समाज

    Showing १,७९१-१,८०० of ११,१५८ items.
  • झापाको शिवसताक्षीमा सामुदायिक कुकुर नियन्त्रण तथा रेबिज रोकथाम अभियान सुरु

    इटहरी । झापाको शिवसताक्षी नगरपालिकाले सामुदायिक कुकुर नियन्त्रण तथा रेबिज रोकथाम अभियान सुरु गरेको छ । सोमबार एकैदिन झिलझिले आसपासमा आधा दर्जनभन्दा बढी मानिसलाई सामुदायिक कुकुरले टोकेपछि स्थानीयवासी त्रसित बनेका छन् । कुकुरको आक्रमणबाट मानिस तथा गाईबस्तु असुरक्षित बनेपछि स्थानीयले नगरपालिकासँग तत्काल पहल गर्न माग गरेका थिए । घटनापछि नगरपालिकाले सबै सामुदायिक कुकुरलाई रेबिजविरुद्धको खोप लगाउने र सम्भव भएसम्म बन्ध्याकरण गर्ने व्यवस्था मिलाउन पशु सेवा शाखालाई निर्देशन दिएको थियो ।नगर प्रमुख मेगाहाङ थोप्राका अनुसार मंगलबार बिहानदेखि नगरपालिकाको प्राविधिक टोली परिचालन गरी अभियान सुरु गरिएको छ । टोल

    • प्रकाशित मितिः असार ९, २०८३
    • २११ पटक पढिएको
  • धनकुटामा समुदायस्तरीय विपद् प्रतिकार्य स्वयंसेवक तालिम सुरु

    इटहरी । धनकुटास्थित सशस्त्र प्रहरी बल नेपाल नं। ६ गुल्म हेडक्वाटर छिन्ताङमा समुदायस्तरीय विपद् प्रतिकार्य स्वयंसेवक समूह निर्माणका लागि तालिम सुरु गरिएको छ। कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सशस्त्र प्रहरी बल नेपाल नं। १ बराह वाहिनी मुख्यालय पकली ९सुनसरी० र सशस्त्र प्रहरी बल नेपाल नं। ६ गुल्म हेडक्वाटर छिन्ताङ ९धनकुटा० को संयुक्त आयोजनामा तालिम सुरु भएको हो। तालिममा १३ जना पुरुष र सात जना महिला गरी जम्मा २० जना प्रशिक्षार्थी सहभागी छन्। तीमध्ये १३ जना विपद् सूचक तथा स्थानीय बासिन्दा र सात जना नगर प्रहरी छन्। मङ्गलवारदेखि सुरु भएको तालिम सात दिनसम्म सञ्चालन हुने सशस्त्र प्रहरी बल

    • प्रकाशित मितिः असार ९, २०८३
    • २३६ पटक पढिएको
  • विराटनगरको मिथिला थालीमा हानिकारक रसायन प्रयोग गरी मिठाई बिक्री

    इटहरी । विराटनगरको एक चर्चित रेस्टुरेन्टमा मानव स्वास्थ्यका लागि हानिकारक मानिने रसायन प्रयोग गरी मिठाई उत्पादन गरिएको खुलेपछि खाद्य सुरक्षामाथि गम्भीर प्रश्न उठेको छ।खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले गरेको अनुगमनमा मिथिला थाली विराटनगरमा मिठाई उत्पादनका क्रममा ‘हाइड्रो’ नामक रसायन र कृत्रिम रङ प्रयोग गरिएको भेटिएको हो। अनुगमनका क्रममा म्याद नाघेका खाद्य सामग्री भण्डारण गरिएको, लामो समयदेखि प्रयोगविहीन अवस्थामा राखिएको तथा करिब पाँच किलो तयारी मिठाईसमेत जफत गरी नष्ट गरिएको कार्यालयले जनाएको छ।अनुगमन टोलीका अनुसार रेस्टुरेन्टको भान्सा अत्यन्त अस्वच्छ अवस्थामा भेटिएको थियो। खाद

    • प्रकाशित मितिः असार ९, २०८३
    • १७० पटक पढिएको
  • इटहरीमा स्थानीयको विरोधबीच मापदण्डविपरीत बालुवा प्रशोधन केन्द्र सञ्चालन

