इटहरी । मोरङको सुन्दरहरैंचा नगरपालिका–१ र ग्रामथान गाउँपालिका–७ जोड्ने साधु टोल नजिकको खोलामा एक पुरुषको शव फेला परेको छ । मोरङको धनपालथान गाउँपालिका–५ बबियाका ५७ वर्षीय दुर्गा प्रसाद खवासको डुबेको अवस्थामा शव फेला परेको हो । शव पोस्टमार्टमका लागि कोशी प्रदेशिक अस्पताल विराटनगर पठाइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
इटहरी । मोरङको जहदा गाउँपालिका ३ बाट लागूऔषध गाँजा ओसारपोसारमा संलग्न एम्बुलेससहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगर र वडा प्रहरी कार्यालय हाटखोलाबाट खटिएको प्रहरी टोलीले जहदा गाउँपालिका ३ स्थितमा स १ च ६५६ नम्बरको एम्बुलेन्सलाई चेकजाँच गर्दा उक्त एम्बुलेन्सभित्र कालो रंगको झोलामा लुकाईछिपाई राखेको अवस्थामा ३३ किलो ६१० ग्राम लागूऔषध गाँजा बरामद गरेको हो । गाँजा बरामद भएसँगै ओसारपोसारमा संलग्न एम्बुलेन्स चालक विराटनगर ५ का ३२ वर्षीय दुर्गा प्रसाद राजवंशी र एम्बुलेन्स सँगै रहेका को ३१ प ८८८९ नम्बरको मोटरसाइकल चालक जहदा गाउँपालिका ३ का ३२ वर्षीय दिलिप कुमार रा
इटहरी । सोलुखुम्बुको लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थल यतिबेला निकै व्यस्त बनेको छ । यस विमानस्थलमा अहिले हवाईजहाज र हेलिकोप्टर गरी दैनिक १६० भन्दा बढी उडान हुन थालेको छ । सगरमाथालगायत विभिन्न हिमशृङ्खला अवलोकन गर्न आउने पर्यटकको चाप बढेसँगै विमानस्थलको व्यस्तता बढेको हो । हिमाल आरोहणको मुख्य सिजनमा केही दिन मौसम प्रतिकूल भएर विभिन्न स्थानमा रोकिएका पर्यटक अहिले धमाधम आउने जाने गर्न थालेका छन् । यतिबेला सोलुखुम्बुको माथिल्लो क्षेत्रको मौसममा पनि सुधार आउन थालेकाले पर्यटकको चहलपहल बाक्लिन थालेको छ । पर्यटक बढेपछि लुक्ला विमानस्थलमा विभिन्न कम्पनीलाई उडान भर्न भ्यानभ्याइ छ । मङ्गलबार तारा एयर
इटहरी । कोशी प्रदेश सरकारले तत्काल नयाँ सवारीसाधन खरिद नगर्ने भएको छ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका व्रmममा मन्त्रालय र विभिन्न कार्यालयका गरी २६५ वटा सवारीसाधन जलेर ध्वस्त भएका थिए । कतिपय मन्त्रालय र कार्यालयमा आवश्यकताभन्दा बढी नै सवारीसाधन रहेकाले त्यसैलाई सही तरिकाले व्यवस्थापन गर्दै काम चलाउने नीति रहेको प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर राना बताउनुहुन्छ । उहाँका अनुसार अहिले मन्त्रालय र विभिन्न कार्यालयमा गरेर २८ वटा सवारीसाधन आवश्यकताभन्दा बढी भएको जानकारी प्रदेश सरकारलाई प्राप्त भएको छ । प्रदेश सरकारको अहिलेको प्राथमिकता पुनर्निर्माणमा केन्द्रित भएकाल
फिदिम / फिदिम नगरपालिकाको संयोजन र घुन्सा फाउन्डेसनको सहयोगमा एसईई (SEE) तयारीका लागि अनलाइन शिक्षा कार्यक्रम सुरु गरिएको छ।यस कार्यक्रमको उद्देश्य ग्रामीण क्षेत्रका विद्यार्थीलाई शहरी स्तरको शिक्षा अवसर प्रदान गर्दै उनीहरूको शैक्षिक क्षमता अभिवृद्धि गर्नु रहेको छ। नगरभित्रका माध्यमिक विद्यालयका विद्यार्थीहरूले निःशुल्क अनलाइन कक्षा, इन्टरनेटमा आधारित अध्ययन सामग्री र प्रत्यक्ष सिकाइका माध्यमबाट एसईई परीक्षाको तयारी गर्न सक्ने व्यवस्था गरिएको छ।कार्यक्रमको शुभारम्भ गर्दै फिदिम नगर प्रमुख मित्रप्रसाद काफ्लेले भन्नुभयो “शिक्षा सबैका लागि पहुँचयोग्य हुनुपर्छ। प्राविधिक युगमा पछाडि परेका विद्यार्थ
