समाज

    Showing १,०५१-१,०६० of १०,२९९ items.
  • पथरी शनिश्चरे–उर्लाबारी जोड्ने सुनझोडा पुलको निर्माण अन्तिम चरणमा

     इटहरी । मोरङका पथरी शनिश्चरे र उर्लाबारी नगरपालिकालाई जोड्ने सुनझोडा खोलामाथि निर्माणाधीन मोटरेबल पुलको काम अन्तिम चरणमा पुगेको छ । पुलको करिब ९० प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ । संघीय सरकारको ५६ करोड ८ लाख ९३ हजार रुपैयाँको लागतमा निर्माण भइरहेको उक्त पुलको शिलान्यास २०८२ साल जेठ १७ गते तत्कालीन प्रतिनिधिसभा सदस्यद्वय डिगबहादुर लिम्बू र सुनिल शर्माले संयुक्त रूपमा गर्नुभएको थियो। पुल निर्माणको जिम्मा कार्की बन्धु कन्स्ट्रक्सन प्रालि, विराटनगरले पाएको छ भने निर्माण कार्य २०८३ साल चैत ३० गतेसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ । शिलान्यासका बेला पुल निर्माणको खुसीमा उर्लाबारी

    • प्रकाशित मितिः जेठ २६, २०८३
    • ३१६ पटक पढिएको
  • मोरङको लेटाङ नगरपालिका–२ स्थित धोबी क्षेत्रमा सोमबार राति भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु

    इटहरी। मोरङको लेटाङ नगरपालिका–२ स्थित धोबी क्षेत्रमा सोमबार राति भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ भने अर्की महिला घाइते हुनु भएको छ ।इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक सागर साहका अनुसार  जेठ २५ गते राति साढे ९  बजे तिर  लेटाङबाट मदन भण्डारी राजमार्ग हुँदै धोबीतर्फ जाँदै गरेको प्रदेश १–०२–०४१ प। ५५६२ नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेका दुई महिलालाई ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा लेटाङ नगरपालिका–२, धोबी निवासी ३६ वर्षीया कञ्चन राई गम्भिर घाइते हुनुभएको थियो । उहाँको  उपचारका क्रममा विराटनगरको आर्या न्युरो अस्पतालमा मृत्यु भएको प्रहरीले जनाए

    • प्रकाशित मितिः जेठ २६, २०८३
    • २२९ पटक पढिएको
  • भोजपुरका किसान रुद्राक्ष खेतीतर्फ आकर्षित, मैदाने गाउँलाई ‘रुद्राक्ष पकेट क्षेत्र’ बनाइने

    इटहरी ।  भोजपुरको अरुण गाउँपालिका–७ सिक्रेटारस्थित मैदानेका किसान पछिल्लो समय व्यावसायिक रुद्राक्ष खेतीतर्फ आकर्षित भएका छन् । परम्परागत खेतीभन्दा कम मेहनतमा राम्रो आम्दानी हुने भएकाले यहाँका कृषक रुद्राक्ष खेतीलाई मुख्य आयस्रोतका रूपमा विकास गर्न लागिपरेका हुन् । स्थानीय किसान प्रदीप थापाका अनुसार रुद्राक्ष खेतीबाट किसानले वार्षिक न्यूनतम एक लाखदेखि पाँच लाख रूपैयाँसम्म आम्दानी गर्ने गरेका छन् । मैदाने क्षेत्रको हावापानी र माटो रुद्राक्ष खेतीका लागि उपयुक्त भएकाले उत्पादन पनि राम्रो हुँदै आएको किसानको अनुभव छ । एकपटक बिरुवा रोपिसकेपछि लामो समयसम्म उत्पादन दिनसक्ने भएकाले यो खेती दीर

    • प्रकाशित मितिः जेठ २६, २०८३
    • १४२ पटक पढिएको
  • मोरङमा मिटरब्याज र वैदेशिक रोजगारी ठगीविरुद्ध प्रशासनको कडा एक्सन: करोडौँ रुपैयाँ र बिघौँ जग्गा पीडितलाई फिर्ता

