समाज

    Showing १,५९१-१,६०० of ९,३४० items.
  • ताप्लेजुङमा जिल्लास्तरीय १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    इटहरी । ताप्लेजुङमा जिल्लास्तरीय १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगिता सिदिङ्वा गाउँपालिकाको प्रशासकीय केन्द्रस्थित साब्लाखुमा शुक्रबारदेखि सुरु भएको हो ।सिदिङ्वा गाउँपालिकाको संयोजन तथा व्यवस्थापनमा आयोजना गरिएको प्रतियोगिताको कोशी प्रदेशसभा सदस्य एवम् पूर्वमन्त्री तिलकुमार मेन्याङ्बोले उद्घाटन गर्नुभएको छ । प्रतियोगिताको उद्घाटन गर्नुहुँदै पूर्वमन्त्री मेन्याङ्बोले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भविश्यका खेलाडी उत्पादन गर्ने आधारशिला भएको बताउनुभयो । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी भएका विद्यार्थी अर्थात बालबा

    • प्रकाशित मितिः माघ २४, २०८२
    • २२७ पटक पढिएको
  • झापाको बिर्तामोडस्थित डोमालाल रङ्गशालामा सातौँ संस्करणको झापा गोल्डकप आजदेखि सुरु

    इटहरी । मोफसलकै लोकप्रिय झापा गोल्डकपको सातौं संकरण आजशनिबारबाट झापाको बिर्तामोडस्थित डोमालाल रङ्गशालामा सुरु हुने भएको छ ।आयोजक झापा गोल्डकपले पत्रकार सम्मेलनको आयोजना गर्र्दै प्रतियोगिताको तयारी पूरा गरिएको जानकारी दिएको हो । आज हुने उद्घाटन खेलमा आयोजक झापा ११ फुटबल क्लब र नेपाल पुलिस क्लबबिच प्रतिस्पर्धा हुँदै छ ।प्रतियोगिताका लागि खेलमैदान र  १० हजार दर्शक बस्न मिल्ने बाँसको अस्थायी प्यारापिट निर्माणलगायतका काम सम्पन्न भएको आयोजक समितिका अध्यक्ष केदार गिरीले बताउँनुभयो । खेलमैदानमा दर्शकको चाप हुनसक्ने अनुमानका साथ प्यारापिटको अघिल्लोतिर दर्शकका लागि प्लास्टिकको कुर्सी र भुइँमा बसेर

    • प्रकाशित मितिः माघ २४, २०८२
    • २०९ पटक पढिएको
  • सीमा सुरक्षा र आपराधिक गतिविधि नियन्त्रणमा संयुक्त प्रतिबद्धता

    इटहरी । खुला सिमाना रहेका नेपाल र भारतबीच सीमा सुरक्षा तथा आपराधिक गतिविधि नियन्त्रणका लागि सूचनाको आदान–प्रदान गर्ने, तेस्रो मुलुकका नागरिकको अवैध प्रवेश रोक्ने र सुरक्षा निकायबीच सशक्त सहकार्य तथा समन्वय गर्ने सहमति भएको छ। त्यसैगरी, मानव बेचबिखन, नक्कली मुद्रा, हातहतियार तथा लागुऔषध ओसारपसार नियन्त्रणलगायतका विषयमा पनि दुवै देशका सीमा सुरक्षामा परिचालित सुरक्षा निकायबीच सहकार्य गर्ने सहमति भएको छ।सशस्त्र प्रहरी बल नेपाल र भारतको सशस्त्र सीमा बल ९एसएसबी० बीच मोरङ जिल्लाको विराटचोकमा सम्पन्न १६औँ डीआईजी तहको समकक्ष समन्वय बैठकमा सीमा स्तम्भको संरक्षण, नो–म्यान्स ल्यान्ड व्यवस्थापन, यात्रु सहज

    • प्रकाशित मितिः माघ २४, २०८२
    • १५४ पटक पढिएको
  • इटहरीमा भोल्भो आइचरको अत्याधुनिक 3S शोरूम सञ्चालनमा

