सुन्दरहरैचा । पछिल्लो २४ घण्टामा सुन्दरहरैचा नगरपालिकामा थप १० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । सामाजिक बिकास मन्त्रालय प्रदेश नं १ का अनुसार बुधबार सुन्दरहरैचामा ६ जना महिला र ४ जना पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको हो । मोरङमा मात्र बुधबार २६८ जनामा कोरोना भाईरसको संक्रमण देखा परेको छ । प्रदेश १ मा मोरङ, सुनसरी र झापा जिल्लामा कोरोना भाईरसको संक्रमण बढी फैलिरहेको छ । बुधबार मात्र झापामा ६८, मोरङमा २६८ र सुनसरीमा २८० जनामा कोरोना भाईरसको संक्रमण देखा परेको छ ।मोरङको सबै भन्दा बढी विराटनगर , झापाको विर्तामोड र भद्रपुर र सुनसरीको धरान र इटहरी जस्ता स्थानिय तहमा सक्र
काठमाडौं । बानेश्वरको कान्तिपुर इन्टरनेश्नल कलेज, बुद्धनगरमा विद्यार्थी र प्रहरीबीच झडप भएको छ । कोरोना संक्रमित विद्यार्थी र संक्रमण नभएका विद्यार्थीलाई एकैठाउँमा राखेर परीक्षा दिन लगाएको भन्दै आन्दोलित विद्यार्थी र प्रहरीबीच झडप भएको हो ।प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन लाठी चार्ज गर्दा केही विद्यार्थी घाइते भएका छन् । प्रहरीले केही विद्यार्थीलाई नियन्त्रणमा पनि लिएको छ ।बुधबार काठमाडौं । बानेश्वरको कान्तिपुर इन्टरनेश्नल कलेज, बुद्धनगरमा विद्यार्थी र प्रहरीबीच घम्साघम्सी भएको छ ।कोरोना संक्रमित विद्यार्थी र संक्रमण नभएका विद्यार्थीलाई एकैठाउँमा राखेर परीक्षा दिन लगाएको भन्दै आन
इटहरी । माघ महिनाको सुरुवातसंगै पुर्वी तराईमा चिसो वढेपछि जनजीवन प्रभावित बन्न थालेको छ । कठ्याग्रीने चिसोका कारण पछिल्लो समयमा बजार पसलमा मानिसहरुको चहलपहल समेत घट्न थालेको छ । चिसो बढ्न थालेपछि शहर वजारहरु मात्र नभएरक गाउँघरमा समेत मानवीय चहलपहलमा कमी हुन थालेको हो । केही दिन देखि विहान र वेलुकाको समयमा हुस्सु लाग्ने र दिउँसो सामान्य मौषम खुले जस्तो देखिएपनि चिसो हावा लाग्ने गरेका कारण जनजीवन कस्टकर वन्न थालेको छ । मानिसहरुलाई काममा निस्कन पनि समस्या हुन थालेको छ । व्यापार गर्दै आएका व्यापारीहरु जाडोका कारण आगो बालेर ताप्न थालेको तथा पसल
इनरुवा । माघ महिना सुरु भएसंगै पुर्वी तराईमा बढी रहेको जाडोलाई लक्षित गरी लायन्स क्लव अफ इटहरी मोल्विन जोनले इनरुवाका विपन्न वर्गका मानिसहरुलाई न्यानो कपडा वितरण गरेको छ । इनरुवा नगरपालिका वडा नम्बर ८ कशंमडनको मर्दसा टोलमा लायन्स क्लव अफ इटहरी मोल्विन जोनले २सय ५० जनालाई ज्याकेट वितरण गरेको हो । लायन्स क्लव अफ इटहरी मोल्विन जोनका अध्यक्ष रितेष श्रेष्ठको अध्यक्षता तथा लायन्स क्लव अफ एरिया चिफ टंककुमारी गुरुगंको प्रमुख आतिथ्यमा भएको न्यानो कपडा वितरण कार्यक्रममा मर्दसामा अध्यय
सुनसरी ।सत्तारूढ पाँच दलका शीर्ष नेताहरू रहेको राजनीतिक समन्वय समितिको बैठकले स्थानीय निर्वाचन बारेमा छलफल गरेको छ । स्थानीय तहको निर्वाचन वैशाखमा नै गर्न गठबन्धनका नेताहरु सहमत भएका छन् ।बालुवाटारमा आज बिहान बसेको बैठक पछि सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले निर्वाचन समयमै सम्पन्न गर्न आफूहरु सहमत भएको बताए । यस बारेमा थप गृहकार्य गरेर बिहीबार फेरि बैठक बस्ने भएको छ ।निर्वाचन आयोगले आगामी वैशाख १४ र २२ गते स्थानीय तहको निर्वाचन गर्नुपर्ने सुझाव सरकारलाई दिएको थियो ।
सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिकाले आंशिक रुपमा लकडाउन गर्ने निर्णय गरेको छ । मंगलबार बसेको विपद व्यवस्थापन समितिले नगरमा आंशिक रुपमा लकडाउन गर्ने निर्णय गरेको हो ।दिनप्रतिदिन बढ्दै गएको कोरोना संक्रमण रोकथामको लागि नगरमा रहेको विपद व्यवस्थापन समितिले नगर क्षेत्रका केही कार्यमा पुर्ण कडाई गर्ने निर्णय गरेको हो ।मंगलबार बसेको विपद व्यवस्थापन समितिले हिडडुल गर्दा अनिवार्य मास्क, सभा सम्मेलन समारोह गोष्ठी जस्ता कार्यक्रम गर्न नपाउने , विवाह व्रतवन्ध सास्कृतिक कार्यक्रममा २५ जना भन्दा बढी भेला हुन नपाउने , मठ मन्दिरमा पुजारीले मात्र नित्य पुजा प्राथना गर्न पाउने, अनिवार्य खोप लगाउनु पर्ने
सुन्दरहरैचा । कोरोना संक्रमण दर बढीरहेको बेला मोरङ प्रशासनले मास्क नलगाएको कसैलाई भेटे तत्कालाई १०० रुपैया जरिवाना गर्ने निर्णय गरेको छ ।त्यस्तै स्वास्थ्य मापदण्ड पालना नगरने व्यवसायीलाई ५ हजार जरिवाना गर्ने निर्णय गरेको छ । तर यी दुवै निर्णय केवल निर्णयमा सिमित हुने धेरैको बुझाई छ । यस अघी पनि यस्ता निर्णय प्रशासनले गरेको थियो तर कार्यान्वयन पक्ष धेरै फितलो रहेको थियो ।ओमिक्रोन भेरीयन्टको जोखिमलाई मध्यनजर गर्दै मोरङ प्रशासनले जिल्ला कोरोना सुरक्षा व्यवस्थापनाको बैठकमार्फत माघ १ गते देखी लागु हुने गरी मापदण्ड पालना नगर्नेलाई कडाईका साथ जरिवाना असुल गर्ने जानकारी गराएको हो ।पुष ३० गते सम्म जिल्
सुन्दरहरैचा । पछिल्लो २४ घण्टामा सुन्दरहरैचा नगरपालिकामा थप ९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।सामाजिक बिकास मन्त्रालय प्रदेश नं १ का अनुसार सोमबार सुन्दरहरैचामा ७ जना महिला र २ जना पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको हो । मोरङमा मात्र सोमबार २२७ जनामा कोरोना भाईरसको संक्रमण देखा परेको छ ।प्रदेश १ मा सोमबार ६१७ जनामा कोरोना भाईरसको संक्रमण देखा परेको छ । प्रदेश १ मा मोरङ, सुनसरी र झापा जिल्लामा कोरोना भाईरसको संक्रमण बढी फैलिरहेको छ । आज मात्र झापामा ११६, मोरङमा २२७ र सुनसरीमा १२९ जनामा कोरोना भाईरसको संक्रमण देखा परेको छ ।मोरङको सबै भन्दा बढी विराटनगर , झापाको विर्ता
सरोज पौडेल बिराटनगर :नाम विहिन बनेको प्रदेश १ ले माघ महिनामै आफ्नो नाम पाउने प्रदेशका मुख्यमन्त्री राजेन्द्र राईले बताएका छन् ।मंगलबार बिराटनगरमा सन्चारकर्मीहरुसँग बोल्दै मुख्यमन्त्री राईले प्रदेशको हिउँदे अधिवेसन माघ २० बाट सुरु गर्ने तयारी भइरहेकोले प्रदेशको नामाकरण सम्बन्धि प्रस्ताव संसदमा लैजान भुमिका निर्वाह गर्ने बताएका छन् । प्रदेश नामाकरणको बिषय संसदले गर्ने भएकाले यहीँ अधिवेशनबाट प्रदेशको नाम टुङ्गो लगाउन आफुले सहजिकरण गर्ने मुख्यमन्त्री राईले बताएका छन् ।प्रदेश २ ले पनि प्रदेशको नामारण टुँग्याएपछि एक हिसावले प्रदेश एकमा दवाव बढेका कारण यसै अधिवेसनबाट प्रदेश एकले नाम पाउनेम
इटहरी :सुनसरी जिल्लाको बुर्जु गाउँपालिका स्थित बुर्जु तालमा आयोजना गरिएको महोत्सवमा आउने भनिएका भारतीय नायक नआएपछि उपस्थित ले कार्यक्रम स्थलमा तोडफोड गरेका छन् । महोत्सवमा आउने भनिएका भारतीय नायक तथा गायक खेसरीलाल यादव नआएपछि उनका फ्यानहरुनै तोडफोडमा निस्किए पछि स्थिती तनावग्रस्त भएको छ ।स्थिती नियन्त्रणमा लिन प्रहरीलाई हम्मेहम्मे परेको छ । मोहत्सवमा आगजनी र तोडफोड सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिन नसकेको बताइएको छ । स्थितीलाई नियन्त्रणमा लिन प्रहरी र एम्बुलेन्स तिन वटा दमकल पुगेको छ । खेसरीलालका शुभचिन्तकले चार वटा सवारीसाधनमा आगजनि गरेका छन् भने दर्जनौ सवारीसाधनमा तोडफोड गरेको बताइएको छ
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.