इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अनावश्यक खर्चलाई कटौती गरेर पुँजीगत खर्च बढाउनुपर्ने बताएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले आज आयोजना गरेको छलफलमा मुख्यमन्त्री कार्कीले अनावश्यक खर्च कटौती गर्दै संरचनाको बाढीलाई रोक्नुपर्ने बताए । राष्ट्रिय पुँजीको विकास गर्ने विषयलाई प्राथमिकता दिएर काम गर्नुपर्ने बताउँदै मुख्यमन्त्री कार्कीले त्यसका लागि पर्यटन, सूचना प्रविधि, कृषि र निर्माण क्षेत्रमा ध्यान दिनुपर्ने उल्लेख गरे । स्वदेशी उत्पादनलाई बढाउने र निर्यातजन्य उद्योगलाई प्रोत्साहन गर्ने नीति ल्याउँदै उनले प्रदेश र स
काठमाडौं । मोरङ जिल्लाको मिक्लाजुङ गाउँपालिका र जापानको खागोसीमा प्रान्तस्थित मिनामिताने सहरबीच भगिनी सम्बन्ध स्थापना गरिएको छ । शनिबार जापानको खागोसीमा प्रान्तको तानेसीगामा आयोजित एक कार्यक्रममा मिनामिताने टाउनका प्रमुख हिरोयासु कोजोनो र मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष बविकुमार राईको उपस्थितिमा सो सम्बन्ध सुरुआतको घोषणा गरिएको हो । जापानका पूर्वव्यवसायी एवं नेपाली कांग्रेसका नेता चिरञ्जीवी थापाको समन्वयमा यी दुई पालिकाबीच भगिनी सम्बन्ध कायम भएको हो । उक्त सम्बन्ध स्थापना गर्न शनिबार आयोजित कार्यक्रममा जापानका तर्फबाट खागोसीमा प्रान्तका गभर्नर कोइची सिओता, सभामुख सुन्लो सिओगामा र जापान एयरोस्पे
काठमाडौं / प्रधानमन्त्री एवं नेपाल (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अनेक षड्यन्त्र र भ्रम चिरेर आफूहरु विकास, समृद्धि र सुशासनको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेको बताएका छन् । एमालेका उपत्यकाका तीन जिल्ला कमिटीले आज दरबारमार्गमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वर्तमान सरकारको गठबन्धन आगामी निर्वाचनसम्म रहने स्पष्ट गर्दै अराजकता र अस्थिरताको विपक्षमा रहेर देशमा साम्प्रदायिक सद्भाव कायम गरी आर्थिक समृद्धि ल्याउन सबै लाग्नुपर्नेमा जोड दिए ।उनले कुनै पनि प्रकारको ठगी, तस्करी, भ्रष्टाचार, चरित्र हत्या र अश्लीलता स्वीकार्य नहुने जनाउदै देशको अधोग
काठमाडौँ/ नेपाल कम्युनिष्ट पार्टी (एमाले)को आज दरबारमार्गमा हुने जागरणसभाका लागि र्याली सुरू भएको छ ।जागरणसभाका लागि केही बेरमा भद्रकालीबाट र्याली सुरु भएर दरबारमार्ग पुगेर सभामा परिणत हुनेछ ।एमालेको जागरणसभाका काठमाडौँ, भक्तपुर, ललितपुरलगायत आसपासका जिल्लाबाट एक लाख मानिस उपस्थित गराउने तयारी रहेको छ । देशमा केही भएको छैन भन्ने जबरजस्ती भाष्य बनाउँदै अराजकतावादीले निरासा छर्न खोजेको ठहरसहित सुशासन, मुलुकको समृद्धि र सुदृढ लोकतन्त्रको सन्देशका लागि कार्यक्रम आयोजना गरिएको एमालेले जनाएको छ । एमालेले जागरण सभामा कार्यकर्ता र समर्थक गरी एक लाख उतार्ने लक्ष्य लिएको छ । उपत्यकाको ३ जिल्
काठमाडौं / अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेका छन् ।भक्तपुरस्थित आफ्नै घरबाट उनलाई सीआईबीको टोलीले पक्राउ गरेको हो ।सोमबार मात्र प्रसाईंले ‘फेक डकुमेन्ट’ को सहारामा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुष्प्रचार गरेका थिए । सोही आरोपमा उनलाई पक्राउ गरिएको हो ।केन्द्रीय अनुसन्धान व्युरो सीआईबी प्रमुख दीपक थापाले भने, ‘सामाजिक सन्जालमार्फत् अफवाह फैलाउनेहरुमाथि हाम्रो सधैं निगरानी रहन्छ । त्यही क्रममा प्रारम्भिक अध्ययन गरेर नियन्त्रणमा लिएका हौं ।’सीआईबीका अनुसार "फेक डकुमेन्ट" को सहारामा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुष्प्रचार गरेको पाइएपछि नियन्त्रणमा लिइएको छ
