समाज

    Showing १,५४१-१,५५० of ९,३४० items.
  • राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका स्वर्ण पदक विजेतालाई नगदसहित सम्मान

    इटहरी । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले १६ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका स्वर्ण पदक विजेतालाई नगदसहित सम्मान गरेको छ । प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडी, प्रशिक्षक र शिक्षकलाई गाउँपालिकाले सम्मान गरेको हो । गाउँपालिकाका सूचना प्रविधि अधिकृत मनोज उप्रेतीका अनुसार प्रतियोगितामा सहभागी भएर स्वर्ण पदक जित्न सफल दुई विद्यार्थीलाई नगदसहित सम्मान गरिएको छ । एथ्लेटिक्सतर्फ तीन हजार मिटर दौडमा स्वर्ण पदक प्राप्त गर्ने १२ वर्षीया सुस्मिता राई र लङजम्पकी स्वर्ण पदक विजेता सुस्मिता गुरुङलाई जनही १५ हजार रुपियाँ नगदसहित सम्मान गरिएको उप्रेतीले जानकारी दिनुभयो । प्रति

    • प्रकाशित मितिः माघ २८, २०८२
    • १२७ पटक पढिएको
  • कानुनी प्रक्रिया नपुगेपछि ओखलढुङ्गाको जडीबुटी उद्योग सिल

    इटहरी । ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका–७, हर्कपुरमा सञ्चालनमा रहेको एक जडीबुटी प्रशोधन उद्योगलाई कानुनी प्रक्रिया पूरा नगरेको आरोपमा बन्द गरी सिल गरिएको छ । यो उद्योग अवैध रूपमा स्थापना गरिएको बताइएको छ ।डिभिजन वन कार्यालय ओखलढुङ्गाले चाइनिज होओचेङ बायोटेक्नोलोजी प्रालि नामक कम्पनीले उद्योग सञ्चालनका लागि आवश्यक मापदण्ड तथा प्रचलित नेपाल कानुन अनुसार प्रारम्भिक वातावरणीय प्रभाव परीक्षणलगायतका प्रमाणपत्र पेस नगरेको भन्दै सोमबार उद्योग सिल गरेको जनाएको छ । कार्यालयका अनुसार कम्पनीलाई आवश्यक कानुनी कागजात पेस गर्न पटक पटक निर्देशन दिइएको थियो तर सो निर्देशन पालना नगरेपछि कानुन अनुसार कारबाही

    • प्रकाशित मितिः माघ २८, २०८२
    • ६४ पटक पढिएको
  • पाँचथरमा एचपिभी खोप लगाउन सुरु

    इटहरी । पाँचथर जिल्लाका १ हजार ३ सय किशोरीलाइ पाठेघरको मुखमा लाग्ने क्यान्सर विरुद्वको ९एचपिभी०खोप लगाउन सुरु गरिएको छ । २९ गतेसम्म अभियन सञ्चालन गर्ने बताइएको छ । जिल्लाको एक नगर र सात गाउँपालिका गरी ८ वटा स्थानीय तहका आधारभुत र माध्यामिक विद्यालयको कक्षा ६ मा अध्ययनरतसँगै विद्यालय बाहिर रहेका १० वर्ष उमेरका र गत वर्ष खोप लगाउन छुटेका ११ देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई अभियान विद्यालयमै पुगेर खोप लगाउन थालिएको जिल्ला स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख महेश सुनारले जानकारी दिनुभयो  ।यो खोप लगाएपछि १५ वर्षसम्म पाठेघरको मुखमा लाग्ने क्यान्सरको जोखिम नहुने स्वास्थ्यकर्मीहरू बताएका

    • प्रकाशित मितिः माघ २७, २०८२
    • १६० पटक पढिएको
  • ओखलढुङ्गामा अनधिकृत जडीबुटी उद्योग सिल, वातावरणीय मापदण्ड पूरा नभएको खुलासा

