सुन्दरहरैंचा (मोरङ) : राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) मोरङले जिल्ला स्तरीय हाजिरी–जवाफ प्रतियोगिता सम्पन्न गरेको छ । बेलबारी बहुमुखी क्याम्पसको सभाहलमा आयोजित प्रतियोगितामा मोरङ जिल्लाभरिका १८ वटा निजी विद्यालयहरूको सहभागिता रहेको थियो । कार्यक्रम नेसनल प्याब्सन मोरङका उपाध्यक्ष पर्वत राईको अध्यक्षतामा सुरु गरिएको थियो भने नेसनल प्याब्सनका केन्द्रीय सदस्य नारायण प्रसाद ढकाल प्रमुख अतिथि रहेको थियो ।प्रतियोगिता कक्षा १ देखि ५ सम्मका विद्यार्थी (जुनियर समूह) र कक्षा ६ देखि १० सम्मका विद्यार्थी (सिनियर समूह) गरी दुई समूहमा विभाजित थियो। जुनियर समूहमा १३, र
इटहरी। ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकास्थित दुर्गम तथा विकट गाउँका लाभग्राहीलाई घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ। फक्ताङ्लुङ गाउँपालिका–६, लेलेपको दुर्गम तथा विकट गाउँ अम्जिलेसा, ग्याब्ला, फले र घुन्साका लाभग्राहीलाई घरैमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो। गाउँपालिकाका पदाधिकारीसहितका जनप्रतिनिधि र वडासचिवको टोलीले घरघरै पुगेर अशक्त ९अपाङ्ग०, एकल महिला र ज्येष्ठ नागरिक लगायतका लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता रकम वितरण गरेको हो। दुर्गम तथा विकट गाउँका लाभग्राहीको सहजताका लागि घर टोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको गाउँपालिकाका अध्यक्ष राजन लिम्ब
काठमाडौं । सुदूरपश्चिमको राजधानी धनगढीमा नेकपा एमालेनिकट युवा संघ नेपालका कार्यकर्ताहरूले नाराबाजी गरिरहेका जे(नजी युवाहरूलाई कुटपिट गरेका छन्। धनगढी बजारको कभर्डहल अगाडि एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतविरूद्ध चर्को नाराबाजी गरिरहेका २४ जना बढी जेन(जीको समूहमाथि युवा संघका कार्यकर्ता जाइलागेका हुन् । बस्नेतको बिरोधमा सडकमा प्लेकार्डसहित चर्को नाराबाजीसहित प्रदर्शनरत जेन(जीहरूलाई मोटरसाइकलमा आएका युवा संघका कार्यकर्ताले कुटपिट गरेका हुन्। कुटपिटबाट धनगढी उपमहानगरपालिका(४ की जेन(जी नेतृ सरिता जोशीको हातमा चोट लागेको छ। जोशीलाई निसर्ग अस्पतालमा लगिएको छ। आक्रमणमा गोपाल बोहरा लगायत युवा पनि सा
इटहरी | नेपालमा बोलीचालीमा लेप्चा भनिए पनि सही उच्चारण लाप्चा हो। लोपोन्मुख जातिहरूको सूचीमा परेका लाप्चा समुदायका व्यक्तिहरूको संख्या २०७८ को जनगणनाअनुसार जम्मा ३ हजार ५७८ मात्र छ। यति थोरै जनसंख्या भए पनि समुदायभित्र ३७ वटा भिन्न जाति–उपसमुदाय रहेको तथ्य आफैँमा निकै रोचक छ।यस्तै दुर्लभ तथ्य र लाप्चा समुदायसम्बन्धी विस्तृत जानकारी समेटिएको पुस्तक ‘द लाप्चा (The Disappearing People of East Nepal)’ हालै सार्वजनिक भएको छ। पुस्तकका लेखक इटहरीका समाजशास्त्र तथा मानवशास्त्रका उपप्राध्यापक अर्जुन उप्रेती हुन्। उनले पुस्तक तयार पार्न चार वर्षभन्दा बढी समय खर्चेका हुन्। यसअघि उप्रेतीले जसकुमार राईसँग
मोरङ | नझरेका फूलहरूको ५६औँ शृङ्खला यही मङ्सिर १३ गते शनिवार बिहान ७ बजे आयोजना गरिने प्रस्तोता केपी घिमिरेले जानकारी दिएका छन् । मोरङको सुन्दरहरैँचामा लामो समयदेखि गजल विधामा कलम चलाउने गजलकार रूपनारायण श्रेष्ठको मुख्य प्रस्तुति रहने गरि 'स्रष्टासँग शनिवार' कार्यक्रम आयोजना हुने बताइएको छ। उक्त कार्यक्रममा कवि सोम भट्टराईलाई सम्मान गरिनेसमेत घिमिरेले बताएका छन् । खोर्साने स्थित सृजना रेष्ट्रो एण्ड क्याफेमा बिहान ७ बजे आयोजना हुने उक्त कार्यक्रममा श्रेष्ठ र भट्टराईसहित अन्य स्रष्टाका रचना समेत प्रस्तुत गरिने तयारी गरिएको छ। इटहरी, बेलबारी, केराबारी,धरान, विराटनगर, पथरी, ग्रामथान, ले
