समाज

    Showing २,६४१-२,६५० of ११,१६३ items.
  • झापाको अर्जुनधारामा मन्दिरभित्र ग्रीलको काम गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

    इटहरी । झापाको अर्जुनधारामा मन्दिरभित्र ग्रीलको काम गर्ने क्रममा करेन्ट लागेर एक युवाको ज्यान गएको छ । बिहीबार दिउसो १२ बजतिरको समयमा अर्जुनधारा –४ भाङबारीस्थित विन्दाबासिनी मन्दिर परिसरमा ग्रीलको काम गरिरहेका २३ वर्षीय गोविन्द मण्डलको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।प्रहरीकाअनुसार भारत धुपगढी स्थायी घर भई हाल बिर्तामोडमा सञ्चालित पूजा ग्रील उद्योगमा कार्यरत मण्डल करेन्ट लागेर घाइते भएपछि उपचारका लागि बिर्तासिटी अस्पताल लगिएको थियो ।  अस्पताल लग्नासाथ चिकित्सकहरुले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काले बताउनुभयो

    • प्रकाशित मितिः चैत १९, २०८२
    • २११ पटक पढिएको
  • पाँचथरमा पिकअप दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

    इटहरी । पाँचथरको हिलिहाङ गाउँपालिका–५, बञ्चरेडाँडा स्थित गुराँसे–सुभाङ सडक खण्डमा पिकअप  दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने  दुई जना घाइते भएका छन ।मृत्यु हुनेमा हिलिहाङ(५, सुभाङका २४ वर्षीय आवास माबो रहेको जिल्ला प्रहरी कार्यलय पाँचथरका प्रहरी नायब उपरीक्षक अनिषकुमार कर्ण जानकारी दिनुभयो । बिहीबार दिउँसो दुई बजे डोब्कीलेबाट सुभाङतर्फ जाँदै गरेको मे।१ च। ६०२९ नम्बरको अम्लिसो ९कुच्चो० बोकेको पिकअप गाडी अनियन्त्रित भई सडकबाट करिब ६० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । प्रहरी चौकी जोरपोखरीबाट प्रहरी निरीक्षक ज्ञानेन्द्र सुवेदीको कमान्डमा खटि

    • प्रकाशित मितिः चैत १९, २०८२
    • १७५ पटक पढिएको
  • पथरी शनिश्चरे –८ मा आरन – ठेकी बनाउने तालिम तथा ठेकी उद्योग अनुदान वितरण कार्यक्रम

    इटहरी । उत्तर पूर्वी मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं। ८ मा आरन र ठेकी बनाउने तालिमसँगै ठेकी उद्योग अनुदान वितरण गरिएको छ । मंगलबार वडा नं। ८ को सभाहलमा पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापोले एक कार्यक्रमका बिच आरन तथा ठेकी उद्यमीहरूलाई अनुदान वितरण गर्नु भएको हो । आफ्नो परम्परागत पेसा– व्यवसाय ठेकी बनाउने, तोङ्बाको भाडा बनाउने तथा अन्य काठजन्य सामाग्रीहरु बनाउने ७ जना युवा उद्यमीलाई काठ दुलो पार्ने मोटर र आरनको आगो फुक्ने विद्युतीय मेसिन, हतियार धार लगाउने विद्युतीय मेसिन वितरण गरिएको वडाध्यक्ष नविन कार्कीले बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि तुम्वापोले वडाभित्रका परम्प

    • प्रकाशित मितिः चैत १९, २०८२
    • २२४ पटक पढिएको
  • सन्धि सम्झौता खारेज र सीमा सुरक्षामा सेना खटाउनुपर्ने हर्क सम्पाङ राईको भनाइ

    इटहरी । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सम्पाङ राईले जेनजी आन्दोलनका कार्यक्रममा आन्दोलन भड्काउने र दमन गर्ने दोषी पक्षलाई छानबिन गरी कारबाही गर्नुपर्ने माग गर्नुभएको छ । बिहीबार प्रतिनिधिसभा बैठकमा धारणा राख्दै अध्यक्ष राईले भदौ २३ र २४ गते जेनजी आन्दोलनका कार्यक्रममा आन्दोलन भड्काउने र दमन गर्ने दोषी पक्षलाई छानबिन गरी कारबाही गर्नुपर्ने माग गर्नुभएको हो । उहाँले मुलुकमा सुशासन कायम गर्न सबै राजनीतिककर्मी र सार्वजनिक ओहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्नुपर्नेमा जोड दिनुभयो । मुलुकमा सुशासन कायम गरी भ्रष्टचार अन्त्य गर्न सबै लाग्नुपर्ने उल्लेख गर्दै राईले सार्वभौमसत्ता र स्वाभिमानमा प

