इटहरी । ताप्लेजुङमा सम्पन्न जिल्लास्तरीय १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा मैवाखोला गाउँपालिका प्रथम भएको छ । विभिन्न ५५ वटा पदक जित्दै सोमबार सम्पन्न प्रतियोगितामा मैवाखोला गाउँपालिका प्रथम भएको हो ।आयोजक जिल्ला खेलकुद विकास समिति ताप्लेजुङका अनुसार यहाँका आठ वटा स्थानीय तहलाई पछि पार्दै मैवाखोला गाउँपालिका प्रथम भएको हो । मैवाखोलाले जितेको विभिन्न खेल विधाका ५५ पदकमध्ये २३ वटा स्वर्ण पदक रहेको छ । बाँकी २० वटा रजत र १२ वटा कास्य पदक रहेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्रकुमार लिम्बू ९गणेश० ले जानकारी दिनुभयो ।समिति अध्यक्ष लिम्बूका अनुसार १३ स्वर्ण पदक, १३ रजत र २१ कास्य
इटहरी । झापाको बुद्धशान्ति गाउँपालिका २ इन्द्रेणी चौकमा रोकिराखेको ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ । साथै दुर्घटनामा परी अर्का एक व्यक्ति घाइते भएका छन् । यही माघ २४ गते राति बुद्धशान्ति २ इन्द्रेणी चोकस्थित भित्री सडकखण्डमा बुधबारेबाट जयपुरतर्फ जाँदै गरेको प्र।१–०१–०१७ प ३५१४ नम्बरको मोटरसाइकल बाटोमा रोकिराखेको मे। १ त ७७६७ नम्बरको ट्याक्टरको पछाडि ठोक्किँएको थियो । दुर्घटनामा मोटरसाइकल चालक अर्जुनधारा ६ का ३५ वर्षीय प्रविण आङदेम्बे र सोही मोटरसाइकलमा सवार पाँचथर फाल्गुनन्द ७ घर भई हाल बिर्तामोड १ बस्ने ४८ वर्षीय हरि आङदेम्बे घाइते हुनुभएको थियो । घाइते दुबै जनालाई उपचारका
इटहरी। भारतको मेघालयस्थित कोइलाखानीमा भएको विस्फोटमा मृत्यु भएका तीन नेपालीको भारतमै अन्त्येष्टि गरिएको छ भने एक जनाको अन्त्येष्टि अझै बाँकी रहेको छ।शव नेपाल ल्याउने सम्भावना नभएपछि खोटाङका एकै घरका दाजुभाइ सहित तीन युवाको शव सिलाङको झालुपारामा लगेर माघ २६ गते दाहसंस्कार गरिएको हो। माघ २२ गते मेघालयको पूर्वी जयन्तिया हिल्सस्थित अवैध कोइलाखानीमा विस्फोट हुँदा ज्यान गुमाएका खोटाङको बराहपोखरी गाउँपालिका–१ सालघारीका २७ वर्षीय पूर्णबहादुर खपाङ्गी मगर, २४ वर्षीय सुरेन्द्र खपाङ्गी मगर र ३५ वर्षीय नरबहादुर खपाङ्गी मगरको दाहसंस्कार गरिएको घटनास्थल पुगेका प्रकाश खपाङ्गी मगरले जानकारी दिनुभयो। पूर्णबहादु
इटहरी । खोटाङको दक्षिणी क्षेत्र पहिलो पटक वंशिलाघाटबाट तराईसँग सिधा यातायातमा जोडिएको छ । वंशिलाघाटस्थित सुनकोशीमा निर्माण भएको अस्थायी बेलिब्रिजले खोटाङको दक्षिणी क्षेत्रलाई तराईसँग जोडेको हो ।खोटाङको वराहपोखरी गाउँपालिका–५, पौवासेरा र उदयपुरको चौदण्डीगढी नगरपालिका–१ जोड्ने वंशिलाघाटस्थित सुनकोशीमा शनिबारबाट बेलिब्रिज सञ्चालनमा आएको छ । वंशिलाघाटमा पहिलो पटक बेलिब्रिज जडान हुँदा जिल्लाको दक्षिणी क्षेत्र पनि पहिलो पटक तराईसँग सिधा यातायातमा जोडिएको हो । अस्थायी रूपमा जडान गरिएको बेलिब्रिजले केही महिनाका लागि खोटाङका दक्षिणी क्षेत्रका नागरिकलाई खुसी दिएको छ । जिल्लाको जन्तेढुङ्
इटहरी । जनस्तरमा लोपोन्मुख बन्दै गएका परम्परागत ९रैथाने० ज्ञान, सीप, परम्परा र संस्कृतिको संरक्षण, प्रवर्द्धन तथा पुस्तान्तरण गर्ने उद्देश्यले रामप्रसादराई गाउँपालिकामा ‘रैथाने ज्ञान महोत्सव’ सम्पन्न भएको छ । गाउँघरमा रहेका मौलिक ज्ञान र परम्परालाई संस्थागत गर्दै नयाँ पुस्तासम्म पुर्याउने लक्ष्यसहित पाँच दिनसम्म महोत्सव सञ्चालन गरिएको हो ।सरोकारवालाहरूको सहकार्यमा आयोजना गरिएको महोत्सवमा रैथाने ज्ञान, संस्कृति, शिक्षा, पर्यटन र सामाजिक चेतनासँग सम्बन्धित विविध कार्यक्रम सञ्चालन गरिएका छन् । महोत्सवमार्फत स्थानीय पहिचानलाई बलियो बनाउने र समुदायभित्र रहेको ज्ञानलाई साझा गर्ने प्रयास गरिएको
