समाज

    Showing ११,२०१-११,२१० of ११,३०१ items.
  • गुडिरहेको जीपमा ढुंगा खस्दा तीनजनाको मृत्यु

    ओखलढुंगा / ओखलढुंगामा गुडिरहेको जीपमा ढुंगा खसेर लाग्दा तीनजनाको मृत्यु भएकाे छ । सिद्धिचरण नगरपालिका ३ नारायणस्थानमा आइतबार बिहान बोलेरो जीप दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको हाे ।मृत्यु हुनेमा सिद्धिचरण नगरपालिका १ का १० वर्षीय युसव कोइराला, ७ वर्षीया युनिशा कोइराला र मानेभञ्ज्याङ गाउँपालिका १ का ३० वर्षीय हेम मगर रहेका छन् । को १ ज ३५६९ नम्बरको बोलेरो जीपमा बाटो माथीबाट ढुंगा खसेर लाग्दा दुर्घटना भएको हो पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जानकारी दिएकाे छ ।दुर्घटनामा तीनको अवस्था गम्भीर रहेकाे प्रहरीले बताएकाे छ । घाइतेहरूको ओखलढुंगा सामुदायिक अस्पतालमा उपचार भइरहे

    • प्रकाशित मितिः माघ ९, २०७८
    • ९९ पटक पढिएको
  • तेह्रथुममा मास्क खै अभियान प्रभावकारी हुँदै

    तेह्रथुम / कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोन तीव्र रुपमा फैलिरेहेका बेला तेह्रथुममा मास्क खै अभियान प्रभावकारी हुँदै गएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिले मास्क नलगाउनले सर्वसाधारणलाई एक सय जरिवाना लिँदै अभियान संचालन गरेकाे हाे ।बजार क्षेत्रमा मास्किवना हिँडडुल गर्ने नागरिकलाई सचेत गराउँदै अटेर गर्नेलाई एक सय रुपैयाँ कारवाही स्वरुप लिन थालेपछि कार्यक्रम प्रभावकारी बनेकोे जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरीनिरीक्षक कोमल ठाकुरले बताए । जिल्ला सदरमुकाम म्याङलुङ तथा जिरी, लसुने र वसन्तपुर बजार क्षेत्रमा सचेतना कार्यक्रमलाई बेवास्ता र अटेर गर्नेलाई कारवाही गरिएको थियो ।जिल्ला प्रहरी कार्य

    • प्रकाशित मितिः माघ ९, २०७८
    • १६० पटक पढिएको
  • सुन्दरहरैँचा, बलियामा एक महिलाको सामुहिक बलात्कार

    सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचा ४ स्थित बलियामा एक महिलाको सामुहिक बलात्कार भएको छ । बलिया स्थित श्रेष्ठ होटल एन्ड फेमीली लजको एउटा कोठामा बन्धक बनाएर एक महिला माथि तीन जनाले शुक्रबार राति सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ ।बलात्कारको सिकार भएकी महिलाको अत्यधिक रक्तश्राव भएका कारण महिलाको अवस्था निक्कै गम्भीर बनेर गएको उपचारमा संलग्न चिकित्सकलाई उद्रित गर्दै प्रहरीले जनाएको छ । पीडितको उपचार विराटनगर स्थित कोशी अस्पतालमा भइरहेको छ ।इटहरीमा काम सकेर सुन्दरहरैँचाकै गछिया स्थित बहिनीको घरमा फर्कदै गरेको अवस्थामा उनलाई रामबहादुर नेपालीले शुक्रबार साँझ ६ बजेतिर गाडीमा राखेर गछियाबाट लगेको

    • प्रकाशित मितिः माघ ९, २०७८
    • ३२४ पटक पढिएको
  • सुन्दरहरैचामा आइतबार १३ जनामा कोरोना पुष्टि

