य मन्त्रालयले त्यस बारेमा प्राविधिक समूह मार्फत काम भइरहेको  जनाएको छ। स्वास्थ्य सचिव डा राधिका थपलियाले ऐन निर्माण गर्ने बारेमा मन्त्रिपरिषद्‌बाट सैद्धान्तिक सहमति आएकोले अहिले समिति बनाएर काम भइरहेको जानकारी दिइन्। प्राविधिक समूहले १५ दिन भित्र  त्यस बारेमा राय सङ्कलनको लागि टो

    • प्रकाशित मितिः पुस २३, २०८१
    • ३२१ पटक पढिएको
  • पाँच वर्षसम्म प्रधानमन्त्री बन्ने गरी संविधान संशोधन: महामन्त्री शर्मा

    इटहरी। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जनताको लोकप्रिय मत प्राप्त गर्ने राजनीतिक दलबाटै चुनिएको व्यक्ति पाँच वर्ष प्रधानमन्त्री बन्ने गरी संविधान संशोधन गरिनुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस झापा क्षेत्र नं १ ले आइतबार मेचीनगरमा आयोजना गरेको क्षेत्रीय भेलामा उहाँले कुनै पनि प्रधानमन्त्री लगातार पाँच वर्ष नटिक्ने अवस्था अन्त्यको विषय प्राथमिकतामा राखेर संवाद अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । त्यसको विकल्पमा लोकप्रिय र प्रत्यक्षतर्फ पहिलो हुने दलले छानेको नेतालाई पाँच वर्ष कार्यकारी प्रधानमन्त्री हुने व्यवस्थाको सुनिश्चितता हुने गरी संविधान संशोधन उपयुक्त हुने उहाँको भनाइ थि

    • प्रकाशित मितिः पुस २२, २०८१
    • २४० पटक पढिएको
  • भिम बहादुर बस्नेत नेपाल खेलकुद महासंघ बराहक्षेत्र नगर कमिटीको अध्यक्षमा पुनः निर्वाचित

    बराहक्षेत्र | नेपाल खेलकुद महासंघ बराहक्षेत्र नगर कमिटीको दोस्रो अधिवेशन सम्पन्न गर्दै भिम बहादुर बस्नेत पुनः अध्यक्षमा निर्वाचित भएका छन्।बराहक्षेत्र नगर कमिटीको दोस्रो अधिवेशन नेकपा एमाले कोशी प्रदेश कमिटी सचिवालय सदस्य तथा सुनसरी क्षेत्र नं. १ (ख) का सभासद विजय राईको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। अधिवेशनले अध्यक्षमा भिम बहादुर बस्नेतलाई पुनः निर्वाचित गर्दै, उपाध्यक्षमा होमनाथ पराजुली र महिला उपाध्यक्षमा जुनु लिम्बुलाई चयन गर्‍यो। यसैगरी, सचिव रोहित शाह, उपसचिव सुमन लिम्बु र रामनारायण चौधरी, कोषाध्यक्ष नरेश राईसहित १७ सदस्यीय नयाँ कार्यसमिति गठन भएको छ।अध्यक्ष बस्नेतले बराहक्षेत्रका सम्पूर

    • प्रकाशित मितिः पुस २०, २०८१
    • ४४६ पटक पढिएको
  • राप्रपा नेपालले राजसंस्था र हिन्दु राष्ट्रका लागि चैतदेखि आन्दोलन गर्ने

    इटहरी । कमल थापा नेतृत्वको राप्रपा नेपालले हिन्दु राष्ट्र र राजसंस्था फर्काउन चैतदेखि आन्दोलन गर्ने निर्णय गरेको छ । आज (शनिबार) सकिएको केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो । यस्तै आगामी मंसिरमा महाधिवेशन गर्ने निर्णय गरेको छ । २०८२ मंसिर १३ देखि १५ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको जनाइएको छ । अध्यक्ष थापा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा राजेन्द्र लिङदेनसँग पराजित भएपछि राप्रपा नेपालमा फर्किएका थिए । उतिबेला आफूलाई दरबार (पूर्व राजसंस्थाका सदस्य) ले हराएको भन्दै आलोचनामा उत्रिएका थिए । केही समय अब राजतन्त्र नफर्किने समेत भन्न थालेका थिए । पछिल्ला वर्ष

    • प्रकाशित मितिः पुस २०, २०८१
    • २२९ पटक पढिएको
  • राहत शिक्षकले बुझायो ध्यानाकर्षणपत्र

