समाज

    Showing १०,२२१-१०,२३० of ११,३०७ items.
  • तेह्रथुमको चुहानडाँडा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

    सुनसरी / तेह्रथुमको आठराई गाउँपालिका -६ चुहानडाँडा मोटरसाइकल दुर्घटना हुदा एकजनाको घटना स्थलमै मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।चुहानडाँडाको कार्तिकेमा बिहिवार दिउँसो मोटरसाइकल दुर्घटना हुदा आठराई-२ ह्वाकूका ४१ वर्षीया नविन थिङलावुको मृत्यु भएको  इलाका प्रहरी कार्यलय आठराईले जनाएको छ । घाइते हुनेमा धरानका अन्दाजी ४० वर्षीया सुरेन राई रहेका छन् । आठराई संक्रान्तिबजारबाट ईलाम जादै क्रममा दुर्घटना भएको थियोे । घाइते राईलाई पाँचथर अस्पताल फिदिममा लगिएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः साउन ११, २०८०
    • १४८ पटक पढिएको
  • पोखरीमा डुबेर एक बालकको मृत्यु

    सुनसरी / मोरङको बूढीगंगा गाउँपालिका ३ रमाइलो टोल स्थितमा पोखरीमा डुबेर एकजना बालकको मृत्यु भएको छ ।स्थानीय कृष्ण मगरका ३ वर्षीय छोरा कृष मगर आफ्नै घर नजिक रहेको पोखरीमा खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।पानीमा डुबिरहेको अवस्थामा उनको आमाले फेला पारी पोखरीबाट उद्दार तत्काल उपचारको लागि विराट टिचिङ अस्पताल लगेकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।घटनाबारे जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः साउन ११, २०८०
    • १०५ पटक पढिएको
  • आज श्रावण ११ गतेको राशिफल हेर्नेहोस्

    आजको वि.सं. २०८० साल श्रावण ९ गतेका दिनभरिको आफ्नो राशिफल हेर्नुहोस् । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) - प्रयास गरेमा मन पिरोल्ने समस्यालाई हल गरी मनको बोझ कम गर्न सकिन्छ । जीवनसाथीले पनि मनको कुरो बुझिदिंदा सन्तुष्टि मिल्नेछ । सुख/सुविधाप्रतिको मोह बढ्नेछ, मन कल्पना र भावनामा रुमल्लिन सक्छ । अल्छी नगरी पढाइमा ध्यान दिएमा राम्रो उपलब्धि पाइने छ । सरल व्यवहारको प्रदर्शन गर्दा लाभ हुनेछ, मन उत्सुक र आशावादी बन्ने दिन हो, त्यसैले महत्त्वपूणर् निणर्य लिनुअघि दोधारमा नरहनु होला, किनकि आजको निणर्यले भाग्यको ढोका उघ्रिने समय छ । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) - कार्य

    • प्रकाशित मितिः साउन ११, २०८०
    • २८६ पटक पढिएको
  • इटहरीको जनता माध्यमिक विद्यालयमा अभीमुखीकरण कार्यक्रम सम्पन्न

    सुनसरी / इटहरीमा रहेको जनता माध्यमिक विद्यालयले विद्यार्थीहरुलाई एक दिने अभीमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयले कक्षा ११ मा नयाँ  भर्ना भएका विज्ञान विषयका  विद्यार्थीहरुलाई हिजो मंगलबार अभीमुखीकरण कार्यक्रम सम्पन्न गरेको हो ।विद्यार्थीहरुलाई थप अध्ययनका लागि विषय छनौटगरी योजना बनाउनका साथै पठनपाठन सीप र कला विकास गर्ने उद्देश्यले सो  कार्यक्रम आयोजना गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष  काशीनाथ दंगालले बताए ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष  काशीनाथ दंगालको अध्यक्षता भएको उक्त कार्यकममा डा. मदन मण्डल र ई.आसुतोष कर्णले विद्यार्थीहरुलाई सहजीकरण

