सुनसरी । नेकपा एमालेले कात्तिक २९ गते सुनसरीका विभिन्न स्थानमा विशाल जनजागरण र्याली आयोजना गर्दै इनरुवामा भव्य कोणसभा सम्पन्न गरेको छ। जिल्लाभरिका नेता-कार्यकर्ता, युवा, व्यापारी, स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणको उल्लेख्य सहभागितासहित कार्यक्रम उत्साहपूर्वक सम्पन्न भएको हो।जिल्ला अध्यक्ष परशुराम यादवका अनुसार र्यालीमा ६,००० भन्दा बढी मोटरसाइकल सहभागी थिए। विभिन्न स्थानीय तह, वडा संरचना तथा जनस्तरसम्मको सक्रिय समन्वयमा इतिहासकै भीडसहित र्याली अघि बढेको उहाँले बताउनुभयो।र्यालीका प्रमुख मार्गहरूदुहबी र धरानबाट छुट्टिएर निस्किएका दुई ठूला मोटरसाइकल समूह इटहरीमा भेला भई रामधुनी हुँदै इनरुवा
इटहरी । अर्थोडोन्टिक सम्बन्धि १६ औं अन्तर्राष्ट्रिय सम्मेलन धरान उपमहानगरपालिकामा शुरु भएको छ । अर्थोडोन्टिक एण्ड डेन्टोफेसियल अर्थोपेडिक एसोसिएशन अफ नेपाल ९ओडान० र विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आयोजनामा धरानमा भएको सम्मेलनमा १०१ जनाको सहभागि छ । जसमा ११ जना छिमेकी देश भारतको प्रतिनिधिहरु र ९० जना नेपालको प्रतिनिधिहरु रहेको विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको एसोसिएट प्रोफेसर अर्थोडेन्टीस प्रभात रन्जन पोख्रेलले जानकारी दिनुभयो । सम्मेलनमा स्वदेश तथा विदेशका विज्ञहरूले अर्थोडोन्टिक उपचार, क्लिनिकल अभ्यास, नयाँ उपकरण तथा प्रविधि, अनुसन्धान विधि तथा दन्
इटहरी । उदयपुरको उत्तरी मध्यपहाडी क्षेत्रको मुर्कुची, रौता, जाते ग्रामीण सडक एक वर्षपछि खुलेको छ । जिल्ला सदरमुकाम गाईघाटबाट रौतामाई गाउँपालिकाको रौताको मुर्कुची बजार भएर पुवारे, भुटार हुँदै लिम्चुङबुङ गाउँपालिका(५, जाँतेसम्म जोड्ने करिब ४२ किलोमिटर सडकअन्तर्गत रौता(भुटार खण्ड अवरुद्ध भएको थियो । गत वर्षको वर्षाले ग्रामीण सडक भत्काइनुका साथै भुटारस्थित रसुवा खोलामा पुल नहुँदा अवरुद्ध बनेको थियो । हालै रसुवा खोलामा अस्थायी पुल निर्माण गरिनुका साथै अन्य अवरुद्ध हटाएपछि यस क्षेत्रका ग्रामीण सडकमा यातायात सञ्चालन हुन थालेका स्थानीय बताउँछन् । उक्त सडक सञ्चालन भएपछि शुक्रबारदेखि जाँते(भुटार(मुर्कुच
इटहरी । ताप्लेजुङको हाङदेवामा लडेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा फुङलिङ नगरपालिका १० फुरुम्बुका बीरबहादुर नुगो लिम्बू (सुविदार साइला)का ७ वर्षीया छोरी अर्पणा नुगो लिम्बू रहेका छन् । फुङलिङ नगरपालिका ९ हाङदेवामा डेरा गरी बसेका बालिकाको शुक्रबार साँझ लडेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक रोहित शर्मा बढइले जानकारी दिनुभयो । उहाँका अनुसार निर्माणाधीन मादेन वंशको माङहिम मन्दिरबाट लडेर बालिकाको मृत्यु भएको हो । घटना लगत्तै जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरी निरीक्षक जट्टा शंकर यादवको नेतृत्वमा प्रहरी टोली परिचाल
इटहरी । झापाको बुद्धशान्ति गाउँपालिका–६ सन्तपुरका एक वृद्धले आफ्नो शरीरमा आगो लगाएका छन् । शनिबार राति करिब ११ः३० बजे ८४ वर्षीय डिल्लीराम अधिकारीले घरबाहिर आगनमा गएर पेट्रोल खन्याई आफ्नै शरीरमा आगो लगाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । डिल्लीरामका काइला छोरा भोगेन्द्र अधिकारीले राति करिब १ बजे बुबालाई अचेत अवस्थामा देखेपछि इलाका प्रहरी कार्यालय (इ.प्र.का) बुधबारेमा जानकारी गराएका थिए । सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय बुधबारेबाट प्रहरी नायब निरीक्षक चन्द्रबहादुर राउतको नेतृत्वमा खटिएको टोलीले घटनास्थललाई सुरक्षित गरेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान तथा कानूनी प्र
