इटहरी। ताप्लेजुङको फुङ्लिङ नगरपालिकाका पशुचौपायाका लागि पकाएको खोले (कुँडो) मा परेर एक बालकको मृत्यु भएको छ । फुङ्लिङ नगरपालिका–१० फुरुम्बुका तिलकसिंह लेछर्बो लिम्बूका चार वर्षीय छोरा सेसेहाङको मृत्यु भएको हो ।फुरुम्बुका वडाध्यक्ष सन्तोष लिम्बूका अनुसार बिहीबार साँझ पकाइरहेको खोलेको भाँडोमा बालक अचानक डुबेका थिए । खोलेमा परेर गम्भीर घाइते भएका बालकको जिल्ला अस्पताल ताप्लेजुङमा प्राथमिक उपचारपछि थप उपचार गर्न सुविधा सम्पन्न अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको वडाध्यक्ष लिम्बूले जानकारी दिनुभयो ।उहाँका अनुसार उपचारका लागि झापातर्फ लैजाने क्रममा पाँचथरको गोपेटार पु¥याउँदा बालकको मृत्यु भ
ताप्लेजुङ। ताप्लेजुङको प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक कमल बजगाइँले शान्ति सुरक्षामा नयाँ अनुभूति दिलाउने बताउनुभएको छ । जिल्लाको प्रहरी नेतृत्वको जिम्मेवारीमा आउनुभएका प्रनाउ बजगाइँले शान्ति सुरक्षा व्यवस्थापनमा अनुभूति हुनेगरी काम गर्ने बताउनुभएको हो । शुक्रबार बिहान स्थानीय पत्रकार तथा सञ्चारकर्मीसँग परिचयात्मक भेटघाट गर्दै प्रनाउ बजगाइँले शान्ति सुरक्षालाई बजबुत बनाउन आफूले प्रयास गर्ने बताउनुभयो । सरोकारवाला सबै पक्षको समन्वय र सहकार्यमा सुरक्षा निकायप्रतिको जिम्मेवारी र कर्तव्य बहन गर्नमा कमी हुन नदिने उहाँले बताउनुभयो । जिल्लामा शान्ति सुरक्षालाई असर गर्नेगरी लागुऔषध, मादक
इटहरी। पाँचथरका गाउँघरमा बाँदरले बाली नष्ट गर्न थालेपछि खेतबारी जोगाउन कुकुर पाल्ने चलन बढेको छ । बाली र घरको सुरक्षाका लागि पालिएका कुकुर रेबिज संक्रमणको जोखिममा पर्न थालेपछि गाउँघरमा नयाँ चुनौती थपिएको छ ।बाँदर धपाउन तथा बाली जोगाउन विशेषगरी वनजङ्गल छेउका गाउँमा कुकुर पाल्ने चलन बढेको हो । कतिपयले सौखले नभई बाध्यताले दुई–तीनवटासम्म कुकुर पाल्ने गरेका छन् । बाली जोगाउने क्रममा कुकुरलाई छाडा छाड्नुपर्ने अवस्था हुने भएकाले अन्य कुकुर तथा रेबिज संक्रमित जङ्गली जनावरको सम्पर्कमा पुग्ने जोखिमसमेत बढेको छ । रेबिजको प्रकोप बढेपछि फिदिम नगरपालिकाले भने कुकुरलाई धमाधम भ्याक्सिन दिने अभियान सञ्चालन गरि
इटहरी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड ताप्लेजुङले विशेष छुटमा चामल बिक्री गर्न सुरु गरेको छ । बिहीबारदेखि नै खाद्य व्यवस्थाले विशेष छुटमा चामल बिक्री गर्न सुरु गरेको हो ।कम्पनीको सातौँ वार्षिक उत्सवको अवसरमा प्रतिबोरा (२५ किलोग्रामकोलाई) एक सय २५ रुपियाँ छुटमा चामल बिक्रीको कार्य सुरु गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड ताप्लेजुङका कार्यालय प्रमुख प्रकाश तिम्सिनाले जानकारी दिनुभयो । उहाँका अनुसार यस अघि दुई हजार तीन सय रुपियाँमा बिक्री भइरहेको २५ किलोग्रामको स्टिम जिरा मसिनो चामल छुट सहित हाल उपभोक्ताले दुई हजार एक सय पचहत्तर रुपियाँमा पाउने भएका छन् । यस्तै यसअघि एक हज
इटहरी। कृषि सामग्री कम्पनी लिमिटेडले जिल्लामा मलको आपूर्ति निरन्तर गरिरहेको छ । हालसम्म जिल्लामा ३२ हजार ९९१ बोरा युरिया र २६ हजार २६७ बोरा डिएपी किसानलाई वितरण गरिएको छ ।त्यस्तै, पोटास ३७.०५० मेट्रिक टन (७४१ बोरा) वितरण गरिएको कृषि सामग्री कम्पनी लिमिटेडको झापा कार्यालयका प्रमुख दीपककुमार राजवंशीले बताउनुभयो । धान रोपाइँको मुख्य चरण लगभग सकिएकाले अब किसानले आवश्यकताअनुसार मल प्रयोग गर्ने समय सुरु भएको छ । उहाँका अनुसार मल मौज्दात रहेकाले किसानले चिन्ता गर्नुपर्ने अवस्था छैन । कार्यालयमा हाल युरिया १३० मेट्रिक टन र डिएपी ५४ मेट्रिक टन मौज्दात रहेको छ । धान रोपाइँपछि धानको वृद्धि र उत्पाद
