सुन्दरहरैंचा / सुन्दरहरैंचा नगरपालिकाले २०७४ सालमा जनप्रतिनिधि आएपछि नगरमा भएका कामहरुको विवरण आज पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेको छ । ५ वर्षमा भएका काममध्ये नगर प्रमुख शिवप्रसाद ढकालले मुख्य ४९ वटा काम सार्वजनिक गरेका हुन् । त्यसका साथै भौतिक पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा भएका कामहरु उनले सार्वजनिक गरेका हुन् ।५ वर्षे कार्यकालमा कुनै नगरसभा सदस्य तथा कार्यपालिका सदस्यले असहमति जनाई नोट अफ डिसेन्ट लेख्ने वातावरण बन्न आफूले नदिएको उनको भनाइ थियो । नगर प्रमुख भएपछि जिम्मेवारी पूरा गर्ने क्रममा आग्रह– पूर्वाग्रह नराखी आफूले काम गरेको हुनाले कार्यसम्पादनमा आफूलाई
मिस इटहरी २०२२ आयोजना गर्ने आयोजकले प्रतियोगीलाई पुरस्कार र प्रमाणपत्र नदिई कार्यक्रम सम्पन्न गरेको पाइएको छ । सोमबार इटहरीमा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई प्रमुख अतिथि बनेको कार्यक्रममा आयोजकले आलटाल गर्दै प्रतियोगीलाई स्टेजबाट खालि हात पठाएको हो । विजेता, फर्स्ट रनर अप र सेकेन्ड रनर अप लाई क्रमशः ८ हजार, ५ हजार र ३ हजार सहित पुरस्कार वितरण गरेपछि केही नभनी कार्यक्रम सम्पन्न भएको थियो । १४ जना सहभागी मध्ये ११ जनालाई सब टाइटल र प्रमाणपत्र दिने भनेको थियो । तर आयोजकले अपमान गर्ने गरी कार्यक्रमबाट अन्यलाई कुनै सरसल्लाह नगरी सब टाइटल वितरण स्थगन गरेपछि उनीहरूले आपत्ति जना
उर्लाबारी। मोरङको उर्लाबारी नगरपालिकाले पालिकाका अपाङ्ग अशक्त र ८० वर्ष माथिका ज्येष्ठ नागरिकलाई घरघरमा सामाजिक सुरक्षा वितरण थालेको छ। निर्वाचनताका स्थानिय पालिकाका जनप्रतिनिधिले आपाङग, अशक्त र ज्येष्ठ नागरिकलाई घरघरमा भत्ता वितरण गर्ने प्रतिवद्धता गरेका थिए । सोहि प्रतिवद्धतालाई पुरा गर्दै उर्लाबारी नगरपालिकाले बैशाख महिना देखी लागु हुने गरि कार्यक्रम संचालन गरेको हो ।सोमवार उर्लाबारी-३ बाट यो कार्यक्रमको सुरुवात गरिएको हो । सुरुवातको दिन सो वडाका १४ जना अपाङ्ग अशक्त र ज्येष्ठ नागरिकलाई घरघरमा सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ ।स्थानिय सरकारले घरमै भत्ता उपलव्ध गराएपछि बैंकमा पु
लेटाङ घटनामा प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु गोलीबाट भएको रिपोर्ट, ६३ जना पक्राउमोरङको लेटाङमा भएको प्रहरी र गाउँलेबीच हिंसात्मक झडपमा ज्यान गुमाउने प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु गोलीबाट भएको पोस्टमार्टम रिपोर्ट आएको छ। अहिलेसम्म उनको मृत्यु ‘घाँटीमा धारिलो हतियार प्रहारबाट भएको’ प्रहरीले बताउँदै आएको थियो। तर, पोस्टमार्टम रिपोर्टमा भने उनको मृत्यु गोली लागेर भएको उल्लेख गरिएको छ।सरकारी वकिल कार्यालयले तयार पारेको अभियोग पत्रमा उल्लेख भएको पोस्टमार्टम रिपोर्ट अनुसार हत्या गरिएकी महिला प्रहरीको धारिलो हतियार खुकुरी, लाठी, ढुङ्गा मुढा नभएर गोली लागेर हत्या भएको रिपोर्ट आएको हो।विराटन
इटहरी । भाषा साहित्य कला क्षेत्रको विकास र विस्तारमा जोड दिदै सुनसरीको इटहरीमा दुई दिने इटहरी सृजना उत्सव २०७८ भएको छ । इटहरी भाषा साहित्य कला सृजना परिषदको आयोजना र इटहरी उपमहानगरपालिकाको संयोजनमा इटहरी सृजना उत्सव भएको हो । साहित्यका विभिन्न विद्याको प्रस्तुति सहित कलाकृतिहरु प्रर्दशनीमा राखिएको इटहरी सृजना उत्सवको आयोजक संस्थाका अध्यक्ष कृष्णविनोद लम्सालको अध्यक्षता तथा भाषा शास्त्री प्रा.डा. टंक न्यौपानेको प्रमुख आतिथ्य रहेको छ ।कार्यक्रममा पुर्व क्षेत्रका साहित्यकार ,कलाकार ,चित्रकार, रगंकर्मी लगायतको उपस्थिती रहेको छ । इटहरी सृजना उत्सव उदघाटन कार्यक्र
