इटहरी । सुनसरीको कोशी गाउँपालिकामा मोटरसाइकल र स्कार्पिओ एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।जिल्ला प्रहरी कार्यालयको जानकारी अनुसार, कोशी गाउँपालिका वडा नं। ४ को कोशी कटानमा पूर्व–पश्चिम राजमार्गमा इनरुवाबाट भाण्टाबारी तर्फ आउँदै गरेको स १ च ९२१ नम्बरको स्कार्पिओले विपरीत दिशाबाट आउँदै गरेको मदेश प्रदेश ०६–००१ प ०९५२ नम्बरको ३५० सिसिको रोयल बुलेट मोटरसाइकललाई ठक्कर दिएको हो। ठक्करमा मोटरसाइकल चालक, सप्तरीको विष्णुपुर नगरपालिका वडा नं। २ का २८ वर्षीय सञ्जय साहको मृत्यु भएको छ। उनलाई तत्काल जिल्ला अस्पताल इनरुवामा ल्याइयो, तर चिकित्सकले चेकजाँचको क्रममा उनलाई मृत घोषणा गरेका थिए। मोटरसाइकल
इटहरी । सुनसरीको हरिनगर गाउँपालिका–३ बाट गए राति २०० केजी गाँजा बरामद भएको छ । गौतमपुरबाट हरिनगरतर्फ जाँदै गरेको प्र १–०२–००४ ह ५६३९ नम्बर सिटी सफारीमा प्लाटिकका आठ वटा बोरामा राखिएको गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका उपरीक्षक केशवकुमार थेबेले जानकारी दिनुभयो ।
मोरङ | मोरङको सुन्दरहरैचा–७ बेलगाछीमा क्रियाशील जनसहयोग युवा क्लबलाई समाजसेवी प्रमोद सिटौलाले आफ्ना स्वर्गीय बुबा हरिप्रसाद सिटौलाको सम्झनामा बस प्रदान गर्नुभएको छ। समुदायमा सामाजिक सेवा तथा आपतकालीन कार्यमा सहजता होस् भन्ने उद्देश्यले बस उपलब्ध गराइएको दाता सिटौलाले बताउनुभयो।बस प्राप्त भएपछि क्लबले आफ्ना सदस्यहरूलाई विशेष छुट तथा गाउँ–समाजमा हुने मलामी कार्यका लागि निःशुल्क सेवा दिने निर्णय गरेको जनाएको छ। यस निर्णयले स्थानीय समुदायलाई ठूलो राहत पुग्ने विश्वास गरिएको छ।जनसहयोग युवा क्लबले स्थापना कालदेखि नै विभिन्न सामाजिक, खेलकुद तथा सांस्कृतिक गतिविधि सञ्चालन गर्दै आएको छ। क्लबले फुटबल, भल
इटहरी । दुई वटा निर्वाचन क्षेत्र रहेको इलाममा यस पटक नयाँ दलका रूपमा रहेको श्रम संस्कृति पार्टी समानुपातिकतर्फ पहिलो बनेको छ ।इलाम क्षेत्र नम्बर १ मा श्रम संस्कृति पार्टी ९माटो० ले १६ हजार ५ सय ५० मत प्राप्त गरेको छ । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी ९घण्टी० ले १३ हजार ६ सय ९६, नेपाली कांग्रेस ९रुख० ले १० हजार ८ सय १६, नेकपा एमाले ९सूर्य० ले १० हजार ३ सय ८२ र नेपाली कम्युनिष्ट पार्टी ९तारा० ले ४ हजार ५ सय ८३ मत प्राप्त गरेका छन् ।इलाम क्षेत्र नम्बर २ मा पनि समानुपातिकतर्फ श्रम संस्कृति पार्टी ९माटो० नै अग्रस्थानमा देखिएको छ । सो क्षेत्रमा श्रम संस्कृति पार्टीले १७ हजार ८ सय ४२ मत प्राप्त गरेक
इटहरी। २१ फागुनमा सम्पन्न भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा इलामका २७ मध्ये १८ जना उम्मेदवारको जमानत जफत भएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ ९१० बमोजिम कुल सदर मतको १० प्रतिशत मत प्राप्त गर्न नसकेपछि १८ उम्मेदवारको जमानत जफत भएको हो ।इलाममा पहिलो हुने निर्वाचित हुने प्रणाली अन्तर्गत निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार क्षेत्र नं। १ मा १३ उम्मेदवारमध्ये आठ र क्षेत्र नं। २ मा १४ उम्मेदवारमध्ये एक स्वतन्त्रसहित १० जनाको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालय इलामका निर्वाचन अधिकारी देबीचरण फूयालले जानकारी दिनुभयो । इलाम क्षेत्र नं। १ मा ६३ हजार