    इटहरी। ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–७ हर्कपुरमा सञ्चालनमा रहेको एक जडीबुटी प्रशोधन उद्योगलाई कानुनी प्रक्रिया पूरा नगरेको आरोपमा बन्द गरी सिल गरिएको छ । यो उद्योग अवैधरुपमा स्थापना गरिएको बताइएको छ । डिभिजन वन कार्यालय ओखलढुङ्गाले चाइनिज होओचेङ बायोटेक्नोलोजी प्रा।लि। नामक कम्पनीले उद्योग सञ्चालनका लागि आवश्यक मापदण्ड तथा प्रचलित नेपाल कानून अनुसार प्रारम्भिक वातावरणीय प्रभाव परीक्षणलगायतका प्रमाणपत्र पेश नगरेको भन्दै सोमबार उद्योग सिल गरेको जनाएको छ । कार्यालयका अनुसार कम्पनीलाई आवश्यक कानुनी कागजात पेश गर्न पटक–पटक निर्देशन दिइएको थियो । तर सो निर्देशन पालना नगरेपछि कानुनअनुसार क

    • प्रकाशित मितिः माघ २७, २०८२
    • १९२ पटक पढिएको
  • इलाममा फागुन २१ को निर्वाचनअघि आचारसंहिता कार्यान्वयन र उम्मेदवार सुरक्षामा जोड

    इटहरी। आगामी फागुन २१ गतेको निर्वाचनका लागि इलाममा निर्वाचन आचार संहितासम्बन्धी अन्तरक्रियामा आचारसंहिता कार्यान्वयनको माग गरिएको छ । निर्वाचन नजिकिंदै गर्दा जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले राजनीतिक दल, उम्मेदवारका प्रतिनिधि र सञ्चारकर्मीसँग आचारसंहिताका विषयमा छलफल गरेको हो । कार्यक्रममा आउँदो निर्वाचनका लागि अघिल्ला निर्वाचनको भन्दा निर्वाचन आचारसंहिता धेरै परिवर्तन भएको जानकारी दिइएको छ । जिल्ला निर्वाचन अधिकारी देवीचरण फुुयाँलले  यस पटकको निर्वाचनमा दल र उम्मेदवारले गर्न हुने र नहुने कार्यबारेमा जानकारी गराउनुुभएको थियो । कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला स

    • प्रकाशित मितिः माघ २७, २०८२
    • १९० पटक पढिएको
  • देश बनाउने र बदल्ने शक्ति रूपान्तरित कांग्रेसमा रहेको नेपाली कांग्रेसकी सहमहामन्त्री डिला सङ्ग्रौलाको भनाइ

    इटहरी । नेपाली कांग्रेसकी सहमहामन्त्री डिला सङ्ग्रौलाले रूपान्तरित नेपाली कांग्रेसमा मात्र देश बनाउने र बदल्ने शक्ति रहेको बताउनुभएको छ ।चुनाव प्रचारप्रसार समिति, धनकुटाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सहमहामन्त्री सङ्ग्रौलाले कांग्रेस ुजेनजीु को मर्मअनुसार रूपान्तरण भएको र अब सबैको भरोसाको केन्द्रका रूपमा उभिएको बताउनुभयो । अन्य दलहरूले नेतृत्व र नीतिमा परिवर्तन गर्न नसकेको अवस्थामा कांग्रेसले भने त्यसमा सफलता हासिल गरेको उहाँको दाबी थियो । कांग्रेस रोजगार, पूर्वाधार, स्वास्थ्य र शिक्षासहितका १० बुँदे दृष्टिकोण लिएर निर्वाचनमा होमिएको उहाँले जानकारी दिनुभयो ।कांग्रेसले १०६ जना नयाँ अन

    • प्रकाशित मितिः माघ २७, २०८२
    • १६४ पटक पढिएको
  • झापाको मेचीनगर नगरपालिकाको उत्तरी क्षेत्र बाहुनडाँगीमा बाघ आतङ्क

    इटहरी । झापाको मेचीनगर नगरपालिकाको उत्तरी क्षेत्र बाहुनडाँगीमा बाघ देखापर्न थालेपछि स्थानीयहरू त्रसित भएका छन् । बाघले बाख्रा खान थालेपछि स्थानीयहरू त्रसित भएका छन् । झापाको हात्ती प्रभावित क्षेत्रमा बाघ देखिइएको हो । मेचीनगर नगरपालिका–४, बाहुनडाँगीका वीरबहादुर राईको खोरभित्र बाँधिराखेको बाख्रा बाघले आक्रमण गरेर मारेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता खगेन्द्रबहादुर खड्काले बताउनुभयो ।  उहाँका अनुसार दुई वटा ब्याउने बाख्रा बाघले मार्दा करिब ४० हजार बराबरको क्षति भएको अनुमान गरिएको छ । बाघको खोजी भए पनि पत्ता नलागेको बताइएको छ । यसभन्दाअघि चितुवा पनि यस क्षेत्रमा देखिँदै आएको

