इटहरी । सुनसरी निर्वाचन क्षेत्र नं। ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वापा०को संगठनात्मक आधार झनै मजबुत बन्दै गएको छ। जनता समाजवादी पार्टी ९जसपा० नेपालका सुनसरी जिल्ला उपाध्यक्ष हरिशंकर कर्णको नेतृत्वमा विभिन्न नेता–कार्यकर्ताहरू रास्वापामा प्रवेश गरेका छन्। आयोजित कार्यक्रममा कर्णसहित उनका समर्थकहरूलाई रास्वापाका जिल्ला तथा क्षेत्रीय नेतृत्वले स्वागत गरेका थिए। प्रवेश कार्यक्रममा बोल्दै हरिशंकर कर्णले देशमा सुशासन, पारदर्शिता र वैकल्पिक राजनीतिक शक्तिको आवश्यकताका कारण रास्वापा रोजेको बताए। उनले क्षेत्र नं। ३ मा पार्टीलाई थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरे। रास्वापाका नेताहरूले नयाँ सा
इटहरी । नेकपा एमालेका तर्फबाट सुनसरी निर्वाचन क्षेत्र नम्बर २ का युवा उम्मेदवार सुजन लामाले यतिबेला गाउँगाउँमा पुगेर जनतासँग प्रत्यक्ष भेटघाट तथा घरदैलो कार्यक्रमलाई तीव्रता दिनुभएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै लामा मतदात ासँग संवादमा व्यस्त देखिनुभएको हो । यस क्षेत्रमा एमालेको संगठन बलियो रहेको र त्यसको सकारात्मक परिणाम चुनावमा देखिने दाबी गर्दै लामा जनताको समस्या, गुनासो र अपेक्षा सुन्दै अघि बढिरहनुभएको स्थानियहरू बताउनछन् । एमाले प्रति जनताको विश्वास बलियो रहेको छ त्यो विश्वासलाई अझ मजबुत बनाउँदै विकास र समृद्धिको मार्गमा अघि बढ्ने बताउनुभयो । बुधब
इटहरी । महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड, इटहरीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । संस्थाकी अध्यक्ष मुना तिम्सिनाको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा संस्थाका पदाधिकारी, कर्मचारी तथा सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो । नेपाल रेडक्रस सोसाइटी धरानको प्राविधिक सहयोगमा सञ्चालन गरिएको रक्तदान कार्यक्रममा उत्साहजनक सहभागिता देखिएको थियो। कार्यक्रममा कुल ६२ प्रिन्ट रगत संकलन भएको आयोजकले जनाएको छ । कार्यक्रममा बोल्दै संस्थाकी अध्यक्ष मुना तिम्सिनाले रक्तदान जस्तो पुण्य कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताउनुभयो । रगत अभावका कारण कसैले प
इटहरी । जेन(जी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार भएका विभिन्न अपराधमा सजाय भोगिरहेका आठ जना कैदीबन्दीलाई धनकुटा प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार फरार कैदीबन्दीहरूलाई नियन्त्रणमा लिन जिल्ला–जिल्लाबीच समन्वय, सूचना संकलन तथा निगरानी सञ्जाल सक्रिय बनाइएको थियो। सोही अभियानको परिणामस्वरूप कर्तव्य ज्यान, अङ्गभङ्ग, जबरजस्ती करणी, चोरी र लागूऔषध गाँजा मुद्दामा सजाय तोकिएका कैदीबन्दीहरू पुनः कारागार चलान गरिएका हुन्।धनकुटाका प्रहरी उपरीक्षक सरतकुमार थापा क्षेत्रीका अनुसार फरारमध्ये केही कैदी आफ्नै घर वरपर लुकिछिपी बसेका थिए भने केहीले स्थान परिवर्तन
इटहरी । लक्ष्मी सनराइज बैंक लिमिटेडले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानलाई ३० थान पेसेंट ट्रान्सफर ट्रली ९म्याट्रेस र आईभी स्ट्यान्ड सहित० सहयोग प्रदान गरेको छ।बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उपलब्ध गराएको उक्त सामग्री प्रतिष्ठानको आकस्मिक सेवामा प्रयोग गरिने जनाइएको छ। ट्रलीहरू बैंकको प्रधान कार्यालय काठमाडौँ तथा शाखा कार्यालय धरानको सहकार्यमा उपलब्ध गराइएको हो।प्रतिष्ठान परिसरमा आयोजित कार्यक्रममा सामग्री हस्तान्तरण गरिएको थियो। कार्यक्रममा प्रतिष्ठानका उपकुलपति प्रा।डा। विक्रमप्रसाद श्रेष्ठ, रजिस्ट्रार प्रा।डा। सूर्यप्रसाद सङ्ग्रौला, महाशाखा प्रमुख, चिकित्सक तथा