इटहरी । झापाको बिर्तामोड नगरपालिका(२, चारपाने लालमाटीमा रहेको ओमकार रेडिमिक्समा काम गर्ने क्रममा करेन्ट लागि एक कामदारको मृत्यु भएको छ ।सोमबार राति ११ बजेको समयमा सो रेडिमिक्समा हेल्परका रूपमा काम गर्दै आएका शिवसताक्षी नगरपालिका ४ बस्ने २८ वर्षीय राजीव राजवंशी रेडिमिक्स मेसिन सफाइ गर्ने क्रममा अचानक विद्युत सर्ट भई सख्त घाइते हुनुभएको थियो ।उहाँको उपचारका क्रममा बिर्तामोडस्थित बि एन्ड सी अस्पतालमा सोही राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताउनुभयो । हाल घटनाबारे प्रहरीले थप अनुसन्धान थालेको जनाएको छ ।
इटहरी । मोरङको सुन्दरहरैँचा नगरपालिकाबाट प्रहरीले अवैध हतियार र सञ्चार सेट ९वाकीटकी०सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुन्दरहरैँचा नगरपालिका वडा नं। २ बेलडाँगी बस्ने २८ वर्षीय सिलास लिम्बू र वडा नं। ३ बस्ने २९ वर्षीय प्रेमबहादुर गुरुङ रहेका छन् ।जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ९प्रप्रनाउ० हरिनन्दन चौधरीका अनुसार, विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बेलबारी र प्रहरी चौकी गछियाबाट खटिएको संयुक्त टोलीले माघ २६ गते साँझ सिलास लिम्बूको घरमा खानतलासी गरेको थियो ।खानतलासीका क्रममा लिम्बू सुत्ने कोठाबाट मेडिएन युएसए लेखिएको एक थान
इटहरी । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसलाई गरेको विश्वासलाई अब भोटमा बदल्न आग्रह गर्नुभएको छ । मंगलबार सुनसरी निर्वाचन क्षेत्र नम्बर २ मा नेताकार्यकर्तालाई सम्बोधन गर्दै थापाले यस्तो आग्रह गर्नुभएको हो । थापाले कांग्रेसले बोलेको कुरा पूरा गरेको छ कि छैन भन्ने विषय जनतालाई बताइदिन समेत आग्रह गर्नुभयो । उहाँले अहिले निर्वाचन आचार संहिताका कारण धेरै बोल्न मिल्ने अवस्था नरहेको बताउँदै बदलिएर आएको कांग्रेसले भ्रष्टाचारको अन्त्य र सुशासनका लागि आधार सहित काम गर्नु पर्ने पनि बताउनुभयो । उहाँ सोमवार विराटनगर आउनुभएको थियो । मंगलवार बिहान इटहरी, झुम्का, इनरुवा हुँदै उहाँ सर्लाहीतर्फ प
इटहरी । पाथीभरा माध्यमिक विद्यालय इटहरीको आयोजनामा यही फागुन १ र २ गते ‘इटहरी बालकला साहित्य महोत्सव २०८२’ सञ्चालन हुने भएको छ। विद्यार्थीहरूमा साहित्यप्रतिको अभिरुचि अभिवृद्धि गर्दै पठन संस्कृतिको विकास गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।महोत्सव वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा राष्ट्रिय स्तरमा ख्यातिप्राप्त बालसाहित्य सर्जकहरूसँगै स्थानीय साहित्यकार, कवि, अभिभावक, शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहने पाथिभरा इङलिस बोर्डिङ स्कुलका अध्यक्ष निर्मल कुमार रिजालले बताउनुभयो।कार्यक्रम संयोजक विक्रम कुमार घ
इटहरी । पोखराको लालीगुराँस एसोसिएसन धरानमा जारी २६औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पाँच पटकको उपविजेता आयोजक धरान फुटबल क्लबलाई ट्राइबेकरमा ५–४ गोलले पराजित गर्दै लालीगुराँसले अन्तिम चारको स्थान सुरक्षित गरेको हो । धरान रंगशालामा सोमबार सम्पन्न खेलको निर्धारित ९० मिनेट तथा थप १५ मिनेटको अतिरिक्त समयमा दुवै टिमबाट गोल हुन नसकेपछि मुख्य रेफ्री मनिष अधिकारीले खेलको निर्णय ट्राइबेकरमार्फत लिएका थिए । ट्राइबेकरमा लालीगुराँसका लागि राम थापा, आशिष गुरुङ, टिकराज गुरुङ, सुदीप गुरुङ र अब्दुल युसुफ हाउलेले गोल गरे । धरान फुटबल क्लबक
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.