झापा : झापाको मेचीनगर नगरपालिकाले वर्षौँदेखि फछ्र्योट हुन बाँकी बेरुजु रकम घटाउँदै शून्यमा पुर्याउने लक्ष्यसहित ‘शून्य बेरुजु’ अभियान सुरु गरेको छ। नगरपालिकाका अनुसार मेचीनगर स्थापना हुनुअघिका गाउँ विकास समितिको पालादेखि थाती रहेका आर्थिक बेरुजुसमेत फछ्र्योट हुन बाँकी छन्। बेरुजु रकम निरन्तर बढ्दै गएपछि त्यसलाई व्यवस्थित रूपमा फछ्र्योट गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो।नगरपालिकाले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ८९ र ९० बमोजिम बेरुजु रकम दाखिला वा फछ्र्योट गर्न सम्बन्धित पक्षलाई सार्वजनिक सूचनामार्फत आग्रह गरिसकेको छ। नगरपालिकाका प्रमुख प्रशासकीय
झापा। झापाको अर्जुनधारा नगरपालिका–८ सारुगाउँका एक पुरुषको सर्पदंशबाट मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय विनोद लिम्बू रहेको जनाइएको छ। घरमै सुतिरहेका बेला बिहीबार राति लिम्बूलाई सर्पले डसेको थियो। सर्पले डसेपछि उनलाई तत्काल उपचारका लागि चारआलीस्थित नेपाली सेनाको सर्पदंश उपचार केन्द्र लगिएको थियो।त्यहाँ उपचार गराइरहेका लिम्बूको अवस्था गम्भीर बनेपछि थप उपचारका लागि बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा रिफर गरिएको थियो। अस्पताल पुर्याएर उपचार सुरु गरिए पनि उनको अवस्था सुधार हुन नसकेको र उपचारकै क्रममा मृत्यु भएको जनाइएको छ। पछिल्लो समय वर्षायामसँगै झापाका ग्रामीण तथा सहरी क्षेत्रमा सर्पदंश
इटहरी : कर्मचारीमाथि कुटपिट भएको भन्दै नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रका कर्मचारी आन्दोलनमा उत्रिएका छन्। कार्यालयका कर्मचारी सोमराज उप्रेतीलगायतमाथि भएको आक्रमणमा संलग्नलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गर्दै कर्मचारीले चरणबद्ध आन्दोलन घोषणा गरेका हुन्।बिहीबार बिहान करिब ११ बजे शेखर ओली नाम गरेका व्यक्ति कृष्ण मगरसँग सम्बन्धित विद्युत चुहावटको फाइल लिएर वितरण केन्द्र पुगेका थिए। फाइलका विषयमा विवाद भएपछि उनले कार्यालयका कर्मचारीमाथि हातपात गरेको कर्मचारीको आरोप छ। घटनाबारे छलफल गर्न पीडित कर्मचारी तथा कार्यालयका अन्य कर्मचारी इलाका प्रहरी कार्यालय धुलाबारी
इटहरी : पूर्वी नेपालको धार्मिक नक्सामा लामो समयदेखि परिचित कनकाई नगरपालिका–४ स्थित कोटीहोम पछिल्लो समय धार्मिक आस्थासँगै पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ। पवित्र कनकाई नदीको पूर्वी किनारमा फैलिएको यो क्षेत्र स्थानीय रूपमा ‘माईधाम’ र ‘कोटीहोम’ नामले चिनिन्छ।धार्मिक विश्वास, ऐतिहासिक घटनाक्रम, मठमन्दिर, प्राकृतिक सौन्दर्य र सांस्कृतिक गतिविधिको संगमका रूपमा रहेको कोटीहोममा पछिल्लो समय पूर्वाधार विकासका काम पनि अघि बढिरहेका छन्। पुराना धार्मिक संरचनाको संरक्षणसँगै नयाँ संरचना निर्माण र परिसरलाई व्यवस्थित बनाउने काम भइरहेका छन्। कोटीहोमको धार्मिक पहिचानसँग जोडिएको सबैभन्दा मह
इटहरी : प्रहरीले बिर्तामोडबाट भन्सार छली गरी ल्याइएको ९ लाख रुपैयाँभन्दा बढी मूल्यको सामान बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको संयुक्त प्रहरी टोलीले बिर्तामोड नगरपालिका–५ त्रिवेणी टोलस्थित शनिश्चरे रोडबाट बुधबार साँझ सामान बरामद गरेको हो।प्रहरीका अनुसार बरामद सामानको कुल मूल्य ९ लाख ५ हजार ४५ रुपैयाँ रहेको छ। विशेष सूचनाका आधारमा खटिएको टोलीले शंकास्पद रूपमा राखिएका तथा ओसारपसारका लागि ल्याइएका सामान नियन्त्रणमा लिएको हो। बरामद हुनेमा तयारी पोसाक र खाद्यवस्तु छन्। हुडी, ज्याकेट, बालबालिकाका ट्राउजर तथा विभिन्न प्रकारका भेस्टसँ
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.