    सुन्दरहरैचा । पछिल्लो २४ घण्टामा सुन्दरहरैचा नगरपालिकामा थप १३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।सामाजिक बिकास मन्त्रालय प्रदेश नं १ का अनुसार आइतबार सुन्दरहरैचामा ८ जना महिला र ५ जना पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको हो । मोरङमा मात्र आइतबार २३९ जनामा कोरोना भाईरसको संक्रमण देखा परेको छ ।प्रदेश १ मा मोरङ, सुनसरी र झापा जिल्लामा कोरोना भाईरसको संक्रमण बढी फैलिरहेको छ । आइतबार मात्र झापामा ११९, मोरङमा २३९ र सुनसरीमा ५६ जनामा कोरोना भाईरसको संक्रमण देखा परेको छ ।

    • प्रकाशित मितिः माघ ९, २०७८
    • १४७ पटक पढिएको
  • बजारमा रक्सी नपाएपछि स्यानिटाइजर खाए, १० जनाले संसार छोडे

    एजेन्सी । भारतमा लकडाउनका कारण रक्सी नपाएपछि स्यानिटाइजर पिउदा १० जनाका मृत्यु भएको छ । आन्ध्रा प्रदेश राज्यमा शुक्रवार अल्कोहल मिश्रित स्यानिटाइजर पिउदा १० जनाको मृत्यु भएको हो । कोरोनाको रोकथामको लागि गरिएको लकडाउनका कारण रक्सी पसलहरु बन्द हुँदा उनीहरुले अल्कोहल मिश्रित स्यानिटाइजर पिएको भारतीय मिडियामा जनाइएको छ । कुरिचेदु गाउँमा कोरोनाभाइरसको संक्रमण बढेपछि लकडाउन गरिएको थियो । उक्त गाउँका मानिसहरुले रक्सी नपाउदा अल्कोहल मिश्रित स्यानिटाइजर पिएको जिल्ला प्रहरी प्रमुख सिद्धार्थ कौशलले  बताए । उनीहरुले १० दिनदेखि अल्कोहल मिश्रित स्यानिटाइजर पिएको बताइएको छ ।

    • प्रकाशित मितिः माघ ८, २०७८
    • १७१ पटक पढिएको
  • मुम्बईबाट १२ जना नेपाली बालकको उद्धार

    माइती नेपालले भारतको मुम्बईबाट १२ जना बालक तथा किशोरहरूको उद्धार गरेको छ। उद्धार गरिएकाहरु १३ देखि १८ वर्ष उमेर समूहका छन्।रौतहटका ७, महोत्तरीका २, कैलाली, धनगढी र कपिलवस्तुका १–१ जना बालकको उद्धार गरिएको हो। उद्धार गरिएकाहरुलाई उनीहरूका अभिभावक बोलाएर जिम्मा लगाइएको माइती नेपाल वीरगन्ज आवधिक गृहकी प्रमुख संगिता पुरीले जानकारी दिइन्।उनीहरुलाई मजदुरीका लागि मुम्बई लगिएको थियो। उनीहरुलाई मुम्बईको कुरल रेल्वे स्टेसनबाट भारतीय प्रहरीले उद्धार गरेको थियो। भारतीय प्रहरीले मुम्बईस्थित बाल कल्याण कमिटीको जिम्मा लगाएको थियो।कमिटीले माइती नेपालसँग समन्वय गरी बालकहरूको स्वदेश फिर्तीको पहल गरेको हो।

    • प्रकाशित मितिः माघ ८, २०७८
    • २०० पटक पढिएको
  • विगत २४ घण्टामा एक लाख ९६ हजार ८५७ जनाले खोप लगाएका

    विगत २४ घण्टामा एक लाख ९६ हजार ८५७ जनाले खोप लगाएका छन् । अहिलेसम्म पहिलो मात्रा एक करोड ६२ लाख ४२ हजार ४५६ जना र पूर्ण मात्रा एक करोड २८ लाख ७० हजार ८६७ जनाले लगाइसकेका छन् । यस्तै कोरोना भाइरसविरुद्धको बुस्टर डोज एक लाख ४२ हजार ५८९ मात्रा लगाइएको स्वास्थ्य मन्त्रालयले शनिबार जानकारी दिएको हो ।