    • प्रकाशित मितिः साउन १०, २०८०
    • १५१ पटक पढिएको
  • बेलबारीको लोहन्द्रा खोलामा बाढीले बगाएको ६ वर्षपछि पुल र नहर बन्यो

    सुनसरी / २०७४ सालको बाढीले बगाएको मोरङको बेलबारी लोहन्द्रा खोलाको पुल र सुनसरी मोरङ सिंचाई आयोजनाको नहर बनेको छ ।पुल र नहर बगाएको ६ बर्षपछि ३४ करोड ९ लाख रुपैयाँको लागतमा पुल निर्माण सम्पन्न भएको हो । उक्त पुल र नहरको मंगलबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले उद्घाटन गरे थिए ।उक्त पुल र नहर बनेसँगै लोहन्द्रा खोलाबाट पूर्वको १४ हजार हेक्टर जमिनमा सिंचाई सुविधा पुग्ने भएको छ । यसअघि पुल र नहर बगाएसँगै उक्त जमिनमा सिंचाईको समस्या थियो । पुल र नहरको उद्घाटन पछि त्यस क्षेत्रका किसान तथा सर्वसाधरण खुसी भएका छन् ।सुनसरी मोरङ सिंचाई आयोजनाका निर्देशक भिलानन्द यादवका अनुसार १ सय ५३

    • प्रकाशित मितिः साउन १०, २०८०
    • १२६ पटक पढिएको
  • धरानका मेयर हर्क साम्पाङलाई चर्च स्थानान्तरण गरी कारबाही गर्न माग

    सुनसरी / धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई कारवाही गर्न वैदिक सनातन धार्मिक समुहले माग गरेको छ । उनीहरूले जिल्ला प्रशासन कार्यालय मोरङमार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको छ । आज मंगलबार प्रशासन कार्यालय पुगेको समुहले धरान- २ मा रहेको प्राचीन सिंहदेवी मन्दिर नजिकै धार्मिक सहिष्णुता खलल पुग्ने गरी चर्च बनाएको भन्दै प्रमुख जिल्ला अधिकारी विरेन्द्र कुमार यादवलाई ज्ञापन पत्र बुझाए । मेयर हर्क साम्पाङकै पहलमा चर्च निर्माण भएको उनीहरुको आरोप लगाएका छन् ।भवन निर्माण सम्बन्धि पूर्व स्वीकृती लिने, नक्सा पास गर्ने आदि प्रावधानहरुको पालना नगरेको, र भवन बनाउँदा पनि गोदाम, पार्टीप्यालेस र

    • प्रकाशित मितिः साउन ९, २०८०
    • १३३ पटक पढिएको
  • जुवा खेलिरहेको अवस्थामा वडाध्यक्ष, शिक्षक सहित ११ जना पक्राउ

    सुनसरी : धरान-१० पुतली लाइन स्थित एक बेकरी क्याफेमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले वडाध्यक्ष, शिक्षक सहित ११ जनालाई पक्राउ गरेको छ । उनीहरूलाई इलाका प्रहरी कार्यालयको प्रहरी टोलीले सोमवार साँझ पक्राउ गरेको हो ।पक्राउ पर्नेमा भोजपुर जिल्ला आमचोक गाउँपालिका वडा ६ का अध्यक्ष बमबहादुर बस्नेत, लक्ष्मी माध्यमिक विद्यालय पाङ्चाका शिक्षक अशोक राई छन् ।उनीहरूसँगै पक्राउ पर्नेहरूमा राजेन्द्र श्रेष्ठ, अशिष कुमार राई, विपिन गुरुङ, भरत थापा, जस बहादुर राई, कुमार राई, सागर राई, कविराज राई, रोहित श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी प्रभु ढकालले जानकारी दिए ।उनीहरूलाई मङ्गलवार नै म्याद थप गरि

