इटहरी स् कामधेनु दुग्ध विकास सहकारी संस्था लिमिटेडको २७औँ वार्षिक साधारणसभा तथा अधिवेशनबाट आगामी चार वर्षका लागि नयाँ सञ्चालक समिति र लेखा सुपरिवेक्षण समिति चयन भएको छ ।शनिबार सम्पन्न निर्वाचनबाट अध्यक्षमा यादव ढकाल निर्विरोध निर्वाचित भएका छन् भने अन्य पदमा निर्वाचन भएको निर्वाचन समितिका संयोजक मेदानकुमार घिमिरेले बताए । उपाध्यक्षमा नगेन्द्रजंग थापा ६८१ मतसहित विजयी भएका छन् । खुला सञ्चालक सदस्यतर्फ विज्ञान ढुंगाना ८४६ मतसहित सबैभन्दा बढी मत ल्याएर निर्वाचित भएका छन् ।त्यस्तै, विनोद प्रसाद गुरागाईले ८३८, लोचन पौडेलले ७४८, राजेन्द्र अधिकारीले ६९२, धन बहादुर कटुवालले ६६४ र गोविन्द बहादुर बस्नेत
इटहरी। उदयपुरमा प्रहरीले ९४० केजी ४४० ग्राम गाँजासहित बोलेरो गाडी नियन्त्रणमा लिएको छ भने १०० केजी गाँजासहित एक युवकलाई पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार आज सोमवार बिहानको राति करिब २ बजे चौदण्डीगढी नगरपालिका–१ चारघरेस्थित रानीटार–बेल्टार भित्री सडक खण्डमा गाँजा ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले पार्किङ गरी राखेको बा १४ च २२५५ नम्बरको बोलेरो नियन्त्रणमा लिएको हो। उक्त बोलेरोबाट २९ वटा बोरामा राखिएको बोरा सहित ९४० केजी ४४० ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ।घटनामा संलग्न व्यक्तिहरू फरार रहेकाले उनीहरूको खोजतलास
इटहरी। भोजपुरको हतुवागढी गाउँपालिका–४ खैराङका सबै सामुदायिक विद्यालयमा घेराबारा निर्माण गरिएको छ। विद्यालयको भौतिक सम्पत्तिको संरक्षणसँगै विद्यार्थीका लागि सुरक्षित र व्यवस्थित शैक्षिक वातावरण निर्माण गर्ने उद्देश्यले वडा कार्यालयले घेराबारा कार्यक्रम सञ्चालन गरेको हो।वडाभित्र रहेका पञ्चकन्या आधारभूत विद्यालय, कालिका आधारभूत विद्यालय, चण्डेश्वरी आधारभूत विद्यालय र सिला सुत्केरी आधारभूत विद्यालयमा घेराबारा निर्माणको काम सम्पन्न भएको वडाले जनाएको छ। घेराबारासँगै आवश्यकताअनुसार केही विद्यालयका भौतिक संरचनाको मर्मत तथा सुधार पनि गरिएको छ। वडाध्यक्ष चन्द्रबहादुर विष्टका अनुसार खुला अवस्थामा रहेका व
इटहरी। धरान उपमहानगरपालिका–१६ की ५९ वर्षीया शान्ति श्रेष्ठले मकै पोलेर बिक्री गर्दै तीन दशकदेखि घरखर्च चलाउँदै आएकी छन् ।श्रीमानको निधनपछि घरको आर्थिक जिम्मेवारी सम्हाल्दै आएकी शान्तिका लागि मकै पोल्ने व्यवसाय जीविकोपार्जनको मुख्य आधार बनेको छ । उनको दैनिकी बिहानै मोरङको भावन्ने पुगेर हरियो मकै खरिद गर्नेदेखि सुरु हुन्छ । उनी बिहान घाम नउदाउँदै धरानबाट गाडी चढेर मकै खरिद गर्न भावन्ने पुग्छिन् र मकै लिएर फर्कँदा बिहानको १० देखि ११ बजिसकेको हुन्छ । त्यसपछि धरान उपमहानगरपालिका–१३ स्थित लक्ष्मीचोक नजिकै सडकछेउमा मकै पोल्ने र बिक्री गर्ने उनको दिनचर्या सुरु हुन्छ । शान्तिले दैनिक करिब १६० देखि १८०
इटहरी। दसैँ नजिकिँदै गर्दा अधिकांश नेपाली चाडपर्वको तयारीमा जुटिरहेका छन् । तर ताप्लेजुङको दोभान बजारका अग्निपीडितलाई भने यस वर्ष दसैँको खुसीले छुन सकेको छैन । आगलागीमा घर, पसल र वर्षौँको कमाइ गुमाएका उनीहरूलाई चाडपर्व मनाउनुभन्दा पनि सामान्य जीवनमा फर्किने चिन्ताले सताएको छ ।ताप्लेजुङको दोस्रो ठूलो व्यापारिक केन्द्रका रूपमा विकसित हुँदै गरेको दोभान बजारमा छ वर्ष नपुग्दै दुई पटक भीषण आगलागी भएको छ । दुवै घटनाबाट करिब ५६ करोड रुपियाँभन्दा बढीको क्षति भएको छ । विगतका वर्षमा यतिबेला दसैँतिहारको तयारीमा व्यस्त हुने स्थानीय यस वर्ष भने केही घण्टामै सम्पत्ति खरानी बनेपछि निराश छन् । अग्निपीडित सारा
