इटहरी । कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षमा विपद्जन्य घटनाबाट प्रभावित परिवारलाई ६१ लाख ६० हजार रुपियाँ राहत उपलब्ध गराएको छ । विपदका विभिन्न घटनामा परी ज्यान गुमाएका र घरबासमा क्षति पुगेका १३५ घटनाका पीडित परिवारलाई सो रकम वितरण गरिएको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले उपलब्ध गराएको वैशाख १० गतेसम्मको तथ्यांक अनुसार, राहत पाउनेमा सबैभन्दा धेरै आगलागीका घटनाका पीडित छन् । ७० वटा आगलागीका घटनामा घर क्षति भएका परिवारलाई १६ लाख पाँच हजार रुपियाँ र आगलागीमा परी मृत्यु भएका दुई जनालाई एक लाख ५० हजार रुपियाँ राहत दिइएको छ । यस्तै, बाढी तथा पहिरोमा परी मृत्यु भएका ५४ जनाका परिवारलाई
इटहरी। निर्वाचन आयोगले जिल्ला समन्वय समिति ताप्लेजुङका प्रमुख छिरिङ लामालाई पदमुक्त गरेको छ । दल त्याग गरेका कारण आयोगले लामासहित देशभरका १६ जना जनप्रतिनिधिलाई पदमुक्त गरेको हो ।दल त्याग वा परिवर्तन गरेका जनप्रतिनिधिलाई पदमुक्त गरिएको निर्वाचन आयोगले बिहीबार सूचना प्रकाशित गरी जानकारी गराएको छ । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी ९एकीकृत समाजवादी० को तर्फबाट लामा जिल्ला समन्वय समिति प्रमुखमा निर्वाचित हुनुभएको थियो । एकीकृत समाजवादी र नेकपा ९माओवादी केन्द्र० लगायतले पार्टी एकीकरण गर्दै नेपाली कम्युनिस्ट पार्टी बनाएपछि लामाले दल त्याग गरी नेकपा ९एमाले० मा प्रवेश गर्नुभएको थियो । जिल्ला समन्व
इटहरी । सुनसरीको इटहरीस्थित त्रियुगा होटलमा “परिवर्तनका लागि एकता” भन्ने मूल नाराका साथ लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको अधिकार, स्वास्थ्य तथा सामाजिक सचेतना सम्बन्धी वृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सामाजिक अभियन्ता, युवा तथा समुदायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो । मनिषा थापाको संयोजन तथा एड्भोकेसी अफिसर समोन जी.सी.को सहजीकरणमा सम्पन्न उक्त कार्यक्रममा समुदायले भोग्दै आएका बहुआयामिक चुनौतीबारे गहन विमर्श गरिएको थियो। कार्यक्रममा बोल्दै थापा र जी.सी.ले समाजको परम्परागत दृष्टिकोणमा परिवर्तन ल्याउन सचेतनामूलक अभियानलाई विद्यालय तहसम्म विस्तार गर
इटहरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–११ मधुवनमा इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीको आयोजना र वडा कार्यालयको सहकार्यमा ‘नागरिक सुनुवाइ’ कार्यक्रम सम्पन्न भएको छ । प्रहरी र समुदायबीचको सम्बन्ध सुदृढ बनाउँदै सेवा प्रवाहलाई पारदर्शी र जनमुखी बनाउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो । इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरीक्षक दिवश कुँवरको सभाध्यक्षता तथा वडाध्यक्ष कृष्ण कुमार महतोको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी, समाजसेवी, शिक्षक तथा विभिन्न संघसंस्थाका प्रतिनिधि र स्थानीय गरी करिब ५० जनाको सहभागिता थियो । कार्यक्रममा सहभागी
इटहरी । मोरङको मिक्लाजुङ गाउँपालिका–९ स्थित मधुमल्ला पार्टी प्यालेसमा सम्पन्न मिक्लाजुङ उद्योग वाणिज्य संघको प्रथम अधिवेशनबाट अमृत कुमार श्रेष्ठको अध्यक्षतामा १२ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ । नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा प्रकाश बस्नेत, उपाध्यक्षमा अम्बिका श्रेष्ठ, महासचिवमा कोमल प्रसाद ढकाल, वाणिज्य सचिवमा गणेश भट्टराई, उद्योग सचिवमा विनोद दर्नाल तथा कोषाध्यक्षमा सचिन कुमार रौनियार चयन हुनु भएको छ । त्यसैगरी सदस्यहरूमा सुरेन्द्र कुमार दाहाल, उपेश पौडेल, चन्द्रकला भण्डारी, नारायण ढुङ्गाना र मुकेश शाह रौनियार चयन हुनु भएको छ । अधिवेशनले बुद्धिलाल निरौलाको