    • प्रकाशित मितिः माघ २७, २०८२
    • १५६ पटक पढिएको
  • ताप्लेजुङको कञ्चनजङ्घा आधार शिविर क्षेत्रको सरसफाइ

    इटहरी । ताप्लेजुङको कञ्चनजङ्घा आधार शिविर क्षेत्रको सरसफाइ गरिएको छ । हेल्थ इन्भाइरोन्मेन्ट एण्ड क्लाइमेन्ट एक्सन फाउण्डेसन ९हेक्याफ–३६०० ले जिल्लाको सिरिजङ्घा गाउँपालिकामा अवस्थित कञ्चनजङ्घा आधार शिविरको ओक्ताङ क्षेत्रमा पुगी सरसफाइ गरेको हो। स्वास्थ्य, वातावरण र जलवायुमा परिरहेको असर न्यूनीकरणका लागि काम गर्दैआएको हेक्याफ–३६० ले हिमाली क्षेत्रमा फोहरजन्य सामग्री शून्य बनाउने अभियान सुरु गरेसँगै कञ्चनजङ्घा आधार शिविर क्षेत्रमा सरसफाइ गरेको छ। हेक्याफ–३६० ले फोहोरको वर्गीकरण गरी सोहीअनुसार उचित र प्रभावका व्यवस्थापनमा ध्यान दिनुपर्ने कार्यलाई अभियानको रुपमा अघि बढाइएको जनाएको छ । यो सँगै

    • प्रकाशित मितिः माघ २७, २०८२
    • ११६ पटक पढिएको
  • रास्वपाद्वारा नबिन थापालाई सचिवालय प्रमुखको जिम्मेवारी

    इटहरी | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुनसरी क्षेत्र नम्बर ३ मा संगठन सुदृढीकरणलाई तीव्रता दिँदै सचिवालय व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित नबिन थापालाई सचिवालय प्रमुखको जिम्मेवारी प्रदान गरिएको छ।रास्वपाका सुनसरी क्षेत्र नं. ३ का प्रत्यक्ष उम्मेदवार तथा नेता अशोक कुमार चौधरीद्वारा जारी गरिएको पत्रमार्फत थापालाई उक्त जिम्मेवारी दिइएको हो। पत्रमा पार्टीलाई बलियो, सुदृढ र व्यवस्थित बनाउँदै लैजान थापाको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गरिएको छ।पत्रअनुसार पार्टी निर्माण तथा संगठन विस्तारका लागि सचिवालयको कामकाज जिम्मेवारीपूर्वक सञ्चालन गर्न आवश्यक ठानी थापालाई मनोनयन गरिए

    • प्रकाशित मितिः माघ २७, २०८२
    • ४८१ पटक पढिएको
  • उच्च अदालत विराटनगरद्वारा जिल्ला अदालत मोरङको फैसला आंशिक उल्ट्याइयो, गोरे भनिने चूडामणि उप्रेतीलाई थप १० वर्ष जेल सजाय

    इटहरी। बहुचर्चित ३३ किलो सुन तस्करी र मोरङको उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा उच्च अदालत विराटनगरले मुख्य अभियुक्त ‘गोरे’ भनिने चूडामणि उप्रेतीलाई थप १० वर्ष कैद सजाय सुनाएको छ । जिल्ला अदालत मोरङको यसअघिको फैसलालाई आंशिक रूपमा उल्ट्याउँदै उच्च अदालतले उप्रेतीलाई अपहरण तथा शरीर बन्धक मुद्दामा थप कैदको फैसला सुनाएको हो ।उच्च अदालतका न्यायाधीशद्वय महेन्द्रनाथ उपाध्याय र प्रकाशचन्द्र अधिकारीको संयुक्त इजालासले आइतबार राति यो फैसला सुनाएको हो । यसअघि जिल्ला अदालत मोरङले गोरेलाई कर्तव्य ज्यान मुद्दामा जन्मकैद ९२० वर्ष० को सजाय सुनाएको भए पनि अपहरण तथा शरीर बन्धक मुद्दामा भने सजाय तोकेको थिएन ।

    • प्रकाशित मितिः माघ २७, २०८२
    • १६५ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]