    • प्रकाशित मितिः चैत १९, २०८२
    • २२८ पटक पढिएको
  • इटहरीमा भेट्रान गोल्डकप–२०८२ को पत्रकार सम्मेलन सम्पन्न

    इटहरी । छैटौं अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी भेट्रान गोल्डकप फुटबल प्रतियोगिता–२०८२ चैत २२ गतेबाट हुने भएको छ । बिहीबार इटहरीको संगीत चोकमा पत्रकार सम्मेलन गर्दै इटहरी–६ स्थित इटहरी भेट्रान क्लबको आयोजनामा हुने उक्त प्रतियोगिता चैत २२ गतेदेखि २८ गतेसम्म सञ्चालन हुने जानकारी दिइएको हो । प्रतियोगिताका सबै खेलहरू जनता बहुमुखी क्याम्पसको खेल मैदानमा हुनेछन् । आयोजकका अनुसार प्रतियोगितामा स्वदेश तथा विदेशका विभिन्न भेट्रान टिमहरूको सहभागिता रहनेछ । प्रतियोगिताले खेलकुदको विकास, स्वस्थ जीवनशैली प्रवद्र्धन तथा आपसी भाइचारा मजबुत बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ । क्लबका अध्यक्ष राम शरण

    • प्रकाशित मितिः चैत १९, २०८२
    • २५१ पटक पढिएको
  • टेम्केमैयुङमा क्षयरोग पहिचानका लागि एआई एक्स–रे स्क्रिनिङ शिविर सम्पन्न

    इटहरी । कोशी प्रदेश स्वास्थ्य निर्देशनालय र स्वास्थ्य कार्यालय भोजपुरको समन्वय तथा टेम्केमैयुङ गाउँपालिकाको आयोजनामा क्षयरोग टीबीको जोखिम समूह तथा स्वास्थ्य सेवाको पहुँच कम भएका समुदायलाई लक्षित गर्दै टीबी एआई एक्सरे प्रविधि मार्फत स्क्रिनिङ शिविर सम्पन्न गरिएको छ । शिविरमार्फत समुदायमा लुकेर बसेका सम्भावित क्षयरोग बिरामी पहिचान गर्ने उद्देश्यका साथ सक्रिय खोजपडताल गरिएको थियो। एआई प्रविधियुक्त एक्स–रे परीक्षणबाट स्थानीय बासिन्दाको स्वास्थ्य जाँच गरी आवश्यक परामर्श तथा थप परीक्षणका लागि सिफारिस गरिएको आयोजकले जनाएको छ । कार्यक्रमले स्वास्थ्य सेवाको पहुँच कम भएका समुदायमा क्षयरोगको प्रारम्भिक प

    • प्रकाशित मितिः चैत १९, २०८२
    • १८३ पटक पढिएको
  • वराहक्षेत्रमा नगर अस्पतालबाटै मोतिया बिन्दुको अप्रेसन , स्थानियलाई नगर बाहिर जानू पर्ने वाध्यताको अन्त्य

    इटहरी । बराहक्षेत्र नगरपालिका अन्तर्गत सञ्चालित नगर अस्पतालमा मोतियाबिन्दुको शल्यक्रिया सेवा सुरु भएसँगै स्थानीयवासीलाई उपचारका लागि बाहिर जानुपर्ने बाध्यताको अन्त्य भएको छ । चक्रघट्टि स्थित बराहक्षेत्र नगर अस्पताल परिसरमा सञ्चालित बराहक्षेत्र आँखा उपचार केन्द्रमार्फत मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया सुरु गरिएको नगर प्रमुख रमेश कार्कीले जानकारी दिनुभयो। अस्पतालले नियमित रूपमा विशेषज्ञ चिकित्सक ल्याई मासिक रूपमा मोतियाबिन्दुको परीक्षण तथा शल्यक्रिया सेवा प्रदान गर्दै आएको छ । नगर अस्पतालका निमित्त व्यवस्थापक दिवस बिष्टका अनुसार बिहीबार एकै दिन ४५ जनाभन्दा बढी बिरामीको मोतियाबिन्दुको सफल शल्यक