    इटहरी। वैदेशिक रोजगारीका नाममा हुने ठगी तथा समाजमा जकडिएको मिटरब्याजको जालो तोड्न जिल्ला प्रशासन कार्यालय मोरङले सक्रियता बढाएको छ। प्रशासनको निरन्तर पहलका कारण पछिल्लो समय ठगीमा परेका सयौँ पीडितले आफ्नो डुबेको रकम तथा जग्गा फिर्ता पाउन थालेका छन्। जिल्ला प्रशासन कार्यालयको पछिल्लो तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८२र८३ को साउन १ गतेदेखि हालसम्म मिटरब्याज तथा अनुचित लेनदेनतर्फ ८ करोड ३८ लाख ५४ हजार ८२७ रुपियाँ पीडितलाई फिर्ता गराइएको छ। मिटरब्याजसम्बन्धी दर्ता भएका १६९ उजुरीमध्ये ५० वटा उजुरी फछ्र्योट भइसकेको प्रशासनले जनाएको छ। साथै, ब्याजमा रकम दिएर जग्गाको राजीनामा पास गराई गरिएको ठगीमा पर

    • प्रकाशित मितिः जेठ २६, २०८३
    • २०८ पटक पढिएको
  • खोटाङ र उदयपुर जोड्ने सुनकोशीको फोक्सिङटारमा बेलिब्रिज झिकिएपछि सामान वारपार गर्न पुनः घिर्नी सञ्चालनमा

    इटहरी । खोटाङ र उदयपुर जोड्ने सुनकोशीस्थित फोक्सिङटारमा सामान वारपार गर्न पुनः घिर्नी सञ्चालनमा ल्याइएको छ । सुनकोशीले बगाएको पक्की पुल निर्माण नभएपछि सामान वारपार गर्न घिर्नी जडान गरेर सञ्चालनमा ल्याइएको हो । फोक्सिङटारको पक्की पुल बगाएपछि हिउँदमा अस्थायी बेलिब्रिज जडान गर्ने गरिएको छ । कोशीमा पानीको बहाब बढेसँगै जेठ ३ गते बेलिब्रिज निकालिएपछि सामान वारपार गर्न जेठ १५ गतेबाट घिर्नी सञ्चालनमा ल्याइएको हो । गाईघाट–दिक्तेल सगरमाथा राजमार्गमा पर्ने दिक्तेल–फोक्सिङटार–गाईघाट सडक पूर्वी सहर जाने र आउने छोटो दुरीको बाटो हो । सोही सडकमा पर्ने खोटाङको खोटेहाङ गाउँपालिका–९, लिच्कीराम्चे र उदयपुरको रौता

    • प्रकाशित मितिः जेठ २६, २०८३
    • १२७ पटक पढिएको
  • कोशी अस्पताल विराटनगरको नाममा रहेको जग्गामा विभिन्न संस्थाले बनाएका अवैध संरचना हटाउन नापजाँच र खोजबिन प्रक्रिया तीव्र

    इटहरी। कोशी अस्पताल विराटनगरको जग्गा अतिव्रmमण गरेर बनेका संरचना हटाउने प्रव्रिmया अन्तर्गत सीमा यकिनको काम सुरु गरिएको छ । स्वास्थ्य मन्त्रालयले वैशाख ३० गते निर्देशनात्मक परिपत्र गर्दै सरकारी अस्पतालको जग्गाजमिन तथा भौतिक पूर्वाधारको सुरक्षा र संरक्षण गर्न भनेको थियो ।  कोशी अस्पताल विराटनगरका मेडिकल सुपरिन्टेन्डेन्ट ९मेसु० रामनारायण चौधरीका अनुसार स्वास्थ्य मन्त्रालयको निर्देशनबमोजिम जग्गा खोजबिन गर्न एक विशेष समिति गठन गरिएको छ । शाखा अधिकृत त्रिलोचन न्यौपानेको संयोजकत्वमा बनेको समितिले आइतबारदेखि नापजाँच सुरु गराएको छ । जसमा स्थानीय प्रशासनसँग समन्वय गरेर नापी र मालपोतबाट स्रेस्ताबमो

    • प्रकाशित मितिः जेठ २६, २०८३
    • १८८ पटक पढिएको
  • मोरङको उर्लाबारी–३ स्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा बिरामीको चाप बढ्यो

    इटहरी। मोरङको उर्लाबारी–३ स्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा बिरामीको चाप बढेको छ। सरकारले निजी अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम रोकिएपछि अस्पतालमा बिरामीको संख्या करिब २५ प्रतिशतले बढेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। रविकुमार साहले बताउनुभयो।यसअघि निजी अस्पतालमा बीमा कार्यक्रम सञ्चालन हुँदा दैनिक सरदर ६ सय बिरामी ओपीडीमा आउने गरेका थिए। हाल दैनिक साढे सात सयभन्दा बढी बिरामी ओपीडीमा आइरहेका छन्। लगातार चार दिनको बिदापछि ओपीडी खुल्दा आठ सयभन्दा बढी बिरामी उपचारका लागि आएको डा। साहले जानकारी दिनुभयो। कोशी प्रदेश सरकारले सञ्चालन गरेको यो अस्पताल ५० शैय्याको हो। तर, हालसम्म अस्पत

