इटहरी । सुनसरीको देवानगन्ज गाउँपालिकामा चट्याङ लागेर २ जनाको मृत्यु भएको छ । बुधबार (आज) बिहान चट्याङ पर्दा उनीहरूको घटनास्थलमै मृत्यु भएको हो । चट्याङबाट वडा नं. ३ का ६० वर्षीय उदित यादव र वडा नं. १ की ४२ वर्षीया रिता यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।आज बिहान ९ बजेतिर परेको चट्याङ लागेर उनीहरूको मृत्यु भएको इलाका प्रहरी कार्यालय देवानगन्जले जनाएको छ । मृतकको पोसमार्टमका लागि सुनसरी जिल्ला अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।
इटहरी । विराटनगरको आर्या न्यूरो अस्पतालले आश मारेर घर पठाइदिएको बिरामीलाई इटहरीको सामुदायिक अस्पतालले बोल्न सक्ने बनाएको छ । आर्याले ८ लाख रुपैया खर्च गराएपछि पनि निको हुन नसक्ने भन्दै घर पठाइदिएको बिरामी अहिले स्वस्थ व्यक्तिसरह बोल्ने र खाना खानसक्ने भएका हुन् । न्यूरोसम्बन्धि विशेषज्ञ सेवा दिने भनेर प्रचार गरिएको आर्या न्यूरो अस्पतालमा गत भदौ ३ गते इटहरी ४ का दाहाललाई भर्ना गरिएको थियो । ब्रेन ह्यामरेज भएपछि भर्ना गरेर सोही दिन अपरेशन गरिएको थियो ।अपरेशनपछि भेन्टिलेटरमा ६ दिनसम्म राख्दा पनि बिरामीको होस नआएपछि बाँच्ने सम्भावना नभएको भन्दै अस्पतालले घर पठाइदियो । ‘घरसम्म लान प
इटहरी । नेकपा एमालेकी नेतृ भगवती चौधरीले दक्ष जनशक्ति उत्पादन र योग्य नागरिक निर्माणमा शिक्षकहरुको भूमिका महत्वपूर्ण भएको बताएकी छिन् । सुनसरीको इटहरीमा नेपाल प्रगतिशिल प्राध्यापक संगठन १ नं. प्रदेश कमिटिले विजया दशमी दिपावली तथा छठ लगायतका चाडपर्वको अवसरमा आयोजना गरेको विचार गोष्ठि तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले शिक्षकहरुको योगदानलाई राष्ट्रले मुल्यांकन गर्नुपर्ने बताइन् । इटहरी स्थित जनता बहुमुखी क्याम्पसमा आयोजित कार्यक्रममा बोल्दै नेतृ चौधरीले सुसंस्कृत समाज निर्माणमा पनि शिक्षकहरुको भूमिका रहने बताउँदै नेकपा एमाले शिक्षकहरुका समस्या र हक अधिकारका लागि सदैव लागि प
इटहरी । सुनसरीको इटहरी ४ स्थित बगैचा टोल बिकाश संस्थाले गत शनिबार आफ्नो १८ औ वार्षिक साधारण सभा भब्यताका साथ सम्पन्न गरेको छ ।सुनिल कार्कीको नेतृत्वमा रहेको टोल विकास अठारौँ साधारण सभालेले संस्थामा रत्नबहादुर कार्कीको अध्यक्षतामा नयाँ कार्य समिती पनि चयन गरेको छ ।बिभिन्न सामाजिक कामहरूमा सकृिय संस्थाको रूपमा परिचित बगैचा टोल बिकाश संस्थाले कार्कीको नेतृत्वमा नयाँ समिति चयन गरेको हो । समितीको उपाध्यक्षमा उपाध्यक्ष कुसुम माया तमांग , सचिव पूर्ण बहादुर बस्नेत कोषाध्यक्ष लक्ष्मी पोखरेल, सह(सचिव सबिता राई, सदस्य अनिमेश कार्की, सदस्य दुर्गा माया तमांग लगायत अन्य रहेका छन ।कार्यक्रममा टोलको भवन
इटहरी । सुनसरीको इटहरीमा सडकमा परेको खाण्डोमा परी मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।आइतबार विहान इटहरी उपमहानगरपालिका–१७ संगम चोकस्थित कान्छी चोक चतरा सडक खण्डमा चतरातर्फ जाँदै गरेको प्र १–०२–०४४ प १६०८ नम्बरको मोटरसाइकल खाल्डोमा परी दुर्घटना हुँदा सुनसरी–६ रामधुनीका ६० वर्षीय रामप्रसाद रेग्मीको मृत्यु भएको हो । प्रहरीका अनुसार दुर्घटनामा रामधुनी– ६ का ३९ वर्षीय सुमन रेग्मी सामान्य घाइते भएका छन् । मृतक रेग्मी मोटरसाइकल पछाडि सवार थिए । दुर्घटनमामा घाइते भएका दुवैलाई उपचारका लागि न्यूरो अस्पताल विराटनगर पठाएको थियो ।उपचारका लागि