इटहरी । सुनसरी निर्वाचन क्षेत्र नं।१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि श्रमसंस्कृति पार्टीका अध्यक्ष हर्कराज राई ९साम्पाङ०को नेतृत्वमा धरानमा धन्यवाद तथा सुझाव र्याली निकालिएको छ ।बुधबार आयोजित र्यालीका क्रममा अध्यक्ष राईले लोकतन्त्रमा हारजित स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै निर्वाचनमा सहभागी सबै उम्मेदवार तथा मतदानप्रति धन्यवाद व्यक्त गर्नुभयो ।लोकतन्त्रमा सबैभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवार पहिलो हुने व्यवस्था भए पनि सबैको जित भएकोले उम्मेद्वार सबैको भूमिका महत्वपूर्ण रहने उहाँले बताउनुभयो ।जनताबाट प्राप्त सुझावलाई आगामी कार्यदिशामा समेट्ने उद्देश्यले धन्यवाद तथा सुझा
इटहरी । भोजपुरका किसान यतिबेला हिउँदे आलु थन्काउन व्यस्त बनेका छन् । खेतबारीमा लगाइएको आलु परिपक्व भएपछि किसानहरू बिहानैदेखि साँझसम्म आलु भण्डारण गर्न बारीमा खटिएका देखिन्छन् । जिल्लाका विभिन्न गाउँबस्तीमा किसानले आलु खन्ने, छानेर बोरा भर्ने, सुकाउने र घरमा भित्र्याउने काम गरिरहेका हुन् ।जिल्लाका ग्रामीण भेगमा हिउँदे मौसममा लगाइने आलु किसानका लागि महत्वपूर्ण बालीका रूपमा लिइन्छ । यसले घरायसी खाद्यान्नको आवश्यकता पूर्ति गर्नुका साथै नगदेँ आम्दानीको स्रोतसमेत बनेको छ । विशेषगरी जिल्लाका पहाडी भेगका किसानले हिउँदे सिजनमा आलुखेतीलाई प्राथमिकता दिने गरेका छन् ।भोजपुर नगरपालिका, षडानन्द नगरपाल
इटहरी । धरान उपमहानगरपालिका(८ स्थित अटल ग्यारेजमा पार्किङ गरी राखिएका यात्रुबाहक बसमा राति आगलागी हुँदा तिन वटा बस पूर्ण रूपमा जलेको छ ।इलालाका प्रहरी कार्यालय धरानको अनुसार मङ्गलबार राति करिव १० बजे आगलागी भएको खबर प्राप्त भई कार्यालयबाट प्रहरी निरीक्षक जीवन कुँवरको कमान्डमा प्रहरी टोली खटिएको थियो । नेपाल प्रहरी र दमकलको संयुक्त प्रयासमा आगो करिब १०ः४० बजे पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।आगलागीमा को १ ख ६२७४, प्र १–०१–००१ ख ४०३७ र बा ४ ख ५७५९, नम्बरका तिन वटा बस पूर्ण रूपमा जलेको छ भने को १ ख ३८४७, बा ५ ख ५८१४ र बा ५ ख ५८०९ नम्बरका बसमा आंशिक क्षति पुगेको इलाका प्
काठमाण्डौ । गएको बिहीवार भएको प्रतिनिधिसभा सदस्य चुनावमा चितवन क्षेत्र नम्बर–२ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले आफ्नो चुनावी खर्च पेश गर्नुभएको छ ।निर्वाचन आयोगको कार्यालय चितवनमा लामिछानेले पेश गरेको चुनावी खर्च ९ लाख ८९ हजार ९८६ रुपैयाँ रहेको छ । मनोनयन दर्तामा १० हजार, नमूना मतपत्र सामाग्री छपाइमा ६८ हजार १६१, यातायात तथा इन्धन खर्च २ लाख ९५ हजार, मतदाता प्रशिक्षण तथा खाजा खर्च दुई दिनको १४ हजार २०० रुपैयाँसहित झन्डै १० लाख रुपैयाँ खर्च भएको उल्लेख छ ।लामिछाने ५४ हजार ४०२ मत ल्याएर विजयी हुनुभएको हो । यसअघि झापा–५ बाट विजयी रास्वपाका वरिष्ठ नेता बा
इटहरी । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले पालिकाको विकास, सम्भावना, समस्या र नागरिकको पिरमर्का बुझ्न ‘सिदिङ्वा संवाद’ कार्यक्रम गर्ने भएको छ।पालिकाले प्रत्येक टोलबस्तिमै पुगेर उक्त कार्यक्रम सञ्चालन गर्न लागेको निमित्त प्रमुख प्रशासकीय अधिकृत तिवेन्द्र अधिकारीले जानकारी दिए। टोलबस्तीमा पुगेर नागरिकका समस्या सुन्ने, विकास निर्माणको अवस्था बुझ्ने, गुनासो ग्रहण गर्ने र आगामी बजेटमार्फत उक्त समस्या समाधानका लागि योजना बनाउने उद्देश्यले उक्त कार्यक्रम गर्न लागिएको उनले बताए।पालिकाले समस्याको पहिचान गरी समाधानका उपायहरूको खोजी गर्न यस्तो बहस अघि सारेको हो। टोलबस्तीमा पुगेर नागरिकमाझ गरिएका छलफल तथा
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.