समाज

    Showing १३१-१४० of १०,२३६ items.
  • पहिलो पटक सुरु भएको ‘द फेस अफ ब्युटिसियन’ पहिलो संस्करणको दोस्रो अडिसन इटहरीमा

    इटहरी/ सौन्दर्य पेसामा आबद्ध महिलाहरूको प्रतिभा, सीप र आत्मविश्वासलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्यसहित कोशी प्रदेशमै पहिलो पटक सुरु भएको ‘द फेस अफ ब्युटिसियन’ पहिलो संस्करणको दोस्रो अडिसन इटहरीमा सफलतापूर्वक सम्पन्न भएको छ । सोमबार अर्थात् भदौ १ गते दिउँसो १२ बजेबाट इटहरीको आइतबारेस्थित 'आरोमा बाई ओसियन रेस्टुरेन्ट'मा आयोजित अडिसनले सौन्दर्यकर्मी महिलाहरूमा नयाँ उत्साह थपेको छ ।आयोजक कुजु मोटर्स र प्रस्तुतकर्ता सुजुकी मोटरसाइकल इटहरीको सहकार्यमा भइरहेको यस कार्यक्रमले समावेशितालाई उच्च प्राथमिकता दिएको छ । सबैलाई समान अवसर प्रदान गर्ने उद्देश्यले यस प्रतियोगितामा उमेरको कुनै हदबन्दी राखिएको छ

    • प्रकाशित मितिः भदौ १, २०८३
    • ७९ पटक पढिएको
  • विश्व बन्धुत्व दिवसको अवसरमा लालिगुराँसमा ५३ पिन्ट रगत संकलन

    इटहरी । विश्व बन्धुत्व दिवसको अवसर पारेर तेह्रथुमको लालिगुराँस नगरपालिका–बसन्तपुरमा आयोजित विशाल स्वैच्छिक रक्तदान कार्यक्रममा ५३ पिन्ट रगत संकलन भएको छ। समाज सेवा प्रभाग, ब्रह्माकुमारी राजयोगको आयोजनामा नगरपालिकाको पुरानो कार्यालय भवनमा सो कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमकी प्रमुख अतिथि लालिगुराँस नगरपालिकाकी उपप्रमुख जमुना मगर कार्की रहनुभएको थियो। समारोहमा बोल्दै प्रमुख अतिथि तथा अन्य वक्ताहरूले स्वस्थ व्यक्तिले नियमित रूपमा रक्तदान गर्दा आवश्यक परेको समयमा बिरामीको जीवन रक्षा गर्न सकिने र यसले समाजमा आपसी सद्भाव बढाउने कुरामा जोड दिनुभयो। रक्तदान कार्यक्रममा नेपाल प्रहरी, जिल्ला अस्पता

    • प्रकाशित मितिः भदौ १, २०८३
    • ४३ पटक पढिएको
  • इटहरीमा ‘झ्याम्मै एक्सचेन्ज मेला’ सुरु, पुरानो बाइक साटेर नयाँ बजाज खरिद गर्ने अवसर

    इटहरी । इटहरीस्थित अटो सिटी बजाज शोरुममा ‘न्यु खोज्नेलाई झ्याम्मै एक्सचेन्ज मेला’ सुरु भएको छ । भदौ १ गतेदेखि ६ गतेसम्म श्रीकृष्ण प्रणामी मन्दिर छेउ, मिलन चोक, इटहरीमा आयोजना हुने मेलामा ग्राहकले आफ्नो पुरानो मोटरसाइकल साटेर नयाँ बजाज मोटरसाइकल खरिद गर्ने अवसर पाउने भएका छन् । मेलामा पुरानो मोटरसाइकलको झ्याम्मै हाइएस्ट भ्यालुएसन, झ्याम्मै क्यास डिस्काउन्ट, अन–द–स्पट फाइनान्स, शून्य सर्भिस चार्ज तथा निःशुल्क हेल्मेट लगायतका सुविधा उपलब्ध गराइएको आयोजकले जनाएको छ । ग्राहकले मेलास्थलमै आफ्नो पुरानो मोटरसाइकलको मूल्यांकन गराई विभिन्न मोडलका नयाँ बजाज मोटरसाइकल खरिद गर्न सक्नेछन् । साथै फाइनान्स तथ

