समाज

    Showing १,७७१-१,७८० of ११,१८४ items.
  • डिजिटल मार्केटिङ, एआई तथा सामाजिक सञ्जाल व्यवस्थापन तालिम सम्पन्न

    इटहरी । पर्यटन तथा होटल व्यवसायलाई डिजिटल प्रविधिसँग जोड्दै प्रतिस्पर्धी र प्रभावकारी बनाउने उद्देश्यले इटहरी–५ स्थित सत्सङ्ग प्यालेसमा सञ्चालन गरिएको तीनदिने निःशुल्क डिजिटल मार्केटिङ, एआई तथा सामाजिक सञ्जाल व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न भएको छ ।जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीको सहयोग तथा नेपाल पर्यटन बोर्डको आयोजनामा असार ११ देखि १३ गतेसम्म सञ्चालन भएको तालिममा सुनसरी सहित कोशी प्रदेशका होटल तथा पर्यटन व्यवसायीहरूको उल्लेखनीय सहभागिता रहेको कार्यक्रम संयोजक तथा संघका वरिष्ठ उपाध्यक्ष केशव गिरीले जानकारी दिनुभयो । संघका अध्यक्ष तेजबहादुर पुरीको अध्यक्षतामा सम्पन्न समापन कार्यक्

    • प्रकाशित मितिः असार १३, २०८३
    • २४८ पटक पढिएको
  • भोक्राहा नरसिंहमा विद्यार्थीहरूको व्यक्तित्व विकाससम्बन्धी क्षमता अभिवृद्धि तालिम सम्पन्न

    सुनसरी। भोक्राहा नरसिंह गाउँपालिकाको आयोजना तथा शिक्षा शाखाको समन्वयमा “विद्यार्थीहरूको व्यक्तित्व विकास सम्बन्धी एकदिने क्षमता अभिवृद्धि तालिम” सम्पन्न भएको छ। गाउँपालिकाभित्रका विभिन्न विद्यालयका १५० भन्दा बढी विद्यार्थीहरूको सहभागितामा आयोजना गरिएको तालिमले विद्यार्थीहरूमा आत्मविश्वास, नेतृत्व क्षमता, प्रभावकारी सञ्चार सीप तथा सकारात्मक सोचको विकास गर्ने लक्ष्य राखेको थियो।तालिममा गाउँपालिकाको शिक्षा शाखाका प्रतिनिधि, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक–शिक्षिका, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि तथा अन्य सरोकारवाला निकायका पदाधिकारीहरूको उपस्थिति रहेको थियो। सहभागी विद्यार्थीहरूले

    • प्रकाशित मितिः असार १३, २०८३
    • ३०७ पटक पढिएको
  • भोजपुरमा डेङ्गी सङ्क्रमण फैलिन नदिन स्वास्थ्य कार्यालय र प्रहरीको संयुक्त पहल, प्रत्येक शुक्रबार ‘खोज र नष्ट गर’ अभियान चलाइने

    इटहरी । पहाडी जिल्ला भोजपुरमा डेङ्गी सङ्क्रमण बढ्न नदिने उद्देश्यले ‘खोज र नष्ट गर’ अभियान सुरु गरिएको छ ।अभियानअन्तर्गत स्वास्थ्य कार्यालयको आयोजनमा आज भोजपुरमा पनि र्‍यालीसहितको सचेतना कार्यक्रम गरिएको हो ।स्थानीयस्तरका नागरिकलाई रोगका बारेमा जानकारी दिने उद्देश्यका साथ डेङ्गी रोकथामसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालनमा आएको स्वास्थ्य कार्यालय भोजपुरका प्रमुख सृजना बनमालीले बताइन् । अभियानअन्तर्गत अब जिल्ला तहमा डेङ्गी नियन्त्रणका लागि प्रत्येक शुक्रबार आआफ्नो तहबाट ‘खोज र नष्ट गर’ अभियान हुनेछ ।डेङ्गीको सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले सञ्चालन भइरहेको उक्त अभियानलाई प्रभावका

    • प्रकाशित मितिः असार १३, २०८३
    • १५७ पटक पढिएको
  • भारतबाट नेपाल आउँदै गरेका इटहरीका २५ वर्षीय निशान कार्की १ दशमलव २९ ग्राम ब्राउनसुगरसहित भोक्राहा नरसिंहबाट पक्राउ