    • प्रकाशित मितिः साउन ९, २०८०
    • २४४ पटक पढिएको
  • रोट्रयाक्ट क्लब अफ इटहरी द्वारा बुढी गङ्गा जमुना मुक्तिघाटमा निशूल्क खानेपानी वितरण

    सुनसरी / रोट्रयाक्ट क्लब अफ इटहरीले बुढी गङ्गा जमुना मुक्तिघाटमा सन्ध्या आरतिमा आउने भक्तजनहरुलाई निशूल्क खानेपानी वितरण गरेको हो ।सामाजिक सेवामा सक्रिय संस्था रोट्रयाक्ट क्लब अफ इटहरीले बुढी गङ्गा जमुना मुक्तिघाटमा सन्ध्या आरतिमा आउने भक्तजनहरुलाई सोमबार निशूल्क खानेपानी वितरण गरेको थियो।हरेक साउने सोमबारमा शिव भगवानको आरतीमा साँझ हुने भएकाले यहाँ पिउने पानिको अभावमा नहोस भनेर पिउने पानिको वितरण रोट्रयाक्ट क्लब अफ इटहरीका अध्यक्ष मिसन पराजुलीले बताए । आगमी दिनको हरेक साउने सोमबार खानेपानी वितरण गर्ने उनले बताए ।रोट्रयाक्ट क्लब अफ इटहरीले विभिन्न सामाजिक कार्यहरूमा आफ्नो सहभागी देखाउने गरेक

    • प्रकाशित मितिः साउन ९, २०८०
    • ७५५ पटक पढिएको
  • सुनसरीमा डेंगीको संक्रमण फैलिएपछि प्रदेश र सङ्घीय सरकारलाई जनप्रतिनिधिको गुनासो

    सुनसरी / सुनसरीमा डेंगीको संक्रमण फैलिएपछि प्रदेश र सङ्घीय सरकारलाई जनप्रतिनिधिको गुनासो गरेका छन् ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले धरानमा आयोजना गरेको डेंगी रोगको रोकथाम तथा नियन्त्रणका सम्बन्धमा स्थानीय तहहरूसँगको अन्तरक्रिया कार्यक्रममा उनीहरूले प्रदेश र सङ्घीय सरकारबाट सहयोग नपाएको बताएका हुन् ।स्थानीय सरकारको प्रयासले मात्र डेंगी रोगको नियन्त्रण सम्भव नभएको उल्लेख गर्दै जनप्रतिनिधिहरूले बजेट अभावले गर्दा प्रभावकारी काम गर्न नसकेको बताएका थिए । सुनसरीका १२ वटै स्थानीय तहका जनप्रतिनिधि र स्वास्थ्य शाखा प्रमुखहरूका लागि गरिएको अन्तरक्रियामा स्वास्थ्य मन्त्रालयको भूमिका नै प्रभावकारी नभएक

    • प्रकाशित मितिः साउन ९, २०८०
    • १३३ पटक पढिएको
  • पाँचथरमा मोटरसाइकल दुर्घटना हुँदा विर्तामोडका अधिकारीको मृत्यु

    सुनसरी / पाँचथरको फिदिममा मोटरसाइकल दुर्घटनामा परि एक सरकारी कर्मचारीको मृत्यु भएको छ।फिदिम नगरपालिका - २ साम्दिनबाट फिदिम बजारतर्फ आउँदै गरेको प्रदेश ०१–०३–००१ ब ००१९ नम्बरको मोटरसाइकल आज बिहान दुर्घटना हुँदा विर्तामोड नगरपालिका- ८ का २४ वर्षीय युवराज अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय पाँचथरले जनाएको छ। मृतक अधिकारी प्रदेश लेखा इकाई कार्यालय फिदिममा कार्यरत कर्मचारी थिए । सोमबार दिउँसो अधिकारी आफैले चलाएको मोटरसाइकल फिदिम -२ ओदिन नजिकै अनियन्त्रित भई सडकबाट ५ मिटर तल झरेर दुर्घटना भएको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।

    • प्रकाशित मितिः साउन ९, २०८०
    • १३३ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]