     इटहरी | बतास एमएडब्ल्यू कमर्सियल भेहिकल्स प्रा.लि. ले पूर्वी नेपालमा आफ्नो सेवा सञ्जाल विस्तार गर्ने क्रममा सुनसरीको रामधुनी नगरपालिकामा अत्याधुनिक आइसर 3S (सेल्स, सर्भिस एण्ड स्पेयर्स) शोरूम सञ्चालनमा ल्याएको छ। माघ २१ गते उद्घाटन गरिएको यस नयाँ केन्द्रले व्यावसायिक सवारी साधनको बिक्री तथा बिक्रीपछिको सेवालाई अझ सुदृढ बनाउने लक्ष्य लिएको छ।उद्घाटन कार्यक्रममा रामधुनी नगरपालिकाकी उप–प्रमुख तारा थापा, एमएडब्ल्यू ग्रुपका अध्यक्ष विष्णु कुमार अग्रवाल, बतास एमएडब्ल्यू कमर्सियल भेहिकल्सका प्रबन्ध निर्देशक शान्त राज बटास, भोल्भो आइचर कमर्सियल भेहिकल्स (VECV) का अन्तर्राष्ट्रिय व्यवसाय प्रमुख व

    • प्रकाशित मितिः माघ २४, २०८२
    • २७५ पटक पढिएको
  • युवा, नीति र सत्ता: आशा, हाइप वा बानी? - युवा सहभागितामा केन्द्रित कार्यक्रम

    प्रेक्षा आचार्यहालै LOLA Itahari Chapter द्वारा “युवा, नीति र सत्ता: आशा, हाइप वा बानी?” कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। यस कार्यक्रमको उद्देश्य युवालाई नीति, नेतृत्व र लोकतन्त्रमा सक्रिय भूमिका खेल्न प्रेरित गर्नु थियो। कार्यक्रमले सहभागीहरूलाई आफ्नो अधिकार, जिम्मेवारी र सामाजिक उत्तरदायित्वबारे सोच्न उत्प्रेरित गर्‍यो।कार्यक्रममा युवाहरूले नेपालको वर्तमान निर्वाचन प्रक्रिया, मतदानको महत्व र नीतिहरूले शिक्षा, रोजगारी, डिजिटल पहुँच र सामाजिक समानतामा पार्ने प्रभावबारे छलफल गरे। कार्यक्रममा सहभागीहरूले नेपालका ऐतिहासिक संघर्ष र राजनीतिक परिवर्तनहरू पनि सम्झिए - राणा शासन, लोकतन्त्रको स्था

    • प्रकाशित मितिः माघ २३, २०८२
    • ३०८ पटक पढिएको
  • पथरीको एभरेष्ट बोर्डिङ्ग स्कुल क्ष्क्इ प्रमाणिकरणतर्फ अघि बढ्दै

    इटहरी । मोरङको पथरी शनिश्चरे वडा नं १ मा रहेको  एभरेस्ट आवासीय माध्यमिक  विद्यालयले आफ्नो सेवा र व्यवस्थापन प्रणालीलाई अन्तर्राष्ट्रिय मापदण्ड आइ एस ओ  अनुसार अगाडि बढिरहेको जनाएको छ । शुक्रबार एक अभिमुखीकरण कार्यक्रमको आयोजना गर्दै सो बारे जानकारी दिईएको हो । विद्यालयको सेवा र व्यवस्थापन प्रणालीलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार सुदृढ बनाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा अभिभावकहरूको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रम एभरेष्ट इन्टरनेस्नल म्यानेजमेन्ट कन्सलटेन्सि एण्ड टे«निङ एजेन्सि काठमाडौंको सहकार्यमा सञ्चालन भएको थियो । विद्यालयले आइ एस ओ २१००१ः२०२५ एजुकेस्नल अर्गना

    • प्रकाशित मितिः माघ २३, २०८२
    • २१५ पटक पढिएको
  • नेपाल तरुण दल सुनसरीद्वारा चुनाव लक्षित वृहत छलफल तथा अन्तर्क्रिया कार्यक्रम

    इटहरी | नेपाल तरुण दल जिल्ला कार्यसमिति सुनसरीको आयोजनामा प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै वृहत छलफल तथा अन्तर्क्रिया कार्यक्रम गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई केन्द्रमा राखी कार्यक्रम आयोजना गरिएको हो ।कार्यक्रम नेपाल तरुण दल जिल्ला कार्यसमिति सुनसरीका कार्यवाहक सभापति सुखदेव राईको अध्यक्षतामा तथा नेपाली कांग्रेस प्रदेश नं. १ का सदस्य एवं नेपाल तरुण दल सुनसरीका सभापति सिजन गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।कार्यक्रममा बोल्दै कार्यवाहक सभापति सुखदेव राईले आगामी चुनावमा नेपाली कांग्रेसका उम्मेदवारहरूलाई प्रतिनिधि सभामा विजयी गराउन तरुण दल सक्रिय रू

