समाज

    Showing १०,०९१-१०,१०० of ११,३०१ items.
  • नेतृत्व क्षमताको विकास का लागि विद्यार्थीहरु लाई एनसिसी तालिम

    इटहरी । युवा विद्यार्थीमा  राष्ट्रिय एकताको भावना जागृत गराउने तथा  नेतृत्व क्षमता विकास गरी असल नागरिक वनाउने उद्धेश्यले नेपाली सेनाले विद्यालयमा सञ्चालन गर्दै आएको एनसिसी तालिम यस वर्ष पनि सुनसरीमा सुरु भएको छ ।नेपाली सेनाको श्री कृष्णदल गण सुनसरीको समन्वयमा सुनसरीको इटहरीमा रहेको जनता माध्यमिक विद्यालय सहित केही विद्यालयका विद्यार्थीलाई  अनुशासन, वफादारिता , इमान्दारिता , राष्ट्रिय एकताको भावना तथा नेतृत्व क्षमताको विकासमा सहयोग पुर्याउने उद्धेश्य सहित एनसिसी तालिम सुरु गरेको हो ।सुनसरीको धरानमा रहेको श्री पब्लिक हाई स्कुल, बराहक्षेत्रमा रहेको महेन्द्र मा.वि. र ईटहरीमा रहेको

    • प्रकाशित मितिः भदौ ४, २०८०
    • १९७ पटक पढिएको
  • इटहरीमा मनपरी कर्मचारी सरुवा गरेको भन्दै ज्ञापन , बोधार्थ अख्तियार देखि मन्त्रालय सम्म

    इटहरी । उपमहानगरपालिकाका कर्मचारीहरुलाई मनपरी सरुवा गरेको भन्दै कार्यपालिका सदस्यहरुले सरुवा बदर गर्न माग गरेका छन् । नेकपा एमाले सम्बद्ध कार्यपालिका सदस्यहरुले ज्ञापनपत्र बुझाउँदै उपमहानगरपालिकाले गरेको कर्मचारीहरुको आन्तरिक सरुवा बदर नगरे संघर्षमा उत्रिने चेतावनी दिएका छन् । राजनीतीक पूर्वाग्रहका आधारमा मापदण्डविपरीत सरुवा गरिएको र यस्तो कार्यले कर्मचारीहरुलाई हतोत्साहि बनाएको सदस्यहरुको आरोप छ । दुई दुई वर्षमा सरुवा गर्ने सामान्य नियमसमेत पालना नगरी प्रत्येक वर्ष कर्मचारी सरुवा गर्दा नयाँ ठाउँको अवस्था बुझ्न समय लाग्ने र त्यसले विकास निर्माण कार्य प्रभावित बनाएको दावी गरिएको छ । य

    • प्रकाशित मितिः भदौ ३, २०८०
    • २९६ पटक पढिएको
  • विराटनगरमा अविवाहित युवतीको नवजात शिशु अस्पतालबाटै गायब

    विराटनगर / विराटनगरको ग्रीनक्रस अस्पतालमा अविवाहित युवतीबाट जन्मिएको बच्चा गायब बनाइएको घटना सार्वजनिक भएको छ । प्रहरीका अनुसार विराटनगर महानगरपालिका ९ मा रहेको अस्पतालबाटै बच्चा गायब बनाइएको हो ।२६ वर्षीया युवतीले सोही अस्पतालमा छोरी जन्माएकी थिइन् । प्रेमीसँगको शारीरिक सम्पर्कबाट गर्भवती भएकी युवतीलाई असार १३ गते दिउँसो अस्पतालमा भर्ना गरिएको थियो । भोलिपल्टै उनले छोरीलाई जन्म दिएकी हुन् ।प्रहरीका अनुसार भोजपुरको हतुवागढी गाउँपालिका ४ घर भएका २७ वर्षीय गोविन्द राई र ती युवती २ वर्षदेखि प्रेम सम्बन्धमा रहेको खुलेको छ । दुई जनाबीचको सम्बन्धबाट गर्भ बसेपछि गोविन्दले प्रेमिकालाई विराटनगर ल्याएको

    • प्रकाशित मितिः भदौ ३, २०८०
    • १३८ पटक पढिएको
  • कार्यपालिका सदस्य शेर्पालाई कारवाही गर्न एमाले वडा कमिटिको माग

