समाज

    Showing ११,०८१-११,०९० of ११,३०१ items.
  • क्यान्सर पीडित कल्पनालाई बचाउन सहयोगको अपिल

    सुन्दरहरैंचा / सुन्दरहरैंचा १२ निवासी ३३ वर्षीय कल्पना बनलाई केही वर्ष देखि पेटको क्यान्सर भएकोले हाल चितवन भरतपुर क्यान्सर अस्पतालमा उपचार भई रहेको छ । उपचारको क्रममा घर परिवारको आर्थिक अवस्था कमजोर भएको हुनाले आफन्तजन तथा देश विदेशमा रहनु हुने सम्पूर्ण माझ सहयोगको अपेक्षा गरिएको छ ।  क्यान्सर भएर बिरामी भएका कारण कल्पना वनका श्रीमान् भक्तबहादुर पुरी समेत आफ्नी श्रीमतीको उपचारको लागि वैदेशिक रोजगारबाट काम छोडेर स्वदेश फर्किएका छन् । परिवारको उपचारको लागि चल अचल सम्पत्ति सबै सकिएर ऋण समेत लागेर तिर्न नसकेको बिरामी कल्पनाका श्रीमान् पुरीले बताए । पीडित परिवारमा उनीहरूका स्थानीय विद्यालय पढ

    • प्रकाशित मितिः माघ २०, २०७८
    • १३३ पटक पढिएको
  • प्रेस चाैतारी सर्लाहीकाे अध्यक्षमा सापकाेटा पुन: चयन

    सर्लाही / प्रेस चाैतारी नेपाल सर्लाही शाखा अध्यक्षमा अच्युतम सापकाेटा पुन: चयन भएका छन् । प्रेस चाैतारी नेपाल सर्लाही शाखाकाे बुधवार भएकाे भेलाले सापकाेटाकाे अध्यक्षतामा ११ सदस्य जिल्ला कार्य समिति चयन गरेकाे हाे ।भेलाले कार्य समितिकाे उपाध्यक्षमा मधु कटुवाल, महिला उपाध्यक्षमा रिना आले, सचिव राजु लाे तामाङ, काेषाध्यक्षमा आरती सेन्चुरी, सह-सचिवमा सन्देश अधिकारी र राजकुमार मण्डल तथा सदस्यहरूमा विनय न्याैपाने, दिवाकर वाग्ले, बिक्की दहाल र राधिका पाण्डे चयन गरेकाे छ ।

    • प्रकाशित मितिः माघ २०, २०७८
    • ११७ पटक पढिएको
  • जग्गादाताकाे निधन हुँदा इटहरीमा शोक बिदा

    इटहरी / इटहरी उपमहानगरपालिकाका जग्गादाता इटहरी ४ निवासी दानवीर हेमनारायण चौधरीको निधनमा इटहरी उपमहानगर कार्यालय र वडा कार्यालयहरूमा आज शोक बिदा गरिएको छ । उपमहानगरपालालिका परिसरमा बिहान शोक सभा गरेर शोक बिदा दिइएको हो । चौधरी परिवारले तत्कालिन इटहरी गाँउपञ्चायत रहँदै करिब तीन विगाह जग्गा प्रशासनिक भवन निर्माणका लागि प्रदान गरेका थिए । सोही जग्गामा अहिले उपमहानगरपालिका कार्यालय रहेको छ । शोक सभामा वोल्दै उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले स्व हेमनारायण चौधरीको परिवारले इटहरी उपमहानगरको सम्वृद्धि र विकासका लागि पूरयाएको योगदानको उच्च प्रशंसा गरे । उनले इटहरी अस्पताललाई समेत जग्गा प्रदान गर्ने

    • प्रकाशित मितिः माघ २०, २०७८
    • ३३४ पटक पढिएको
  • धरानमा माघ १ गते गायक राजेश पायल राई सहितको कन्सर्ट तथा 'फेसन सो'

    धरान : धरानमा माघ १ गते चर्चित गायक राजेश पायल राईको कन्सर्ट र फेसन सो आयोजना हुने भएको छ। कार्यक्रम नेपाल आइस नेचुराको प्रस्तुतिमा हुन लागेको हो।'बागिना फेसन सो एण्ड म्युजिकल नाइट २०७८' नाम दिइएको कार्यक्रममा राई इज किङ’ ले परिचित राजेशको कन्सर्टसँगै फेसन सो पनि आयोजना हुने आयोजक बागिना कला केन्द्र धरानले जनाएको छ । धरान-१२ स्थित पब्लिक हाई स्कुलको खेलमैदानमा कार्यक्रम राखिएको आयोजकले जनाएको छ।माघे सङ्क्रान्तिको अवसरमा माघ १ गते शनिवारका दिन उनको प्रस्तुतिसँगै गायक राकेश किराँती, परेश राई, उल्टो साइकल यात्री चित्रकुमार कार्कीलगायतको प्रस्तुतिसँगै फेसन शोको मज्जा पनि लिन सकिने आयोजक बागिना कला

    • प्रकाशित मितिः माघ २०, २०७८
    • १६७ पटक पढिएको
  • बैंकिंङ् कसुर मुद्दाका फरार लुइँटेल पक्राउ

    विराटनगर / बैंकिंङ् कसुर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ विराटनगर महानगरपालिका ६ बस्ने ४० वर्षीय सिताराम लुइँटेल रहेका छन् । लुइँटेललाई १ नं प्रदेश प्रहरी कार्यालय, आरआइटीबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाँदा गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा हिजो पक्राउ गरी मोरङ जिल्ला अदालतमा दाखिला गरेकोमा अदालतबाट कैद भुक्तानको लागी कारागार चलान गरेको छ ।प्रतिवादी सिताराम लुइँटेल भएको बैंकिंङ् कसुरको मुद्दामा उच्च अदालत विराटनगरबाट मिति २०७८ कार्तिक १० गतेको सजाय निर्धारण फैसला आदेशले क्रमशः १० महिना ७ दिन कैद र रु. १५ लाख जरिवाना भई लगत नं.– ८१७४ मा कैद जर

    • प्रकाशित मितिः माघ २०, २०७८
    • १३६ पटक पढिएको
  • ब्लेडले आफ्नै घाँटी काटेपछि..........

