मोरङको पथरीशनिश्चरे नगरपालिका-२ का ३३ बर्षीय जय शर्मालाई श्रीमति कुटपिट गरी हत्या गरेको आरोमा प्रहरीले पक्राउ गरेको छ । गत पौष ३० गते शर्माको कुटाईबाट घाईते भएकि १९ बर्षीया श्रीमती पुजा बि.क.लाई उपचारको लागि नोवेल अस्पताल बिराटनगर लगिएकोमा निजको अस्पतालमा उपचार हुन नसकि घर लाने क्रममा बाटोमै मृत्यु भएको थियो । उक्त घटनामा संलग्न शर्मालाई इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।
मोरङ/ मोरङको रतुवामाई नगरपालिका-९ भौडाबाट २०७८ माघ २ गतेअबैध औषधी सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ सुनबर्शी नगरपालिका-६ का ३२ बर्षीय श्रवणकुमार ताजपुरीया रसुनबर्शी-७ का ३० बर्षीय कार्तिक चन्द दास रहेका छन् । बिशेष सूचनाको धारमा आज बिहान साँढे ९ बजे प्रहरी चौकी ईटहराबाट खटिएको प्रहरी टोलीले प्रदेश १-०२-०४६ प ७८६९ नम्बरको मोटरसाईकलमा सवार निजहरुलाई चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट अबैध औषधी TRAMODOL HYDROCHLORIDE CAPSULE २०,००० ( बिस हजार) ट्याब्लेट बरामद गरेको हो । अबैध औषधी सहित पक्राउ परेका उनीहरुलाई थप अनुसान्धान
सुन्दरहरैंचा । सुन्दरहरैंचा नगरपालिकाले सुकुम्बासी समस्या समाधान गर्न राष्ट्रिय भुमी आयोगसंग सम्झौता गरेको छ / सुन्दरहरैंचाका स्थानीबासी स्सुकुम्बासी को समस्या समाधानका निम्ति सुन्दरहरैंचा नगरपालिकाको तर्फबाट नगर प्रमुख शिव प्रसाद ढकाल र राष्ट्रिय भुमी आयोगको तर्फबाट आयोगका अध्यक्ष केशब निरौलाले समझौता पत्रमा हस्ताक्षर गरेका हुन।सम्झौता संगै अब सुन्दरहरैंचामा नगरपालिकामा ६ हजार ७२ जना भुमिहिन सुकुम्बासीले धनी पुर्जा पाउने भएको नगर प्रमुख ढकालको भनाइ छ। काठमाडौमा एक समारोह बिच सम्झौता गर्नेमा देशकै पहिलो नगरपालिका रहेको ढकालले बताएक
वराहक्षेत्र / वराहक्षेत्र मन्दिरमा धरान-८ की ७३ वर्षीय वृद्ध भोजरानी लिम्बु लुटिएकी छिन् ।वराहक्षेत्र मन्दिरमा दर्शन गर्न पुगेकी लिम्बु मन्दिरमा दर्शन गरी बाहिर निस्किनेक्रममा हातमा लगाएको साढे ४ तोला सुनको चुरा लुटिएको उनको छोरा सोमराज लिम्बुले बताए । आमा मन्दिर भित्र पूजा गरेर बाहिर निस्किनेक्रममा हातको चुरा थुतिएपछि चिच्याएकी थिइन् ।उनैले चुरा थुत्नेलाई हातमा समातेका थिए । सुनको चुरा थुतेर भाग्नेक्रममा नजिकै रहेकी महिला प्रहरीले ती व्यक्तिलाई पक्राउ गरेका थिए । पक्राउ गरिएका पर्सा वीरगन्ज-९ का ३१ वर्षीय गुण्डुकुमार राय यादव रहेका छन् । उनको साथबाट लुटिएको सुनको चुरा फेला नपरेको प्रहरीले बता
थारुहरुको महान् चाड माघीपर्वले पुर्बी तराईका थारु बस्तीमा रौनक देखिएको छ । प्रदेश १ मा मोरंग सुनसरी मा बसोबास रहेको थारु बस्तीमा माघीको उल्लास छाएको छ ।कोरोना सङ्क्रमण बढिरहेको जोखिमका बीच थारु समुदायले मौलिक अनि विशेष पर्व विगत दुई वर्षयता कोरोना कहरले संत्रासका बीच मनाउँदै निरन्तरता दिइरहेका छन् । वर्ष दिनमा थारु समुदायको सबैभन्दा विशेषरुपमा मनाइने माघीका अवसरमा यहाँका विभिन्न थारु बस्तीमा परम्परागत नृत्यसहित रमाइलो गरी मनाइँदै छ । माघी पर्व थारु समुदायले नयाँ वर्षका रुपमा समेत मनाउने गरेका छन ।‘हर साल आउँछ माघी, माघी जान्छ आफ्नै सुरमाखुसियाली छ दाङमा,
