इटहरी : इटहरी उपमहानगरपालिकाले जग्गाको कित्ताकाट खुलाएको छ । वर्गीकरणको नतिजा प्रकाशन गरेसँगै उपमहानगरले जग्गाको कित्ताकाट खुलाएको हो ।उपमहानगरपालिकाले स्थानीय राजपत्रमा नतिजा प्रकाशन गरेको हो । वर्गीकरणको नतिजा प्रकाशनसँगै इटहरीमा जग्गाको कित्ताकाँट खुलेको छ ।भूउपयोग नियमावली २०७९ को नियम ५ को उपनियम (१) ले दिएको अधिकार प्रयोग गरेर इटहरी उपनगरपालिकाले गरेको जग्गाको वर्गीकरण गरेको हो ।वर्गीकरणका लागि स्थानीय भूउपयोग परिषद् बनाइएको थियो । जसले कृषि, आवासीय, व्यवसायिक, औद्योगिक, वन, सार्वजनिक, नदीखोला, साँस्कृतिक क्षेत्रमा जग्गाको वर्गीकरण गरेको छ ।उपमहानगरपालिकाले प्रकाशन गरेको नतिजाअ
रामधुनी : लायन्स, लियो क्लब अफ इटहरी प्रोफेशनल तथा रोट्रयाक्ट अफ इटहरी र रोट्रयाक्ट क्लब अफ सुनसरीको संयुक्त आयोजनामा सुनसरीस्थित रामधुनी मन्दिर परिसरको सरसफाई गरेर डस्बिन हस्तान्तरण गरिएको छ । लायन्स क्लब अफ इटहरी प्रोफेशनलका अध्यक्ष मिसन पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स जिल्ला परिषद्का एरिया चिफ निरु चौधरी, जोन चेयरपर्सन अजय अधिकारी, लियो जोन चेयरपर्सन प्रभास गौतम, लायन्स लियो सदस्य तथा रोट्रयाक्ट सदस्यहरूको उपस्थिति रहेको थियो ।मन्दिर परिसर सरसफाई गरेपश्चात ५ थान डस्बिन हस्तान्तरण गरिएको लियो प्रभास गौतमले बताए । डस्बिन बुझ्दै रामधुनी मन्दिर व्यवस्थापन समितिका स
सुन्दरहरैंचा : नेपाल विद्यार्थी संघ पूर्वाञ्चल विश्वविद्यालय कलेज अफ इन्भाइरोमेन्ट फरेस्टी इकाई समितिले अन्तर कलेज स्तरीय फुटबल प्रतियोगिताको आयोजना गरेको छ ।शुक्रबार एक समारोहबीच कांग्रेस मोरङ क्षेत्र नं ६ का क्षेत्रीय सभापति देवराज तामाङले प्रतियोगिताको उद्घाटन गरे ।प्रतियोगिताको उद्घाटन गर्दै सभापति तामाङले खेलले क्याम्पस क्याम्पससँगको आपसी भाइचारा कायम गर्न मद्दत पु¥याउन सफल हुने विश्वास व्यक्त गरे । उनले अनुशासनको पालनका साथ प्रतियोगिता सम्पन्न गर्न आग्रह समेत गरे ।कार्यक्रममा कांग्रेस सुन्दरहरैंचा नगर सभापति भक्तिप्रसाद सिटौलाले खेल मानव जीवनको महत्त्वपूर्ण पक्ष रहेकाले यसको व्यवहार
झापा । दश बुँदे सहमति गर्दै चारवटा पार्टीबीच एकीकरण भएको छ । नागरिक उन्मुक्ति पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, कोचिला एकता संघर्ष समिति र नागरिक सशक्तीकरणका लागि जागरण अभियानबीच एकता भएको हो ।झापाको बिर्तामोडमा बुधवार पत्रकार सम्मेलन गर्दै एकीकरणबारे जानकारी दिइयो । पहिचानका मुद्दालाई एक ढिक्का भएर अघि बढाउने उद्देश्यसाथ चारपार्टी एकीकरण गर्दै नागरिक उन्मुक्ति पार्टी (एकीकृत) घोषणा गरिएको संघीय अध्यक्ष ज्ञानवहादुर गुरुङले जानकारी दिए ।नागरिक उन्मुक्ति पार्टीका प्रदेश संयोजक जीवन धामी चौधरी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका महासचिव अशोक चेम्जोङ, कोचिला एकता संघर्ष समितिका संयोजक त्
पथरी। मोरङको पथरीशनिश्चरे-०१ मा रहेको पथरी बहुमुखी क्याम्पसले आफ्नो १५ औं क्याम्पस सभा गर्ने भएको छ।आज बुधबार पथरी बहुमुखी क्याम्पसका संचालक समिति अध्यक्ष राम कुमार बस्नेतको अध्यक्षतामा सम्पन्न भएको बैठकले आगामी २२ गते क्याम्पस सभा गर्ने निर्णय गरेको हो। बैठकले क्याम्पस संचालक समितिलाई पुर्णता दिन नेकपा एकीकृत समाजवादीकी बिन्दु राई, नेकपा माओवादी केन्द्रका वेदनिधि खनाललाई सदस्यमा मनोनित गरेको छ। यसै गरी,क्याम्पस संचालक समितिको पाँच सदस्यीय सल्लाहकार समिति चयन गरेको छ। जसमा पथरीशनिश्चरे नगरपालिकाका पूर्व मेयर दिलिप कुमार राईको संयोजकत्वमा पथरी शनिश्चरेकी&n