    इटहरी । कार्यपालिका सदस्य प्रमोद शेर्पालाई संसदीय दलको उपनेताबाट हटाउन नेकपा एमाले १६ नं. वडा कमिटिले माग गरेको छ। पार्टीको हित विपरीतको गतिविधि गरेको भन्दै उनलाई फिर्ता गर्न कमिटिले पार्टीसँग माग गरेको हो । पार्टीको वडा कमिटि अध्यक्ष तथा सो वडाका वडाध्यक्षसमेत रहेका तेजनारायण चौधरीले शेर्पालाई कारवाहीका लागि सिफारिस गरेको पुष्टि गरेका छन् । शेर्पालाई अल्पसंख्यक कोटाबाट कार्यपालिका सदस्य बनाइ पार्टीले संसदीय दलको उपनेतासमेत बनाएको थियो । उनी नेकपा एमाले प्रदेश सचिवालय सदस्यसमेत हुन् । तर कार्यपालिकामा सहभागि उनले लगातार पार्टी हितविपरीत काम गरेको आरोप लागेको छ । पछिल्लो समय शेर्

    • प्रकाशित मितिः भदौ ३, २०८०
    • २१५ पटक पढिएको
  • श्रीमति हत्या आरोपमा इटहरीका दीपेन पक्राउ

    सुनसरी / श्रीमतिको हत्या आरोपमा इटहरी वडा नम्बर - ४ का ३९ बर्षीय दीपेन लिम्बु पक्राउ परेका छन् ।श्रीमति ३५ वर्षीया सीता लिम्बुलाई घरायसी विवादका क्रममा कुटपिट गरी हत्या गरेको माइती पक्षले दिएको किटानी जाहेरीका आधारमा दीपेनलाई प्रहरीले पक्राउ गरेको हो ।  साउन ३२ गते इटहरी- ४ स्थित टेंग्रा खोला किनारमा एक महिलाको शव फेला परेकोमा मृतक लिम्बुको माइती पक्षले ३९ वर्षीय पति दीपेनले  हत्या गरेको किटानी जाहेरी दिएका छन् । इलाका प्रहरी कार्यालय इटहरीमा मृतक सीताकी भाई २७ वर्षीय धनबहादुर लिम्बुले दिदीलाई सिताका पति दीपेन लिम्बूले हत्या गरेको किटानी जाहेरी दिएकाले सोही आधारमा दीपेनलाई

    • प्रकाशित मितिः भदौ ३, २०८०
    • २१९ पटक पढिएको
  • पथरीशनिश्चरेमा ९५ प्रतिशतलाई दादुरा रुबेला खोप

    पथरी शनिश्चरे / पथरीशनिश्चरे नगरपालिकामा आज भदौ ०२ गतेसम्म २० हजार २ सय ६५ जना बालबालिका लाई दादुरा रुबेला विरुद्धको खोप प्रदान गरिसकेको छ ।नगर स्वास्थ्य कार्यालय पथरीका वरिष्ठ अधिकृत एकराज खत्रीका अनुसार ६ देखि ५९ महिनाका बालबालिकाहरु ४ हजार ८ सय ८७ जना र ५ वर्षदेखि १५ वर्षका बालबालिकाहरु १५ हजार ३ सय ७८ जनाले खोप लगाइसकेका छन् । यसबाट जम्मा २० हजार २ सय ६५ जनाले खोप लगाएको देखिन्छ । यो संख्या नगरको लक्ष्य अनुसार ९५ प्रतिशत रहेको छ । नगरको लक्ष्य २१ हजार ३ सय २१ जना रहेको छ भने भोलि अन्तिम दिन ५ प्रतिशत प्रगति विवरण हुनेमा नगरपालिका विश्वस्त रहेको छ । दादुरा रुवेला खोप अभियान सञ्चाल

    • प्रकाशित मितिः भदौ ३, २०८०
    • २२४ पटक पढिएको
  • खाजा खाएर पाँच सय दरका ३५ वटा नक्कली नोट तिर्दा रामधुनीका एक युवक पक्राउ

    सुनसरी : रामधुनी नगरपालिका- १ हनुमान मन्दिर स्थितबाट नक्कली नोटसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार रामधुनीमा स्थानीय विक्रम चौधौरीले सञ्चालन गरेको थारु कटेजमा खाजा खाएर तिर्न खोज्दा नक्कली नोट दिएपछि प्रहरीले पक्राउ गरेको हो ।पक्राउ पर्नेमा स्थानीय ३७ वर्षीय रोशन चौधरी रहेका छन् ।उनले खाजा खाएर पैसा तिर्ने क्रममा नक्कली पैसा दिएको भन्ने जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरी टोलीले पाँच सय दरका ३५ वटा नक्कली नोटसहित चौधरीलाई पक्राउ गरेको हो ।पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः भदौ ३, २०८०
    • १९२ पटक पढिएको
  • झापाकी कमला मुर्मु तीन वर्षदेखि इराकमा बन्धक

