काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अब नेपालमा सामाजिक सञ्जाल बन्द नहुने स्पष्ट पार्नुभएको छ । बुधबार सिंहदरबारमा डिजिटल सञ्चारमाध्यम आवद्ध बिभिन्न संघ संस्थासंस्थाहरुसंगको छलफलका क्रममा मन्त्री खरेलले सामाजिक सञ्जाल अहिलेको नयाँ मूलधारको सञ्चारमाध्यम भएकाले सामाजिक सञ्जाललाई बन्द नगर्ने स्पष्ट पार्नुभयो । सामाजिक सञ्जाललाई व्यबस्थीत र जिम्मेवार बनाउने काममा सरकारलाई सरोकारवाला सवैले साथ दिनुपर्ने उहाले बताउनुभयो । मन्त्री खरेलले नयाँ मूलधारको सञ्चारमाध्यमलाई सरकारले चिनेको भन्दै सदैव प्राथमिकतामा राख्ने उल्लेख गर्नुभयो । उहाले अनलाइन सञ्चारमाध्यमको नविकरण र दर्ता सूच
काठमाडौं । सोलुखुम्बु जिल्लामा विदेशी पर्यटकलाई उद्धारका लागि गएको अल्टिच्युड एयर प्रालिको हेलिकोप्टर दुर्घटनामा सकुशल रहन सफल भएका पाइलट क्याप्टेन विवेक खड्कालाई काठमाडौं ल्याउन लागिएको छ । ९एन–एएमएस दर्ता नम्बरको हेलिकोप्टर आज बिहान दुर्घटनामा परेको थियो । कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिअनुसार हेलिकोप्टर बिहान ७ः४१ बजे लुक्लाबाट लोबुचेका लागि उडेको थियो र अवतरणको क्रममा बिहान ७ः५२ बजे दुर्घटनामा परेको थियो । कम्पनीले दुर्घटनामा हेलिकोप्टरका पाइलट क्याप्टेन विवेक खड्का सकुशल रहेको र क्याप्टेनलाई तत्काल उद्धार गरी सुरक्षित स्थानमा ल्याइएकाले कुनै मानवीय क्षति नभएको कम्पनीले स्पष्ट गरेको छ
इटहरी । झापा मेचीनगरका अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरुको करार सेवा रद्द गरेपछि कर्मचारी धर्ना सुरु गरेका छन् । नगरपालिकाले एकैसाथ १३८ जनाको करार सेवा रद्द गरेको थियो । संघीय सरकारको खर्च कटौतीको निर्णयअनुसार गत कात्तिक १ गतेदेखि एकसय ३८ कर्मचारीलाई एकैसाथ नगरपालिकाले निकालेपछि कर्मचारीमा आश्रित परिवारको बिचल्ली भएको बताइएको छ । बुधबार कार्यालय खुलेपछि करार सेवा रद्द गरिएका कर्मचारीले आएर नगरपालिकाको मुख्य गेटनजिक बसेर धर्ना सुरु गरेका हुन् । उनीहरुले करार सेवा रद्द नगर्न र पूर्ववत अवस्थामा काम गर्न पाउनु पर्ने एक सूत्रीय माग अघि सारेका छन् । उनीहरुको मागलाई कतिपय कार्यापाल
इटहरी । खोटाङको सावाकटहरेका वडाध्यक्ष जेफर राईले उदाहरणीय काम गरेका छन्। कुर्सीमा बसेर निर्देशन दिने परम्परागत वडाध्यक्षभन्दा फरक, उनले यस सिजनमा ४० मन अलैंची बेचेर ३६ लाख ८० हजार रुपैयाँ आम्दानी गरेका छन्। वडाध्यक्ष राईले ३० वर्षअघि बुबाले सुरु गरेको अलैंची खेतीलाई ुजोनिया बहुउद्देश्य कृषि फर्मु मार्फत निरन्तरता दिँदै १२५ रोपनी जग्गामा यसको विस्तार गरेका छन्। गत वर्षभन्दा यस वर्ष अलैंचीको उत्पादन बढेको र प्रतिमन ९२ हजार रुपैयाँका दरले बिक्री भइरहेको उनले बताए। तराईबाट व्यवसायीहरू घरमै आएर अलैंची खरिद गर्ने गरेका छन्। यस पटक सावाकटहरेबाट ८ करोड रुपैयाँ बराबरको अलैंची बिक्री हुने अनुमान गरिएको
इटहरी । दमक नगरपालिका–२ पाङ्गिनीचोक नजिक गए राति यात्रीवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छभने अन्य २१ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार दमकबाट मोरङको टाँडीतर्फ गइरहेको बा २ ख १९८३ नम्बरको बस दुर्घटना हुँदा त्यसमा ३५ जना सवार थिए । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । अन्य २० जना उपचारपछि घर फर्केका छन् । बस चालक मोरङ मिक्लाजुङ–३ का ३९ वर्षीय भक्तबहादुर दर्जीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