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच मंगलबार पनि बालुवाटारमा छलफल हुने भएको छ । मंगलबार साँझ ६ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएपछि दुई नेता भेट्न लागेका हुन् । मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री निवास बालुवाटारमै हुने छ । मन्त्रिपरिषद् बैठकमा ओलीले पर्फर्मेन्स कमजोर भएका मन्त्रीहरूबारे पनि केही बोल्न सक्ने बताइएको छ । सोमबार पनि प्रधानमन्त्री ओली र देउवाबीच लामो छलफल भएको थियो । सोमबारको छलफलमा मन्त्रिपरिषद् फेरबदल, प्रधानमन्त्रीको चीन भ्रमण र बीआरआईबारे कुराकानी भएको थियो । बालुवाटार स्रोतका अनुसार ठ्याकै कुन विषयमा कसरी दुई नेताले छलफल गरे भन्ने कुराको जा
पूर्वसभामुख दमननाथ ढुंगानाको निधनको शोकमा सरकारले सोमबार देशभर सार्वजनिक बिदा दिने निर्णय गरेपछि यस निर्णयले विभिन्न खालका प्रतिक्रिया र प्रश्नहरू उत्पन्न गराएको छ। मन्त्रिपरिषद्को आकस्मिक बैठक बिहान ९ बजे बसेर बिदा दिने निर्णय गरे पनि सूचना ढिलो सार्वजनिक हुँदा धेरै मानिस अन्योलमा परेका थिए।अन्योलपूर्ण स्थितिसरकारी कार्यालयहरू प्रायः १० बजेबाट खुल्ने चलन छ। तर, धेरैजसो कर्मचारीहरू बिहान ९ बजेअघि नै कार्यालय प्रस्थान गरिसकेका थिए। कतिपय कार्यालयमा काम सुरु भइसकेको थियो भने केही कर्मचारी बाटोमै थिए। विद्यालयहरू बिहानैदेखि सञ्चालनमा आइसकेका कारण अधिकांश ठाउँमा कक्षाहरू जारी नै रह्यो। बैंक, वित्त
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा ९माओवादी केन्द्र०को पदाधिकारी बैठक स्थगन गरिएको छ । आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने गरी निर्धारित बैठक स्थगन गरिएको उपाध्यक्ष एवं पार्टी प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । पूर्वसभामुख दमननाथ ढुंगानाको निधनको शोक र नेताहरूको व्यस्तताका कारण बैठक स्थगन गरिएको उनले बताए । उक्त बैठक मंगलबार अपराह्न ४ बजे बस्ने तय गरिएको उनले जानकारी दिए । स्थानीय तहको उपनिर्वाचनका विषयमा बैठकमा छलफल गरिनेछ । केन्द्रीय कमिटी बैठकको तयारी, पार्टीको विधानलगायत बैठकका एजेन्डा रहेको माओवादी केन्द्रले जनाएको छ ।
इटहरी – सहकारी क्षेत्रमा देखिएको ठगी प्रवृत्तिप्रति चासो व्यक्त गर्दै नेकपा एमाले कोशी प्रदेशका अध्यक्ष तथा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघका पूर्व महासचिव घनश्याम खतिवडाले सहकारी ठगी काण्डमा मुछिएका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न सरकारसँग माग गर्नुभएको छ।मोरङको दौतरीबलिया बचत तथा ऋण सहकारी संस्थाको पाँचौं साधारण सभामा बोल्दै अध्यक्ष खतिवडाले सहकारी क्षेत्रलाई कमजोर बनाउन खोज्ने प्रवृत्तिको अन्त्य गर्न कानुनी प्रक्रिया तत्काल अघि बढाउनुपर्नेमा जोड दिनुभएको हो। उहाँले भन्नुभयो, "सहकारी ठगहरूलाई कुनै पनि हालतमा उन्मुक्ति दिनुहुँदैन। सहकारी जस्तो संवेदनशील क्षेत्रको बदनाम गर्नेलाई तुरुन्
मोरङ / मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि हुन लागेको उपनिर्वाचनमा १६ जनाको उम्मेदवारी दर्ता भएको छ।तामझामका साथ कार्यकर्ताको भीड लिएर विभिन्न दलका केन्द्रीय स्तरका नेताहरु आआफ्नो उम्मेदवार लिएर मनोनयन दर्ता गराउन पुगेका थिए। मुख्य निर्वाचन अधिकृतको कार्यालयले सबै दलहरुलाई अलग अलग मनोनयन दर्ता गर्ने समय उपलब्ध गराएअनुसार उनीहरु दलबलसहित पुगेका थिए।विभिन्न दलबाट १५ र स्वतन्त्रबाट १ जनाको उम्मेदवारी परेको छ। मनोनयन दर्ताका लागि आइतबार बिहान १० देखि साँझ ५ बजेसम्मको समय तोकिएको थियो। त्यस अवधिमा उम्मेदवारी दर्ता गराउनेमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट दिनेशकुमार थन्दार, राष्
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.