समाज

    Showing २,२०१-२,२१० of १०,३६० items.
  • जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाही विजयी

    इटहरी । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीका उमेदवार ज्ञानबहादुर ९ज्ञानेन्द्र० शाही विजयी भएका छन्।अन्तिम मत परिणामानुसार शाहीले निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीका नरेश भण्डारीलाई तीन हजार १८१ मतान्तरले पराजित गरे। उनले १४ हजार ८१६ मत प्राप्त गरे। नेकपाका भण्डारीले ११ हजार ६३५ मत ल्याए।तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका दीपबहादुर शाहीले सात हजार १४३ मत पाए। एमालेका शान्तीलाल महत चार हजार ५१८ मत पाए। राष्ट्रिय स्वतन्त्र पार्टीकी विनीता कठायतले ४२१ मत प्राप्त गरिन् ।  यो सँगै राप्रपाले जितको खाता खोलेको छ।

    • प्रकाशित मितिः फागुन २३, २०८२
    • २१३ पटक पढिएको
  • संखुवासभा निर्वाचनको प्रारम्भिक परिणाम: एमालेका अर्जुनकुमार कार्की अग्रस्थानमा, रास्वपाका मिङमा शेर्पा दोश्रो, कांग्रेसका दिपनकुमार श्रेष्ठ तेस्रो

    इटहरी  । संखुवासभाको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ । भौगोलिक विकटताका कारण मतपेटिका समयमा सदरमुकाम खाँदबारी ल्याउन नसक्दा यहाँ आज दिउँसोदेखि मात्र गणना थालिएको हो ।निर्वाचन आयोगका अनुसार एमालेका अर्जुनकुमार कार्की ३७७ मतसहित अग्र स्थानमा छन् । रास्वपाका मिङमा शेर्पा ३०८ मतसहित कार्कीलाई पछ्याइरहेका छन् । दुईजनाबीचको मतान्तर ६९ छ ।कांग्रेसका दिपनकुमार श्रेष्ठ ९४ मतसहित तेस्रो, श्रम संस्कृति पार्टीकी उमाकुमारी राई ६८ मतसहित चौथो र नेकपाकी सरिता थापा ५८ मतसहित पाँचौ स्थानमा छन् ।

    • प्रकाशित मितिः फागुन २३, २०८२
    • २४२ पटक पढिएको
  • पाँचथरमा हालसम्म ५.३७% मत बदर, मतगणना जारी

    इटहरी  । पाँचथरमा जारी मतगणनामा बदर मतको सङ्ख्या उल्लेख्य देखिएको छ । यहाँ प्रत्यक्षतर्फ हालसम्म गणना गरिएको कुल मत सङ्ख्याको ५।३७ प्रतिशत मत बदर भेटिएको हो ।हालसम्म गणना भएका मतमध्ये १ हजार ७२५ मत बदर भएका छन् । जिल्लामा कुल ७१ हजार १७० मत खसेकामा हालसम्म ३२ हजार १२९ मत गणना सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।बदर भेटिएका मतमध्ये धेरैमा औँठा छाप, केहीमा दुई वटाभन्दा धेरै चिह्नमा सङ्केत र केहीमा मसी लतपतिएको जस्ता समस्या देखिएको मुख्य निर्वाचन अधिकृत कुमार मास्केले बताउनुभयो ।जिल्लामा १ लाख ४३ हजार ४०८ जना मतदाता थिए । जसमध्ये ७१ हजार १७० मत खसेको छ । अझै ३१ वटा वडाक

    • प्रकाशित मितिः फागुन २३, २०८२
    • १८९ पटक पढिएको
  • रेणुलाई हराउँदै चितवनबाट सोविताको शानदार जित