इटहरी । हिमाली पर्यटकीय क्षेत्र सोलुखुम्बुको माथिल्लो खुम्बु क्षेत्रमा हिमपात भएको छ । देशभर मौसममा आएको परिवर्तनसँगै खुम्बुमा हिउँ पर्न थालेको हो । खुम्बु पासाङल्हामु गाउँपालिकाको तेङ्बोचेभन्दा माथिल्लो क्षेत्रमा मङ्गलबार बिहानैदेखि हिमपात भइरहेको सगरमाथा प्रदूषण नियन्त्रण समितिका अध्यक्ष लामाकाजी शेर्पाले बताउनुभयो । पर्यटकीय सिजनमै खुम्बु क्षेत्रमा हिमपात भएपछि पर्यटन प्रभावित भएको छ । सगरमाथा क्षेत्रको भ्रमणमा रहेका स्वदेशी तथा विदेशी पर्यटक होटेलमै सुरक्षित रहेको जनाइएको छ । स्थानीय प्रशासन र होटेल सञ्चालकले पर्यटकको सुरक्षा र आवश्यक सुविधाका लागि सुरक्षित रहन आग्रह गरेका छन्
इटहरी। हिमालको काखमा अवस्थित पासाङल्हामु निकोल निक्की अस्पताल, लुक्लाले आफ्नो २० औं वार्षिकोत्सव भव्य रूपमा मनाउँदै विगत दुई दशकमा प्राप्त उपलब्धिहरू सार्वजनिक गरेको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ ९फोनिज० का सल्लाहकार एवम् अस्पतालका कार्यकारी निर्देशक पासाङकाजी शेर्पाका अनुसार स्थापना भएको २० वर्षमा अस्पतालले तीन लाखभन्दा बढी बिरामीको उपचार र एक हजार पाँच सय शिशुको सुरक्षित जन्म गराएको छ । सगरमाथा आरोहणको सम्झनामा स्थापना गरिएको यस सामुदायिक अस्पतालले हिमाली क्षेत्रका स्थानीयवासीदेखि स्वदेशी र विदेशी पर्यटकसम्मका लागि जीवनरक्षक स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । दुवै महान महिलाको न
इटहरी । सोमबार रातिदेखि मौसम बदलिएसँगै ताप्लेजुङमा चिसो बढेको छ । सामान्य वर्षा र उच्च हिमाली भेगमा हिमपात सुरु भएकाले जिल्लामा चिसो बढेको हो । चिसोका कारण सदरमुकाम फुङ्लिङ बजारसहित जिल्लाको माथिल्लो भेगको जनजीवन प्रभावित बनेको छ । सोमबार रातिदेखि निरन्तर वर्षा भइरहेको र करिब तीन हजार ५०० मिटरभन्दा माथि उचाइ रहेको क्षेत्रमा हिमपात भएपछि चिसोले हिमाली भेगको जनजीवन प्रभावित बन्दै गएको छ । यहाँको फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको फले, घुन्सा र वडा ७ ओलाङ्चुङगोला तथा याङ्मासहित हिमाली भेगका बस्तीहरुमा चिसो निकै बढेको छ । याङ्माका स्थानीय पेमा शेर्पाका अनुसार निरन्तरको वर्षा र बस्ती नजिकसम्म हिउँ परे
इटहरी | त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र, कोशी प्रदेशको आयोजनामा तथा केन्द्रको केन्द्रीय समितिको अभिभावकत्वमा “नेपालभूमिमा वृन्दावन, वृन्दावनमा ज्येष्ठ नागरिक आश्रम” शीर्षकअन्तर्गत चतुर्मास जीवनदर्शन सत्सङ्ग कार्यक्रम हुन लागेको छ। सो कार्यक्रममा स्थानीय समुदाय तथा कोशी प्रदेश सरकारको समेत सहभागिता रहने केन्द्रले जनाएको छ।कार्यक्रम इटहरी–२, सुनसरीस्थित त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र कोशी प्रदेश कार्यालय तथा माया घर नेपालको छेउमा निर्माण गरिएको कलात्मक भक्तपुर शैलीको इँटाको आसन र नेपालकै ढुंगाबाट बनेको १०८ शिवलिङ्गको स्थापना एवम् प्राण प्रतिष्ठा समारोह सँगै सम्पन्न हुने भएको हो।धार्मिक पर्य
पाँचथर | फिदिममा जारी आठौं तरुण गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिन आइतबार सम्पन्न दुवै खेलमा हिलिहाङ गाउँपालिका र घरेलु टोली फिदिम नगरपालिका विजयी भएका छन्।पहिलो खेलमा हिलिहाङ गाउँपालिकाले साविक विजेता तुम्बेवा गाउँपालिकालाई ५–० को फराकिलो अन्तरले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो। खेलको सुरुवातदेखि नै बलमा नियन्त्रण जमाएको हिलिहाङले तीव्र आक्रमणका साथ अग्रता लिएको थियो। पहिलो हाफमै दुई गोल गर्दै हिलिहाङले खेलमा दबदबा कायम गर्यो।हिटेन सुहाङ र नवराज माझीले समान दुई–दुई गोल गर्दै टोलीको जित सुनिश्चित गरे भने निरोज लिङदेनले एक गोल थपेका थिए। तुम्बेवा गाउँपालिका साविकका विजेता भए पनि
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.