काठमाडौं / काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस धादिङस्थित गजुरी–२ को चालिसेमा दुर्घटना भएको छ। दुर्घटनामा ठूलो संख्यामा यात्रुहरू हताहत भएको प्रहरीले जनाएको छ। बस त्रिशूली नदीमा खसेको हो। अहिले स्थानीय र प्रहरीले उद्दार गरिरहेका छन्। बस बिहान साढे सवा ११ बजेतिर त्रिशूलीमा खसेको हो। सशस्त्र प्रहरीको गोताखोर सहितको टोलीले नदीमा बेपत्ता भएकाहरूको खोजि गरिरहेको छ। दुर्घटनाको कारण भने खुलेको छैन।घटनाको थप विवरण आउन बाँकी रहेको छ ।
सुन्दरहरैचा / मोरङको सुन्दरहरैचा बिराटचौक स्थित सुकुना माध्यमिक विद्यालय सभाहलमा मंगलबार अभिभावक, पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष, स्थानीय बुद्दिजीवी, शिक्षाप्रेमी, संस्थापक सदस्य, शुभचिन्तक लगायतको उपस्थितीमा बसेको अभिभावक भेलाले बिद्यालय व्यवस्थापन समिती अध्यक्षमा मात्रिका प्रसाद ढकाल सहित ९ सदस्यीय समिती सर्वसम्मत चयन गरेको छ।भेलाले अध्यक्षमा मात्रिका प्रसाद ढकाल सदस्यमा गणेश कुमार कार्की, राम कुमार मास्के, मन माया तामाङ, चिना निरौला, एकेन्द्र राई साथै शिक्षक प्रतिनिधिको तर्फबाट डा. ईश्वर कुमार राई, वडा प्रतिनिधिको तर्फबाट वडा अध्यक्ष राज कुमार राई, सदस्य सचिव प्रधानध्यापक नारायण प्
काठमाडौं / संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई पितृशोक परेको छ। किरातीका बुबा हर्कबहादुर राईको ७६ वर्षको उमेरमा बुधबार बिहान ४ बजे निधन भएको हो। वीर अस्पतालमा उपचारको क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ। राई लामो समयदेखि प्यारालाइसिसका कारण बिरामी थिए। किराँतीका बुवाको पार्थिव शरीर आजै पुर्ख्यौली घर भोजपुरको ओख्रे गाउँ लैजाने तयारी भइरहेको बताइएको छ । मन्त्री किरातीले सामाजिक सञ्जालमा ४२ वर्षअघिको तस्विर राख्दै बुबालाई श्रद्धाञ्जली दिएका छन्। ‘भर्खरै वुवाले धोका दिनुभयो! आमाले त हामीलाई पहिला नै धोका दिएर जानुभो!’, उनले लेखेका छन्, ‘उप्रान्त व
विराटनगर / विराटनगरको ग्रीनक्रस अस्पतालबाट गायब गरिएकी एक दिने शिशुलाई प्रहरीले फेला पारेको छ । बिक्री गरेको अवस्थामा मोरङको कटहरी गाउँपालिका- २ मा फेला पारेको हो । उद्दार गरिएकी शिशुको अवस्था सामान्य रहको छ । एक दिने नवजात शिशुलाई गायब गरेको आरोपमा पक्राउ परेका डाक्टर र बच्चाको बुबामाथि अनुसन्धान गरिहेको प्रहरीले प्रारम्भीक अनुसन्धानका क्रममा डाक्टर कर्णले ५० हजार रुपैयाँमा बिक्री गरेको देखिएको बताएको छ । अस्पतालमा प्रसूति गराउँदा उनले ३५ हजार रुपैयाँ लिएका थिए ।आफ्नो सन्तानलाई गायब गरेको भन्दै शिशुको आमाले जाहेरी दिएपछि प्रहरीले प्रसूति रोग विशेषज्ञ डाक्टर तपेश्वरलाल कर्ण र
श्री लालिगुराँस नगरपालिका नगर प्रमुखअर्जुन माबुहाङ्ग ज्यु नमस्कारम तपाईंले नेतृत्व गरिरहनु भएको लालिगुराँस नगरपालिका वासि प्रकाश श्रेष्ठ तेह्रथुम जिल्ला लालिगुराँस नगरपालिकाको अनियमिता, बेथिति भष्ट्राचार र कुशासनको विरुद्ध नेकपा एमाले ले आयोजना गरेको खबरदारी शभाको बारेमा अहिले सामाजिक सन्जालमा ब्यापक चर्चा भै रहेको छ । अहिले नगरपालिकाको नेतृत्व गल्ती सच्याउन भन्दा सफाई दिनमा ब्यस्त छ र आफु चोखो भएको दाबी गरेको छ । मेयर अर्जुन माबुहाङ्ग ज्यु के साच्चै तपाईंले नेतृत्व गर्नुभएको लालिगुराँस नगरपालिकामा अनियमिता , बेथि
