समाज

    Showing २,१७१-२,१८० of ९,३५२ items.
  • भोजपुरमा निःशुल्क आँखा शिविरबाट वृद्धवृद्धाको आँखामा फेरि ज्योति

    इटहरी ।  विगत लामो समयदेखि आँखामा समस्या भएर राम्ररी देख्न नसक्ने वृद्धवृद्धाहरूले आँखा स्पष्ट देख्न थालेपछि शल्यक्रियामा खटिने चिकित्सकलाई आशीर्वाद दिएका छन् ।  पहाडी जिल्ला भोजपुरमा नेपाल नेत्रज्योती सङ्घद्वारा हालै आयोजित   तीनदिने निःशुल्क आँखा शिविरमा मोतियाबिन्दु तथा समस्या हुने नागरिकको शल्यक्रिया मार्फत आँखाको ज्योती पुनः फर्किएपछि उनीहरु  रमाएका हुन् ।  सेवा पाएका वृद्धवृद्धाले शल्यक्रियामा संलग्न विराटनगर आँखा अस्पतालमा कार्यरत डा रक्षा बस्नेतलाई आगामी दिनमा पनि यस्तै नागरिकलाई सेवा दिन आशीर्वाद दिनुभयो । शिविरमा डा बस्नेतलगायतका स्वास्थ्यकर्मीको टिमले ए

    • प्रकाशित मितिः मंसिर २९, २०८२
    • २५६ पटक पढिएको
  • भोजपुरमा सुन्तला खेती किसानको आम्दानीको बलियो आधार

    इटहरी ।  भोजपुर जिल्लाका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार बन्दै गएको छ । व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका यहाँका किसानले बजार विस्तारसँगै राम्रो मूल्य पाउन थालेपछि आर्थिक रूपमा सबल बन्दै गएका छन् । सडक पहुँच विस्तार भएपछि स्थानीय बजारमा मात्र सीमित रहेको सुन्तला अहिले बाहिरी जिल्लासम्म पुग्न थालेको हो । विगतमा यातायात सुविधा नहुँदा स्थानीय बजारमै भर पर्नु परेकोमा अहिले बगानमै ठेकेदार आएर सुन्तला खरिद गर्ने अवस्था बनेको टेम्केमैयुङ गाउँपालिका–५ खावा केराबारीका किसान देवराज राईले बताउनुभयो । हाल २२ रोपनी क्षेत्रमा करिब २०० वटा सुन्तलाका बोट लगाएर व्यावसायिक खेती ग

    • प्रकाशित मितिः मंसिर २९, २०८२
    • २८९ पटक पढिएको
  • इलाम बाढीपहिरोपीडित अझै घरविहीन, पुनर्निर्माण सुस्त

    इटहरी ।  गत असोज १८ गतेको बाढीपहिरोको जोखिममा घर परेपछि इलाम नगरपालिका–५, बरबोटेकी मङ्गली विश्वकर्माको परिवार अझै घर फर्कन सकेको छैन । बरबोटेबाट पुवाखोलातर्फ गएको पहिरोले घर तानेपछि विश्वकर्माको घरमा बस्न सक्ने अवस्था छैन । उहाँलाई अहिलेसम्म ३० बोरा सिमेन्ट र दुुई थान त्रिपाल राहत आएको छ । त्यतिले घर बनाउन सक्ने अवस्था छैन ।  विश्वकर्माको परिवार अहिले आफ्नो घरभन्दा अलि पर आश्रय लिएर बस्दै आएको छ । बाढीपहिरोका कारण विस्थापितमध्ये मङ्गली विश्वकर्माको परिवार उदारण मात्र हो । इलाममा असोज १८ गते रातिको बाढीपहिरोका कारण ३३८ घर पूूर्ण रूपमा क्षति भएको छ । ४४९ परिवार विस्थापित भएका छन् । अहि

    • प्रकाशित मितिः मंसिर २९, २०८२
    • १७४ पटक पढिएको
  • बदाम फलाउने कृषकलाई खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले प्रोत्साहन रकम प्रदान

