इटहरी । दशनामी समाजले आफ्नो साङ्गठनिक संरचनालाई थप सुदृढ बनाउँदै केन्द्रीय महिला समिति विस्तार गरेको छ ।
पोखरामा सम्पन्न महिला समितिको प्रथम अधिवेशन मार्फत कास्कीकी सपना गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो। समितिको वरिष्ठ उपाध्यक्षमा चन्द्रा पुरी गिरी (कर्णाली), उपाध्यक्षमा तुलसा गिरी (मोरङ), सचिवमा तारा गिरी (सुनसरी), सहसचिवमा अस्मिता गिरी (बागमती), कोषाध्यक्षमा रेखा गिरी (सुनसरी) र सहकोषाध्यक्षमा रेनुका गिरी (स्याङ्जा) चयन हुनुभएको छ ।
सदस्यहरूमा राधिका भारती, तुलसी गिरी, जानकी गिरी, ममता पुरी र कोपिला गिरी फुटी रहनुभएको छ । अधिवेशनको उद्घाटन गर्दै समाजका केन्द्रीय अध्यक्ष गोविन्दविक्रम गिरीले महिला एकतामा जोड दिँदै जेठभित्र केन्द्रीय कार्यालयका लागि जग्गा खरिद गर्ने घोषणा गनुृभयो । केन्द्रीय उपाध्यक्ष तेजबहादुर पुरीले सामाजिक रूपान्तरण र संस्कार संरक्षणमा महिलाको नेतृत्वदायी भूमिका अपरिहार्य रहेको बताउनुभयो ।
नवनिर्वाचित अध्यक्ष सपना गिरीले संगठनलाई राष्ट्रियस्तरमा थप व्यवस्थित र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुृभयो । अधिवेशनकै अवसरमा २०८३ सालको भित्ते पात्रो सार्वजनिक गरिएको थयो भने संजोजक कोशी प्रदेशका केन्द्रीय उपाध्यक्ष तेजबहादुर पुरी रहनुभएको थियो ।
नव निर्वाचित कार्यसमितिलाई निर्वाचन समिति संयोजक तथा समाजका केन्द्रीय महासचिव अशोक गिरीले पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो । कार्यक्रममा वरिष्ठ उपाध्यक्ष तारा गिरी, उपाध्यक्ष सुरेन्द्र पुरी, पार्वती पुरी, सल्लाहकार बाबुराम गिरी, गण्डकी प्रदेश अध्यक्ष मोती गिरी, दशनामी युवा समिति अध्यक्ष अर्जुन गिरी, दशनामी महिला समाज गण्डकी प्रदेश अध्यक्ष मिना गिरी तथा दशनामी समाज कास्की अध्यक्ष भूपेन्द्र गिरी लगायतले समाजलाई अझ गतिशील बनाउनुपर्नेमा जोड दिनुभएको थियो ।