    • प्रकाशित मितिः चैत १९, २०८२
    • १७६ पटक पढिएको
  • इटहरीमा भव्य रूपमा सम्पन्न “सैप्रोल कविता कन्सर्ट–२०८२”

    इटहरी । सुनसरीको इटहरीमा तमु गुरुङ समुदायले वार्षिक रूपमा मनाउँदै आएको १७ औँ तमु एकता दिवस–२०८२ को अवसरमा आयोजना गरिएको कवि गौरी तमुको “सैप्रोल कविता कन्सर्ट–२०८२”सम्पन्न भएको छ । तमु भाषा, संस्कार, संस्कृति तथा साहित्यको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रम तमु ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद जिल्ला कार्यसमिति सुनसरीका अध्यक्ष दिलिप गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा आदिवासी जनजाति उत्थान राष्ट्रिय परिषदका उपाध्यक्ष रेशम गुरुङ प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। साथै, परिषदका केन्द्रीय वरिष्ठ उपाध्यक्ष डमबर गुरुङ, उपाध्यक्ष केशरमान गुरुङ केन्द

    • प्रकाशित मितिः चैत १९, २०८२
    • ४४७ पटक पढिएको
  • ताप्लेजुङमा दुई जनाले कारागारबाटै दिए एसईई

    इटहरी। ताप्लेजुङमा दुई कैदीबन्दीले कारागारबाटै माध्यमिक शिक्षा परीक्षा(एसईई) दिनुभएको छ । जिल्ला कारागार ताप्लेजुङमा सजाय भुक्तान गरिरहेका दुई परीक्षार्थीले यस वर्षको एसईई दिनुभएको हो ।जिल्ला कारागारमा रहेकामध्ये एक जनाले नियमित र एक जनाले ग्रेड वृद्धितर्फ परीक्षा दिएको जिल्ला प्रहरी प्रमुख ९डिएसपी० बेदप्रसाद गौतमले जानकारी दिनुभयो । ताप्लेजुङमा यस वर्ष जिल्लाभर ११ वटा केन्द्रमार्फत परीक्षा सञ्चालन भइरहेको छ । गत वर्ष १७ वटा केन्द्र रहेकामा यस पटक परीक्षार्थी सङ्ख्याका आधारमा ११ वटा मात्र केन्द्र कायम गरिएको शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख योगेश्वर भट्टराईले जानकारी दिनुभयो । जिल्लाभरबाट न

    • प्रकाशित मितिः चैत १९, २०८२
    • १७५ पटक पढिएको
  • कोशी प्रदेशमा ‘ब्यान्ड टु ब्राण्ड’ रणनीतिअन्तर्गत घरेलु मदिरालाई वैधानिक ब्राण्ड बनाउने तयारी, विराटनगरबाट पहल सुरु

    इटहरी। कोशी प्रदेशले परम्परागत घरेलु मदिरालाई प्रतिबन्ध ९ब्यान्ड० बाट ब्राण्ड बनाउने बहसमा एक कदम अगाडि बढाएको छ । कोशी प्रदेश योजना आयोगले घरेलु मदिरालाई व्यावसायिक उत्पादन र ब्राण्डिङ गर्न आवश्यक यन्त्र उपकरण निर्माण गर्नुका साथै कानुनी र नीतिगत प्रबन्धको तयारीलाई एक कदम अगाडि बढाएको हो । प्रदेश सरकारले ‘ब्यान्ड टु ब्राण्ड’ ९निषेधबाट ब्राण्डतर्फ० को रणनीतिक योजनाअनुसार घरेलु मदिरालाई अब प्रदेशको आर्थिक समृद्धिको आधार बनाउने तयारी थालेको हो । विराटनगरमा आयोजित पत्रकार भेटघाटमा प्रदेश योजना आयोगका उपाध्यक्ष तारानाथ निरौलाले विगतमा लुकिछिपी उत्पादन हुने मदिरालाई अब प्रविधिको प्रयोगमार्फत स

    • प्रकाशित मितिः चैत १९, २०८२
    • १५२ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]