सुनसरी / इटहरी २ मा रहेको माइती नेपाल परामर्श तथा पुर्नःस्थापना गृहले तीन जना महिलालाई इ–रिक्सा प्रदान गरेको छ ।जोखिममा परेका युवतीलाई आवश्यक सीप सिकाएर आत्मनिर्भर बनाएर आज बुधबार एक कार्यक्रम गरि ३ जनालाई इ–रिक्सा प्रदान गरेको हो । माइती नेपाल इटहरी कार्यक्रम संयोजक सुनिता कार्कीले उद्दार गरेर ल्याएका चेलिवेटीलाई विभिन्न समयमा जिवन उपयोगी सीप प्रदान गर्दैै आएको बताइन् । कार्यक्रमा इटहरी उपमहानगरपालिकाका उप- प्रमुख संगिता कुमारी चौधरीले महिलाहरूको उद्दार कार्य आएकोमा प्रसंसा गरेकी हुन् । सो क्रममा इटहरी वडा नम्बर २ का वडाध्यक्ष माधव कोइराला, नागरीक समाज इटहरीकी अध्यक्ष बालिका भट्टराई लगाए
काठमाडौं / आज अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस हो । आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । ‘इन्डिजिनियस युथ एज अगेन्सट् अफ चेन्ज फर सेल्फ डिटरमिनेसन’ नाराका साथ यस वर्ष देशभरि विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन लागिएको हो ।नाराको अर्थ आफूले निर्धारण गरेअनुरुपको परविर्तनको संवाहक आदिवासी युवाहरू भन्ने हुन्छ । आदिवासी युवाको सक्रियता र सशक्तीकरणमा यस वर्ष विशेष जोड दिइएको नेपाल आदिवासी जनजाति महासङ्घले जनाएको छ ।दिवसका अवसरमा आज बानेश्वरमा जनजाति आयोगले कार्यक्रमको आयोजना गरेको छ । त्यसैगरी आदिवासी जनजाति महासङ्घले दिउँसो नेपाल प्रज्ञा–प्रतिष्ठानमा पनि आयोजना आयोजना गरेको छ भने नेपाल भरि
सुनसरी / इलामको सूर्योदय नगरपालिका- २ सयपत्री टोलमा डोमा शेर्पाको घरमा डेरा गरी बस्ने पाँचथरका पूर्णबहादुर तामाङले कान्छी श्रीमतीको हत्या गरेका छन् ।जिल्ला प्रहरी कार्यालय इलामका अनुसार गएराति करिब ५० वर्षे पूर्णबहादुरले करिब ४५ वर्षकी श्रीमती डम्बरकुमारी तामाङको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।प्रहरीका अनुसार घटना अगाडि श्रीमान् श्रीमतीबीच सामान्य झगडा भएको थियो। झगडापछि राति पूर्णबहादुरले श्रीमती डम्बरकुमारीको टाउकोको पछाडिपट्टीको भाग (घुच्चुक) मा धारिलो हतियार बामफोकको प्रयोग गरी हत्या गरेको बताइएको छ । पाँचथरको फिदिम नगरपालिका- ४ जोरसाल घर भएका पूर्णबहादुर श्
विराटनगर / भोलि कोशी प्रदेश सरकारले प्रदेशभर सार्वजनिक विदा दिएको छ ।प्रदेश सरकारले विश्व आदिवासी तथा जनजाति दिवसको उपलक्ष्यमा प्रदेशभर बिदा दिएको हो । नेपाललगायत विश्वभर आदिवासी जनजातिको पहिचान र अधिकारका लागि विभिन्न कार्यक्रम गरी यो दिवन मनाइन्छ ।विश्वभर आदिवासी जनजातिको योगदानको कदर गर्दै संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष अगष्ट ९ तारिखमा यो दिवस मनाउने गरेको छ । मंगलबार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना जारी गर्दै बिदाको घोषणा गरेको हो ।
इटहरी / धरानबाट काँकडभिट्टा जाँदै गरेको बस इटहरी २० स्थित होम्समा दुर्घटना भएको छ ।धरानबाट काकडभिट्टा जाँदै गरेको मे १ ख २७४० नम्बरको (ग्यालेक्सी यातायात) बस आज (मंगलबार) बिहान तरहराको होम्स नजिकै डिभाइडरमा ठोक्किएर पल्टिएको हो ।दुर्घटनामा १४ जना यात्रु घाइते भएको कोशी प्रदेश ट्राफिक प्रहरी कार्यलय इटहरीले जनाएको छ । घाइते मध्ये ३ जनाको टाउकोमा चोट लागेकाको अवस्था गम्भीर रहेको छ भने अन्य ११ जना सामान्य घाइते भएका छन् ।घाइतेहरूको धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । तीव्र गति र वर्षाका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।बस चालकला
