समाज

    Showing ९९१-१,००० of ९,३३७ items.
  • हिलिहाङ गाउँपालिकामा मधुमेह, उच्च रक्तचाप र मिर्गौलाको समस्या उच्च हुँदै

    इटहरी । हिलिहाङ गाउँपालिकाले सञ्चालन गरेको नसर्ने रोगको खोजपड्ताल (स्क्रिनिङ) कार्यक्रममा १२ प्रतिशत मानिसमा नसर्ने रोगहरू देखापरेका छन । समुदायका ३० वर्षभन्दा माथिका चार सय ४३ जना मानिसहरूको स्वास्थ्य परीक्षण गर्दा १२ प्रतिशत मानिसहरूमा मधुमेह, उच्च रक्तचाप, मिर्गौलाको समस्याजस्ता नसर्ने रोगका लक्षणहरू देखिएका हुन् । स्वास्थ्य परीक्षणका लागि नआएका र गाउँ समाजमा आफ्नै काममा व्यस्त रहेका मानिसहरूको स्वास्थ्य परीक्षण गर्दा यस्तो अवस्था देखिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख चन्द्रप्रसाद शर्मा घिमिरेले जानकारी दिनुभयो । मधुमेह र उच्च रक्तचापको समस्याले सताए पनि स्वास्थ्य परीक्षण नै नगराइ बसेक

    • प्रकाशित मितिः चैत ८, २०८२
    • ११२ पटक पढिएको
  • भोजपुरको पौवादुङमाका किसान उद्यममा जोडिदै

    इटहरी । पौवादुङमा गाउँपालिकाले किसानलाई लक्षित गर्दै सञ्चालन गरेको उन्नत जातका गाई वितरण कार्यक्रमले यहाँका ग्रामीण बस्तीमा आर्थिक गतिविधि विस्तार गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ । परम्परागत निर्वाहमुखी कृषिमा सीमित रहेका किसान अहिले क्रमशः व्यावसायिक पशुपालनतर्फ उन्मुख हुँदै नियमित आम्दानी गर्ने बाटोमा अघि बढेका छन् । गाउँपालिकाले ५० प्रतिशत अनुदानमा उपलब्ध गराएको गाईबाट उत्पादन भएको दूध बिक्री गर्दै किसानले गाउँमै आयआर्जन गर्न थालेका छन् । यसले वैदेशिक रोजगारी र बाह्य आयस्रोतमा निर्भरता घटाउँदै स्थानीयस्तरमै रोजगारी सृजना गर्ने वातावरण तयार पारेको छ । श्यामशिलाका किसान निमदोर्ची शेर्पा यस

    • प्रकाशित मितिः चैत ८, २०८२
    • १२० पटक पढिएको
  • धनकुटाको भेडेटार–रवि सडकखण्ड अवरुद्धःपहिरोमा फसेका ट्रक र चालकको उद्धार

    इटहरी ।  अविरल वर्षाका कारण धनकुटाको साँगुरीगढी गाउँपालिका–६ थुम्कीस्थित निर्माणाधीन भेडेटार–रवि–राँके सडक खण्डमा पहिरो खस्दा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ । शनिबार खसेको पहिरोका कारण सडकको दुवैतर्फको आवागमन बन्द भएको हो । भेडेटारबाट डाँडाबजारतर्फ जाँदै गरेको को १ क ३३०९ नम्बरको मिनी ट्रक पहिरोमा फसेको थियो । पहिरोमा फसेको ट्रक र त्यसका चालकको सुरक्षित उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ९डीएसपी० ज्ञानकुमार महतोले जानकारी दिनुभयो । मोरङको पथरी शनिश्चरे नगरपालिका–१ बस्ने २२ वर्षीय चालक योगेश गौतमले चलाएको सो खाली ट्रकलाई प्रहरीको सक्रियतामा

    • प्रकाशित मितिः चैत ८, २०८२
    • १३७ पटक पढिएको
  • जनता बहुमुखी क्याम्पसलाई ‘कोसी एक्सिलेन्स अवार्ड–२०२६’ मा विशेष सम्मान प्रदान