इटहरी । इटहरी वडा नं. १७ मा रहेको श्री राम जानकी शान्ति बृद्धाश्रममा बस्दै आएका वृद्धा आमाहरुका निम्ति मानव अधिकार तथा शान्ति समाज सुनसरीले खाद्यन्न सामग्री प्रदान गरेको छ । शुत्रबार आफ्नो वार्षिकोत्सवको अवसरमा आमाहरुको दैनिक गुजारा टार्नका निम्ति चामल, चिनी र दाल सहयोग गरिएको संस्थाका जिल्ला सभापति रोबनराज कार्कीले बताए । वृद्धा आमाहरुलाई खाद्य सामग्री साहित्यकार टीका आत्रेयको प्रमुख आतिथ्यतामा प्रदान गरिएको हो । वृद्धाश्रम सञ्चालक समितिका सदस्य सन्तोष ओझाका अनुसार आश्रममा बस्ने महिलाहरुका लागि विभिन्न दातासँगै सरकारी निकायबाट पनि बेला बेलामा सहयोग गर्ने गरिएको छ ।
इटहरी । सौन्दर्यकर्मीहरुको व्यवससाय थप संकटमा परेको सौन्दर्यकर्मीहरुले गुनासो गरेकाछन् । शुक्रबार इटहरीमा जिफन्ट कोशीले आयोजना गरेको श्रमिकसंगको सम्वाद् कार्यक्रममा सौन्दर्यकर्मीहरुले पेशा नै संकटमा परेको गुनासो गरेकाहुन् । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल (नाबुन) इटहरीले सुनसरीका विभिन्न स्थानका सौन्दर्यकर्मीहरुलाई सहभागी गराएको थियो । बद्लिँदो राजनीतिक परिवेशमा श्रमिकसंग सम्वाद्मा सम्झना थापा उपभोक्तहरुसंग लिइने शुल्कमा एकरुपता नहुँदा सौन्दर्यकर्मीहरुबीच एकअर्कामा खिचातानी हुनेगरेको बताइन् । सकिए देशभरी नसकिए जिल्ला वा नगरमै भएपनि शुल्कमा समानता कायम गर्न जिफन्टको सहयोग हुनुपर्ने बत
इटहरी । कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले आफ्नै घरमै बसेर पनि आवास सुविधा लिएको भनेर सर्वत्र आलोचना भएको छ । विभिन्न समाचार माध्यमहरूमा पनि आफ्नै घर बसेर आवाज सुविधा लिएको समाचार प्रकाशित भएपछि मन्त्री भण्डारीले भाडावापत पैसा नलिएको जिकिर गरेका छन् । उनले कानुनले आवासवापत दिएको सुविधा प्रयोग गरेको बताउँदै गैर कानूनी आर्थिक लाभ नलिएको विज्ञप्तीमार्फत् स्पष्ट पारेका छन् ।उनले आफनै घरमा बसेर घरभाडा लिएको भन्ने कुरा भ्रामक रहेको बताउँदै उनले मुख्यमन्त्री र मन्त्रीहरुको पारीश्रमिक तथा सुविधा सम्बन्धि ऐन २०७५ को दफा ४ को उपदफा ३ अनुसार नै सुविधा लिएको
सुनसरी । नेकपा एमालेले कात्तिक २९ गते सुनसरीका विभिन्न क्षेत्रमा भव्य सहभागीता सहित जनजागरण र्याली र कोणसभाको तयारी पूरा गरेको जनाएको छ। पार्टीका जिल्ला अध्यक्ष परशुराम यादवका अनुसार यस पटकको र्यालीमा ३ हजारभन्दा बढी मोटरसाइकल सहभागी हुने अनुमान गरिएको छ। स्थानीय तहदेखि जनस्तरसम्म व्यापक रूपमा सहभागिता सुनिश्चित गर्न सबै पक्षले सक्रिय रूपमा अभियान सञ्चालन गरिरहेको उहाँले बताउनुभयो।एमाले सुनसरीले युवादेखि व्यापारी, स्थानीय प्रतिनिधि तथा तल्लो तहका संरचनालाई समेत समन्वय गर्दै र्यालीलाई ऐतिहासिक बनाउन तयारी तीव्र बनाएको छ। जिल्लाका विभिन्न भागमा मोटरसाइकल र्यालीका लागि टोलीहरू गठन गरिएका छन्
इटहरी। सहिदभूमि गाउँपालिकाले कात्तिक २८, ३० र मङ्सिर १ गते स्थानीय बिदा दिने निर्णय गरेको छ । कात्तिक २७ गते बसेको कार्यपालिकाको बैठकले कात्तिक २८ गते २०३६ सालमा भएको छिन्ताङ हत्याकाण्डमा सहादत प्राप्त गर्ने सहिदको सम्मानमा र कात्तिक ३० तथा मङ्सिर १ गते खाल्सा क्षेत्रको मुख्य पर्व वडाङ्मीको अवसरमा बिदा दिएको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यबहादुर भण्डारीद्वारा हस्ताक्षरित सूचनामा सबै वडा कार्यालय, शिक्षण संस्था, स्वास्थ्य संस्था, बैंक तथा सङ्घ–संस्थालाई जानकारी गराइएको छ । २०३६ सालमा कात्तिक २२ देखि २९ गते भएको हत्याकाण्डमा १६ स्थानीयले सहादत प्राप्त गरेका थिए । सरकारले २०७४ साल
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.