    • प्रकाशित मितिः माघ २३, २०८२
    • ४५१ पटक पढिएको
  • मेघालयको कोइलाखानी विस्फोटमा खोटाङ वराहपोखरीका दुई दाजुभाइको ज्यान गयो

    इटहरी ।  जागीर खान गएका खोटाङका एकै घरका दाजुभाइको भारतमा मृत्यु भएपछि परिवारको बिचल्ली भएको छ । वराहपोखरी गाउँपालिका–१, वराहपोखरीस्थित सालघारी भन्ज्याङका खड्गबहादुर खपाङ्गी मगरका तीन जना छोरामध्ये जेठो र माइलो छोराको बिहीबार भारतको कोइलाखानीमा भएको विस्फोटमा मृत्यु भएको हो । विपन्न परिवारका मगर दाजुभाइ आर्थिक जोहो गर्न गत पुस ३ गते गाउँका अन्य व्यक्तिहरूसँग भारतको मेघालय गएका थिए । मेघालयस्थित उम्साङघाटमा सञ्चालित कोइलाखानीमा बिहीबार भएको विस्फोटमा परेर २७ वर्षीय दाजु पूर्णबहादुर खपाङ्गी मगर र भाइ २४ वर्षीय सुरेन्द्र खपाङ्गी मगरको घटनास्थलमै मृत्यु भएको हो । पैसा कमाउँछु भनेर परदेश गएका

    • प्रकाशित मितिः माघ २३, २०८२
    • १८९ पटक पढिएको
  • इलामको मङ्गलबारेमा इलाका प्रशासन कार्यालयको नयाँ भवन सम्पन्न

    इटहरी । इलामको पश्चिमी क्षेत्रलाई लक्षित गरी बनाइएको इलाका प्रशासन कार्यालय मङ्गलबारेको नयाँ भवन निर्माण सम्पन्न भएको छ । सदरमुकामबाट पश्चिममा रहेको देउमाई नगरपालिकास्थित मङ्गलबारेमा निर्माण गरिएको उक्त एक तले भवन सघन सहरी तथा भवन निर्माण आयोजना झापाको प्राविधिक सहयोगमा सम्बन्धित कार्यालयको दुुई करोड रुपियाँ लगानीमा निर्माण सम्पन्न भएको हो । भवन निर्माण भएपछि इलामको देउमाई नगरपालिका, माङ्गसेबुङ्ग गाउँपालिका र फाकफोकथुम गाउँपालिकाका सेवाग्राही प्रत्यक्ष लाभान्वित हुने छन् । नागरिकता बनाउन, राष्ट्रिय परिचयपत्रको फोटो खिचाउनेलगायतका काम इलाका प्रशासनबाटै हुने गरेको छ । घर भाडामा लिएर सञ्चालन भइरह

    • प्रकाशित मितिः माघ २३, २०८२
    • १६१ पटक पढिएको
  • राष्ट्रपति रनिङ शिल्डका लागि सिदिङ्वा गाउँपालिकामा चार दिन स्थानीय बिदा

    इटहरी । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले चार दिन स्थानीय बिदा दिएको छ । शुक्रबार सुरु हुने अन्तरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि गाउँपालिकाले चार दिन स्थानीय बिदा दिएको हो । माघ २३ गते शुक्रबारदेखि माघ २६ गते सोमबारसम्म स्थानीय बिदा दिने गरी कार्यपालिकाको निर्णय रहेको पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तिवेन्द्र अधिकारीले जानकारी दिनुभयो । खेलको दर्शन र सहभागिता समेतलाई आधार मानेर स्थानीय बिदा प्रदान गरिएको पालिकाले जनाएको छ । २४ गते शनिबार बिदा परेकाले स्थानीय बिदा तीन दिन मात्र हुनेछ । जिल्ला खेलकुद विकास समिति आयोजक भएपनि प्रतियोगिताको सम्पूर्ण संयोजन सिदिङ्वा ग

    • प्रकाशित मितिः माघ २३, २०८२
    • १८२ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]