सुन्दरहरैँचा / प्रदेश नं १ मा सुरक्षा निकायका लागि खरिद गरिएका स्कटिङ मोटरसाइकल आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा आयोजित कार्यक्रममा सुरक्षाकर्मीलाई हस्तान्तरण गरिएको छ । मोटरसाइकल हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अथिति प्रदेशका मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेश सरकारले सडकको सुरक्षामा गम्भीर भएर काम गरिरहेको बताए । तेसै गरि आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले अपराध न्यूनीकरण गर्न सुरक्षाकर्मीलाई बलियो बनाउनुपर्नेमा जोड दिए । मन्त्री कार्कीले सुरक्षाकर्मीलाई स्रोतसाधन जुटाउन प्रदेश सरकार लागिरहेको उल्लेख गर्दै ससाना कदमबाटै अपराध न्यूनीकरण हुँदै जाने तथा स
तेह्रथुम / नेपाल सरकारले तेह्रथुम जिल्लालाई डेंगो प्रभावित जिल्ला घोषणा गरे सगै फेदाप गाउँपालिकाले झुल वितरण गर्न थालेको छ । पालिकाको वडा नम्वर १ सिम्ले अरु वडा भन्दा वढी डेंगोको जोखिम रहेको हुनाले गाउँपालिकाले झुल वितरण गर्न थालेको पालिका अध्यक्ष केशव भेट्वालले बताउनुभयो ।पालिकाको वडा नम्वर १ सिम्लेमा १ घर एक झुल वितरण अभियान सुरु गरेको हो । पालिकाको वडा नम्वर १ मा १ हजार थान झुल वितरण गरिने ।अध्यक्ष भेट्वालले डेंगो लक्षण देखिएमा समयमा नै स्वास्थ्य सस्थामा आउन अनुरोध गर्नुभएको छ । राती सुत्दा झुल लगाएर मात्रै सुत्यो भने पनि यो रोगबाट वच्न सकिने भएकाले जनचेतना जोगाउन पनि
इटहरी : सेवा बचत तथा ऋण सहकारी संस्था लिमिटेड इटहरीले आफ्ना सदस्य तथा एकाघर परिवारका अपाङ्ग, एकल महिला तथा ज्येष्ठ नागरिक सदस्यहरूलाई सम्मान गरेको छ। संस्थाले सामाजिक उत्तरदायित्व अन्तरगत ३८८ सेयर सदस्यहरूलाई सम्मान गरेको हो । सहकारीका लेखा समिति संयोजक निमेष घिमिरेका अनुसार सेयर सदस्य तथा बचतकर्ता प्रति संस्था जिम्मेवार छ भन्ने बुझाउन कार्यक्रम आयोजना गरिएको हो। असोज ६ गते बिहीबार इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलको प्रमुख आतिथ्य कार्यक्रम सम्पन्न भएको घिमिरेले जानकारी दिए । सहकारीले सदस्यको घर परिवारका एकल महिला, ज्येष्ठ नागरिक र अपाङ्गता भएका ३ सय ८८ जनालाई नगद र दोस
विराटनगर । अप्राकृतिक मैथुन गरेको आरोपमा पक्राउ परेका गैर सरकारी संस्था महासंघ (गैसस) मोरङका अध्यक्ष राजेन्द्र ढकाल पुर्पक्षको लागि जेल चलान भएका छन् । जिल्ला अदालत मोरङका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले बुधवार विराटनगर घर भएका ५० वर्षीय ढकाललाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।अदालतको आदेशपछि ढकाल पुर्पक्षको लागि मोरङ कारागार चलान भएको मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।जिल्ला सरकारी वकिल कार्यालय मोरङले अदालतमा ढकालविरुद्ध अप्राकृतिक मैथुन मुद्दा दर्ता गरेको थियो । उनीमाथि १२ वर्षीय बालकलाई अप्राकृतिक मैथुन गरेको आरोप छ । बालक विराटनगर महान
इटहरी । विराटनगरको हाइवे लाइनमा एउटा मोटरसाइकल ग्यारेज छ । उक्त ग्यारेजमा नयाँ पसल्सर मोटरसाइकल सहित एक युवक आए । जानेमानेका ति ग्यारेज वालाले भने, ‘हेर्नु न यसले खसी चोर्दै, विराटनगर ल्याएर बेच्छ, यसले त नयाँ पल्सर नै किनिसकेछ ।’नभन्दै छेउमा आएपछि ग्यारेजवालाले ती युवलाई भने ‘ओ भाई आज कतिवटा बेचियो ?, गाउँतिर खसी हराएर चौपट छ भन्छन्, तिमीलाई त मालामाल होला नि होइन ।’ ती युवकले भने, ‘अलिअलि चल्दैछ, दशैंमा खसी भेटिन्छन् पनि बेचिन्छन् पनि ।’ग्यारेज वालाले भने म तिर फर्किएर ती युवकले सुन्ने गरी भने, ‘यो मान्छेले खसी चोर्दै सस्तोमा विक्री गर्छ,’ मैले ति युवकलाई सोधें, ‘हो ? ।’ युवक ङिच्च हाँस्यो ।
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.