सुनसरी / भोजपुर जिल्लाको सदरमुकाम भोजपुर बजार नजिकै रहेको ऐतिहासिक तथा धार्मिक महत्त्वपूर्ण सिद्धकाली मन्दिर एक चर्चित र पवित्र स्थान हो ।यो मन्दिरले धार्मिक तथा साँस्कृतिक महत्व समेत बोकेको छ । सोचेका मनोकामनाहरू पूरा हुने विश्वासका साथ यो मन्दिरमा जिल्ला र जिल्लाबाहिरका विभिन्न स्थानबाट यो मन्दिरको दर्शन गर्न भक्तजन आउने गरेका छन् ।दुई तले छानाको मन्दिर भगवान काली, शिव र गणेशलाई समर्पित छ । यो शक्तिपीठ सतीदेवीको दाहिने आँखा खसेको कारणले बनेको जनविश्वास रहेको छ। मन्दिरमा बोका तथा पाठिको बलि चलाइने गरिन्छ । आर्कषक मन्दिर, त्यसको वरिपरी रहेका विभिन्न प्रकारका वनस्पति तथा चराचुरुंगीहरू तथा
राष्ट्रिय युवा संघ नेपाल ईटहरी उपमहानगर कमिटीले नेक्स्ट ईलेक्सन टार्गेट न्यु जेनेरेसनको अभियान संचालन गर्ने निर्णय गरेको छ । राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटी सचिवालय सदस्य उपेन्द्र शाहीको प्रमुख अथित्यता, राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटी सदस्य जितेन्द्र थापाको विशेष अथित्यता का साथै अथितिहरु राष्ट्रिय युवा संघ नेपाल कोशी प्रदेश संयोजक अरुण गुरुङ , कोशी प्रदेश युथ फोर्स प्रमुख राजन बानिया, राष्ट्रिय युवा संघ नेपाल सुनसरी जिल्ला अध्यक्ष तथा इटहरी इन्चार्ज सुजन लामा लगायत करिब ११५ जनाको उपस्थितिमा भएको कार्यक्रमले आउने प्रतिनिधि तथा प्रदेश सभा, स्थानीय
१५ चैत २०७८ मा पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगले अधिकृतदेखि कार्यालय सहायकसम्म विभिन्न ११५ पदमा आवेदन खुलायो । करारमा 'मनमोजी’ नियुक्त हुँदै आएको पूर्वाञ्चल विश्वविद्यालयमा 'सेवा आयोग’ले २२ वर्षपछाडि विज्ञापन खुलाएको थियो । दुई वर्षअगाडि पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष भएका महेशराज दाहालले २२ वर्षसम्म विज्ञापन नखुलाएका पदमा पदपूर्तिको प्रक्रिया अगाडि बढाएका थिए । 'म दुई वर्षअगाडि अध्यक्ष नियुक्त भएर आएको हु । त्यहाँ पुगेर जिम्मेवारी लिएपछि थाहा भयो २२ वर्ष भएको रहेछ विज्ञापन खुलाएकै रहेनछ,’ दाहालले भने, 'त्यही भएर आउनेबित्ति
ताप्लेजुङ,मेची राजमार्ग र तमोर करिडोर क्षेत्रका विभिन्न क्षेत्रमा बाढी पहिरो आएपछि तराई जोड्ने सडक अवरुद्ध भएका छन् । बाढिले हेंवाखोला पूल बगाएपछि मेची राजमार्गको सडक सम्पर्क बिच्छेद भएको छ । यस्तै तमोर करिडोरको माझिटार स्थित हेंवाखोला पूल बगाएका कारण त्यता बाट पनि सडक सम्पर्क बिच्छेद भएको छ ।ताप्लेजुङबाट अरु जिल्ला जोडने सबै सडक सम्पर्क बिच्छेद भएको स्थानीय भुमा पोखरेलले जानकारी दिनुभयो । ताप्लेजुङ हुदै तराई क्षेत्र आउने यातायातका साधन ठप्प हुदा जनजीवन प्रभावित भएको छ । तीन दिन देखि परेको अविरल बर्षाले बाढी र पहिराले जिल्लाका धेरैजसो सडक सञ्जाल पूर्णरूपमा अवरुद्ध छन् । याम्फुदिन, खेवाङ, मेहेल
काठमाडौं । अनलाइन बेटिङ प्लेटफर्मको विज्ञापन तथा प्रचारप्रसार गर्ने व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको छ । पछिल्लो समय सामाजिक सञ्जालमा बेटिङ तथा क्यासिनो गेमिङ एपहरूको प्रचार तीव्र रूपमा हुन थालेपछि प्रहरीले त्यस्तो कार्यमा संलग्न व्यक्तिमाथि कारबाहीको तयारी थालेको हो।वनएक्स बेटमार्फत एक अर्ब बढीको सट्टेबाजी गराउने पाँच एजेन्टहरूलाई बुधबार सार्वजनिक गर्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बेटिङ प्रचारमा लाग्नेहरूलाई पनि कारबाहीको दायरामा ल्याउने तयारी भइरहेको जानकारी दिएको हो ।कार्यालयका प्रमुख एसएसपी डा. मनोज केसीले बेटिङमा आकर्षण बढाउनेमा प्रचार गर्नेहरूको हात रहेकाले उनीहर