    काठमाडौं । नेकपा उमेदवार रेणु दाहाललाई हराउँदै चितवन क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वाप० की उम्मेदवार सविता गौतमले शानदार जित हासिल गरेकी छिन् ।गौतमले ५९ हजार २७७ मत प्राप्त गरेर जित हासिल गर्दा उनकी निकटम प्रतिद्वन्दि दाहालले २० हजार ६१५ मत प्राप्त गरेकी छन्।नेपाली कांग्रेसका उम्मेदवार टेक प्रसाद गुरुङ तेस्रो स्थानमा रहेका छन्। गुरुङले ८ हजार ३४४ मत पाएका छन्। चौथो स्थानमा नेपाल कम्युनिस्ट पार्टी ९एकीकृत मार्क्सवादी–लेनिनवादी० एमालेका शंकर राज थपलिया छन्। उनले ५ हजार ४ मत प्राप्त गरेका छन्।

    • प्रकाशित मितिः फागुन २३, २०८२
    • २१० पटक पढिएको
  • भक्तपुर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका राजीव खत्री ४२ हजार ३३४ मतसहित विजयी

    इटहरी । भक्तपुर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार राजीव खत्री विजयी हुनुभएको छ । शनिबार सम्पन्न मतगणना अनुसार खत्री ४२ हजार ३३४ मत प्राप्त गरि बिजयी हुनुभएको हो । भक्तपुर–२ मा एमालेका महेश बस्नेतले १० हजार ९ सय ९६ मत प्राप्त गर्दा कांग्रेसका कबिर राणाले आठ हजार ४ सय १ मत प्राप्त गर्नुभयो । भक्तपुर २ मा जित हासिल गरेपनि सञ्चारकर्मीसंग कुरा गर्दै राजीव खत्रीले आम जनतामा देखिएको पुस्तान्तरण र रूपान्तरणको नजिता अहिले आएको बताउनुभयो । उहाले आफुले जितेपनि कसैले हारको महशुस गर्नु नपर्ने र सवैको सहि मुद्दा र एजेण्डाहरुलाई अघि बढाउने प्रतिवद्धता जनाउनुभयो । नियत सफा राखेर आफु भक्तपु

    • प्रकाशित मितिः फागुन २३, २०८२
    • २०६ पटक पढिएको
  • डिपि अर्याल काठमाडौं–९ बाट निर्वाचित, रास्वपाका उम्मेदवार सबै क्षेत्र विजयी

    इटहरी । काठमाडौं क्षेत्र नंवर ९ बाट निर्वाचित हुनुभएका रास्वपाका उपसभापति डिपि अर्यालले आफ्नो पार्टीको उम्मेदवारसंग भएको क्षमतालाई हेरेर जनताले विश्वास गरेको बताउनुभएको छ । प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि मतदातालाई धन्यवाद दिदै अर्यालले कसैको मुख हेरेर नभइ उम्मेदवारसंग भएको ईमान्दारीता, क्षमता र दुरदर्शीतालाई हेरेर जनताले विश्वास गरेको बताउनुभएको हो । उहाले आफुलाई मत दिने मतदाताको भावनालाई उच्च कदर गर्दै जनताको भावना अनुसार अघि बढ्ने उल्लेख गर्नुभयो । जनताले आफुहरुलाई न्याय दिएको भन्दै उहाले अन्याय नहुने गरि काम गर्ने प्रतिवद्धता समेत जनाउनुभयो । ३५ हजार ९३ मत प्राप्त गरेर अर्याल काठमाडौं

    • प्रकाशित मितिः फागुन २३, २०८२
    • २४३ पटक पढिएको
  • काठमाडौं–७ बाट निर्वाचित गणेश पराजुली: जनताको विश्वासको उच्च कदर गर्दै भूमिका निर्वाह गर्ने

    इटहरी । काठमाडौं क्षेत्र नंवर ७ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रास्वपाका नेता गणेश पराजुलीले जनताले दिएको मतको उच्च कदर गर्दै कहिल्यै शिर निहुँराउनु नपर्नेगरि भूमिका निर्वाह गर्ने बताउनुभएको छ । शनिबार काठमाडौंमा सञ्चारकर्मीसंग कुरा गर्दै पराजुलीले अहिलेको निर्वाचनमा जनताले रास्वपाप्रति अपार विश्वास सहित परिवर्तनको जिम्मेवारी दिएको भन्दै अव जनताले दिएको मतको उच्च कदर गर्दै कहिल्यै शिर निहुँराउनु नपर्नेगरि भूमिका निर्वाह गर्ने बताउनुभएको हो । लोकतन्त्रमा जनताको म्यान्डेड भन्दा ठूलो केहि नहुने भन्दै अहिलको जित रास्वपाको नभइ नेपाली जनताको जित भएको उहाले बताउनुभयो । पराजुलीले संविधान संशोधनका

