काठमाडौं | नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाल विद्यार्थी संघ (नेविसंघ) का निवर्तमान केन्द्रीय अध्यक्ष राजीव ढुंगानाले पार्टीलाई साँच्चिकै युवामुखी र गतिशील बनाउने समय आएको बताएका छन्।नेपाली कांग्रेसको चालू केन्द्रीय समिति बैठकमा शनिबार आफ्ना धारणा प्रस्तुत गर्दै उनले पार्टीभित्र युवाको सहभागिता संस्थागत गर्नुपर्नेमा जोड दिएका हुन्।ढुंगानाले भने, “कांग्रेस मुखले मात्र युवामय भयो भनेर हुँदैन, त्यसको व्यवहारमा पनि प्रमाण देखिनुपर्छ। त्यसका लागि अब पार्टीको विधानमै प्रावधान राख्नुपर्छ — पुराना क्रियाशील सदस्यताको २० प्रतिशत भाग ३० वर्षमुनिका युवाका लागि अनिवार्य रूपमा छुट्याइयोस्।”उनले पा
इटहरी/ सेवा बचत तथा ऋण सहकारी संस्था लि. इटहरी,सुनसरीको २५औँ वार्षिक साधारणसभा सभ्य र भव्य रूपमा सम्पन्न भएको छ।कार्यक्रमका प्रमुख अतिथि जेष्ठ शेयर सदस्य श्री कमला देवी काफ्ले रहनुभएको थियो। उहाँले सहकारीको निरन्तर प्रगति र पारदर्शी व्यवस्थापनका लागि शुभकामना व्यक्त गर्दै सहकारीले स्थानीय आर्थिक सशक्तीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभयो।साधारणसभामा संस्थाको उन्नयनका लागि विशेष योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान समेत गरिएको थियो।सम्मानित व्यक्तिहरूमा—पूर्व सञ्चालक श्रीमती रेणुका श्रेष्ठ (के.सी), संस्थापक अध्यक्ष स्व. जंग बहादुर खड्काकी धर्मपत्नी तथा संस्थापक सल्लाहकार शेयर
सुनसरी | सुनसरीको बराहक्षेत्र १० प्रकाशपुर बजारमा रहेकाे रामधुनी बचत तथा ऋण सहकारी संस्था को २८ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कार्यक्रमको प्रतिवेदन सस्थाका अध्यक्ष गणेश कुमार पौडलले प्रस्तुत गर्नु भएको थियो । आर्थिक वर्ष ८१/८२ मा सस्थाको कुल आम्दानी ९ करोड २० लाख ८८ हजार ६ सय ८८ रुपैया ३८ पैसा रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । सस्थाको आ.व. २०८१/८२ मा कुल नाफा २ करोड ३ लाख ८० हजार २ सय १० रुपैया प्रतिवेदनमा रहेकाे पौडेलले उल्लेख गरेका छन ।कार्यक्रमा विभिन्न विधामा उत्कृष्ट सेयर सदस्यहरुलाई सम्मान गरिएको छ । जस अन्तरगत सेयर बिधा , बचत बिधा , रेमिटेन्स बिधा ,बाल बचत बि
✍️विश्व प्रकाश तिम्सिना(शर्मा)युवा नेता-नेपाली कांग्रेस झापाफागुन २१ गते नेपाली कांग्रेसको आसन्न आन्तरिक चुनाव नजिकिँदै जाँदा पार्टीभित्र अब केवल नेतृत्वको प्रतिस्पर्धा मात्र होइन, दिशा र सोचको पुनर्विचारको बहस पनि तीव्र बन्दै गएको छ।९ लाख सदस्य रहेको पार्टीमा ६ लाखभन्दा बढीले सदस्यता नवीकरण नगरेको तथ्यांकले संगठनभित्रको असन्तुष्टि र विश्वास संकटको स्पष्ट संकेत गरेको छ। यसको दोष केवल शीर्ष नेतृत्वमा सीमित छैन; वडा, गाउँ, नगर, जिल्ला, प्रदेश हुँदै केन्द्रीय तहसम्मका सबै तहका नेतृत्वले पनि अब आत्मसमीक्षा र जवाफदेहिता लिनैपर्ने आवाज उच्चरित भएको छ।???? जेनजीको प्रश्न र नयाँ राजनीतिक चेतनाहालैको र
इटहरी । मोरङको पथरीमा जारी अन्तराष्ट्रिय आमन्त्रण दोस्रो ईन्ट्रा पथरीशनिश्चरे गोल्डकप–२०८२ को फाइनलमा आयोजक पथरी ११ फुटबल क्लब र सिरहाको सलहेश युवा क्लब भिड्ने भएका छन् । बिहीबार सम्पन्न दोस्रो सेमिफाइनलमा आयोजक पथरी ११ ले ’ए’ डिभिजन क्लब न्युरोड टिम (एनआरटी) लाई १–० ले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो । जाँतेमोडस्थित पथरी रंगशालामा भएको रोमाञ्चक खेलमा पथरी – ११ का सौर्य राउतले २५ औं मिनेटमा गरेको उत्कृष्ट गोल नै निर्णायक बनेको थियो । पथरी ११ फुटबल क्लबका खेलाडीहरूले खेल भरि नै आक्रामक प्रदर्शन गरेका थिए । उत्कृष्ट प्रदर्शनका लागि सौर्य राउत ‘म्यान अफ द म्याच’ घोषित हुनुभयो । राउतलाई प्