    इटहरी । सुनसरी प्रहरीले भारतबाट नेपाल प्रवेश गर्दै गरेका एक युवकलाई ब्राउनसुगरसहित पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार भोक्राहा नरसिंह गाउँपालिका–६ स्थित ढलान रोडमा गरिएको चेकजाँचका क्रममा इटहरी उपमहानगरपालिका–१७ निवासी २५ वर्षीय निशान कार्की पक्राउ परेका हुन्।जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका कार्कीको शरीर तथा साथमा रहेको सामान जाँच गर्दा १ दशमलव २९ ग्राम ब्राउनसुगर लागूऔषध फेला पारेको जनाएको छ।बरामद गरिएको लागूऔषधसहित कार्कीलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको छ।

    • प्रकाशित मितिः असार १३, २०८३
    • ३५४ पटक पढिएको
  • लागूऔषध दुरुपयोगविरुद्ध जनचेतना, सर्वसाधारणलाई पानी वितरण

    इटहरी । लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा सरल उपचार तथा पुनःस्थापना केन्द्रले जनचेतनामूलक कार्यक्रम आयोजना गरेको छ । “लागूऔषध होइन, स्वस्थ जीवन रोजौँ” भन्ने नाराका साथ आयोजित कार्यक्रममा दुव्र्यसनलाई अपराध नभई उपचारयोग्य रोगका रूपमा हेर्नुपर्ने सन्देश दिइएको थियो। केन्द्रका प्रतिनिधि रोहित गुरुङले दुव्र्यसनबाट प्रभावित व्यक्तिलाई अवसर, माया र उचित उपचार उपलब्ध गराएमा उनीहरूमा सकारात्मक परिवर्तन सम्भव हुने बताउनुभयो । कार्यक्रमका क्रममा अत्यधिक गर्मीलाई मध्यनजर गर्दै बाटोमा हिँड्ने सर्वसाधारणलाई निःशुल्क खानेपानी वितरण गर्नुका साथै लागूऔषध दुरुपयोग विरुद

    • प्रकाशित मितिः असार १३, २०८३
    • १४३ पटक पढिएको
  • मोरङमा चैते धानको उत्पादन बढ्यो, उचित मूल्य नपाउँदा किसान मार्कामा

    इटहरी । मोरङमा चैते धान उत्पादनमा वृद्धि भएको छ ।  गत वर्षभन्दा यस वर्ष दुई हजार १९६ मेट्रिक टन बढी धान उत्पादन भएको कृषि ज्ञान केन्द्र मोरङले जनाएको छ । चैते धानको उत्पादन बढे पनि मूल्यमा गिरावटका कारण किसानले जनाएका छन् ।जिल्लामा गत वर्ष एक लाख एक हजार ३७४ दशमलव १० मेट्रिक टन धान उत्पादन भएकोमा यस वर्ष वृद्धि भई एक लाख तीन हजार ५७० दशमलव ६० मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकृत आदर्श सिंहले जानकारी दिए । गत वर्ष १७ हजार ७५५ हेक्टर जमिनमा चैते धान लगाइएकोमा यस पटक वृद्धि भई १७ हजार ८५७ हेक्टर पुगेको उनले बताए । गत वर्ष ५ दशमलव ७१ उत्पादकत्व भएकोमा यस वर्ष वृद्धिभई ५ द

    • प्रकाशित मितिः असार १३, २०८३
    • १७३ पटक पढिएको
  • विराटनगरका कांग्रेस नेता अभिषेक गिरी कारागारको रकम असुली आरोपमा पक्राउ

    इटहरी ।  मोरङ प्रहरीले विराटनगरका विवादास्पद व्यक्ति अभिषेक गिरीलाई पक्राउ गरेको छ।जिल्ला कारागार मोरङका कैदीबन्दीलाई उपलब्ध गराइने रकम अनियमित रूपमा असुलेको आरोपमा शनिबार बिहान उनलाई विराटनगर महानगरपालिका–४ स्थित घरबाट नियन्त्रणमा लिइएको हो। जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक कबित कटवालले गिरीलाई कैदीबन्दीको भत्ता दुरुपयोग गरेको आरोपमा पक्राउ गरिएको पुष्टि गरे।कारागारका कैदीबन्दीलाई प्राप्त हुने रकम उनले लिएको आरोप छ। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक कटवालले बताए। प्रहरीका अनुसार गिरीको घरमा अवैध हतियार लुकाएर राखिएको भन्ने सूचनाका आधारमा शनिबार बिहानै विश