    इटहरी  । बदाम उत्पादन गर्ने कृषकले उत्पादनको आधारमा १२ लाखभन्दा बढी प्रोत्साहन रकम पाएका छन् । पाँच मुरी तथा सोभन्दा बढी बदाम फलाउने कृषकलाई खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले प्रोत्साहन रकम प्रदान गरेको हो । कृषकहरुलाई बदाम उत्पादनमा हौसलाका लागि नगरपालिकाले उत्पादनमा आधारित प्रोत्साहन रकम प्रदान गरेको हो । यस वर्ष हलेसी तुवाचुङ नगरपालिकामा दुई सय ६१ किसानले तीन हजार एक सय २८ मुरी बदाम उत्पादन गरेका छन् । उत्पादनको  आधारमा नगरपालिकाबाट किसानले १२ लाख चार सय रकम प्रोत्साहन स्वरुप पाएका हुन् । सुरुमै अनुदान दिनुभन्दा उत्पादनका आधारमा प्रोत्साहन रकम दिँदा बास्तबिक किसानले प्राप्त गर्ने

    • प्रकाशित मितिः मंसिर २९, २०८२
    • १८२ पटक पढिएको
  • उदयपुरको चौदण्डीगढी–१० मा जङ्गली हात्तीको आतंक, घर र अन्नबालीमा व्यापक क्षति

    इटहरी ।  उदयपुरको चौदण्डीगढी नगरपालिका–१० हँडिया क्षेत्रमा जङ्गली हात्तीले गाउँ पसेर उपद्रो मच्चाएको छ । दैनिक रातिका समयमा हात्ती गाउँ प्रवेश गरेर घरमा थन्क्याएका खाद्यन्न तथा बालीमा नास गर्न थालेका स्थानीयवासीले गुनासो गरेका छन् । स्थानीयवासी श्यामनारायण चौधरीका अनुसार गत शनिबार रातिमात्र स्थानीय अमृत अधिकारीको घरका बार भत्काएर अन्न क्षति गरेको थियो । यसैगरी, स्थानीय पर्शुराम हुजदारले  आफ्नो घरको भकारीमा राखेको धान हात्तीले क्षति गरेको जानकारी दिनुभयो  । मध्यरातमा हात्ती प्रवेश गरेर घर वरिपरि बिरुवा खाने र भकारी भत्काएर धान खान थालेको उहाँले बताउनुभयो । हात्ती रातिका समयमा गाउ

    • प्रकाशित मितिः मंसिर २९, २०८२
    • १८९ पटक पढिएको
  • द शान्तिनगर युथ क्लबद्वारा आयोजित दोस्रो वडा स्तरीय स्नुकर च्याम्पियनसिप सम्पन्न

    इटहरी | द शान्तिनगर युथ क्लबको आयोजनामा सम्पन्न दोस्रो वडा स्तरीय स्नुकर च्याम्पियनसिपको उपाधि आशिक राईले हात पारेका छन् ।फाइनल खेलमा विजयी बनेका राईलाई नगद २० हजार रुपैयाँसहित मेडल, प्रमाणपत्र तथा शिल प्रदान गरिएको छ । त्यस्तै, दोस्रो स्थान हासिल गरेका जनेश तामाङलाई नगद १२ हजार रुपैयाँसहित मेडल, प्रमाणपत्र र शिल प्रदान गरिएको आयोजकले जनाएको छ ।पुरस्कार वितरण समारोहमा प्रमुख अतिथिका रूपमा उपस्थित नेपाल तरुण दल सुनसरीका अध्यक्ष तथा नेपाली कांग्रेसका युवा नेता सिजन गुरुङले यस्ता प्रतियोगिताले खेलाडीहरूको क्षमता विकासमा महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो । उहाँले खेलकुदले युवालाई अनुशासित, सक्रिय

    • प्रकाशित मितिः मंसिर २८, २०८२
    • ४०४ पटक पढिएको
  • पालिका अध्यक्ष असिम राई र निर्माण व्यवसायी बेदराजद्वारा २ सय बढीलाई न्यानो कपडा वितरण