    विराटनगर  /  ब्लेडले आफ्नै घाँटी काट्दा विराटनगर महानगरपालिका–१५ का एक जना पुरुष गम्भीर घाइते भएका छन् । विराटनगर–१५ का ५० वर्षीय बलराम चौधरीले आज (बिहीबार) बिहान ब्लेडले आफ्नै घाँटी काटेको प्रहरीले जनाएको छ । घाँटी काटेपछि गम्भीर घाइते भएका उनको उपचार जारी छ ।  उपचारका लागि कोसी अस्पताल ल्याइएका चौधरीलाई थप उपचारका लागि नोबेल शिक्षण अस्पताल लगिएको छ । मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार ब्लेडले काटेको ठाउँबाट रगत बगिरहेको छ । घाँटी काटेर चौधरीले आत्महत्याको प्रयास गरेको हुन सक्ने उनले बताए । चौधरीले आफ्नै घाँटी काट्नुपर्ने कारण खुल्न बाँकी रहेको र घटना

    • प्रकाशित मितिः माघ २०, २०७८
    • ८१ पटक पढिएको
  • राशिफल, वि.सं. २०७८ साल माघ २० गते बिहीवार , यी राशिहरूकाे चम्किनेछ भाग्य

    वि.सं. २०७८ माघ २० गते बिहीवार तदनुसार ई. सं. २०२२ फेब्रुवरी ०३ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य उत्तरायण, शिशिर ऋतु, ने.सं. :– ११४२, (सिल्लाथ्व), इटहरी, सुनसरी, प्रदेश नं. एक, नेपालमा सूर्योदय : बिहान ०६:४३ बजे र सूर्यास्त : साँझ ०५:३८ बजे, चन्द्रोदय : बिहान ०८:०७ बजे र चन्द्रास्त : साँझ ०६:५५ बजे, काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०६:५२ बजे र सूर्यास्त : साँझ ०५:४४ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:५९ बजे र सूर्यास्त : साँझ ०५:४८ बजे, माघ शुक्लपक्षको द्वितीया तिथि, बिहान ०८:२७ बजेसम्म, त्यसपछि तृतीया तिथि, शतभिषा नक्षत्र, बेलुका ०७:१६

    • प्रकाशित मितिः माघ २०, २०७८
    • ७५ पटक पढिएको
  • शिबपाञ्चायन मन्दिर तथा निर्माणाधीन सामुदायिक भवन अबलोकन

    सुन्दरहरैंचा / सुन्दरहरैंचा नगरपालिका वडा नं. ७ स्थित श्री शिबपाञ्चायन मन्दिर द्वारा निर्माणाधीन सामुदायिक भवनको नगरपालिका नगरप्रमुख शिबप्रसाद ढकाल द्वारा अबलोकन । मन्दिर र भबनको वारेमा जानकारी गराउँदै मन्दिरका अध्यक्ष पोष्टकुमार श्रेष्ठ र भबन निर्माण समितिका सचिब बलभद्र बिष्ट ।

    • प्रकाशित मितिः माघ २०, २०७८
    • ५४ पटक पढिएको
  • बालबालिकामा निमोनियाको डर

    पाँच वर्षभन्दा कम उमेरका बच्चाको मृत्यु दरमा ७० प्रतिशत भन्दा बढी बच्चाहरुको मृत्यु निमोनियाँ, झाडापखाला, मलेरिया, दादुरा र कुपोषणका कारणले हुने गर्दछ । स्वास्थ्य कार्यकर्ताहरुले स्वास्थ्य केन्द्रहरुमा यी रोग लागेका बच्चाहरुको राम्रोसँग हेरविचार गरी मृत्यु हुने कारणबाट बचाउने सरल र प्रभावकारी उपायहरु गर्न सक्छन् ।विश्व स्वास्थ्य संगठन र युनिसेफले यस्ता अवस्थामा गर्नुपर्ने उपायहरुका बारेमा अपनाउनुपर्ने छुट्टाछुट्टै रुपमा प्रकाशित कार्य विधिहरु एउटैमा समावेश गरेका छन् । साथै हालसम्म पत्ता लागेका उच्चतम प्राविधिक तथ्यहरुलाई पनि यसमा समावेश गरी प्रयोगमा ल्याएको छ ।विश्व स्वास्थ्य संगठनको प्रतिवेदन

    • प्रकाशित मितिः माघ २०, २०७८
    • १४८ पटक पढिएको
  • टिपरले ठक्कर दिँदा कटारीका ७२ वर्षीय ठाकुरको मृत्यु

    उदयपुर / उदयपुरमा बुधबार साँझ टिपरको ठक्करबाट एक जना वृद्ध पुरुषको मृत्यु भएको छ ।कटारी नगरपालिका–३ मा बा ३ ख ४४१६ नम्बरको टिपरले ठक्कर दिँदा कटारी–३ का ७२ वर्षीय जिनिलाल ठाकुरको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार साँझ ७ः५० बजेतिर टिपरले ठक्कर दिँदा ठाकुरको घटनास्थलमै मृत्यु भएको हो ।

    • प्रकाशित मितिः माघ २०, २०७८
    • ९१ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]