इटहरी । मोरङको बेलबारीमा रहेको पाराङहा एकेडेमीले मेमोरी ट्रेनिंग, क्रिएटिभ लर्निङ तथा लोकसेवा सम्बन्धी कक्षा संचालन गर्ने भएको छ । बेलबारीमा पत्रकार सम्मेलन गर्दै एकेडेमिले मेमोरी ट्रेनिंग र क्रिएटिभ लर्निङ तथा लोकसेवा सम्बन्धी कक्षा संचालन गर्ने जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक सुसान्त शर्माले बैज्ञानिक रूपमा मेमोरी टेक्निक सम्बन्धी तालिम दिँदै सृजनात्मक सिकाईको माध्यमबाट पढ्ने,सम्झने र लेखनको विशेष सीप विकास गर्दै उच्च प्रतिस्पर्धात्मक क्षमताको विकास गराउने उदेश्यका साथ कक्षा संचालन गर्ने बताउनुभयो । लोकसेवा, शिक्षक सेवा, संस्थान, संगठित संस्था आदिको परीक्षा तयारी गराउने
इटहरी । सुनसरीको इटहरी–२, आयुर्वेदिक टोलस्थित त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र द्वारा आयोजित श्रीमद्भागवत धन्याञ्चल सत्सङ्ग शुक्रबार सम्पन्न भएको छ । इटहरीलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन गत कार्तिक १४ गतेदेखि उक्त सत्सङ्गको आयोजना गरिएको थियो । सत्सङ्गमा हजारौँ भक्तजनहरूले सक्रिय सहभागिता जनाउँदै विभिन्न धार्मिक कथाहरू सुनेका थिए भने त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र परिसरमा स्थापित १०८ शिवलिङ्गको दर्शन गरी खुला रूपमा दान गरेका थिए । सत्सङ्गको पहिलो दिन कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले उद्घाटन गर्नुभएको थियो भने दोस्रो दिन मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सम्ब
इटहरी । लायन्स क्लब अफ इटहरी ग्रिन सिटी, लायन्स क्लब अफ तरहरा इटहरी, लायन्स क्लब अफ इटहरी बिजनेस प्रोफेसनल र लियो क्लब अफ इटहरी ग्रिन सिटीका नयाँ पदाधिकारीहरूको संयुक्त पदस्थापन सम्पन्न भएको छ । २०२५–२६ कार्यकालका लागि लायन्स क्लब अफ इटहरी ग्रिन सिटीको अध्यक्षमा सान्ता कोइराला थापा, लायन्स क्लब अफ तरहरा इटहरीमा पवन अधिकारी, लायन्स क्लब अफ इटहरी बिजनेस प्रोफेसनलमा किरण अधिकारी र लियो क्लब अफ इटहरी ग्रिन सिटीमा रिया गेलाल चयन हुनुभएको छ । कार्यक्रमका प्रमुख अतिथि लायन्स डिस्ट्रिक्ट गर्भनर बबरजंग थापाले चारै क्लबका नयाँ नेतृत्वलाई पदस्थापन गर्दै लायन्स क्लबको मूल्य, मान्यता र सेवा भावलाई आत्मसाथ
इटहरी | अभिनेता तथा गायक अशोक दर्जी अभिनित ‘मन बिनाको धन’ फिल्म शुक्रबारदेखि देशभर प्रदर्शनमा आएको छ। प्रदर्शनको पहिलो दिनदेखि नै फिल्मले उत्साहजनक दर्शक प्रतिक्रिया पाउँदै हाउसफुल शो देखाएको छ।फिल्ममा सडक बालकदेखि सांगीतिक सफलतासम्मको अशोक दर्जीको वास्तविक जीवन यात्रालाई भावनात्मक र नाटकीय ढंगले चित्रण गरिएको छ। कथा ‘मन’ र ‘धन’बीचको संघर्षमा केन्द्रित छ— जसमा अशोक दर्जीले कसरी “जिरोदेखि हिरो” सम्मको यात्रा तय गरे भन्ने प्रेरणादायी सन्देश प्रस्तुत गरिएको छ।निर्देशक टंक बुढाथोकीले अशोक दर्जीको जीवनलाई ‘मन बिनाको धन ठुलो कि धन बिनाको मन’ गीत मार्फत जनचेतनामा ल्याएका थिए। यही जीवनकथामा आधारित फिल
इटहरी । खोटाङमा थपिएका नयाँ मतदातामा ९० प्रतिशत जेनजी युवा रहेका छन् । निर्वाचन आयोगले सञ्चालन गरिरहेको मतदाता नामावली दर्तामा जिल्लामा हालसम्म ९ सय ४८ जनाले नाम दर्ता गराएका हुन् । जिल्ला निर्वाचन कार्यालय खोटाङमा हरेक दिन २० जनाभन्दा बढीले मतदाता नामावलीमा नाम दर्ता गराइरहेको कार्यालय पमुख रबिन मगरले जानकारी दिनुभयो । असोज १० देखि कात्तिक २० गतेसम्म ९ सय ४८ जनाले नाम दर्ता गराएका हुन् । उहाँका अनुसार थपिएका नयाँ मतदातामा ९० प्रतिशत भन्दा बढी जेनजी उमेर समुहका युवाहरु रहेका छन् । दश स्थानीय तह रहेको जिल्लामा सबै भन्दा धेरै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ३ सय ८८ जना नयाँ मतदाता थपिएका छन
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.