    इटहरी | कोसी प्रदेशको शैक्षिक क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्या’एको भन्दै जनता बहुमुखी क्याम्पसलाई ‘कोसी एक्सिलेन्स अवार्ड–२०२६’ मा विशेष सम्मान प्रदान गरिएको छ ।इटहरीस्थित सोल्टी वेस्टेन्ड होटलमा नयन मिडिया फाउण्डेसनले आयोजना गरेको कार्यक्रममा क्याम्पसलाई शिक्षा क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै जनता बहुमुखी क्याम्पस प्रमुख डा. गिता अधिकारी र जनता बहुमुखी क्याम्पस संचालक समितिका अध्यक्ष विकास केशीलाई नयन मिडिया फाउण्डेसन(प्रदेश खबर)का अध्यक्ष पवन अधिकारी र कोशी प्रदेशका पर्यटन वन तथा वातावरण मन्त्री भिम पराजुलीले सम्मान प्रदान गर्नु भएको हो ।कार्यक्रममा प्रमुख अतिथि प्रदेशका मुख

    • प्रकाशित मितिः चैत ७, २०८२
    • ४५३ पटक पढिएको
  • स्थापना दिवसमा सौन्दर्यकर्मीको सामाजिक कार्य ः रक्तदान र विपन्न विद्यार्थीलाई छात्रवृत्ति

    इटहरी । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल (नाबुन) ले आफ्नो १८ औं स्थापना दिवस विभिन्न सामाजिक कार्यक्रमहरू आयोजना गरी मनाएको छ । नाबुन विराटनगर महानगर कमिटिको आयोजनामा शनिबार रक्तदान तथा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न भएको हो। स्थापना दिवसको अवसरमा शनिबार बिहान खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिएको थियो। नेपाल रेडक्रस सोसाइटीको रक्त सञ्चार केन्द्रमा भइरहेको रगतको अभावलाई मध्यनजर गर्दै यो कार्यक्रम राखिएको नाबुन मोरङकी अध्यक्ष बसन्ती गुरुङले जानकारी दिनुभयो । उक्त रक्तदान कार्यक्रममा एक दर्जनभन्दा बढी सौन्दर्यकर्मी तथा सामाजिक अभियन्ताहरूले रक्तदान गरेका छन्। त्यसैगरी, युनियनले आफ्नो स

    • प्रकाशित मितिः चैत ७, २०८२
    • १८४ पटक पढिएको
  • ताप्लेजुङको लिबाङमा स्थानीय एक परिवारद्वारा विद्यालयमा अक्षयकोष स्थापना

    इटहरी। ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–३ लिबाङमा स्थानीय एक परिवारले विद्यालयमा अक्षयकोष स्थापना गर्नुभएको छ । स्थानीय जसबहादुर लुङखिम्बा लिम्बूको परिवारले लिबाङस्थित पञ्चेश्वरी माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गर्नु भएको हो ।लिम्बूको परिवारले दिवंगत सदस्यको स्मृतिमा अक्षयकोष स्थापना गर्नभएको पञ्चेश्वरी माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यष राजन काकीले जानकारी दिनुभयो । विव्यस अध्यक्ष कार्कीका अनुसार लिम्बूको परिवारले एक लाख एक हजार १२५ रुपियाँको अक्षयकोष स्थापना गर्नुभएको छ ।जसबहादुरकी श्रीमती स्वर्गीय दत्तमाया इङ्वासाम लिम्बू र छोरा दीपेन्द्र लुङ्खिम्बा लिम्बूकी श्रीमती ९बुहारी० स्व

    • प्रकाशित मितिः चैत ७, २०८२
    • १५१ पटक पढिएको
  • धनकुटा अस्पताललाई शिक्षण अस्पताल बनाउने तयारी ,ऐतिहासिकता मेटिनेमा नागरिकको चासो

    इटहरी। कोशी प्रदेश सरकारले धनकुटा अस्पताललाई मनमोहन प्राविधिक विश्वविद्यालयमा हस्तान्तरण गरी शिक्षण अस्पतालका रूपमा विकास गर्ने प्रक्रिया अघि बढाएसँगै स्थानीय स्तरमा बहस सुरु भएको छ । विश्वविद्यालयले अस्पतालको स्वामित्व ग्रहण गर्दा धनकुटा अस्पतालको सय वर्षभन्दा पुरानो ऐतिहासिक पहिचान मेटिन सक्ने भन्दै नागरिकस्तरमा चिन्ता र चासो बढ्न थालेको हो ।सरकारले अस्पताल हस्तान्तरणसँगै नर्सिङ ९बीएस्सी नर्सिङ० का कक्षा सञ्चालन गर्ने तयारी गरेको छ । यद्यपि, सरोकारवालाले अस्पतालको मौलिक इतिहास संरक्षण हुनुपर्ने माग राखेका छन् । नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सञ्जय सन्तोषी राईले अस्पतालको ऐतिहासिक गौ

