इटहरी । मोरङको विराटनगरमा आइतबार नेकपा एमाले नेता महेश बस्नेत सवार गाडीमा जेनजी युवाले रातो मसी छ्यापेका छन्। एयरपोर्ट लाइनको बाटोमा सडक किनाराबाट दौडिँदै आएको एक युवकले बस्नेत सवार गाडीमा रातो रङ फ्याँकेपछि गाडी केही क्षण रोकिएको थियो। प्रहरीले घटनापछि विराटनगर–२ का १९ वर्षीय अरजित कुँवर र विराटनगर–१ का २५ वर्षीय संजोग गौतमलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मोरङमा राखेको छ । प्रहरी भ्यानमा लगिँदै गर्दा पनि कुँवरले बस्नेतविरुद्ध नारा लगाइरहेको भिडियो सार्वजनिक भएको छ। उनले एमाले र बस्नेतमाथि सांकेतिक विरोध जनाउने उद्देश्यले रङ छ्यापेको बयान दिइएको छ। बस्नेत युवा संघको कोशी प्रदेशस्तरी
इटहरी। झापाको बिर्तामोड नगरपालिका–७, मियाबारीस्थित रेखा खोलामा शव फेला परेको छ । शव फेला परेपछि प्रहरीले दुईजनालाई पक्राउ गर्दै अनुसन्धान सुरु गरेको छ । अनारमनी इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठका अनुसार बिर्तामोड नगरपालिका–७, मियाबारीस्थित रेखा खोला नजिकै बिर्तामोड–६ निवासी ५२ वर्षीय आनन्द चौधरीको शव स्थानीयले गए राति फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालयको प्रहरी टोली घटनास्थल पुगेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए । राति कानुनी प्रक्रिया सम्पन्न गरी शव परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको उनले ब
इटहरी । झापामा सवारी दुर्घटनामा परेर एकजनाको ज्यान गएको छ । मेचीनगर नगरपालिका वडा नं। १५ हेद्लुबारीमा रोकिराखेको प्र।१–०१–००१ त ९९७७ ट्याक्टरसँग प्र।१–०१–०१३ प। ३३३६ नम्बरका मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक ३८ वर्षीय विनोद राउतको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार शनिबार बेलुकी भद्रपुरबाट इँटाभट्टातर्फ जाँदै गरेकोे मोटरसाइकलले सडकको छेउमा रोकिएको ट्याक्टरलाई ठक्कर दिँदा दुर्घटना भएको हो । घटनामा परेर गम्भीर घाइते बनेका मोटरसाइकल चालक राउतको उपचारको क्रममा शनिबार राति नै मृत्यु भएको जनाइएको छ । उक्त दुर्घटनामा परेर मोटरसाइकलको पछाडि सवार
इटहरी । कोशीटप्पु वन्यजन्तु आरक्ष प्राकृतिक चुनौतीको सामना गर्दै आएको छ । सप्तकोशी नदी र नदी उकास क्षेत्रमा रहेको आरक्ष क्षेत्रको सबैजसो भूभागले कोशीको कटानको सामना गर्दै आउनु परेको छ । सुनसरी, सप्तरी र उदयपुरलाई छोएको आरक्षको दुई तिहाई भाग नदी तटीय जङ्गल क्षेत्रमा रहेको छ । सबै भूभाग कोशीमै पर्ने हुँदा प्रत्येक वर्ष नदीमा आउने बाढी, डुबान र कटानको सामना आरक्षले गर्नु परेको कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालयले जनाएको छ । आरक्षका वरिष्ठ संरक्षण अधिकृत भुपेन्द्रप्रसाद यादवका अनुसार बर्खाको बाढीले संरक्षित जनावरको बासस्थान नै डुबान र कटानमा पर्दा जनवारको पारिस्थितिक पद्धतिमा ठुलो असर पुग्दै
इटहरी । चार करोड रुपियाँ पेस्की लिएर ठेकेदार फरार भएपछि विराटनगर महानगरपालिकाको चार वटा वडालाई जोड्ने सडक छ वर्षदेखि अलपत्र छ । विराटनगर महानगरपालिका अन्तर्गत कोशी राजमार्ग पश्चिमको विकल्पका रूपमा विराटनगर–५, ६, ११ र १२ नम्बर वडालाई जोड्ने सडक शिलान्यास भएको छ वर्ष र निर्माण सम्पन्न हुनुपर्ने म्याद सकिएको तीन वर्ष बितिसक्दा समेत बन्न सकेको छैन । प्रदेश सरकार अन्तर्गत पूर्वाधार विकास कार्यालय मोरङसँग जनकपुरस्थित देव एन्ड सायर आइएसएनबी जेभीले २०७७ असार ४ गते निर्माण सम्झौता गरेको थियो । विराटनगर महानगरपालिका ५, ६, ११ र १२ नम्बर वडालाई जोड्दै सीमा क्षेत्र रानीसम्म ९।३८ किलोमिटर सडकको शिलान्यास २०
