इटहरी । झापाको शिवसताक्षी नगरपालिका–३ स्थित भोटे पुलमुनि नवजात शिशुको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गए राति नवजात शिशु (छोरा) को शव फेला परेको हो । घटनाको बारेमा स्थानीयले जानकारी गराए लगतै प्रहरी चौकी धरमपुरको प्रहरी टोली घटनास्थलमा पुगेको थियो । प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाएको प्रहरीले जनाएको छ ।

घटनाको अनुसन्धानका लागि प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।