    • प्रकाशित मितिः जेठ २६, २०८३
    • १५७ पटक पढिएको
  • ‘गाऔँ नेपाली गीत, जितौँ यात्रा उपहार’ : स्मार्ट सजिलो ट्राभल्सद्वारा अनलाइन गायन प्रतियोगिता घोषणा

    इटहरी । संगीत प्रतिभालाई प्रोत्साहन गर्दै आकर्षक यात्रा उपहार प्रदान गर्ने उद्देश्यले स्मार्ट सजिलो ट्राभल्स एण्ड टुरले ‘अनलाइन सिङ्गिङ कम्पिटिसन २०८३’ आयोजना गर्ने भएको छ।प्रतियोगितामा सहभागी हुन इच्छुक व्यक्तिले नेपाली गीत गाएर १ देखि ३ मिनेटसम्मको भिडियो तयार गरी आफ्नो नाम र फोन नम्बर सहित ह्वाट्सएपमार्फत पठाउनुपर्ने आयोजकले जनाएको छ। साथै, सहभागीहरूले स्मार्ट सजिलो ट्राभल्सको आधिकारिक फेसबुक पेजलाई अनिवार्य रूपमा लाइक वा फलो गरेको हुनुपर्नेछ।प्राप्त भिडियोहरू कम्पनीको आधिकारिक फेसबुक पेजमा प्रकाशित गरिनेछन्। प्रकाशित भिडियोमा प्राप्त लाइक, कमेन्ट र सेयरको आधारमा विजेता छनोट गरिने आयोजकले ज

    • प्रकाशित मितिः जेठ २६, २०८३
    • ३४८ पटक पढिएको
  • कोशी ट्र्याक्टर सङ्घको अध्यक्षमा सापकोटा

    इटहरी । कोशी ट्र्याक्टर सङ्घको २९ औँ साधारण सभाबाट चित्रबहादुर सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ।साधारण सभाले शैलेन्द्र श्रेष्ठलाई उपाध्यक्ष, देवेन्द्र श्रेष्ठलाई महासचिव, डोगबहादुर प्रधानलाई कोषाध्यक्ष तथा श्रीबहादुर अधिकारीलाई सचिवमा चयन गरेको छ।त्यसैगरी कार्यसमितिको सदस्यहरूमा श्रीमान श्रेष्ठ, शिव खड्का, बमबहादुर न्यौपाने, दीपनारायण चौधरी र धनपति सिग्देल चयन भएका छन्।साधारण सभामा सङ्घको वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो। कार्यक्रममा ट्र्याक्टर व्यवसायीहरूको हकहित संरक्षण, व्यवसायलाई व्यवस्थित बनाउने, व्यवसायीबीच एकता र सहकार्यलाई थप सुदृढ गर

    • प्रकाशित मितिः जेठ २६, २०८३
    • ९३ पटक पढिएको
  • धनकुटामा एक महिने ब्याडमिन्टन प्रशिक्षण कार्यक्रम सुरु

    धनकुटा / धनकुटाको हिलेमा विद्यालय तहका विद्यार्थीहरूलाई लक्षित गरी एक महिने ब्याडमिन्टन प्रशिक्षण कार्यक्रम सुरु भएको छ। कोशी प्रदेश ब्याडमिन्टन सङ्घको आयोजनामा तथा हिले ब्याडमिन्टन क्लबको स्थानीय व्यवस्थापनमा सञ्चालन हुने उक्त प्रशिक्षण कार्यक्रममा १७ वर्षमुनिका तथा कक्षा १० सम्म अध्ययनरत छात्र–छात्राहरूको सहभागिता रहेको छ।प्रशिक्षण कार्यक्रमको उद्घाटन पूर्व जनप्रतिनिधि एवं हिले ब्याडमिन्टन क्लबका प्रमुख सल्लाहकार लालचन्द्र गोम्वाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रमको अध्यक्षता कोशी प्रदेश ब्याडमिन्टन सङ्घका अध्यक्ष भोगेन्द्र थापाले गर्नुभएको थियो।एक महिनासम्म सञ्चालन हुने प्रशिक्ष

    • प्रकाशित मितिः जेठ २५, २०८३
    • ७०२ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]