इटहरी । निर्वाचन प्रकृयाका विषयमा विद्यालयहरुलाई प्रयोगात्मक अभ्यासका रुपमा क्याप्टेन तथा भाइस क्याप्टेन छान्दै आएको सुनसरीको इटहरीमा रहेको मकालु बोडिङ स्कुलले यस वर्ष पनि निर्वाचनबाट छानेको छ । विद्यार्थी अवस्थामै निर्वाचनका सबै प्रकृयाहरुको जानकारी गराउने उद्धेश्य सहित मकालु वोडिङ स्कुलले विद्यालयमा क्याप्टेन तथा भाइस क्याप्टेन छान्दै आएको हो । कोरोनाकाल यस निर्वाचन प्रकृया अवलम्वन गर्न नसकिए पनि विगत देखि नै निर्वाचनबाट स्कुलमा क्याप्टेन र भाइस क्याप्टेन छनौट गरिदै आएको स्कुलका प्रिन्सिपल थानेश्वर ढकाल नेलशनले वताए । &n
इटहरी । कोशी प्रदेशका पर्यटन ,वन तथा वातावरण मन्त्री बुद्धिकुमार राजभण्डारीले कोशी गाउँपालिकामा प्रदेश सरकारले निर्माण गर्दै आएको मत्सयगन्धा फनी पार्कको निरिक्षण गरेका छन । प्रदेश सरकारको १४ करोड १०लाख लागतमा सभाहल, स्वीमीगंपुल, क्याटन्टीन , वाटर फाउण्डेशन लगायतका रहने फन पार्कको निर्माणको अवस्थाका विषयमा मन्त्री राजभण्डारीले अनुगमन गरेका हुन । अनुगमनका क्रममा काम राम्रो गराउन कोशी गाउँपालिका अध्यक्ष अयुव अन्सारीलाई मन्त्री राजभण्डारीले निर्देशन दिदै काम कमजोर गरिए मन्त्रालयका सचिव तथा मन्त्रीलाई जानकारी गराउन नभए मिडियामा बोलेर भएर पनि काम राम्रो गराउनु पर्नेमा जोड
बराहक्षेत्र / सुनसरीको बराहक्षेत्रमा छ दिने आवसीय आधनरभूत तालिम सुरु भएको छ।शिक्षा युवा तथा खेलकुद शाखा बराहक्षेत्र नगरपालिकाको आयोजनामा उक्त तालिम सुरु भएको हो।नेपाल स्काउट स्थानीय स्काउट कार्यलय बराहक्षेत्रले पहिलो पटक विभिन्न विद्यालयका शिक्षक शिक्षिकाहरुकालागि बि.टि.सि ५४१ तथा पि.टि.सि ३९८ को तालिम गराएको हो। जडेजमा मावि मा राखिएको उक्त तालिमको उदघाटन समारोह जडेज मा वप का प्रधानाध्यापक हिरामणी पौडेलको सभाध्यक्षता र बराहक्षेत्र नगरपालिकाकी उपप्रमुख नन्द कुमारी सुनुवारको प्रमुख आतिग्यमा राखिएको थियो।उक्त तालिमले असल नागरिक बन्न,सकरात्मक मार्गतिर लम्कन,आत्मानुशासन बन्न,आत्मनिर्भर हुन र र
धरान। नेपाल पत्रकार महासंघ सुनसरीको कार्यालयमा आज(शनिबार ) श्रमजीवि पत्रकारहरुको संगठन प्रेस चौतारी नेपाल सुनसरीले कालो झण्डा राखेको छ । नेपाल पत्रकार महासंघको शुद्धीकरण अभियान अन्तर्गत १५ बुँदे मापदण्ड अक्षरशः पालना नगरेको र गैरपत्रकारलाई महासंघकै सदस्यहरुले जोगाउन खोजेको र सदस्यता शुद्धिकरणको गोप्य राखेर सुचना लुकाएको भनेर निष्पक्ष ढंगले काम गर्न आग्रह गर्दै प्रेस चौतारी सुनसरी आन्दोलित भएको हाे । यस अघि महासंघ सुनसरीलाई सिफारिस सूची सार्वजनिक गर्न २ दिने अल्टिमेटम दिए पनि बेवास्ता गरेको भन्दै आज फेरी पहिलो चरणको आन्दोलन अन्र्तगत कार्यालयमा कालो झण्डा र
काठमाडौं।आफ्नो संगठनले विभिन्न विद्यालयमा लगाएको ताला तोडेको भन्दै सत्तारुढ नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी)ले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहविरुद्ध आन्दोलन गर्ने भएको छ।संगठनका केन्द्रीय सचिव प्रशुन कार्कीले मेयर बालेनले शैक्षिक माफियाहरुसँग साँठगाठ गरेर आफ्नो संगठनसँग द्वन्द्व निम्त्याउन खोजेको आरोप लगाए । शनिबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी केही ठूला शैक्षिक संस्थाहरूको कमिसन लिएर मेयर साहले प्रहरी लगाएर ताला खोलेको उनको आरोप छ ।उनले भने,‘खबरदार बालेन्द्र राजासँग नडराएको क्रान्तिकारी कमजोर छैन तिमीले ठुलो मूल्य चुकाउनु पर्छ ।’स्मरणीय छ, विद
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.