इटहरी। नेपाल पत्रकार महासङ्घ खोटाङले ज्येष्ठ पत्रकारका लागि निवृत्तिभरण ९पेन्सन० वितरण सुरु गरेको छ । पत्रकारिता पेसालाई मर्यादित, सुरक्षित, सम्मानित, व्यावसायिक तथा उत्तरदायी बनाउने उद्देश्यसहित पत्रकार महासङ्घले मासिक रु तीन हजारका दरले ज्येष्ठ पत्रकार पेन्सन वितरण सुरु गरेको हो । पत्रकार महासङ्घ खोटाङले सुरु गरेको पेन्सन सुविधा लिने पहिलो पत्रकार प्रेस स्वतन्त्रता सेनानी कृष्ण आचार्य पर्नुभएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका ७२ वर्षीय पत्रकार आचार्यलाई दसैँ÷तिहार तथा छठ पर्वका अवसर पारेर पत्रकार महासङ्घ खोटाङले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा ती
इटहरी। मोरङको उर्लाबारी नगरपालिका–७ बाघखोरस्थित भित्री सडक खण्डमा कारको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ भने एक वृद्धा घाइते भएकी छन् ।सोमबार बिहान ७ः४० बजेतिर दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको को १–०१–००२ च २३६७ नम्बरको कारले बाटो काट्दै गरेका पैदलयात्रीलाई ठक्कर दिँदा उर्लाबारी नगरपालिका–७ निवासी ८९ वर्षीय कृष्णबहादुर कार्कीको मृत्यु भएको हो । घटनामा गम्भीर घाइते हुनुभएका उहाँको अरनिको अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि विराटनगरस्थित विराट टिचिङ अस्पताल पठाइएको थियो । अस्पतालमा उपचारका क्रममा बिहान ९ बजे चिकित्सकले उहाँलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।त्यस्तै, दुर्घटनामा उर्ला
इटहरी। प्रदेशको राजधानी विराटनगरमा ‘मुख्यमन्त्री सम्मेलन’ को तयारी पूरा भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशका अधिकार सुनिश्चित, वित्तीय सङ्घीयता र अन्तरप्रदेश सहकार्यलाई प्रभावकारी बनाउन सम्मेलन गर्न लागिएको जानकारी दिनुभएको छ । आइतबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा मुख्यमन्त्री कार्कीले असोज २७ र २८ गते आयोजना हुने सम्मेलनको सम्पूर्ण तयारी पूरा जानकारी दिनुभएको हो । समितिका संयोजक एवं कोशी प्रदेश योजना आयोगका उपाध्यक्ष तारानाथ निरौलाले सम्मेलनका उद्देश्य तथा कार्यसूचीबारे पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । उपाध्यक्
इटहरी। पाँचथरमा पर्ने पुष्पलाल ९मध्यपहाडी० राजमार्गको उद्गम खण्ड कालोपत्रको काम अझै अनिश्चित रहेको छ । पाँचथरमा पर्ने उक्त मार्ग निर्माण कम्पनीको लापर्वाहीका कारण अलपत्र परेको हो । ठेक्का लागेको छ वर्ष बित्न लाग्दासमेत निर्माण कार्यले अपेक्षित गति लिन सकेको छैन । तीन चरणमध्ये एउटाको ठेक्का रद्द गरिएको छ ।मध्यपहाडी राजमार्गको उद्गमस्थल नेपाल–भारत ९सिक्किम० सीमा याङवरक गाउँपालिका–१ चिवाभञ्ज्याङदेखि याङवरक गाउँपालिका–४ दारिम्बासम्मको झन्डै ५१ किलोमिटर सडक कालोपत्र हुन बाँकी छ । विसं २०७७ माघ १९ तीन चरणमा कालोपत्रे गर्ने गरी ठेक्का सम्झौता भएकामा कुनै पनि खण्डमा ५५ प्रतिशतभन्दा बढी भौतिक प्रगति हु
इटहरी । मोरङको पथरी शनिश्चरेमा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीय नागरिकले भूमि, विद्युत् र सडक लगायतका पूर्वाधार सम्बन्धी समस्याबारे जनप्रतिनिधि तथा सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छन्।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङ निर्वाचन क्षेत्र नम्बर ३ क्षेत्रीय समिति द्वारा पथरी शनिश्चरे–२ स्थित हरियाली सामुदायिक वनको सभाहलमा आयोजित कार्यक्रममा नागरिकले आफ्ना गुनासा प्रस्तुत गरेका हुन्। रास्वपा मोरङ–३ का सभापति कमल कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर सभापति हिक्मत कार्कीले स्वागत मन्तव्य राख्नुभएको थियो भने विशिष्ट अतिथि जहरमान लिम्बूले शुभकामना व्यक्त गर्नुभएको थियो।
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.