इटहरी । उत्पादित अलैँचीले मूल्य पाउन थालेपछि भोजपुरका किसान उत्साहित भएका छन् । यस वर्ष अलैँची प्रतिमन ९४० किलोग्राम० रु ९८ हजारसम्ममा कारोबार भइरहेको टेम्केमैयुङ–५ चोलन्तीका किसान चक्रबहादुर विष्टले जानकारी दिनुभयो । केही वर्षयता अलैँचीले निरन्तर उकालो मूल्य पाउँदै आएकाले किसान खेती विस्तारमा झन् सक्रिय बनेको उहाँको भनाइ छ । यस वर्ष आफूले करिब साढे सात मन अलैँची उत्पादन गरेको उहाँले बताउनुभयो । गाउँका कतिपय किसानले अझै मूल्य बढ्ने आशामा उत्पादन बिक्री नगरी घरमै भण्डारण गरेर राखेका छन् । टेम्केमैयुङ–५ चोलन्ती अलैँचीको राम्रो उत्पादन हुने क्षेत्रका रूपमा परिचित छ । यहाँका करिब ८०–९०
इटहरी । म्याङलुङदेखि तमोर लुबुघाटसम्मको १८ किलोमिटर सडकखण्डको स्तरोन्नति भइरहेको छ । एक सातायता म्याङलुङ नगरपालिका–१ र २ ले संयुक्त रूपमा सडक स्तरोन्नति गरिरहेको छ । म्याङलुङ–१ का वडाध्यक्ष बुद्धिराज लिम्बूका अनुसार काम सम्पन्न भएपछि हिसाब गरेर आधा–आधा बजेट दुवै वडाले व्यहोर्ने छन् । म्याङलुङ–२ का वडाध्यक्ष राजकुमार लिम्बूले ८० प्रतिशत सडक स्तरोन्नतिको काम सकिएको बताउनुभयो । नगरपालिकाको स्काभेटर र ट्याक्टर प्रयोग गर्दै म्याङलुङ–१ र २ नम्बर वडाले मिलेर कच्ची सडक स्तरोन्नति गरिँदै छ । यो सडक सदरमुकामलाई छिमेकी जिल्ला पाँचथरको फिदिमसँग छोटो दूरीमा जोड्ने महत्त्वपूर्ण मार्ग हो । यो सडक पाँचथ
इटहरी । बराहक्षेत्र नगरपालिका–४ र ५ मा रहेको अमाह सिमसार अहिले आन्तरिक र बाह्य पर्यटकको आकर्षक गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ । करिब ५२ हेक्टरमा फैलिएको यो सिमसार क्षेत्र हरियाली जङ्गलको बीचमा अवस्थित आकर्षक प्राकृतिक भूदृश्यका कारण दैनिक रूपमा हजारौँ पर्यटकको गन्तव्य बनेको छ । अमाह सिमसारका अध्यक्ष भोजराज घलेका अनुसार सिमसारको मौलिक वातावरण, खुला क्षेत्रमा फैलिएको हरियाली र सिमसारभित्र बनाइएका चार ठूलाठूला पोखरी मुख्य आकर्षण हुन् । पहिला पोखरी जीर्ण अवस्थामा थिए तर सङ्घीय र प्रदेश सरकारको सहयोगमा जीर्णोद्धार गरिएपछि पोखरीमा अहिले विभिन्न प्रजातिका माछा हालिएको छ, अवलोकनका लागि पनि
इटहरी । ताप्लेजुङको एक मात्र आइटी एकेडेमीमार्फत दुई वर्षको अवधिमा ५९ जना युवाले रोजगारी पाएका छन् । उक्त एकेडेमीमा नै सीप सिकेका युवाहरूले रोजगारी पाएका हुन् । एकेडेमीको दोस्रो वार्षिक उत्सवको अवसरमा एक कार्यक्रमको आयोजना गरी यसबारे जानकारी गराइएको छ । एकेडेमीका हेड अफ एकेडेमी बसन्त पालुङ्वा लिम्बूका अनुसार हालसम्ममा एकेडेमीबाट एक सय ८१ जना युवाहरू दीक्षित भएका छन् । दीक्षित भएका अधिकांश युवाहरूले स्थानीय क्षेत्रदेखि विश्व बजारमा रोजगारी पाएका छन् ।कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारीमन्त्री खगेनसिंह हाङगामको प्रमुख आतिथ्यतामा वार्षिक उत्सव मनाइएको हो । डेनमार्कका नागरिक वाल्डेमर स्मिथको आर्थ
इटहरी । ‘कालो सुन’ भनेर चिनिने अलैँचीको निर्यातबाट नेपालले ठुलो मात्रामा विदेशी मुद्रा आर्जन गरिरहेको छ तर यसको आडमा नजानिँदो ढङ्गबाट करोडौँ रुपियाँ राजस्व अपचलन हुने गरेको तथ्य फेला परेको छ । किसानले प्रतिमन (४० किलो) एक लाख रुपियाँभन्दा बढी मूल्य पाइरहेको अलैँची निर्यात गर्दा व्यापारीले वास्तविक मूल्यभन्दा आधा कमको बिल (न्यून बीजकीकरण) बनाउने गरेको भन्सार विभागको तथ्यबाट फेला परेको छ । यसले गर्दा नाफामा लाग्ने करोडौँ रुपियाँको आयकर सिधै छली हुनुका साथै निर्यातबाट प्राप्त हुने अतिरिक्त मुद्रा अवैध मानिएको हुन्डीमार्फत ल्याइने गरेको समेत पाइएको छ । यसले अलैँची निर्यातसँगै अवैध कारोबारले
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.