    • प्रकाशित मितिः भदौ १, २०८३
    • १२४ पटक पढिएको
  • कोशी प्रदेशका चार मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

     इटहरी । कोशी प्रदेशका चार मन्त्री र एक राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।सोमबार कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले मन्त्रीहरू र मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राज्य मन्त्रीलाई शपथ ग्रहण गराएका हुन्। कोशी प्रदेश सरकारमा नेपाली कम्युनिस्ट पार्टीबाट भौतिक पूर्वाधार मन्त्रीमा जीवन आचार्य, आन्तरिक मामिला तथा कानुन मन्त्रीमा गम्बु शेर्पा, सामाजिक विकास मन्त्रीमा गीता तिम्सिना, पर्यटन वन तथा वातावरण मन्त्रीमा खिनुलङ्वा लिम्बु नियुक्त भएकी थिइन्।सपना दर्जी भौतिक पूर्वाधार राज्यमन्त्रीमा नियुक्त भएकी थिइन्। यस्तै एमालेबाट सरकारमा रहेका दुई जना मन्त्री र एक जना राज्

    • प्रकाशित मितिः भदौ १, २०८३
    • १४९ पटक पढिएको
  • नागरिक भन्दा पूर्व प्रहरी जिम्मेवार बन्नुपर्छ: पूर्व प्रहरी

    इटहरी । पूर्व प्रहरीहरु अन्य नागरिक भन्दा बढी जिम्मेवार हुनुपर्ने एक कार्यक्रमका वत्ताहरुले बताएका छन् । नेपाल पूर्व प्रहरी संगठन धनकुटाले ३६ औं स्थापना दिवसमा आयोजना गरेको कार्यक्रममा वत्ताहरुले पूर्व प्रहरीले जहिल्यै पनि शान्ति, सुरक्षा र अमनचयनमा ख्याल गर्नुपर्ने बताएका हुन् । यस्तै देशको अहित हुने कुनै पनि कार्यमा संलग्न हुनु नहुने सहभागिहरुको भनाइ छ । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख प्रहरी उपरिक्षक नारायण रञ्जितकारले पूर्व प्रहरीहरुले देश र समाज प्रति अझ बढी जिम्मेवारीबोधका साथ योगदान दिनुपर्ने आवश्यकता रहेको बताउनु भयो ।  संगठनका अध्यक्ष डम्बर कटुवालले पूर्व प्रहर

    • प्रकाशित मितिः भदौ १, २०८३
    • ११० पटक पढिएको
  • नागपञ्चमीमा बक्रकुण्ड मन्दिरमा मेला

    इटहरी। नागपञ्चमीको अवसरमा धनकुटाको हिलेस्थित धार्मिक तथा पर्यटकीयस्थल बक्रकुण्ड मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । धनकुटासहित तेह्रथुम भोजपुरलगायत विभिन्न जिल्लाका ८ हजारभन्दा बढी भक्तजनले बक्रकुण्ड मन्दिर दर्शन गरेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । नागपञ्चमीको दिन यो मन्दिरमा विशेष मेला र पूजाआजा हुनेगर्छ । नागदेवताको बसोबास रहेको विश्वास गरिने यो मन्दिरमा आजको दिन पूजाआजा र दर्शन गरेमा सुख शान्ति प्राप्त हुने विश्वास रहिआएको स्थानीय कृष्ण घिमिरेले जानकारी दिनुभयो । मन्दिरमा नाग बाहेक  एकसय ८ देवी देवताको वास रहेको विश्वास गरिन्छ । सो क्षेत्रका पत्थरमा नागसहित विभिन्न आकृति दे

    • प्रकाशित मितिः भदौ १, २०८३
    • ९६ पटक पढिएको
  • खोटाङमा स्थानीय तहको सीमा पुनरावलोकन, सङ्ख्या घटाउन नहुने सुझाव

