सुनसरी / इटहरीमा एक महिलाको शव फेला परेको छ । आज इटहरी वडा नम्बर ४ स्थित सेतो बङ्गला बोर्डिङ स्कूल नजिकै टेङ्ग्रा खोलाको किनारमा घोप्टो परेको अवस्थामा अन्दाजी ३५ वर्षीय महिलाको शव भेटिएको हो ।शव सङ्खुवासभा मादी घर भई हाल इटहरी वडा नम्बर ४ मा कोठाभाडामा बस्दै आएकी सीता लिम्बूको रहेको इलाा प्रहरी कार्यालय इटहरीले जनाएको छ ।शवको प्रकृति हेर्दा हत्याको आशंका गरिएको छ । हत्या भएको आशंकापछि प्रहरीले घटनाको विषयमा थप अनुसन्धान गरिएको छ ।
इटहरी ४ स्थित सेतो बङला बोडिङ स्कुल नजिकै टेग्रा खोलाको किनारमा घोप्टो परेको अवस्था अन्दाजी ३५ वर्षीय सिता लिम्बुको शव भेटिएको छ ।सङ्खुवासभा मादी घर भई हाल इटहरी ४ मा डेरी गरी बस्दै आएकी स्थानीय ले बताएका छन ।उक्त शव सिता लिम्बुको भएको र शवको प्रकृति हेर्दा हत्याको आशङ्का गरिएकोले अनुसन्धान प्रक्रिया अगाडि बढाइएको इलाका प्रहरी कार्यालय इटहरीले बताएको छ ।
इटहरी / मानव कल्याण समाज इटहरीले आयोजना गरेको ३९० घण्टे जेनेरल कुक र एडभान्स व्यूटि तालिम सम्पन्न भएको छ । सामाजिक विकास मन्त्रालय कोशी प्रदेशको आर्थिक सहयोगमा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको वृत्ति विकासका लागि सहयोग गरेको हो ।तालिममा कुक तर्फ ९ जना र व्यूटिसियन तर्फ १० जनाले लिएका थिए । मानव कल्याण समाज इटहरीले उनीहरूलाई आफू निर्भर भएर सिप सिकेर रोजगारी बन्नका लागि तालिम आयोजना गेको थियोे ।सामाजिक विकास मन्त्रालय, सामाजिक विकास महाशाखा प्रमुख दुर्गा बरालले क्वयर समुदाय प्रति प्रदेश सरकार सकारात्मक र साथमा रहेको बताइन् । तालिम लिएकाहरुलाई प्रदेश सरकारले जनहि ५० हजारका दरले विउ पुँ
बराहक्षेत्र/ डेंगु नियन्त्रणका लागि बराहक्षेत्र नगरपालिकाले खोज र नष्ट गरौं अभियान सुरु गरेको छ।नगरपालिकाले डेंगु सार्ने लामखुट्टेको लार्भा खोजी गरी नष्ट गर्ने अभियान थालेको हो । नगरपालिकामा डेंगुका बिरामी देखा परेको भन्दै यो अभियान थालिएको जनाएको छ।नगरपालिकाले डेंगु सार्ने लामखुट्टेको लार्भा खोजी गर्दै नष्ट गर्ने अभियान सुरु गरेको नगरपालिका नगर प्रमुख रमेश कार्कीले जानकारी दिए । डेंगु रोग नियन्त्रणमा र सरसफाई अभियान प्रभावकारी प्रभावकारिता बनाउन यो अभियान शुरु गरिएको कार्किको भनाई छ।बराहक्षेत्र नगरपालिकाले स्वास्थ्यकर्मी जनप्रतिनिधि हरूको सहभागिता मंगलबार बराहक्षेत्र नगरपालिकाको वडा नं ८ को श
बराहक्षेत्र / सुनसरीको बराहक्षेत्र नगरपालीकामा गाईवस्तुलाई लम्पीस्किन रोगको भ्याक्सिन गोठमै पुगेर लगाउदै छ। बराहक्षेत्र नगरका केहि वाडामा भ्याक्सिन लगाइ सकिएको छ भने केही वडाहरुमा भर्खरै सुरु गरेको वडा नं ८ का अध्यक्ष रोसन खड्का ले बताए । पशुचिकित्सकको टोली कृषकको गोठमै मा पुगेर भ्याक्सिन लगाउन थाले पछि कृषिकले राहत महसुस गर्न थालेका छन।लम्पी स्किन रोग विशेषगरी गाईहरुमा बढी देखिने भए पनि भैंसीहरुमा समेत देखिन थालेको पशुचिकित्सकको भनाई छ । अहिले गाईभैँसीमा लाग्ने लम्पी स्किन रोग तीव्र गतिमा फैलिरहेको छ।सामान्यतः रोगी पशु र लामखुट्टेबाट समेत सर्ने यो रोग लागेमा पसु लाइ छुट्टै राखेर उपचार
