समाज

    Showing २,६६१-२,६७० of ९,३५९ items.
  • बराहक्षेत्र–१० मा निशुल्क आँखा शिविर : सयभन्दा बढी स्थानीय लाभान्वित

    सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–१० मा सञ्चालन गरिएको निशुल्क आँखा शिविरबाट एक सयभन्दा बढी स्थानीयवासी लाभान्वित भएका छन्।शिविर वडा कार्यालयको पहलमा तथा बराहक्षेत्र नगरपालिका कार्यपालिकाको सहकार्यमा आयोजना गरिएको हो।वडा अध्यक्ष तेजबहादुर गुरुङका अनुसार आँखा जाँच गराउन आएका स्थानीयहरूको उल्लेख्य उपस्थिति रहेको थियो। उनका अनुसार स्थानीयको स्वास्थ्यप्रतिको चासो र सहभागिता उत्साहजनक रह्यो, धेरैले शिविरबाट प्रत्यक्ष लाभ पाए ।उक्त आँखा शिविर रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठानको आयोजनामा तथा तिलगंगा आँखा प्रतिष्ठान, काठमाडौंको व्यवस्थापनमा अत्याधुनिक प्रविधिसहित सञ्चालन गरिएको थियो।शिविरमा

    • प्रकाशित मितिः कार्तिक १७, २०८२
    • ४५६ पटक पढिएको
  • इलाममा नयाँ मतादाताका सङ्ख्या धमाधम थपिँदै

    इटहरी । आगामी फागुन २१ लाई निर्वाचनको मिति घोषणा भएसँगै इलाममा नयाँ मतादाताका सङ्ख्या धमाधम थपिँदै गएका छन् । फागुन २० गतेसम्म १८ वर्ष उमेर पुरा गरेका मतदाताले मतदान गर्न पाउने भएकाले पनि अहिले नयाँ मतदाताका रुपमा फोटो खिचाउने क्रम चलिरहेको जिल्ला निर्वाचन कार्यालय इलामले जनाएको छ । कार्यालयको तथ्याङ्क अनुसार गएको असोज ८ गतेसम्म १८ वर्ष पुरा भएका मतदाताको सङ्ख्या इलाममा दुुईलाख २७ हजार तीन रहेको छ । यी मध्ये पुरुष मतदाताको सङ्ख्या एक लाख १७ हजार ४३ र एक लाख ९ हजार ९५८ रहेको छ । असोज ९ गते पछाडि पनि नयाँ मतदाताको रुपमा फोटो खिचाउने क्रम चलिरहेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी कृष्ण लि

    • प्रकाशित मितिः कार्तिक १७, २०८२
    • २५८ पटक पढिएको
  • झापामा महिला गोल्डकप अन्तरराष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता सुरु

    इटहरी ।  झापा महिला गोल्डकप अन्तरराष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ । ‘मान्था’ चक्रवत्को कारण दुई दिनपछि सरेको सर्वाधिक राशिको प्रतियोगिता आजदेखि हुने भएको हो । कात्तिक २४ सम्म शिवसताक्षीस्थित दूधे रङ्गशालामा गोल्डकप हुने लागेको गोल्डपको सम्पूर्ण तयारी पूरा भएको आयोजक समितिका अध्यक्ष सन्तोष थोप्राले बताउनुभयो । आजको उद्घाटन खेलमा नेपाल पुलिस र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुँदैछ । रङ्गशालामा एकैपटक १५ हजार दर्शकले प्रत्यक्ष खेल हेर्न सक्ने गरी स्थायी र अस्याथी प्यारापिट निर्माण गरिएको छ । प्रतियोगितामा एपिएफ, नेपाल पुलिस, चर्च ब्वाइज युनाइटेड, त्रिभुवन आर्मी,

    • प्रकाशित मितिः कार्तिक १७, २०८२
    • ३३५ पटक पढिएको
  • वन अधिकृत श्रेष्ठविरुद्ध गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा मुद्दा दायर

    इटहरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय इलामका तत्कालीन र हाल भोजपुरमा कार्यरत डिभिजनल वन अधिकृत दानबहादुर श्रेष्ठविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ। आयोगका अनुसार श्रेष्ठले २०४८ साल असार २६ गतेदेखि २०८० साल फागुन १६ गतेसम्मको अवधिमा आफ्नो पारिवारिक सदस्यहरूसहित वैधानिक आम्दानी र प्रमाणित खर्चको तुलनामा एक करोड ४३ लाख १८ हजार ९३७ रुपियाँ ५२ पैसा बराबरको स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको पाइएको छ। अनुसन्धानका क्रममा श्रेष्ठले पेस गरेको सम्पत्ति विवरणमा देखिएका तलब–भत्ता, पारिवारिक आय, जग्गा बिक्री, व्याज, शेयर, कृष

    • प्रकाशित मितिः कार्तिक १७, २०८२
    • २८४ पटक पढिएको
  • नगरप्रमुख भट्टराईद्वारा आमाको स्मृतिमा अक्षयकोष स्थापना

    इटहरी ।  दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई तथा परिवारका सदस्यले आफ्नी स्वर्गीय आमा पदमकुमारी भट्टराईको स्मृतिमा अक्षयकोष स्थापना गरेका छन् ।  शैक्षिक क्षेत्रको विकास गर्दै भावी पुस्तालाई आर्थिक सहयोग उपलब्ध गराउने उद्देश्यसहित नगरप्रमुख भट्टराई तथा परिवारका सदस्यले आफ्नो गाउँ दोर्पाचिउरीडाँडामा सञ्चालित विद्योदय माध्यमिक विद्यालयमा ‘गुण–लक्ष्मी–पदमकुमारी अक्षयकोष–२०८२’ स्थापना गरेका हुन् । नगरप्रमुख भट्टराईसहित सात सन्तानकी स्व। आमा पदमकुमारीका नाममा स्थापना गरिएको अक्षयकोषमा पहिलो चरणमा  दुई लाख दुई हजार २२२ रकम जम्मा भएको विद्यालय व्यवस्थापन समिति

    • प्रकाशित मितिः कार्तिक १७, २०८२
    • ३१६ पटक पढिएको
  • पाँचथरमा छोराले बाबुको चिर्पट प्रहार गरी हत्या

    इटहरी ।  पाँचथरको हिलिहाङ गाउँपालिका १ फेदापका ६९ वर्षीय युवराज राई मृत अवस्थामा भेटिनुभएको छ । राईको शव स्थानीयले घरदेखि ५ मिटर दूरीमा रहेको करेसाबारीमा मृत अवस्थामा भेटेर प्रहरीलाई खबर गरेका थिए । राईको शरीरमा चोट पटक लागेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख (डिएसपी) अनिषकुमार कर्णले जानकारी दिनुभयो । उहाँलाई आफ्नै छोरा ३१ वर्षीय सन्देश राईले हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको कर्णले बताउनुभयो । घटनाबारे जानकारी पाए लगत्तै खटेको प्रहरी टोलीले सन्देशलाई पक्राउ गर्नका साथै मृतकको शव पोष्टमार्टमाका लागि जिल्ला अस्पताल पाँचथरमा ल्याइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले

    • प्रकाशित मितिः कार्तिक १७, २०८२
    • १४४ पटक पढिएको
  • ताप्लेजुङमा चौँरीको आक्रमणबाट एक विदेशी नागरिक घाइते

    इटहरी ।  ताप्लेजुङमा चौँरीको आक्रमणबाट एक विदेशी नागरिक घाइते हुनुभएको छ । फक्ताङलुङ गाउँपालिका –६ मा चरिरहेको चौँरीले आक्रमण गर्दा विदेशी नागरिक घाइते हुनुभएको हो । फलेबाट घुन्सातर्फ जाने क्रममा चौँरीले पछाडिबाट आक्रमण गर्दा स्विट्जरल्याण्डका नागरिक रोनाल्ड क्रिस्टोन घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख बेदप्रसाद गौतमले जानकारी दिनुभयो । उहाँ कञ्चनजङ्घा क्षेत्रको भ्रमणका लागि ताप्लेजुङ आउनुभएको थियो । अहिले उहाँको घुन्सास्थित स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उहाँलाई हेलिकोप्टरबाट थप उपचारका लागि बाहिर लैजाने तयारी गरिएको र हेलिकोप्टर आज आउने प

