इटहरी । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल (नाबुन) ले आफ्नो १८ औं स्थापना दिवस विभिन्न सामाजिक कार्यक्रमहरू आयोजना गरी मनाएको छ । नाबुन विराटनगर महानगर कमिटिको आयोजनामा शनिबार रक्तदान तथा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न भएको हो। स्थापना दिवसको अवसरमा शनिबार बिहान खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिएको थियो। नेपाल रेडक्रस सोसाइटीको रक्त सञ्चार केन्द्रमा भइरहेको रगतको अभावलाई मध्यनजर गर्दै यो कार्यक्रम राखिएको नाबुन मोरङकी अध्यक्ष बसन्ती गुरुङले जानकारी दिनुभयो । उक्त रक्तदान कार्यक्रममा एक दर्जनभन्दा बढी सौन्दर्यकर्मी तथा सामाजिक अभियन्ताहरूले रक्तदान गरेका छन्। त्यसैगरी, युनियनले आफ्नो स
इटहरी। ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–३ लिबाङमा स्थानीय एक परिवारले विद्यालयमा अक्षयकोष स्थापना गर्नुभएको छ । स्थानीय जसबहादुर लुङखिम्बा लिम्बूको परिवारले लिबाङस्थित पञ्चेश्वरी माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गर्नु भएको हो ।लिम्बूको परिवारले दिवंगत सदस्यको स्मृतिमा अक्षयकोष स्थापना गर्नभएको पञ्चेश्वरी माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यष राजन काकीले जानकारी दिनुभयो । विव्यस अध्यक्ष कार्कीका अनुसार लिम्बूको परिवारले एक लाख एक हजार १२५ रुपियाँको अक्षयकोष स्थापना गर्नुभएको छ ।जसबहादुरकी श्रीमती स्वर्गीय दत्तमाया इङ्वासाम लिम्बू र छोरा दीपेन्द्र लुङ्खिम्बा लिम्बूकी श्रीमती ९बुहारी० स्व
इटहरी। कोशी प्रदेश सरकारले धनकुटा अस्पताललाई मनमोहन प्राविधिक विश्वविद्यालयमा हस्तान्तरण गरी शिक्षण अस्पतालका रूपमा विकास गर्ने प्रक्रिया अघि बढाएसँगै स्थानीय स्तरमा बहस सुरु भएको छ । विश्वविद्यालयले अस्पतालको स्वामित्व ग्रहण गर्दा धनकुटा अस्पतालको सय वर्षभन्दा पुरानो ऐतिहासिक पहिचान मेटिन सक्ने भन्दै नागरिकस्तरमा चिन्ता र चासो बढ्न थालेको हो ।सरकारले अस्पताल हस्तान्तरणसँगै नर्सिङ ९बीएस्सी नर्सिङ० का कक्षा सञ्चालन गर्ने तयारी गरेको छ । यद्यपि, सरोकारवालाले अस्पतालको मौलिक इतिहास संरक्षण हुनुपर्ने माग राखेका छन् । नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सञ्जय सन्तोषी राईले अस्पतालको ऐतिहासिक गौ
इटहरी । गुम्बा डाँडा सामुदायिक होमस्टेका सञ्चालकलाई निःशुल्क कुक तालिम दिन सुरु गरिएको छ। होमस्टेमा आबद्ध २४ जना सञ्चालकलाई निःशुल्क एक महिने कुक तालिम दिन सुरु गरिएको हो। गुम्बाडाँडा सामुदायिक होमस्टेको व्यवस्थापन, पर्यटन कार्यालय काँकरभिट्टाको आर्थिक सहयोगमा एक्सपर्ट टेक्निकल कलेज सुनसरीले एक महिने कुक तालिम दिन सुरु गरेको छ । फुङलिङ नगरपालिका –६ मा रहेको होमस्टेका सञ्चालकलाई स्वादिष्ट खाना तथा खाजाका परिकार तयार गर्न सक्षम बनाउने उद्देश्यले तालिमको सुरुवात गरिएको होमस्टेका अध्यक्ष मणिराज गुरुङले जानकारी दिनुभयो । अध्यक्ष गुरुङका अनुसार सञ्चालकलाई दैनिक ६ घण्टा तालिम प्रदान ग
इटहरी । स्थानीय पूर्वाधार विकास विभागले समयमा बजेट नपठाइदिँदा मोरङको पथरीशनिश्चरे नगरपालिकाको प्रमुख प्रशासकीय भवन निर्माण रोकिने भएको छ । विभागले ठेक्काको ५० प्रतिशत वित्तीय खर्च बेहोर्ने सर्तमा पथरीशनिश्चरे नगरपालिकाले प्रमुख प्रशासकीय भवन निर्माण थालेको थियो । नगरपालिकाले आफूले बेहोर्ने ५० प्रतिशत रकमसहित हालसम्म पाँच करोड ७४ लाख रुपियाँ निर्माण कम्पनीलाई भुक्तान गरिसकेको छ । हालसम्म ५० प्रतिशत मात्र वित्तीय प्रगति भए पनि भौतिक प्रगति ७० प्रतिशत भइसकेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडाका अनुसार स्थानीय पूर्वाधार विकास विभागले ८१ लाख रुपियाँ मात्र पठाएको छ