    इटहरी  : जिल्लामा गाउँपालिका, नगरपालिका तथा वडाको सङ्ख्या र सीमा हेरफेरसम्बन्धी छलफल सुरु भएको छ ।गत असार ४ गते नेपाल सरकारको राजपत्रमा प्रकाशित मापदण्डअनुसार जिल्ला समन्वय समितिको पहलमा गाउँपालिका, नगरपालिका र वडाको सङ्ख्या तथा सीमाना हेरफेर, एकापसमा गाभिने र नगरपालिका वर्गीकरणको पुनरावलोकनसम्बन्धी सरोकार भएका निकायसँग छलफल थालिएको हो। जिल्ला समन्वय समितिले साउन ३० गते दिक्तेलमा छलफल आयोजना गरेर जिल्लाका राजनीतिक दल, स्थानीय सरकारका प्रमुख तथा प्रतिनिधि, सरोकार भएका निकायका प्रतिनिधिलगायतसँग स्थानीय तहको सीमाना र सङ्ख्याको पुनःसंरचनाका लागि प्रारम्भिक छलफल थालेको छ। पहिलो दिनको छलफल

    • प्रकाशित मितिः भदौ १, २०८३
    • ३६ पटक पढिएको
  • झापामा खेत जोत्दै गरेको ट्याक्टर पल्टिँदा ८ वर्षीय बालकको मृत्यु

    इटहरी : झापाको कचनकवलमा खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँदा ८ वर्षीय बालकको मृत्यु भएको छ।कचनकवल गाउँपालिका–१ स्थित चिया बगानमा प्र.१–०१–००१ त ८९९२ नम्बरको ट्याक्टरले खेत जोत्ने क्रममा अचानक पल्टिएको थियो। ट्याक्टरमा सवार भारत बिहार राज्य किशनगन्ज जिल्ला जोरबारी जियापोखेर–७ का ८ वर्षीय सिमोन सोरेन घाइते भएका थिए। घाइते सोरेनलाई आफन्तले उपचारका लागि भारततर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।उक्त खेत भद्रपुर नगरपालिका निवासी मोहन अग्रवालको रहेको र भारतका बाबुलाल मण्डीले जोत्दै आएको प्रहरीले जनाएको छ। ट्याक्टरका साहु भारत बिहार राज्य किशनगन्ज जिल्ला गिलाबारीका अजय भट्टिया रहेको

    • प्रकाशित मितिः भदौ १, २०८३
    • ५१ पटक पढिएको
  • सातौ छथर गाउँपालिका अध्यक्ष कप : फुटबल विजेतालाई ४ लाख, भलिबल विजेतालाई २ लाख

    इटहरी : तेह्रथुम जिल्लाको छथर गाउँपालिका शुक्रबारेमा परम्परागत रूपमा लाग्दै आएको ऐतिहासिक भदौरे पूर्णिमा मेला–२०८३ को अवसरमा यस वर्ष सातौं गाउँपालिका अध्यक्ष कपअन्तर्गत पुरुष फुटबल र अन्तर स्थानीय तहस्तरीय भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।विगत सात वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको अध्यक्ष कपलाई छथर गाउँपालिकाले खेलकुद क्षेत्रको विकाससँगै खेल पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गर्दै आएको गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाले बताए । उनका अनुसार भदौरे पूर्णिमा मेलालाई खेलकुद तथा सांस्कृतिक कार्यक्रमसहित थप व्यवस्थित र भव्य बनाउने तयारी गरिएको छ । सातौं गाउँपालिका अध्यक्ष कप आमन्त्

    • प्रकाशित मितिः भदौ १, २०८३
    • ८४ पटक पढिएको
  • नागपञ्चमी आज: घरको ढोकामा नागको तस्वीर किन टाँसिन्छ? यस्तो छ धार्मिक मान्यता

    इटहरी : आज परम्पराअनुसार नागको पूजाआजा गरी नागपञ्चमी पर्व मनाइँदैछ। घरको मूलढोकामा विधिपूर्वक नागको तस्वीर टाँसेर यो पर्व मनाउने गरिन्छ। हरेक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नागपञ्चमी मनाइन्छ। यस वर्ष जेठमा अधिकमास परेका कारण सौरमासअनुसार भदौको पहिलो दिन नागपञ्चमी परेको हो। नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट समेत बच्न सकिने धार्मिक विश्वास रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य प्राडा देवमणि भट्टराईले जानकारी दिए। नाग पूजाको प्रचलन वैदिककालदेखि नै सुरु भएको मानिन्छ। वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा

    • प्रकाशित मितिः भदौ १, २०८३
    • ५७ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]