    • प्रकाशित मितिः कार्तिक १७, २०८२
    • २१३ पटक पढिएको
  • ताप्लेजुङमा दुई सय ४४ जनाले मतदाता नामावली दर्ता

    इटहरी । ताप्लेजुङमा दुई सय ४४ जनाले मतदाता नामावली दर्ता गराएका छन् । मतदाता नामावली खुल्ला भएको असोज १० गतेदेखि आइतबार सम्ममा दुई सय ४४ जनाले नाम दर्ता गराएका हुन् । नाम दर्ता गर्नेमा एक सय ३४ पुरुष र एक सय १० महिला रहेको जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङका निमित्त निर्वाचन अधिकारी वान्दवराज (विपिन) दुलालले जानकारी दिनुभएको छ । उहाँका अनुसार १९ जनाले आफ्नो नाममा भएको त्रुटि सच्याएका छन् । यस्तै ८९ जनाले ठाउँ सारी गरेकोमा ११ जिल्ला भित्रकै एक स्थानबाट अर्को स्थानमा सार्ने रहेका छन् भने बाँकी ७८ जनाले जिल्ला बाहिर नाम सारी गरेका छन् । साथै जिल्लामा मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकन सिफारि

    • प्रकाशित मितिः कार्तिक १७, २०८२
    • २३१ पटक पढिएको
  • इटहरीमा 'मिस्टर एण्ड मिस रोयल नेपाल २०८२' : परिवेश र अञ्जिला खड्का विजेता घोषित

    इटहरी — रोयल नेपाल इभेन्ट्स द्वारा आयोजना गरिएको मिस्टर एण्ड मिस रोयल नेपाल २०८२ को भव्य ग्राण्ड फाइनल इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा भव्य रूपमा सम्पन्न भएको छ।प्रतियोगितामा देशभरका प्रतिस्पर्धीबीच भएको कडा प्रतिस्पर्धा, प्रतिभा, आत्मविश्वास र व्यक्तित्व मूल्यांकनपछि मिस्टर रोयल नेपाल 2082 का रूपमा परिवेश खड्का र मिस रोयल नेपाल 2082 का रूपमा अञ्जिला खड्का विजेता घोषित भएका छन्।विजेताहरूलाई कार्यक्रमका मुख्य निर्णायक  रूपमा मिस प्रेमा लामगादे, भने जुरी सदस्यहरूमा मिस आयुष्मा बराल, मिस सोनिया चाम्लिङ, अर्शु महर्जन र रोनक अग्रवाल रहेका थिए ।यस वर्षका लागि देशभरिबाट छनोट गरिएका १६ जना उत्

    • प्रकाशित मितिः कार्तिक १७, २०८२
    • ६६९ पटक पढिएको
  • बाढी–पहिरोपछि इलाममा पुनर्निर्माण ठप्प, एमाले द्धारा सरकारलाई ध्यानाकर्षण गराइयो

    इटहरी । गत असोज १८ गतेको बाढी पहिरोबाट भएको विपद्पछि इलाममा पुनर्निर्माण र पुुनःस्थापनाका लागि कुनै काम सुुरु हुन नसकेको भन्दै नेकपा एमाले इलामले सरकारको ध्यानाकर्षण गराएको छ । एमाले इलामका अध्यक्ष गणेशप्रसाद बराल नेतृत्वमा गएको टोलीले इलामका प्रमुख जिल्ला अधिकारी सुनीता नेपालमार्फत सरकारलाई ज्ञापनपत्र बुुझाउँदै सरकारको ध्यानाकर्षण गराएको हो । इलामलाई विपद् सङ्कटग्रस्त जिल्ला घोषणा गरे पनि अहिलेसम्म कुनै कामको थालनी नभएको भन्दै तत्काल पुनर्निर्माण र पुनःस्थापनाको काम थाल्न ज्ञापनपत्रमार्फत आग्रह गरिएको छ । असोज १८ को बाढी पहिरोपछि अहिले पनि मेची राजमार्गको राजदुवाली माइखोला सडक अवरुद्ध भइरहेको

    • प्रकाशित मितिः कार्तिक १६, २०८२
    • ३९९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]