    • प्रकाशित मितिः असार १३, २०८३
    • १५७ पटक पढिएको
  • लालीगुराँसमा नगरस्तरीय विज्ञान प्रदर्शनी सम्पन्न, विद्यार्थीका नवप्रवर्तनात्मक परियोजनाले सबैको ध्यान खिच्यो

    इटहरी । तेह्रथुमको लालीगुराँस नगरपालिकास्थित वसन्त माध्यमिक विद्यालयमा नगरस्तरीय अन्तर–माध्यमिक विद्यालय विज्ञान प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ । विद्यार्थीहरूमा वैज्ञानिक सोच, अनुसन्धान क्षमता तथा नवप्रवर्तनको भावना विकास गर्ने उद्देश्यले आयोजना गरिएको प्रदर्शनीमा नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरूको उत्साहजनक सहभागिता रहेको थियो । प्रदर्शनीमा सार्वजनिक माध्यमिक विद्यालय, स्मारक माध्यमिक विद्यालय, तिनजुरे माध्यमिक विद्यालय, कृष्ण माध्यमिक विद्यालय, रत्न माध्यमिक विद्यालय, माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुल, वसन्त सदन इङ्लिस बोर्डिङ स्कुल तथा वसन्त माध्यमिक विद्यालयका विद्यार्थीह

    • प्रकाशित मितिः असार १३, २०८३
    • १४८ पटक पढिएको
  • इटहरी वडा नम्बर ३ मा उद्घोषण तथा नेतृत्व विकास तालिम सुरु

    इटहरी उपमहानगरपालिका वडा नम्बर ३ र प्रेस नेटवर्क म्यानेजमेन्ट प्रालि, सुन्दरहरैंचा–मोरङको सहकार्यमा एक हप्ते उद्घोषण तथा नेतृत्व विकास तालिम सुरु भएको छ।    तालिमको उद्घाटन वडा वडा नम्बर ३ का वडा अध्यक्ष उमेश सुवेदी को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।उद्घाटन कार्यक्रममा वडा सचिव रिता सुब्बा, वडा अन्तर्गतका विभिन्न संघसंस्थाका प्रतिनिधि, टोल विकास संस्थाका प्रतिनिधि तथा स्थानीय सहभागीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। तालिममा सहभागीहरूलाई प्रभावकारी उद्घोषण कला, सार्वजनिक बोल्ने सीप, नेतृत्व विकास तथा व्यक्तित्व अभिवृद्धिसम्बन्धी विषयमा प्रशिक्षण प्रदान गरिने आयोजकले जनाएको छ।ताल

    • प्रकाशित मितिः असार १३, २०८३
    • ३९१ पटक पढिएको
  • हात्तीपाइले निवारणका लागि इलाममा नमूना परीक्षण गरिँदै

    इटहरी । आगामी सन् २०३० सम्ममा नेपालबाट हात्तीपाइले रोग निवारण गर्ने सरकारको लक्ष्य अनुसार इलाममा बालबालिकामा नमुना परिक्षण गरिने भएको छ । इलाममा सन् २०१२ बाट शुुरुगरिएको हात्तीपाइले निवारण अभियानमा यो वर्ष अन्तिम सर्वेक्षण रहेको जनाइएको छ ।  इलाममा न्यून सङ्क्रमण भएकाले यसपटक कक्षा एक र दुईका बालबालिकाको रगत परीक्षण  गरेर सर्वेक्षण गरिने जिल्ला स्वास्थ्य कार्यालय इलामका प्रमुख आदित्य शाक्यले जानकारी दिनुभयो ।  शाक्यले यसअघि इलाममा १२ जना पुराना बिरामी भएपनि उनीहरूले औषधी सेवन गरिरहेको बताउनुभयो । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्र्तगत कीट जन्य रोग अनुसन्धान तथ

    • प्रकाशित मितिः असार १२, २०८३
    • २३८ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]