    सुनसरी : झापाको अर्जुनधारा नगरपालिका- ६ की ३० वर्षीया कमला मुर्मु इराकमा तीन वर्षदेखि बन्धक छिन्। उनकी आमाले उद्धारका लागि अपिल गरेकी छिन्।तीन वर्षअघि विसं २०७७ भदौ १० गते वैदेशिक रोजगारीका क्रममा ओमान लाने भनेर कमलालाई मानव तस्करले इराक पुर्याएर बेचेको आमा लखी मुर्मुले बताइन्। ‘ओमान लाने भनेर इराक पुर्‍याएछन्’, पीडितकी आमा लखीले कमलाको फोटो देखाउँदै भनिन्, ‘छ महिनासम्म कुनै सम्पर्क हुन सकेन। त्यसपछि भ्वाइस म्यासेजमार्फत बेला–बेला एकोहोरो सम्पर्क हुँदा छोरीले मलाई बन्धक बनाइएको छ, उद्धार गर्नुपर्‍यो आमामात्र भनिरहेकी छन्।’तीन वर्षदेखि बन्धक अवस्थामा रहेको खुलासा भए पनि कमलाको उद्धारका लागि सरक

    • प्रकाशित मितिः भदौ ३, २०८०
    • ११८ पटक पढिएको
  • इटहरीका मेयरलाई खुल्लापत्र : कर बढाएकोमा औचित्य पुष्टि गर्नु पर्दैन ?

    इटहरी : इटहरी उपमहानगरपालिका भित्र भर्खरै तिन सय प्रतिशत भन्दा बढी कर बढाउन नेतृत्व गर्नु हुने इटहरीका मेयर हेमकर्णपौडेललाई नमस्कार ।स्थानीय तहको पछिल्लो चुनाव सकिएको वैशाखमा एक वर्ष पुगेर भदौ लागी सक्यो । ट्यांग्रा खोलामा समेत यो अवधि सम्म धेरै पानीबगी सकेको छ । ट्यांग्राकै किनारमा रहेको इटहरी उपमहानगरको 'सिंहदरबार' बाट पनि धेरै मुद्दाहरू बग्दै बाहिर निस्कँदै छन् ।पछिल्लो पटक हजुरको सिंहदरबारबाट शासकको महिमत्ताको गन्ध सहित निस्किएको करको 'करकरे' हावाले अहिले इटहरीवासीमादुर्गन्ध बढेको थाहा नै होला ।हुन त तपाईँले इटहरीमा सुगन्ध फैलाउनु हुन्छ होला भन्ने विश्वासमा एक वर्ष केही महिना अगाडीसम्म इटह

    • प्रकाशित मितिः भदौ २, २०८०
    • ९८९ पटक पढिएको
  • सुनसरीको बराहक्षेत्र वराह जयन्ती मनायो

    सुनसरी / आज श्रावण शुक्ल तृतियाको दिन, भगवान विष्णुको तेश्रो अवतार वराहको पूजा अर्चना गरी  सुनसरीको बराहक्षेत्र वराह जयन्ती मनाइएको छ ।विभिन्न पुराणहरुका अनुसार आजको दिन भगवान विष्णुले आफ्नो तेश्रो अवतारको रूपमा वराह अवतार लिएका थिए र हिरण्याक्ष दैत्यको वध गरेर उसको अत्याचारबाट लोकको उद्धार गरेका थिए ।आजकै दिनलाई भगवान बिष्णुको जन्म जयन्तीको रुपमा पनि लिने गरिएको छ । वराह अर्थात बँदेल विष्णुपुराण लगायत विभिन्न धार्मिक ग्रन्थहरुले वराहलाई विष्णुको बँदेल रुपमा बयान गरेको पाइन्छ । मन्दिरमा गीता पाठ, बराह चरित्र पाठ, बराह भगवानको अर्चना गरेर विशेष पूजा गरेर भगवान बराहको जन्म उत्सव मनाइएक

    • प्रकाशित मितिः भदौ २, २०८०
    • १६७ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]