इटहरी । इलामको सन्दकपुर गाउँपालिकामा लोपोन्मुख रेड पाण्डा को संरक्षणसँगै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले तेस्रो रेडपाण्डा महोत्सव आयोजना हुने भएको छ। आगामी चैत्र २० गतेदेखि २३ गतेसम्म सञ्चालन हुने महोत्सव यस वर्ष सन्दकपुर गाउँपालिका–४ को कालपोखरी क्षेत्रमा आयोजना गरिनेछ। महोत्सवको मुख्य लक्ष्य स्थानीय समुदायलाई रेडपाण्डा संरक्षणप्रति सचेत गराउनुका साथै हिमाली पदमार्गमा आधारित पर्यटनलाई प्रवर्द्धन गर्नु रहेको आयोजकले जनाएको छ। यसअघि दुई संस्करण सफलतापूर्वक सम्पन्न भइसकेको रेडपाण्डा पदमार्ग महोत्सव ४३ किलोमिटर लामो पदमार्गसँग सम्बन्धित छ, जसले माईपोखरीदेखि ढापपोखरी हुँदै जौबारीसम्म जोड्
इटहरी । ताप्लेजुङ जिल्ला अदालतले ४८ प्रतिशत मुद्दा फर्स्यौट गरेको छ । चालु आर्थिक वर्ष २०८२–८३ को फागुन मसान्तसम्ममा ४८ प्रतिशत मुद्दा फर्स्यौट गरेको हो ।जिम्मेवारी सरी आएका र नयाँ लगतको रुपमा दर्ता भएका कुल चार सय २२ थान मुद्दामध्ये फागुन मसान्तसम्ममा ४८ प्रतिशत फर्स्यौट भएको अदालतका श्रेष्तेदार शम्मीकपुर शाहले जानकारी दिनुभयो । उहाँका अनुसार नयाँ लगतको रुपमा दर्ता भएका दुई सय ६३ थान र आव २०८१–०८२ बाट जिम्मेवारी सरी आएका एक सय ५९ थान गरी फागुन मसान्तसम्ममा अदालतमा चार सय २२ थान मुद्दा रहेका थिए । उक्त मध्ये दुई सय दुई थान मुद्दा फर्स्यौट भएको छ । फागुन मसान्तसम्मको अवस्था हेर्दा अदालतमा अब दु
इटहरी । ताप्लेजुङको उच्च हिमाली भेगमा हिमपात भएको छ । शुक्रबार साँझपछि परेको वर्षासँगै उच्च हिमाली भेगमा बाक्लो हिमपात भएको हो ।जिल्लाको उच्च हिमाली भेग फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको घुन्सा, फले र वडा ७ ओलाङ्चुङगोलासहितका क्षेत्रमा हिमपात भएको छ । त्यस्तै मिक्वाखोला गाउँपालिका–५ पापुङको तोक्पेगोला क्षेत्र, मैवाखोला र आठराई त्रिबेणी गाउँपालिकाको माथिल्लो भेग मिल्के जलजले क्षेत्र, सिदिङ्वा गाउँपालिकास्थित तिम्बुङ पोखरी क्षेत्रलगायतमा बाक्लो हिमपात भएको स्थानीयले बताएका छन् । यस्तै तीन हजार ७९४ मिटर उचाइ रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा समेत बाक्लो हिमपात भएको छ । पाथीभरा क्षेत्र विका
इटहरी | सुनसरीको इटहरीमा रहेकाे कञ्चनजंघा सेकेन्डरी बोर्डिङ स्कुलद्वारा आयोजित वार्षिक उत्षव तथा अभिभावक दिवश कार्यक्रम भव्य तथा उत्साहजनक वातावरणमा सम्पन्न भएको छ।। विद्यालय परिसरमा आयोजित उक्त कार्यक्रमले परम्परागत वार्षिक समारोहभन्दा फरक शैली प्रस्तुत गर्दै अभिभावक तथा दर्शकलाई नयाँ अनुभूति दिएको थियो।कार्यक्रमकी प्रमुख अतिथि गीता गौतम ले दीप प्रज्वलन गर्दै अहिलेको शिक्षा प्रणाली केवल किताबी ज्ञानमा सीमित हुन नहुने बताउनुभयो। उहाँले सेवा, संस्कार, अनुशासन र सामाजिक उत्तरदायित्वलाई शिक्षाको अभिन्न अंगका रूपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। विद्यालयले शैक्षिक गुणस्तर र नतिजामा
इटहरी | सुनसरीको इटहरीमा रहेकाे कञ्चनजंघा सेकेन्डरी बोर्डिङ स्कुलद्वारा आयोजित वार्षिक उत्षव तथा अभिभावक दिवश कार्यक्रम भव्य तथा उत्साहजनक वातावरणमा सम्पन्न भएको छ।। विद्यालय परिसरमा आयोजित उक्त कार्यक्रमले परम्परागत वार्षिक समारोहभन्दा फरक शैली प्रस्तुत गर्दै अभिभावक तथा दर्शकलाई नयाँ अनुभूति दिएको थियो।कार्यक्रमकी प्रमुख अतिथि गीता गौतम ले दीप प्रज्वलन गर्दै अहिलेको शिक्षा प्रणाली केवल किताबी ज्ञानमा सीमित हुन नहुने बताउनुभयो। उहाँले सेवा, संस्कार, अनुशासन र सामाजिक उत्तरदायित्वलाई शिक्षाको अभिन्न अंगका रूपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। विद्यालयले शैक्षिक गुणस्तर र नतिजामा
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.