विराटनगर। काठमाडौं मेडिकल कलेज (केएमसी) र नोवेल मेडिकल कलेज विराटनगरका सञ्चालक सुनिल शर्मालाई विद्यार्थीहरुले कालोमोसो दलेका छन् । शुक्रबार नेकपा (एस) निकट विद्यार्थी संगठन अनेरास्ववियूले सञ्चालक शर्मालाई कालोमोसो दलेको हो ।विद्यार्थीहरुसँग अतिरिक्त शूल्क असुल्दै आएका शर्मा शिक्षा मन्त्रालयले डाकेको बैठक सकेर फर्कंदै गर्दा भुइँ तलामा बसेका अनेरास्ववियूका नेता महेश श्रेष्ठ र स्थायी कमिटी सदस्य अमर पुनको नेतृत्वमा गएको टोलीले ‘नमस्कार सर’ भन्दै कालोमसो दलेको हो ।कालोमोसो दल्ने श्रेष्ठ र पुनलाई प्रहरीले नियन्त्रणमा लिएको छ, भने अनेरास्वियुले तत्काल उनीहरूको रिहाइको माग गरेको छ । यस घटनाको ज
विराटनगर । प्रदेश १ सरकारको बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले कोभिड नियन्त्रण तथा रोकथामका लागि निर्देशक समिति बनाउने निर्णय गरेको छ ।मुख्यमन्त्री अध्यक्ष हुने गरी समिति बनाउने निर्णय गरिएको आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले जानकारी दिए । समितिको सदस्यहरूमा विराटनगर महानगरपालिकाका प्रमुख, प्रदेश १ का प्रमुख सचिव, आन्तरिक मामिला तथा कानून मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय र सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य हेर्ने सचिव, मोरङका प्रमुख जिल्ला अधिकारी, सेना, सशस्त्र र जनपद प्रहरीतर्फका प्रदेश प्रमुखहरू रहनेछन् ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्
सुनसरी / दुहवि नेपाल सरकारले विधार्थिहरुको लागि देश भर कोरोना भाइरस विरुद्धको खोप अभियान सञ्चालनमा ल्याएको छ । तर सुनसरीको दुहविमा कोठे खोप देखिएको छ । स्थानिय विधार्थिहरु दुई तिन घण्टा लाइनमा बस्ता समेत पालो नपाएको एका तिर समस्या छ भने अर्का तिर कोठे खोप सुरु देखिएको छ । स्थानिय विधार्थिहरु लाइनमा वस्दा समेत पालो नआएको गुनासो पोख्दा स्थानिय युवा भित्र गएर वुझदा कोठे खोप देखिएको जानकारि दिएका छन् । यस्को विरोध गर्दा स्थानिय युवा नेता रमेश थापा र स्वास्थ चौकि सोनापुरको हाकिमले स्थानिय विधालय सन विमको विधार्थि भनेर जानकारी दिए । तर स्थानिय युवाले उनिहरुलाइ कयौ पटक सोधे पनि केहि बोलेनन् । तर
काठमाडौं । नेपालमा पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या तीब्र गतिमा बढिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप ३ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभरि १३ हजार ३६ जनाको नमुना परीक्षण गर्दा यी संक्रमित देखिएका हुन् । पीसीआरबाट २ हजार ४४८ र एन्टिजेन परीक्षणबाट ६२७ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । हालसम्म पिसिआर विधिमार्फत गरिएको परीक्षणमा कूल ८ लाख ३८ हजार ३७५ जना र एन्टेजिन विधिबाट गरिएको परीक्षणमा ९८ हजार ५९४ जनामा संक्रमण पुष्टि भएको छ ।त्यस्तै पछिल्लो २४ घन्टामा २७८ जना संक्रमण मुक्त भएका छन् भने दुई जना संक्रमितको मृत्यु
सुनसरी/ सुनसरीको इटहरीस्थित पूर्वलाईनमा रहेको बेदान्त हस्पिटलले अप्रेशन सेवा बिस्तार गरेसँगै सेवाग्राहीको संख्यामा उल्लेख्य बृद्दि भएको छ। बेदान्तमा माइनर तथा मेजर अपरेसन शुरु गरेपछी शल्यक्रियाका लागि बिरामीहरु बढेका हुन्।बरिष्ठ हाडजोर्नी तथा नशा रोग बिशेषज्ञ डा.रोविन श्रेष्ठ र डा.धिराज सिंहसहित टिम र बरिष्ठ सर्जरी बिशेषज्ञमा डा.रबि सिंह र डा.सुमित अग्रवालले अप्रेसन सेवा प्रदान गर्न शुरु गरेको बेदान्त हस्पिटलका प्रबन्ध निर्देशक ईन्द्र श्रेष्ठ जानकारी दिएका छन्।प्रबन्ध निर्देशक श्रेष्ठले बरिष्ठ हाडजोर्नी तथा नशा रोग सम्बन्धि बिशेषज्ञद्वारा C-arm machine प्रबिधीबाट भाँचिएको हड्डिह
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.