सुनसरी / मोरङको बेलबारी नगरपालिका- ३ मा रहेको भगवती माध्यमिक बिद्यालयमा कक्षा ११ र १२ मा अध्यायनरत बिद्यार्थीहरुलाई बेलबारी २ घर भई हाल जापानमा बसोबास रहेका राजनबाबु सुवेदी सहित जापानीज सहितको टोलीले छात्रबृति दिने भएको छ ।करिब चार बर्षअघि सोही टिमले भवगतीका १५ जना बिद्यार्थीलाई छात्रबृति प्रदान गरेको थियो । कोभिडका कारण रोकिएको सो कार्यक्रम फेरि सञ्चालन हुने भएको छ । सुवेदी सहित जापानीज टोलीले बुधबार बिहान बिद्यालयमा आयोजित कार्यक्रममा अझ बढी बिद्यार्थीलाई छात्रबृति प्रदान गर्ने बचन दिएका छन् ।बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष हेमसागर ढकालले आफुले ५० जना बिद्यार्थीलाई छात्रबृति माग गर
सुनसरी / इटहरी उपमहानगरपालिकाले नगर क्षेत्रमा नियमविपरीत सञ्चालनमा रहेका सहकारी संस्था बन्द गर्ने भएको छ ।उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले हिजो सामाजिक सञ्जाल फेसबुकमार्फत यसको जानकारी दिएका हुन् । सहकारीले आफूहरूको बचत फिर्ता नगरेको बचतकर्ताको गुनासोपछि केही सहकारीहरूलाई बचत फिर्ता गर्ने समय दिएकोमा सो समयभित्र पनि बचत फिर्ता नगरेपछि त्यस्ता सहकारी बन्द गर्न लागिएको मेयर पौडेलको भनाइ छ ।उपमहानगरपालिकाका सहकारी शाखा प्रमुख बालकुमार पोख्रेलका अनुसार उपमहानगरपालिकाले बचत फिर्ता गर्न समय दिँदा पनि बचतकर्ताको रकम फिर्ता नगर्ने केही सहकारी संस्था बन्द गर्ने तयारी गरिएको छ ।सहकारी शाखाले अहिले
सुनसरी / विराटनगर महानगरपालिकाले महानगर क्षेत्रभित्रका मुख्य राजमार्गबाहेकका सहायक तथा भित्री सडकखण्डमा १० चक्के वा सोभन्दा बढीका मालबाहक सवारी साधनहरु दिउँसो प्रवेशमा रोक लगाउने निर्णय गरेको छ ।मंगलबार महानगरको समन्वयमा सरोकारवालासहितको बसेको बैठकले सडक सुरक्षा र ट्राफिक व्यवस्थापनका लागि बढी क्षमता भएका मालबाहक सवारी सहायक र भित्री सडकमा प्रवेश गर्न रोक लगाउने निर्णय गरेको हो ।अबदेखि ढुवानीका साधनले सम्बन्धित ठाउँ र पार्किङस्थलमा मात्रै लोड अनलोड गर्नुपर्नेछ । बैठकले मुख्य बजार क्षेत्रभित्र निर्माण सामग्री तथा ढुवानीका सामग्री बोकेका ६ चक्केसम्मका मालबाहक सवारी साधनलाई रात्रिकालीन समयमा मात्
काठमाडौं / नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । भारतबाट मूल्य बढेर आएकाले मंगलबार बेलुका बसेको निगम व्यवस्थापनको बैठकले मूल्यवृद्धि गरेको हो ।निगमको नयाँ मूल्य अनुसार डिजेलमा र मट्टीतेलमा समान प्रतिलिटर १४ रुपैयाँ मूल्य बढाइएको छ भने पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य बढाइएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।नयाँ मूल्यअनुसार अब पेट्रोल पहिलो वर्गमा १७५ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १७७ र तेस्रो वर्गमा १७८ रुपैयाँ कायम भएको छ । यस्तै, डिजेल र मट्टीतेल पहिलोमा १६४ रुपैयाँ ५० पैसा, दोस्रोमा १६६ र तेस्रोमा १६७ रुपैयाँ कायम छ ।
इटहरी । निसाहय बालबालिकाहरुले आश्रय लिदै आएको सुनसरीको इटहरीमा रहेको नि:साहय बालबालिका सेवा आश्रमलाई इटहरीकै उमादेवी शर्मा पौडेलको परिवारले अक्षयकोष स्थापनाका लागि सहयोग गरेका छन । स्वर्गीय पति रामनाथ शर्मा पौडेलको स्मृतिमा उमादेवी पौडेलले अक्षयकोष स्थापनाका लागि पाँच लाख रुपैया सहयोग गरेकी हुन । सामाजिक सेवाका क्षेत्रमा इटहरीमा नाम कमाउका स्वर्गीय रामनाथ शर्मा पौडेलकी धर्मपत्नी उमादेवी सहित छोराहरु कमल शर्मा पौडेल , मुकुन्द शर्मा पौडेल र कमलेश शर्मा पौडेलको उपस्थितीमा आश्रमकी सञ्चालिका गिता गौतमलाई पाँच लाखको चेक हस्तान्तरण गरेका हुन। सो क्रममा बालबालि
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.