    • प्रकाशित मितिः माघ ८, २०७८
    • १९४ पटक पढिएको
  • सुनसरीको भोक्राहामा श्रीमानद्वारा श्रीमतीको हत्या

    सुनसरी/ सुनसरीको भोक्राहानरसिंह गाउँपालिका १ स्थित ढोक भन्ने ठाउँमा श्रीमान्ले श्रीमतीको हत्या गरेका छन्। ३०बर्षीया चन्द्रकला उराँवको श्रीमानले गएराती हत्या गरेका हुन्।घरायसी बिवादका क्रममा गएराती साढे ९ बजेतिर ३२बर्षीय लालुप्रसाद उराँवले धारिलो हतियार(खुकुरी) प्रहार गरी चन्द्रकलाको हत्या गरेका हुन्। लालुप्रसादले चन्द्रकलालाई घाँटीमा खुकुरी प्रहार गरेका थिए। खुकुरी प्रहारबाट गम्भिर घाइते चन्द्रकलाको घरमै ज्यान गएको स्थानीयलाई उद्यृत गर्दै सुनसरी प्रहरीले जनाएको छ।श्रीमतीलाई खुकुरी प्रहार गरेर फरार भएका लालुप्रसादलाई स्थानीयले खोजी गरेर प्रहरीलाई बुझाएका छन्। चन्द्रकलाको शव पोष्टमार्टमका ल

    • प्रकाशित मितिः माघ ८, २०७८
    • १३२ पटक पढिएको
  • चोरी भएको स्कुटर भेटियो चोरसहित

    इटहरी/ पौष २८ गते बिहान १ बजे इटहरी १९सूर्य टोलकी मदिका राईको घरमा राखेको प्रदेश १–०२–०४३ प.८६९९ नम्बरको स्कुटर चोरी भयो। घरमै पार्कीङ्ग गरेर राखेको स्कुटी चोरी भएपछि राईले इलाका प्रहरी कार्यालय इटहरी निवेदन दिनुभयो।निवेदनको आधारमा इटहरी प्रहरीले खोजीको काम थाल्यो। खोजीका क्रममा स्कुटर सहित प्रहरीले इटहरी २०का जितबहादुर राई र दिनेश दर्नाललाई पक्राउ गर्‍यो। चोरीको स्कुटीसहित इटहरी प्रहरीले उनिहहरुलाई पक्राउ गरेको हो।राई र दर्नाललाई बिहिबार राती साढे ८ बजे राई र दर्नाललाई इटहरी १९पटेर्वा चोकबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय इटहरीका सुचना अधिकृत केशव कटवालले बताउनुभयो।

    • प्रकाशित मितिः माघ ८, २०७८
    • ११० पटक पढिएको
  • सुनसरी जिल्लाको उत्कृष्ट प्रहरी : रबिन्द्र दनुवार

    प्रहरी जवान रबिन्द्र दनुवार जिल्ला प्रहरी कार्यालय सुनसरीको पुस महिनाको उत्कृष्ट प्रहरी पुलिस अफ द मन्थ घोषित भएका छन् । वडा प्रहरी कार्यालय (ख) इटहरीमा दरबन्दी भइ हाल जिल्ला प्रहरी कार्यालय सुनसरीको अपराध अनुसन्धान शाखामा कार्यरत दनुवार जिल्लाको अवैध हतियार ओसार पसार, लागूऔषध, चोरी तस्करी तथा अपराधमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरि अपराध नियन्त्रणमा अहोरात्र खटी महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै उनलाई पुलिस अफ द मन्थबाट सम्मानित गरिएको हो ।प्रहरी उपरीक्षक सञ्जयसिंह थापाबाट हस्ताक्षरित दनुवारको सम्मान पत्र एक महिना भर प्रहरी कार्यालयमा सम्मान स्वरुप

    • प्रकाशित मितिः माघ ८, २०७८
    • ११४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]