इटहरी । कनककुमारी पोखरेल स्मृति प्रतिष्ठानले रावाबेँसी गाउँपालिकाका छ जना उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविका र चार जना उत्कृष्ट छात्रालाई नगदसहित पुरस्कृत गरेको छ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलकी स्वर्गीय आमा कनककुमारी पोखरेल र दाजु डोरमणि पोखरेलको सम्झनामा सात लाखको अक्षयकोषबाट उनीहरूलाई जनही सात हजार प्रदान गरिएको हो । मङ्गलबार यहाँ आयोजित कार्यक्रममा सम्झना थापा मगर, इन्द्रा परियार, लङ्कमाया मगर, शिवकुमारी पाण्डे, प्रमिला थापा मगर र निर्मला श्रेष्ठलाई उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविका पुरस्कार प्रदान गरिएको हो । यसैगरी, खार्पास्थित शारदा उच्चमाध्यमिक
इटहरी । झापाको कमल गाउँपालिका(७, ठुलोबाह्रघरे पशुपति टोलमा आफ्नै मामाकोमा बस्दै आएका एक युवकको घरको सिढीबाट लडेर मृत्यु भएको छ ।झापा बाह्रदशी घर भई कमल ७ मा मामाको घरमा बस्दै आएका २५ वर्षीय युस राजवंशीको सिढीबाट लडेर मृत्यु भएको हो । मङ्गलबार अपराह्न ४ः३० बजे घरको सिढीबाट लेडेर घाइते हुनुभएको उराजवंशीको उपचारका लागि मामा राजकुमार ताजपुरियाले दमकको निम्स अस्पतालमा लगेकोमा चिकित्सकले ५ः४० बजेको मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । हाल उक्त घटनाको प्रहरीले थप अनुसन्धान गरिरहेको समेत प्रहरीले जनाएको छ । घटनाको अनुसन्धानका लागि प्रहरी निरीक्षक नविन राईको कमान्डमा प्रहरी टो
इटहरी। प्रशस्त पर्यटकीय सम्भावना हुँदाहुँदै पनि तेह्रथुमको छथर गाउँपालिका–६ सुदापमा रहेको चाङलुङ गुफा ओझेलमा परेको छ। पूर्वाधार तथा प्रचारप्रसार भए पनि गुफाले अपेक्षित रूपमा पर्यटक आकर्षित गर्न सकेको छैन। करिब ३८ रोपनी क्षेत्रफलमा फैलिएको सो क्षेत्रमा करिब १५० मिटर लामो गुफा मुख्य आकर्षणका रूपमा रहेको छ।त्यस्तै, साना–ठूला गरी एक दर्जनभन्दा बढी गुफा यहाँ रहेका छन्। प्राकृतिक रूपमा मिलेर बसेका ढुङ्गाका थाक, ठूला–ठूला चट्टान, पहरा तथा विभिन्न प्रजातिका वनस्पति यहाँका प्रमुख आकर्षण भएको स्थानीय बिनोद भट्टराईले जानकारी दिनुभयो। यहाँ चाङलुङ देवी, मच्छिन्द्र देवीलगायत अन्य देवीदेवताको वासस्थान रहेको
इटहरी । नेपाली कांग्रेस पार्टीका सभापति गगनकुमार थापाले आगामी निर्वाचनमा पार्टीलाई पहिलो स्थानमा पु(याउन पार्टीका सबै नेता कार्यकर्तालाई एक भएर चुनावी अभियानमा लाग्न आग्रह गर्नुभएको छ । मङ्गलबार बिहान सुनसरीको कोशी गाउँपालिका–३ स्थित नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं। ४ का सभापति तथा कोशी गाउँपालिका अध्यक्ष ऐयुब अन्सारीको निवासमा नेता कार्यकर्तालाई सम्बोधन गर्दै उहाँले यस्तो निर्देशन दिनुभएको हो । सभापति थापाले देशलाई भ्रष्टाचारमुक्त, सदाचारयुक्त र सुशासनयुक्त बनाउन आवश्यक रहेको बताउनुभयो । सयौँ नेता कार्यकर्ताको उपस्थितिमा भएको स्वागत कार्यव्रmममा उहाँले सबैको अधिकार, पहिच
इटहरी। नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले कुनै पनि भाषा मर्दा त्यससँग सम्बन्धित ज्ञान प्रणाली पनि मर्ने भएकाले भाषिक र सांस्कृतिक विविधताको संरक्षण अत्यावश्यक रहेको बताउनुभयो ।‘छथर’साहित्यिक समाज तेह्रथुम र नेपाल प्रज्ञा– प्रतिष्ठानको सामाजिक शास्त्र विभागको संयुक्त रुपमा छथर सुदापस्थित च्याङलुङ गुफा क्षेत्रमा छथर क्षेत्रका जातीय–सांस्कृतिक विविधता तथा साहित्यिक–सामाजिक सहअस्तित्व विषयक प्राज्ञिक विचार गोष्ठीको आयोजना गरिएको हो । गोष्ठीको उद्घाटन गर्दै कुलपति राईले भाषासँग जोडिएका संस्कृति, मौलिक जीवनपद्धति, लोकज्ञान र सामाजिक मूल्यहरू पनि जोगाउनु आजको आवश्यकता भएको उल्लेख गर्नुभयो
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.