    • प्रकाशित मितिः फागुन २३, २०८२
    • १७५ पटक पढिएको
  • भक्तपुर १ मा रास्वपाका रन्जित विजयी, नेमकिपाको लगातार जितको श्रृंखला टुट्यो

    इटहरी । भक्तपुर क्षेत्र नम्बर १ मा रास्वपाका रुकेश रन्जित विजयी हुनुभएको छ । नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवाललाई पाँच हजार २ सय ८९ मतले पछाडि पार्दै रास्वपाका उम्मेदवार रन्जित विजयी हुनुभएको हो । रन्जितले ३३ हजार ४ सय ३६ मत प्राप्त गर्नुभयो भने सुवालले २८ हजार १४७  मत प्राप्त गर्नुभयो । कांग्रेसको किरण न्यौपाने चार हजार २८२ मत र एमालेका सोम मिश्रले तीन हजार ७२१ मत पाउनुभएको छ । भक्तपुर क्षेत्र नम्बर १ बाट निर्वाचित भएपछि रास्वपाका रुकेश रन्जितले जनताले दिएको जिम्मेवारी र जनतासंग गरिएको वाचाहरुलाई पुरा गरिने बताउनुभयो । देशको नीति निर्माण गर्ने कामको अभिभारालाई समेत गम्भीरतापूर्

    • प्रकाशित मितिः फागुन २३, २०८२
    • १६४ पटक पढिएको
  • रवि लामिछाने चितवन–२ बाट निर्वाचित, फरक मतको सम्मान गर्दै लोकतान्त्रिक संयमको प्रतिबद्धता

    इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले लोकतन्त्रमा फरक मतको सम्मान गर्दै संयमित भएर अघि बढ्ने बताउनुभएको छ ।  चितवन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएसंगै विजयी भएको प्रमाणपत्र लिएपछि पत्रकारहरुसँग कुरा गर्दै लामिछानेले मात्तिएर नभइ संयमित भएर प्रतिपक्षीलाई समेत साथमा लिएर फरक मतको सम्मान गर्दै अघि बढ्ने बताउनुभएको हो । उहाले रास्वपाका नेता लगाएत सवै कार्यकताहरु बढि जिम्मेवार हुनुपर्ने बेला आएको उल्लेख गर्नुभयो । जनताले दिएको जिम्मेवारी, जनताले चाहे खोस्न पनि सक्ने भएकाले रास्वपा सजक भएर अघि बढ्ने उहाको भनाइ छ । सभापति लामिछानेले विगतमा भएका कम

    • प्रकाशित मितिः फागुन २३, २०८२
    • १९० पटक पढिएको
  • इलाम–१ अपडेट: काजीमान कागते अघि, विनोद नेम्वाङ र निश्कल राई पछ्याउँदै

    इटहरी । इलाम–१ मा जारी मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा ९एमाले० का उम्मेदवार काजीमान कागतेले अग्रता लिनुुभएको छ । कागतेले अहिलेसम्ममा दुुई हजार ३९७ मत प्राप्त गर्नुभएको छ । श्रम संस्कृति पार्टीका विनोद नेम्वाङले दुुई हजार ३२६ मत प्राप्त गर्नुभएको छ । यस्तै, नेपाली कांग्रेसका निश्कल राईले दुुई हजार २९५, रास्वपाका विमल गदालले एक हजार १८१ मत प्राप्त गर्नुभयो । नेपाली कम्युुनिस्ट पार्टीका रणबहादुुर राईले ८२५ मत प्राप्त गर्नुभएको छ । इलाम–१ मा हालसम्म १० हजार ५६७ मत गणना भएको छ । इलाम–१ मा ६३ हजार ६९५ मत खसेको छ । 

    • प्रकाशित मितिः फागुन २३, २०८२
    • २४४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]