    इटहरी ।  सोलुखुम्बु जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका–३ पन्चनमा २ सयभन्दा बढी जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई न्यानो कपडा वितरण गरिएको छ । गाउँपालिका अध्यक्ष असिम राई र स्थानीय समाजसेवी तथा निर्माण व्यवसायी बेदराज थापाको निजी आर्थिक सहयोगमा करिब २ सय २० जना नागरिकलाई न्यानो कपडा प्रदान गरिएको गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो । चिसो मौसम सुरु भएसँगै लक्षित समुदायको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै शनिबार वडा कार्यालयमा एक कार्यक्रमका बीच न्यानो कपडा वितरण गरिएको हो । वडा नम्बर ३ का वडा अध्यक्ष इन्द्रमणी दहालको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष असिम राईको प्रमु

    • प्रकाशित मितिः मंसिर २८, २०८२
    • २७५ पटक पढिएको
  • नेपाल तमु (गुरुङ) विद्यार्थी छोज धि, सुनसरीको दोस्रो अधिवेशन सम्पन्न

    इटहरी | नेपाल तमु (गुरुङ) विद्यार्थी छोज धि, जिल्ला कार्यसमिति सुनसरीको दोस्रो अधिवेशन तथा पदस्थापना कार्यक्रम मिति २०८२ साल मंसिर २७ गते शनिबार इटहरीस्थित क्लब के मा सफलतापूर्वक सम्पन्न भएको छ।अधिवेशन तमु ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद्का केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष धिरज गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा तमु ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद्का केन्द्रीय सदस्य तथा जिल्ला कार्यसमिति सुनसरीका उपाध्यक्ष दिव्यराज गुरुङ विशिष्ट अतिथिका रूपमा उपस्थित रहनु भएको थियो।त्यसैगरी कार्यक्रममा तमुश्यो ह्युल छोज धि गुरुङ महिला राष्ट्रिय परिषद्की केन्द्रीय कार्यवाहक अध्यक्ष श

    • प्रकाशित मितिः मंसिर २८, २०८२
    • ४०७ पटक पढिएको
  • इलामस्थित महेन्द्ररत्न बहुमुखी क्याम्पसमा तीनदिने विद्यार्थी महोत्सव आयोजना

    इटहरी । जिल्लाको शैक्षिक सुधारका लागि फरक निस्कर्ष निकाल्ने गरि इलामस्थित महेन्द्ररत्न बहुमुखी क्याम्पसमा विद्यार्थी महोत्सव आयोजना गरिने भएको छ । आगामी माघ २३ देखि माघ २५ गते सम्म विद्यार्थी महोत्सव आयोजना गरिएको क्याम्पसस्थित स्वतन्त्र विद्यार्थी युनियनले जनाएको छ । महोत्सवमा जिल्लाका सबै उच्च माविका विद्यार्थीलाईसमेत सहभागी गराईने लक्ष्य रहेको युनियनका सभापति विशाल कार्कीले जानकारी दिनुभयो । कार्कीका अनुसार विभिन्न चरणमा शैक्षिक बहस, विज्ञहरुसँगको छलफल, साहित्यिक बहस, मरब क्याम्पसको विगत, वर्तमान र भविष्यको विषयमा बहस सञ्चालन गरिने छ । यस्तै उच्च माविसहितका विद्यार्थीहरुले उत्पादन गरेका हस्

    • प्रकाशित मितिः मंसिर २८, २०८२
    • २०९ पटक पढिएको
  • मोरङमा भएको छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु

    इटहरी । मोरङमा भएका भिन्दाभिन्दै सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ । एक जना किशोरी घाइते भएकी छन् । जिल्लाको सुन्दरहरैँचा नगरपालिका–६, गैरीगाउँको भित्री सडक खण्डमा आइतबार बिहान ट्याक्टर दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ । गछिया खोलातर्फ जाँदै गरेको ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा ट्याक्टरका सहचालक २६ वर्षीय अतीत राई गम्भीर घाइते हुनु भएको थियो । उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल लगेकोमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला मोरङ ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । त्यस्तै, ग्रामथान गाउँपालिका–२, झोराहाटमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको ज्यान गएको छ

    • प्रकाशित मितिः मंसिर २८, २०८२
    • २१७ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]