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालयको सुकेधारास्थित सवारी चालक अनुमतिपत्र कार्यालयका उपसचिव सुन्दर भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।भट्टराईले सेवा सरकारी सेवा प्रवेश गरेको २०३८ साउन १ देखि २०७५ मंसिर मशान्तसम्म गरेको आम्दानी र खर्चको हिसाब गर्दा उनको सम्पत्तिमध्ये १ करोड १५ लाख २९ हजार १९३ रुपैयाँको स्रोत नखुलेको अख्तियारको दाबी छ । उनको वैध आम्दानी १ करोड ९२ लाख एक हजार ९२२ रहेको तर उनको खर्च ३ करोड ७ लाख ३१ हजार ११६ रुपैयाँ ५ पैसा देखिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिएका छन् ।अख्तियारले भट्टराईविरुद्ध १ करोड १५ लाख २९ हजार १९३ र
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यही सरकार रहिरहने हो भने देश टाट पल्टिने दाबी गर्नु भएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले हालै सार्वजनिक गरेको प्रतिवेदन उल्लेख गर्दै ओलीले मुलुकको अर्थतन्त्र पूर्ण रूपमा ओरालो लागेको र अबको डेढ वर्षमा रोक्न नसके मुलुक असफल राष्ट्र बन्ने खतरासमेत रहेको औँल्याउनुभयो ।मंगलबार नेकपा एमाले काठमाडौं महानगर कमिटीले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले पैसा नभएका कारण देशमा आयातमा कमी आएको देखिएकोतर्फ पनि सचेत गराउनुभयो । पूर्ण रुपमा अर्थतन्त्र ओरालो लाग्यो ,असफलतातिर लाग्यो भनेर प्रतिवेदन सार्वजनिक भएका छन । अब डेढ वर्षमा अर्थतन्त्र सही बाटोमा
इटहरी । इटहरीको पुर्वबस स्टेसन क्षेत्रमा सार्वजनिक शौचालय नभएका कारण वाहिरबाट आउने यात्रुहरु शौचालयका लागि अर्काको घरको भित्ता तथा खाली ठाउँको खोजिमा भौतारिने वाध्यता अन्त्य भएको छ ।उपमहानगरपालिकाले सार्वजनिक शौचालय बस स्टेन क्षेत्रमा नभएका कारण यात्रु तथा अन्य मानिसहरुले भोग्दै आएको समस्यालाई मध्यनजर गर्दै पुर्व बस स्टेनमा सार्वजनिक शौचालय वनाएपछि यो समस्या हल भएको हो । पुर्व पश्चिम राजमार्ग अन्तरगत इटहरीको पुर्वबस स्टेसन क्षेत्रमा सार्वजनिक शौचालय थिएन । यहाँ आउने यात्रु , टिकट काउण्टरका कर्मचारी तथा यातायात मजदुर लगायतले समस्या भोग्
खोटाङ। नेपालको बहुपति प्रथाका बारेमा निर्माण गरिएको वृत्तचित्र फिल्म ‘सहायक श्रीमान’(को–हजबेन्ड) का निर्देशक गणेश पाण्डेले रु एक करोड ३० लाख सहयोग प्राप्त गर्नुभएको छ । निर्देशक पाण्डेलाई आगामी दिनमा निर्माण गरिने अन्य वृत्तचित्र परियोजनाका लागि यो सहयोग दिइएको जनाइएको छ ।निर्देशक पाण्डेको को–हजबेन्ड वृत्तचित्रले एक हजार डलर नगदसहित ब्रोन्ज अवार्ड पनि जित्न सफल भएको छ । जापानमा आयोजित ’मेहोदो महोत्सव’मा १२२ देशका तीन हजार ५३३ वटा फिल्महरुलाई पछि पार्दै अन्तिम प्रतिस्पर्धामा निर्देशक पाण्डेको को–हजबेन्डले ब्रोन्ज अवार्ड जितेको हो ।अप्रिल १९ बाट शुरु भएको दश दिने महोत्सवको अन्तिम दिन भएको अ
महोत्तरी / स्वास्थ्यकर्मीहरुका लागि स्वास्थ्य संस्था ब्यवस्थापन तथा संचालन सम्बन्धी ३ दिने प्रशिक्षक प्रशिक्षण तालिम वैशाख १६ गते बर्दिबासमा सम्पन्न भएको छ । मधेश प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तर्गत प्रदेश स्वास्थ्य तालिम केन्द्र, पथलैयाको आयोजनामा भएको उक्त तालिमको समापनका अवसरमा बोल्नु हुँदै स्वास्थ्य कार्यालय महोत्तरीका प्रमुख भोला यादवले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन तालिमले मद्दत गर्ने कुरा बताउनुभयो ।“स्वास्थ्य सेवा प्रवाहको सूचकमा मधेश प्रदेश पछाडि परेको छ ।” प्रमुख यादवले भन्नुभयो “सेवाग्राहीलाई प्रभावकारी सेवा प्रवाह र स्वास्थ्य ब्यस्थापन समितिलाई सक्रिय बनाउ
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.