सुनसरी / धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले निजी जग्गामा बनेको घर भत्काइदिने धम्की दिएका छन् ।साम्पाङ केही दिनअघि सर्दु जलाधार क्षेत्रमा रहेको रोशन तथा रोजिना अधिकारीको जग्गामा दलबलसहित गएर वृक्षरोपण गरेका थिए । तर, अदालतले उक्त जग्गामा वृक्षरोपण नगर्न आदेश दिएको थियो । सोमबार साम्पाङ पुनः सो क्षेत्रमा पुगेपछि उनी र जग्गाधनीबीच विवाद भएको थियो । जग्गाधनी रोजिनाले अदालतको पत्रसमेत देखाउँदै यो आफ्नो निजी जग्गा भएकाले रोपिएका बिरुवा उखेलिदिने बताएकी छिन् । रोजिनाले अदालतको पत्रसमेत देखाएपछि साम्पाङ ‘तिमीहरूको घर भत्काइदिन्छु’ भन्दै त्यहाँबाट फर्किएका थिए ।जग्गाधनी रोजिनाले आफ्नो व्यक्
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली क्रिकेट टोलीलाई भेटेका छन् । उनले एसीसी कपको लागि पाकिस्तान जान लागेको क्रिकेट टीमलाई भेटेर शुभकामना दिएका छन् ।उनले सोमबार साँझ बसेरा होटलमा खेलाडीहरुलाई भेटेर खेलका लागि शुभकामना दिएका हुन् साथमा नेपाल खेलकुद महासंघका अध्यक्ष पर्शुराम बस्नेतले आफ्नो भनाई राख्दै बिभिन्न समयमा खेलकुदबाट राष्ट्र चिनाउने काम भएकोले खेलकुद महासंघको नेतृत्वमा खेलाडीलाइ सम्मान जनक जिवन जिउन सक्ने वातावरण बनाउने बताउदैं क्रिकेट टोलीलाइ शुभकामना दिएका छन ।एसीसी कप खेल्न नेपाली क्रिकेट टोली बुधबार पाकिस्तान प्रस्थान गर्दैछ ।
विराटनगर : कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाएका छन् । ९३ सदस्यीय प्रदेशसभामा उनले ४७ मत पाएका छन् । उनको विपक्षमा ३० मत खसेको थियो । सभाध्यक्ष इस्राइल मन्सुरी आफैले समेत संविधानविपरीत मतदान गरेका थिए । जसको प्रतिपक्षी सांसदहरुले कडा विरोध जनाएका थिए । उनको मत विना नै पनि थापाले बहुसंख्यक सदस्यहरुको विश्वासको मत पाएका हुन् । सबैभन्दा जेठो सांसद सभाध्यक्ष बन्ने नियम छल्नको लागि नेकपा एमालेका केही सांसदहरुले विभिन्न कारण देखाउँदै संसदमा उपस्थित नहुने निवेदन दिएका थिए । उपसभामुख सिर्जना दनुवार आफैले बोलाएको सभाको बैठक छाडेर काठमाडौ पुगेकी थिइन् भने त्यहाँ शहीद गंगाल
सप्तकोसी नदिमा डुबेर एकजना युवकको मृत्यु भएको छ । सुनसरीको सप्तकोसी नदिमा डुबेर एकजना युवकको मृत्यू भएको छ। सप्तकोसी नदिमा विहान ७ बजेको समयमा बोलबम जानको लागि जल भर्ने क्रममा युवक नदीमा डुबेर बेपत्ता भएका थिए ।सुनसरी र सप्तरीको सीमामा पर्ने कोसी गाउँपालीका वडा नम्बर ८ कोसी ब्यारेज स्थित सप्तकोसी नदिमा जल भरेर नुहाउने क्रममा सोमबार बिहान भारत बिहार राज्य सुपौल जिल्लाको वैजनाथपुर ३ बस्ने १८ वर्षका अमरकुमार मेहताको डुबेर मृत्यू भएको स्थानीयहरुले जानकारी दिएका छन्।स्थानीयवासी, नेपाल प्रहरी,सशस्त्र प्रहरी सहित गोताखोर टोलि बोलाएर शवको खोजी गरेको प्रहरीले बताएका छन् शवको पोस्टमार्टमकाे लागि जिल्ला
बराहक्षेत्र / गएको २०६५ साल भदौ २ गते सुनसरीको पश्चिम कुशाहास्थित पूर्वी तटबन्ध फुट्दा ७ हजार ५ सय ६३ घरपरिवारका ४२ हजार ७ सय ६३ जना स्थानीय विस्थापित भएका थिए। तर, बाँध फुटेर घरवारबिहीन भएका बाढी पीडितहरूले १५ वर्ष पुगिसक्दा पनि राहत नपाएको बताएका छन्।कोसी नदीको पूर्वी बाँधको मूल फुटेर गाउमा पस्दा सुनसरीको साविकका गाउँ विकास समितिहरू पश्चिम कुशाहा, श्रीपुर र हरिपुर पूर्णरूपमा डुबानमा परेको थियो। नियमित रूपमा उब्जाउ हुने खेतमा कोसीको बाढी पसेर बालुवाले पुरिदिएकाले विगत १० वर्षदेखि स्थानीयले खेतीपाती गर्न पाएका थिएनन्। तर, केही वर्षयता छिटपुट खेती गर्न थालेका छन्। सरकारले कृषि, शिक्षा, स्
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.