इटहरी । ११औँ उद्योग दिवसको अवसरमा विराटनगरका उद्यमीहरूले विशेष प्रभातफेरी कार्यक्रम सम्पन्न गरेका छन् । नेपाल घरेलु तथा साना उद्योग महासङ्घको तोदी भवन कार्यालयदेखि कञ्चनजङ्गा ब्याङ्क्वेटसम्म गरिएको पदयात्राले उद्योग दिवसको उत्साहलाई झनै जीवन्त बनाएको हो । कार्यक्रमको महिला तथा पुरुष दुवैतर्फका उत्कृष्ट उद्यमी सम्मानित हुनुभएको छ । महिला तर्फबाट केराबारी दालमोट भुजियाकी सञ्चालिका भीमकुमारी राई सम्मानित हुनुभएको छ भने पुरुषतर्फ ओजस्वी एग्रिकल्चर फार्म प्राइभेट लिमिटेडका सञ्चालक ओमकार थापा सम्मानित हुनुभएको हो । स्थानीय उत्पादनलाई बजारमा प्रभावकारी रूपमा स्थापित गर्न राईको निरन्तर योगदान छ । त्यस
इटहरी | सामाजिक कार्यमा सक्रिय रहेको इटहरी लेडि जेसिसको २४ औँ वार्षिकउत्सवको अवसर पारेर रक्तदान कार्यक्रम गरेको छ। नेपाल रेडक्रस सोसाइटी इटहरी उपशाखा, लाइन्स क्लब अफ इटहरी एक्टिभ, इटहरी मेडिकल हल तथा विराट टिचिङ हस्पिटलको प्राविधिक सहयोगमा इटहरी चोक नजिकै गरिएको रक्तदान कार्यक्रमबाट कुल ३८ पिन्ट रगत संकलन भएको छ ।इटहरी लेडी जेसिसकी अध्यक्ष लक्ष्मी बरालका अनुसार सामाजिक तथा पुन्यका कार्यमा योगदान पुर्याउने उद्देश्यले वार्षिकोत्सवकै अवसर पारेर रक्तदान कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल रेडक्रस सोसाइटी इटहरी उपशाखाका अध्यक्ष दिनेश भट्टराईले रगतदानले
इटहरी । सडक दुर्घटनामा परी मृत्यु भएका पूर्व अर्थ राज्यमन्त्री हरिराज खेवासहित मृतकको सम्झनामा धनकुटाको सिधुवामा स्मृति पार्क बन्ने भएको छ । २०७३ मा छथरजोपाटी गाउँपालिका–६, सिधुवामा भएको दुर्घटनामा मृत्यु भएका व्यक्तिको सम्झनामा दुर्घटनास्थलमै हरिराज खेवा स्मृति पार्क बन्न लागेको हो । गत आर्थिक वर्षमा प्रदेश सरकार छथर जोरपाटी गाउँपालिका तथा स्थानीयको लागत साझेदारीमा करिब १२ लाख ३५ हजार रुपियाँको लागतमा दुई तले भ्यू पोइन्ट, रेलिङ, विश्रमालय निर्माण गरिएको हरिराज खेवा स्मृति पार्क निर्माण समितिका अध्यक्ष इन्द्रबहादुर गुरुङले जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा दुर्घटनामा परी मृत्यु भएका १३ व्यक
इटहरी । सुनसरीको झुम्का कारागारबाट फरार रहेका दुई कैदीबन्दी झापामा पक्राउ परेका छन्। मेचीनगर–६ स्थित इलाका प्रहरी कार्यालय काँकडभिट्टा र जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। राजस्व छलि मुद्दामा कैद भुक्तान गरिरहेका ५२ वर्षीय मदन पोखरेल र ५८ वर्षीय उत्तम ठकुरी जेनेजी आन्दोलनका क्रममा गत भदौ २४ गते झुम्का कारागारबाट फरार भएका थिए । विशेष सूचनाको आधारमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
इटहरी । सुनसरीको वराहक्षेत्र नगरपालिका–१ को चावाचा क्षेत्रमा रहेको ऐतिहासिक भग्नावशेष संरक्षणविहीन बनेको छ । वराहक्षेत्र–१ को जलकन्या सामुदायिक वन क्षेत्रमा रहेको दरबारको भग्नावशेषको संरक्षणमा चासो नपुग्दा ऐतिहासिक, पुरातात्विक भगवानवशेष संरक्षणविहीन बनेको हो । चतराधाम क्षेत्रबाट एक किलोमिटर उत्तर उकालो हिँडेपछि पुगिने हिन्दुपति दरबारको भग्नावशेष क्षेत्रबाट पुरातात्विक वस्तु हराउँदै गएको बताइन्छ । स्थानीयले देख्दै आएका हात्ती बाँध्ने फलामको साङ्लो, पत्थरको ओख्ली, फलामका हातहतियार बनाउन प्रयोग गरिने सामान, पुराना तामाको पैसा, तोपका गोला र साना तोप, रातो र कलेजी रङको प्वाँलोको माला, शिवको मूर्ति
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.