सुन्दरहरैचा । सुन्दरहरैचा नगरपालिका ३ न वडा कार्यालयको भवन निर्माण गरिने भएको छ । भवन निर्माणको लागि बुधबार राष्ट्रिय सभा सदस्य रमेश जंग रायमाझी, नगरप्रमुख शिवप्रसाद ढकाल नगर उपप्रमुख धनमाया तामांग वडाध्यक्ष जीवन प्रसाद ढुंगाना लगायत वडासदस्य, स्थानीय बुद्दिजिबी, राजनीतिज्ञ हरुको उपस्थितिमा शिलान्यास गरिएको वडा कार्यालयको भवन एक करोड १६ लाख रुपैयाँको लागत स्टमेटमा शुरु गरिएको वडाध्यक्ष ढुंगानाले जानकारी दिए ।वडा कार्यालय भवन शिलन्यास पश्चात सुन्दरहरैचा नगरपालिकाका मेयर ढकालले वडा कार्यलयको भवन निर्माण भएपछि सेवा प्रवाह झनै प्रभावकारी हुने बता
कैलाली । सहमतिमा यौन सम्बन्ध राखेर बलात्कार गरेको भन्दै उजुरी दिएकी एक किशोरीलाई जेल सजाय सुनाइएको छ । अछाम कमलबजार नगरपालिकाकी १९ वर्षीया किशोरीलाई जिल्ला अदालत अछामले साढे तीन वर्षको जेल सजाय तोकेको हो ।जिल्ला न्यायाधीश नवीनकुमार जोशीको इजलासले उक्त फैसला गरेको हो ।गत माघ १५ गते आफूलाई माग्न आएको पुरुषलाई किशोरीले बलात्कार गरेको भन्दै १७ गते प्रहरीसमक्ष उजुरी दिएकी थिइन् ।फोनमार्फत विवाहको प्रस्ताव लिएर पुरुष घरमा आएको, घरमा आमासँग विवाहको कुराकानी गरेको र राति अबेर भएपछि त्यहीँ बसेको बयान दिएकी थिइन् । किशोरीले पुरुष भुइँमा र आफू बहिनीसँग सुतेको अवस्थामा र राति ११:३० मा जबर्जस्ती करणी गरेको
तेह्रथुम / तेह्रथुम जिरीखिम्ती बजारमा वृद्धा विश्राम तथा परोपकार केन्द्र उद्घाटन भएको छ ।अध्यक्ष भर्त बहादुर सिंजागु (लिम्बू)को अध्यक्षतामा भयको कार्यक्रममा प्रदेस सभा सदस्य तथा पूर्व मन्त्रि लछुमन तिवारि, म्याङ्लुङ नगरपालिका प्रमुख सन्जय तुम्बाहाम्फे, समाजसेवी राधिका पोख्रेलले संयुक्त रुपमा वृद्धा विश्राम तथा परोपकार केन्द्रको उद्घाटन गर्नु भयो । विभिन्न समाज सेवी, राजनीतिज्ञ, स्थानीय नागरिक हरु साथै ज्येष्ठ नागरिक हरुकोउपस्थित मा भएको कार्यक्रममा चन्दादाता हरुलाई सम्मान पत्र सहित सम्मान समेत गरियको थियो अ
सुनसरीको इटहरीमा विपद जोखिम न्यूनिकरण तथा पूर्व तयारीका लागी प्रदेश स्तरीय छलफल तथा अन्तरकृया सम्पन्न भएको छ । स्थानीय सरकार, प्रदेश सरकारका जनप्रतिनिधि , ट्राफिक प्रहरी , सशस्त्र प्रहरी , नेपाली सेनाका सरोकारवाला निकायका बिच सम्पन्न भएको उत्त कार्यक्रममा जोखिम न्यूनिकरणका लागी छलफल भएको छ । प्रदेश १ मा पनि डुबानको हिसाबले सबै भन्दा जोखिम रहेको सुनसरी लगायतका जिल्लाहरूमा विपद र त्यको न्यूनिकरणका लागी के गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भीम बहादुर पौडेलले इटहरी डुबानमा स्थानीय सरकारले काम गरेको तर प्रभावकारी नभएको बताउनु भएको छ
मोरङको लेटाङमा आइतबार प्रर्दशनकारीको आक्रमणबाट ज्यान गुमाएकी प्रहरी जवान उर्मिला श्रेष्ठलाई १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरले अन्तिम बिदाइ गरेर शव परिवारलाई जिम्मा लगाएको छ। विराटनगरस्थित कोशी अस्पतालमा पोस्टमार्टम प्रक्रिया पूरा गरेपछि श्रेष्ठलाई प्रदेश प्रहरीले अन्तिम सलामी अर्पण गरेको थियो।मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, प्रदेश १ प्रहरी प्रमुख डिआइजी अरूणकुमार बिसी, मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीसहितका प्रहरी अधिकारी, उर्मिलाका सहकर्मीलगायतले उनको शवमा पुष्पगुच्छा अर्पण गरेर अन्तिम बिदाइ गरेका थिए।प्रहरीका अनुसार उदयपुरको त्रियुगा निवासी उर्मिलाको परिव
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.