    इटहरी । इटहरी उपमहानगरपालिका–३ त्रिवेणी चोकस्थित बस्तीभित्र स्थानीयको विरोधका बाबजुद बालुवा प्रशोधन केन्द्र स्थापना प्रक्रिया अघि बढाइएको पाइएको छ ।स्थानीयवासीले वातावरणीय तथा स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने भन्दै आपत्ति जनाइरहेका बेला आवश्यक कानुनी प्रक्रिया नै पूरा नगरी प्रशोधन केन्द्र सञ्चालनको अनुमति दिइएको हो । त्रिवेणी बुढासुब्बा मल्टिपर्पोज प्रालिले सञ्चालन गरिरहेको बालुवा प्रशोधन केन्द्रका लागि इटहरी उपमहानगरपालिकाले अनुमति दिएको भए पनि स्थानीयका अनुसार यसबारे न त समुदायसँग छलफल गरियो, न वडा कार्यालयको सिफारिस नै लिइयो ।यसले वातावरण संरक्षणसम्बन्धी कानुनी व्यवस्था र स्थानीय सरकार सञ्चा

    • प्रकाशित मितिः असार ९, २०८३
    • १५१ पटक पढिएको
  • ताप्लेजुङका तीन स्थानीय तहले बजेट ल्याउँदै

    इटहरी । ताप्लेजुङका तीन स्थानीय तहले मङ्गलबार आगामी आर्थिक वर्ष २०८२र८३ का बजेट ल्याउने भएका छन् । मैवाखोला गाउँपालिका, मेरिङदेन गाउँपालिका र सिरिजङ्घा गाउँपालिकाले बजेट ल्याउने भएका हुन् ।नीति तथा कार्यक्रम सभामा प्रस्तुत गरेर सभाबाट पारित समेत गरिसकेको मैवाखोला गाउँपालिकाले मङ्गलबार आगामी आवका लागि बजेट प्रस्तुत गर्ने भएको छ । पालिका अध्यक्ष विजयप्रकाश वनेमले नीति तथा कार्यक्रम सभाबाट पारित भइसकेको बताउँदै पालिका अब बजेट ल्याउने अन्तिम तयारीमा रहेको जानकारी दिनुभयो ।सिरिजङ्गा गाउँपालिकाले सोमबार नीति तथा कार्यक्रम सभामा पेश गरेको छ । नीति तथा कार्यक्रम पारित गरेर सिरिजङ्गाले मङ्गलबार सभामा ब

    • प्रकाशित मितिः असार ९, २०८३
    • १५२ पटक पढिएको
  • भारतीय अवरोधले इलाम, झापा र पाँचथरका १०९ चिया उद्योग ८ दिनदेखि ठप्प , तत्काल निकास खोज्न चिया उद्योगीको टोली ज्ञापनपत्रसहित काठमाडौँमा

    इटहरी । चिया उद्योग बन्द भएको आठ दिन बितिसक्दा पनि राज्यका तर्फबाट केही पहल नभएपछि चिया उद्योगीको प्रतिनिधि मण्डल राजधानी काठमाडौँ पुगेको छ । सूर्योदय अर्थोडक्स टी प्रोडुसर्स एसोसिएसन नेपालको नेतृत्वमा राजधानी पुगेको टोलीले तत्काल कसरी उद्योग सञ्चालन गर्ने भन्ने विषयमा सरकारको ध्यानाकर्षण गराएको एसोसिएसन उपाध्यक्ष ज्ञानी लिम्बूले बताउनुभयो । इलाम–२ का प्रतिनिधि सभा सदस्य सुहाङ नेम्वाङसहितको टोलीले सोमबार नेपाल सरकारका उद्योग, कृषि, वाणिज्यलगायतका मन्त्रालयमा पुगेर विकल्पसहितको ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्रमा उद्योगीले भारतसँग केही संवाद र सहकार्य गर्न नसकिए तत्काल किसानको हरियो पत्ती

    • प्रकाशित मितिः असार ९, २०८३
    • ११४ पटक पढिएको
  • झापामा चट्याङ लागेर एकको मृत्यु

    इटहरी। झापाको गौरीगञ्ज गाउँपालिकामा ३ स्थित सयपत्री टोलम चट्याङ लागेर एकजनाको मृत्यु भएको छ। भोजपुर आमचोक गाउँपालिका–९ धुम्बाना जोगेपाथर टोल निवासी ३० वर्षीय बलबहादुर श्रेष्ठको चट्याङ लागेर मङ्गलबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कायालय झापाले जनाएको छ। उहाँगौरीगञ्ज गाउँपालिका–३ स्थित ३ सयपत्री टोलमा चन्द्रमाया श्रेष्ठको घरमा डेरा बस्दै आउनुभएको थियो ।स्थानीयका अनुसार बिहान खेतबारीमा आली तास्ने काम गरिरहेका श्रेष्ठमाथि अचानक चट्याङ परेको थियो । उहाँको घटनास्थलमै मृत्यु भएको हो । आवश्यक कानुनी प्रक्रिया पूरा गरी मृतकको शव पोस्टमार्टमका लागि दमकतर्फ लैजाने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झ