    इटहरी । नेपाल राहत शिक्षक समिति ताप्लेजुङले प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराईलाई ध्यानाकर्षणपत्र बुझाएको छ । विगत १५ महिना अघि सरकार र राहत शिक्षक समितिबिच भएको सहमति कार्यान्वयनको माग गर्दै शनिबार समितिले प्रतिनिधिसभा सदस्य भट्टराईलाई ध्यानाकर्षणपत्र बुझाएको हो । नेपाल राहत शिक्षक समितिका जिल्ला सह–अध्यक्ष लक्ष्मीप्रसाद चुडाल र सचिव दिलेन्द्र राईद्वारा हस्ताक्षरित ध्यानाकर्षण बुझाउँदै आफ्ना मागहरू पूरा हुनुपर्ने राहत शिक्षकले अडान राखेका छन् । पूर्वमन्त्रीसमेत रहनुभएका भट्टराईलाई ध्यानाकर्षणपत्र बुझाउँदै सरकारसँग भएको सम्झौताअनुसार विद्यालय शिक्षा ऐनमा नीतिगत प्रबन्धका लागि परिणाममुखी भूम

    • प्रकाशित मितिः पुस २०, २०८१
    • ३२७ पटक पढिएको
  • नेपाल तरुण दल अरूण गाउँपालिकाको आयोजनामा वडा स्तरीय पुरुष फुटबल प्रतियोगिता र सांस्कृतिक कार्यक्रम हुने

    भोजपुर | नेपाल तरुण दल अरुण गाउँ कार्यसमितिको आयोजनामा यहीँ २४ देखि २६ गतेसम्म अरुण गाउँपालिका वडा स्तरीय पुरुष फुटबल प्रतियोगिता र सांस्कृतिक कार्यक्रमको आयोजना हुने भएको छ।नेपाल तरुण दलका सभापति ललित कुमार राईका अनुसार, फुटबल प्रतियोगितामा पहिलो पुरस्कार रु. ५०,०००, शिल्ड, मेडल र प्रमाणपत्र सहित दिइनेछ भने दोस्रो पुरस्कार रु. २५,०००, शिल्ड, मेडल र प्रमाणपत्र सहित प्रदान गरिनेछ। प्रतियोगितामा सहभागी हुनका लागि दर्ता शुल्क मात्र रु.१ तोकिएको छ, र पुस २२ गते, दिउँसो १ बजे सम्म दर्ता गर्नुपर्नेछ।साथै, पुस २६ गते सांगीतिक साझ कार्यक्रम पनि आयोजना गरिनेछ, जसमा राष्ट्रिय कलाकारहरू गायक धिरज राई, गा

    • प्रकाशित मितिः पुस १९, २०८१
    • ३४२ पटक पढिएको
  • सङ्कटग्रस्त सहकारी व्यवस्थापन गर्न समिति गठन गर्ने कोशी सरकारको निर्णय

    इटहरी। कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङ्गामले आफू नेतृत्वको मन्त्रालयले सय दिन प्राप्त गरेको उपलब्धिहरु सार्वजनिक गर्नुभएको छ। मन्त्री हाङ्गामले सहकारी संस्थामा बचतकर्ताले गरेको बचतको सुरक्षाका लागि सहकारीलाई नियमन र व्यवस्थित गर्न सफ्टवेयर प्रयोग सम्बन्धी कार्यविधि स्वीकृत गरी १३ सय सहकारीलाई सूचिकृत गराएको कुरालाई मुख्य प्रगतिको रुपमा उल्लेख गर्नुभएको हो। त्यसैगरी उहाँले प्रदेशका संकटोन्मुख सहकारी संस्थालाई संकटग्रस्त घोषणा गरी बचत सुरक्षित गर्न समस्या समाधान तथा व्यवस्थापन समिति गठन गर्ने समिति गठन गरेको विषयलाई पनि महत्त्वपूर्ण उपलब्धिको रुपमा सार्वजनिक गर्नुभएको छ

    • प्रकाशित मितिः पुस १९, २०८१
    • ३३६ पटक पढिएको
  • राप्रपा कोशी प्रदेशले घरदैलो अभियान थाल्ने

    सुनसरी / राप्रपा कोशी प्रदेशले घरदैलो कार्यक्रम  सुरु गर्ने भएको छ । १४ गते प्रदेश अध्यक्ष रामकुमार थापाको अध्यक्षतामा भएको प्रदेश बिस्तारित बैठकले राप्रपाले उठाएका एजेन्डाहरुलाई स्थापित गर्दै जनजीबिकाको सबालमा देखिएको समस्याहरुलाई सम्बोधन गर्न घरदैलो अभियान थालनी गर्ने भनी संकल्प प्रस्ताब पारित गरिएको प्रदेश प्रबक्ता बिजयकुमार राउतले बताए ।राप्रपा अब जनताहरुको मूलभूत समस्यामा केन्द्रित रहेर आगामी दिनहरुमा सहकारी पीडितहरुको बचत फिर्ता गराउन स्थानीय तहमा दबाब कार्यक्रम गर्ने , कुशासन बिरुद्ध खबरदारी अभियान चलाउने ,सुकुम्बासी समस्या समाधान गर्न दबाब सिर्जना गर्ने लगायतको कार्यक्रम लिएर जनता

    • प्रकाशित मितिः पुस १४, २०८१
    • ४७४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]