इटहरी । शिक्षाको काम सिकारु वा बालबालिकामा अन्तरनिहित प्रतिभाको प्रस्फुटन गराउनु हो । प्रतिभाको पहिचान गरि प्रस्फुटन गराउने काम शिक्षकको हो । यसै क्रममा इटहरी वडा नं. १ मा सञ्चालित श्री राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीका निम्ति यस वर्षदेखि अतिरिक्त क्रियाकलाप अन्तर्गत ‘प्रतिभा प्रोत्साहन र अवसरका लागि राष्ट्रिय मावि आइडल’ प्रतियोगिता चलिरहेको छ । गायन, नृत्य, साहित्य लगायतका विधामा उत्कृष्ट विद्यार्थी उत्पादन गर्ने दृढताका साथ चलिरहेको आइडल प्रतिस्पर्धाको मंगलबार भएको क्वाटरफाइनलको सेलेक्सन चरणमा २७ जना विद्यार्थी छनोट भएका छन् । गायनमा १७ जना मध्ये ११ जना छानिएका छन् । यस्तै, नृ
इटहरी । धरानमा लागूऔषधसहित तीन जना पक्राउ परेका छन् । विशेष सूचनाका आधारमा लागूऔषध कारोबार भइरहेको भन्दै इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान उपमहानगरपालिका–१५, निराजन बस्ती, झण्डा पार्कस्थित लक्ष्मण परियारको घरमा छापा मारेको थियो । प्रहरीले घरमा खानतलासी गर्दा ट्रमाडोल २१० क्याप्सुल र नगद एक लाख तीन हजार बरामद पारेको छ। उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले धरान १५ निवासी २२ वर्षीय लक्ष्मण परियार, २६ वर्षीय सन्दीप राई र १९ वर्षीय सन्देश गुरुङलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूमाथि लागूऔषध नियन्त्रण ऐन अन्तर्गत थप अनुसन्धान भइरहेको छ।
इटहरी । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले बाह्य चिकित्सकको सिफारिसका आधारमासमेत आफ्नो प्रयोगशाला तथा रेडियोलोजिकल जाँच सेवा प्रयोग गर्न सकिने व्यवस्था लागू गरेको छ। प्रतिष्ठानले जारी गरेको सूचनाअनुसार, बिरामीले सामान्य बाह्य बिरामी विभागमा उपस्थित भई आवश्यक कागजात र निर्देशन प्राप्त गरेपछि सम्बन्धित काउण्टरमा बिलिङ प्रक्रिया पूरा गरी केन्द्रीय प्रयोगशाला र रेडियोलोजी विभागमा जाँच गराउन सक्ने छन्। प्रतिष्ठानका अस्पताल निर्देशक डा। जगत नारायण प्रसादका अनुसार यो सुविधा स्वास्थ्य बीमा, विपन्न नागरिक कार्यक्रम तथा अन्य नेपाल सरकारका सहयोगमा सञ्चालित कार्यक्रमहरूका बिरामीका लागि
इटहरी । मोन्था चक्रवातका कारण यही कात्तिक १५ देखि १७ गतेसम्म परेको अविरल वर्षाले कोशी प्रदेशमा धान र तरकारी बालीमा मात्र दुई अर्ब पाँच करोड रुपियाँभन्दा बढीको क्षति भएको छ । प्रदेश कृषि विकास निर्देशनालय, विराटनगरले सार्वजनिक गरेको प्रारम्भिक तथ्याङ्क अनुसार धान र तरकारी बालीमा यति ठुलो नोक्सानी भएको हो । निर्देशनालयका अनुसार प्रदेशको १२ हजार ६३२ हेक्टर क्षेत्रफलमा लगाइएको बालीनालीमा क्षति हुँदा ५८ हजार २६७।२६ मेट्रिक टन धान र तरकारी नष्ट भएको छ । निर्देशनालयकी सूचना अधिकारी पूर्णमाया गुरुङले दिएको जानकारी अनुसार समग्रमा दुई अर्ब पाँच करोड ५४ लाख ३६ हजार ७९० रुपियाँ बराबरको क्षति भएको छ । तथ्य
एपेक राष्ट्रिय काव्यमहोत्सव तथा काव्यचित्र सिर्जना शिविर–२०८२ को आयोजनाको जिम्मेवारी पाउँदा मैले एउटा सपना देखेँ—साहित्य, कला र सिर्जनाको संगमस्थल इटहरीमा एउटा एतिहासिक क्षण सृजना गर्ने सपना।शुरुमा असोज ४ गतेका लागि तय गरिएको कार्यक्रम पछि कार्तिक १५ गते सारियो। म कार्तिक १ गते नै काठमाडौंबाट इटहरी आइपुगेँ—हल बुकिङदेखि खानपान, साउन्ड सिस्टम, ब्यानर, मिडिया पार्टनर, फोटोग्राफी–भिडियोग्राफीसम्म सबै व्यवस्थापन पूरा भयो।कार्तिक १३ गते एपेक नेपालका अध्यक्ष विश्वमोहन श्रेष्ठ र कार्यकारी निर्देशक आउनुभयो। कार्तिक १४ गते वरिष्ठ साहित्यकार उषा शेरचन इटहरी आइपुग्नुभयो। त्यतिबेला मलाई लाग्यो—अब यो कार्यक
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.