काठमाडौं / देशका विभिन्न भू–भागमा अहिले भारी वर्षा भइरहेको छ । भारी वर्षासँगै देशका विभिन्न कठाउँमा रहेका नदीहरूमा पानीको बहाव बढेको छ ।हाल बागमतीको जलमापन केन्द्रमा जलसतहले खतरा तह पार गरेको र बढ्दो क्रममा रहेकाले रौतहट र सर्लाहीका बागमती नदी तटीय क्षेत्रमा हुनेहरूले आज बेलुका सम्मै उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।त्यस्तै बर्दियाको बबई र कर्णाली नदीको बाढी खतराको तहसम्म पुगेको छ । दाङका लमही र लालमटिया तथा बाँकेको कुसुमस्थित वर्षा मापन केन्द्रमा पनि भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।कमला नदी, सिन्धुली रानीबासस्थित जलमापन केन्द्रमा जलसतहले
सुनसरी / झापाको कनकाई माईमा दाहसंस्कार गर्न लागिएको अबस्थामा एक महिलाको शब प्रहरीले सोमबार चिताबाटै उठाएको छ ।इलाका प्रहरी कार्यालय अनारमनीको प्रहरीको टोलीले चितामा राखेर दागवत्ती दिन ठिक्क पारेको अबस्थामा महिलाको शब चिताबाटै उठाएको हो ।कनकाई नगरपालिका-३ निवासी ३२ वर्षीया पूजा कोचकारको आज दिउँसो मृत्यु भएपछि परिवारले अन्त्येष्टिका लागि कनकाई माईमा शब पुरयाइएको थियो । प्रहरीले घाटबाटै शब उठाएर पोष्टमार्टमका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर पठाएको हो ।इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक सुरज कार्कीका अनुसार स्थानीयको मौखिक उजुरीका आधारमा शब नियन्त्रणमा लिँदै पोष्टमार्टमका लाग
इटहरी । रोटरी क्लव अफ इटहरी र रोटरी क्लव अफ इटहरी युगलको संयुक्त कार्यक्रमका विच नयाँ कार्यसमितिको पदस्थापना सम्पन्न भएको छ । रोटरी क्लवका डिष्ट्रिक गर्भनर डिष्ट्रिक ३२९२ का राजेन्द्र प्रसाद धोजुको प्रमुख आतिथ्यमा रोटरी क्लव अफ इटहरीको २७ औं र रोटरी क्लव अफ इटहरी युगलको दोस्रो पदस्थापना कार्यक्रम सम्पन्न भएको हो ।पदस्थापना कार्यक्रममा रोटरी क्लव अफ इटहरीका निवर्तमान अध्यक्ष संयोज पराजुलीले वर्ष २०२४ का अध्यक्ष माधव न्यौपानेलाई पद हस्तान्तरण गरेका छन् । त्यसै गरी रोटरी क्लव अफ इटहरी युगलका निवर्तमान अध्यक्ष विनोद पौडेलले वर्ष २०२४ का अध्यक्ष राजिव घिमीरेलाई पद हस्तान्तरण गरेका छन् । पदस्था
काठमाडौं — सातायता प्रकोपका रूपमा फैलिँदै गएको आँखा पाक्ने रोगले महामारीको रूप लिन सक्ने जोखिम बढेको छ । यसबाट सबै उमेर समूहका संक्रमित भइरहेका छन् । आँखाको सेतो भाग सुन्निने र रातो हुने यो रोगलाई ‘एडिनो भाइरल कन्जंग्टिवाइटिस’ भनिन्छ । यसको संक्रमणले आँखा रातो हुने, चिलाउने, पोल्ने, पानी बग्ने, चिप्रा लाग्ने हुन्छ । कतिपय संक्रमितमा परेला सुन्निने, आँखा बिझाउने, उज्यालो हेर्न गाह्रो हुने, दृष्टि धमिलो हुनेलगायतका समस्या पनि देखिएको छ ।‘जुन गतिमा आई फ्लुको संक्रमण बढिरहेको छ, यो खतराको संकेत हो,’ कीर्तिपुर आँखा अस्पतालका मेडिकल डाइरेक्टर डा. एरिक वैद्य भन्छन्, ‘एक व्यक्तिबाट अर्कोमा फैलिने यो स
सुनसरी / जनता बहुमुखी क्याम्पस इटहरीको सञ्चालक समिति अध्यक्षमा विकास केसी निर्वाचित भएका छन् ।सोमबार आज क्याम्पसको सभाहलमा सम्पन्न पदभार तथा सपथ ग्रहणको कार्यक्रम पछि बसेको पहिलो बैठकले केसीलाई समितिको अध्यक्षमा चयन गरेको हो ।गत २० गते शनिबार सम्पन्न भएको क्यामपस सञ्चालक समितिको निर्वाचनमा केसीले ३५२ मत प्राप्त गरेका थिए । १३ सदस्यको लागि भएको निर्वाचनमा ७२९ मतदाता मध्ये ८३ प्रतिशत मत खसेको थियो । खसेको ६०४ मत मध्ये ५९१ मत सदर भएको थियो ।निवार्चित सदस्यहरुबाट सर्वसम्मत रुपमा अध्यक्षमा केसीलाई चयन गरिएको हो । अन्य पदाधिकारी आगामी बैठकले टुङ्गो लगाउने जनाइएको छ ।जनता क्याम्पसमा हाल नेकपा एमालेका
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.