    • प्रकाशित मितिः असार ९, २०८३
    • १६० पटक पढिएको
  • ताप्लेजुङको सिदिङ्वा बजेट ल्याउने पहिलो पालिका बन्दा धनकुटा र उदयपुरको कटारी नगरपालिकाले पनि सार्वजनिक गरे आगामी वर्षको नीति तथा बजेट

    इटहरी । धनकुटा नगरपालिकाले आर्थिक वर्ष २०८३र८४ का लागि ७६ करोड ८६ लाख २३ हजार रुपियाँ बराबरको बजेट प्रस्तुत गरेको छ । नगरपालिकाको १८ औँ नगर सभामा बजेट प्रस्तुत गरिएको हो । धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले प्रस्तुत गर्नुभएको नीति तथा कार्यव्रmममा आधारित भएर उपप्रमुख भीमादेवी खनालले सभामा बजेट सार्वजनिक गर्नुभएको हो ।  नगरपालिकाले चालुतर्फ ५७ करोड ३२ लाख ३६ हजार ३१५ रुपियाँ र पुँजीगततर्फ १९ करोड ५३ लाख लाख ८६ हजार ६८५ रुपियाँ विनियोजन भएको छ । नगरपालिकाको मुख्य आयस्रोत सङ्घीय तथा प्रदेश सरकारबाट प्राप्त हुने अनुदान र राजस्व बाँडफाँट रहेको छ । सङ्घीय सरकारबाट प्राप्त हुने समानीक

    • प्रकाशित मितिः असार ९, २०८३
    • २०० पटक पढिएको
  • बुढीगंगामा उद्घोषण तथा नेतृत्व विकास तालिम

    मोरङ । बुढीगंगा गाउँपालिकाको सहकार्य तथा प्रेस नेटवर्क म्यानेजमेन्ट मोरङको आयोजनामा सञ्चालन भएको ६ दिने उद्घोषण तथा नेतृत्व विकास तालिमभएको छ। बुढीगंगा गाउँपालिका–६ स्थित सभाहलमा आयोजित तालिमको उद्घाटन गाउँपालिकाका अध्यक्ष जितनारायण थापा मगरले गरेका थिए। स्थानीय युवायुवती तथा नागरिकहरूको सार्वजनिक बोल्ने कला, नेतृत्व क्षमता, सञ्चार सीप र व्यक्तित्व विकास गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको थियो।उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष मगरले गाउँपालिकाले पूर्वाधार विकाससँगै मानव स्रोत विकासलाई पनि उच्च प्राथमिकतामा राख्दै विभिन्न क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्दै आएको बताए। उनले युवाह

    • प्रकाशित मितिः असार ८, २०८३
    • १८६ पटक पढिएको
  • चियाको समस्या तत्काल समाधान गर्न आङ्देम्बेको आग्रह

    इटहरी। नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले देशको अर्थतन्त्रमा मुुख्य भूमिका खेल्ने नेपाली चियाको तत्काल समस्या समाधान गर्न नेपाल सरकारलाई आग्रह गर्नुभएको छ ।पछिल्लो समय नेपाली भारत बन्द भएपछि असार १ देखि एक सय बढी चिया उद्योगहरुनै बन्द अवस्थामा छन् । दैनिक रुपमा करोडौं मुुल्य बराबरको लाखौं किलो किसानको हरियो पत्ती नस्ट भइरहेको भन्दै नेता आङ्देम्बेले तत्काल यो समस्या सरकारले सुुल्झाउन लाग्नुु पर्ने बताउनुुभयो । इलाम नगरपालिकाको १८औँ अधिवेशनको उद्घाटन सभालाई सम्बोधन गर्दै आङ्देम्बेले चिया जस्तो अर्थतन्त्रको सम्वेदनशील विषयलाई यति लामो समय बेखबर बनाइनुु दुु’ खद रहेको बताउनुुभयो

    • प्रकाशित मितिः असार ८, २०८३
    • २५४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]