इटहरी । ताप्लेजुङको दुर्गम तथा विकट हिमाली गाउँ घुन्सामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालनमा आएको छ । इन्टरनेट र टेलिफोनको समस्या रहेको घुन्सा गाउँमा बुधबारदेखि फोरजी सेवा सञ्चालनमा आउको हो । नेपाल टेलिकमको फोरजी सेवा सञ्चालनमा आएसँगै दुर्गम गाउँहरु फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको घुन्सा र फलेमा इन्टरनेटको सुविधा भएको छ । घुन्सास्थित तीन हजार ८५० मिटर उचाइ रहेको डाँडामा फोरजी इन्टरनेटको टावर राखिएको छ । निरन्तरको वर्षा र हिमपातसहित प्रतिकूल मौसमकाबिच टावर निर्माण तथा आवश्यक प्रविधि जडानको कार्य सकिएपछि बुधबारदेखि फोरजी इन्टरनेट सेवा सञ्चालनमा आएको स्थानीय समाजसेवा मिङ्माडण्डु शेर्पाले जा
इटहरी । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा सञ्चालित घुम्ती शिविरमार्फत पाँच हजार बढी सेवाग्राही लाभान्वित भएका छन् । गाउँपालिकाले वडा वडामा पुगेर सञ्चालन गरेको एकीकृत घुम्ती शिविरमार्फत उक्त सङ्ख्यामा सेवाग्राही लाभान्वित भएका हुन् । पालिकाका छ वटै वडामा घुम्ती शिविर सम्पन्न हुँदा कुल पाँच हजार २४ जनो सेवाग्राही लाभान्वित भएका गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले जानकारी दिनुभयो । अध्यक्ष वनेमका अनुसार गाउँपालिकाबाट प्रवाह हुने सबै किसिमका सेवाहरु घुम्ती शिविरमार्फत प्रवाह गरिएको थियो । बुधबार अन्तिम दिनको घुम्ती शिविर पालिकाको प्रशासकीय केन्द्र रहेको वडा ३ साँघुमा सञ्चालन गरिएको छ । साँघुमा सञ
इटहरी । माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजामा ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका जिल्लामै उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । सोमबार सार्वजनिक नतिजाअनुसार गाउँपालिकाबाट परीक्षामा सहभागी भएका कुल १ सय २० विद्यार्थीमध्ये ८९ जना उत्तीर्ण भएका छन् । यो कुल सहभागीको ७४.१६ प्रतिशत हो । पालिकागत नतिजा हेर्दा आठराई त्रिवेणी पहिलो स्थानमा रहेको छ भने मौवाखोला गाउँपालिका दोस्रो स्थानमा परेको छ । मौवाखोलामा ४५ विद्यार्थीमध्ये ३३ जना अर्थात ७३.३३ प्रतिशत उत्तीर्ण भएका छन् । त्यसैगरी मेरिङ्देन गाउँपालिका मा १ सय ३५ विद्यार्थीमध्ये ८२ जना उत्तीर्ण भई ६०.७४ प्रतिशत नतिजा आएको छ । जिल्लाको एक मात्
इटहरी। ताप्लेजुङको मैवाखोला गाउँपालिकामा निर्माण गरिएको दुई वटा भवन विद्यालयलाई हस्तान्तरण गरिएको छ । मैवाखोला गाउँपालिका–२ ढुङ्गेसाँघुस्थित मैवाखोला माध्यमिक विद्यालय तेम्बेमा निर्माण गरिएको दुई वटा भवन सो विद्यालयलाई हस्तान्तरण गरिएको हो । आठ कोठे पक्की विद्यालय भवन र छात्राबास भवन निर्माण सम्पन्न भएसँगै विद्यालयलाई हस्तान्तरण गरिएको मैवाखोला गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका इन्जिनियर उमेश भट्टराईका अनुसार सङ्घीय सरकारको विशेष अनुदान रकमबाट उक्त दुईवटै संरचना ९भवन० निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरिएको हो । इन्जिनियर भट्टराईका अनुसार कूल एक करोड तीन लाख १६ हजार ९८४ रुपियाँ बजेटबाट आठ
इटहरी । मुक्कुम्लुङ संरक्षण र पाथीभरा क्षेत्र ९मुक्कुमलुङ०मा केबलकार खारेजीको माग गर्दै मुक्कुम्लुङ तान्सेप चुम्भो तथा मुक्कुम्लुङ संरक्षण अन्तरदलीय सङ्घर्ष समितिले विभिन्न चरणका सङ्घर्षको कार्यक्रम घोषणा गरेको छ । समितिले बुधबार फुङलिङमा पत्रकार सम्मेलनको आयोजना गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो। समितिले सरकारसँग निरन्तर वार्ता, संवाद र छलफल भइरहेको अवस्थामा समेत स्थानीय प्रशासनलाई दिइएको निर्माण रोक्ने निर्देशनलाई बेवास्ता गर्दै कामलाई निरन्तरता दिइएको जनाएको छ । झुटा, फर्जी तथा नक्कली दस्तावेजको आधारमा पवित्र ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदा मुक्कुम्लुङ अतिक्रमण गरिएको
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.