    • प्रकाशित मितिः चैत ७, २०८२
    • २०३ पटक पढिएको
  • फुङलिङ नगरपालिका–६ को गुम्बाडाँडामा होमस्टे सञ्चालकलाई निःशुल्क कुक तालिम

    इटहरी  । गुम्बा डाँडा सामुदायिक होमस्टेका सञ्चालकलाई निःशुल्क कुक तालिम दिन सुरु गरिएको छ। होमस्टेमा आबद्ध २४ जना सञ्चालकलाई निःशुल्क एक महिने कुक तालिम दिन सुरु गरिएको हो। गुम्बाडाँडा सामुदायिक होमस्टेको व्यवस्थापन, पर्यटन कार्यालय काँकरभिट्टाको आर्थिक सहयोगमा एक्सपर्ट टेक्निकल कलेज सुनसरीले एक महिने कुक तालिम दिन सुरु गरेको छ । फुङलिङ नगरपालिका –६ मा रहेको होमस्टेका सञ्चालकलाई स्वादिष्ट खाना तथा खाजाका परिकार तयार गर्न सक्षम बनाउने उद्देश्यले तालिमको सुरुवात गरिएको होमस्टेका अध्यक्ष मणिराज गुरुङले जानकारी दिनुभयो । अध्यक्ष गुरुङका अनुसार सञ्चालकलाई दैनिक ६ घण्टा तालिम प्रदान ग

    • प्रकाशित मितिः चैत ७, २०८२
    • १२३ पटक पढिएको
  • स्थानीय पूर्वाधार विकास विभागले बजेट नपठाउँदा मोरङमा भवन निर्माण प्रभावित

    इटहरी । स्थानीय पूर्वाधार विकास विभागले समयमा बजेट नपठाइदिँदा  मोरङको पथरीशनिश्चरे नगरपालिकाको प्रमुख प्रशासकीय भवन निर्माण रोकिने भएको छ । विभागले ठेक्काको ५० प्रतिशत वित्तीय खर्च बेहोर्ने सर्तमा पथरीशनिश्चरे नगरपालिकाले प्रमुख प्रशासकीय भवन निर्माण थालेको थियो । नगरपालिकाले आफूले बेहोर्ने ५० प्रतिशत रकमसहित हालसम्म पाँच करोड ७४ लाख रुपियाँ निर्माण कम्पनीलाई भुक्तान गरिसकेको छ । हालसम्म ५० प्रतिशत मात्र वित्तीय प्रगति भए पनि भौतिक प्रगति ७० प्रतिशत भइसकेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडाका अनुसार स्थानीय पूर्वाधार विकास विभागले ८१ लाख रुपियाँ मात्र पठाएको छ

    • प्रकाशित मितिः चैत ७, २०८२
    • १३३ पटक पढिएको
  • इलामको सन्दकपुरमा तेस्रो रेडपाण्डा महोत्सव हुँदै

     इटहरी । इलामको सन्दकपुर गाउँपालिकामा लोपोन्मुख रेड पाण्डा को संरक्षणसँगै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले तेस्रो रेडपाण्डा महोत्सव आयोजना हुने भएको छ। आगामी चैत्र २० गतेदेखि २३ गतेसम्म सञ्चालन हुने महोत्सव यस वर्ष सन्दकपुर गाउँपालिका–४ को कालपोखरी क्षेत्रमा आयोजना गरिनेछ। महोत्सवको मुख्य लक्ष्य स्थानीय समुदायलाई रेडपाण्डा संरक्षणप्रति सचेत गराउनुका साथै हिमाली पदमार्गमा आधारित पर्यटनलाई प्रवर्द्धन गर्नु रहेको आयोजकले जनाएको छ। यसअघि दुई संस्करण सफलतापूर्वक सम्पन्न भइसकेको रेडपाण्डा पदमार्ग महोत्सव ४३ किलोमिटर लामो पदमार्गसँग सम्बन्धित छ, जसले माईपोखरीदेखि ढापपोखरी हुँदै जौबारीसम्म जोड्

    • प्रकाशित मितिः चैत ७, २०८२
    • १३९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]