समाज

    Showing २८१-२९० of ९,३२८ items.
  • मोरङ–३ को भूमि समस्या समाधानका लागि विशेष पहल गर्न सांसदको आग्रह

    इटहरी । मोरङ निर्वाचन क्षेत्र नम्बर ३ को भूमि समस्या समाधानका लागि प्रतिनिधिसभामा विशेष ध्यानाकर्षण गराइएको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै  मोरङ निर्वाचन क्षेत्र नं ३ बाट निर्वाचित संघीय सांसद गणेश कार्कीले  मोरङ–३ मा करिब ४० वर्षअघि गरिएको सट्टा भर्ना प्रक्रियाका कारण अहिले पनि हजारौँ नागरिक अन्यायमा परेको बताउनुभयो ।  उहाँले सट्टाभर्नाका क्रममा कतिपय स्थानमा अरूले बसोबास गरिरहेको जग्गा वितरण गरिएको, केही व्यक्तिले सूचीमा नाम राखे पनि नयाँ स्थानमा नबसी पुरानै ठाउँमा बस्दै आएको तथा वास्तविक गरिब नागरिकहरू समस्यामा परेको उल्लेख गर्नुभयो । उहाँले कतिपय अवस्थामा वास्तविक जोतभोग ग

    • प्रकाशित मितिः जेठ ५, २०८३
    • १४१ पटक पढिएको
  • इन्द्रमणि पराजुलीद्वारा प्रहरीलाई नागरिकमैत्री सेवा प्रवाह प्रभावकारी बनाउन निर्देशन

    इटहरी । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले प्रहरी प्रशासनलाई नागरिकमैत्री सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ । सोमबार जिल्ला प्रहरी कार्यालय मोरङको निरीक्षण तथा अनुगमनका क्रममा मन्त्री पराजुलीले विभिन्न शाखा, हिरासत कक्ष, सूचना सञ्चार कक्ष, प्रहरी काम कारबाही, सेवा प्रवाह, अभिलेख व्यवस्थापन लगायतका विषयको अवलोकन गर्नुभएको थियो । निरीक्षणपछि कार्यालय तथा मातहतका प्रहरी कर्मचारीहरूसँग छलफल गर्दै उहाँले कार्यालयको समग्र अवस्था, सेवा प्रवाह र अनुशासन प्रति खुशी व्यक्त गर्नुभयो । मन्त्री पराजुलीले शान्ति सुरक्षा कायम राख्न प्रहरी संगठनको भूमिका महत

    • प्रकाशित मितिः जेठ ५, २०८३
    • ९७ पटक पढिएको
  • जङ्गली च्याउ खाँदा तीन जना बालबालिकाको अकालमा मृत्यु

    इटहरी । चितवनको इच्छाकामना गाउँपालिका–१ कुलबाङमा जङ्गली च्याउ खाँदा गम्भीर बिरामी परेका तीन जना बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा नौ वर्षीया नमूना चेपाङ, ११ वर्षीय सञ्जय चेपाङ र १३ वर्षीया मनिता चेपाङ हुनुभएको छ । उहाँहरू एउटै परिवारका सदस्य हुनुहुन्छ । राष्ट्रिय माध्यमिक विद्यालय हात्तीबाङका प्रधानाध्यापक लोकबहादुर मगरका अनुसार नमूनाको यही जेठ १ गते घरमा नै मृत्यु भएको थियो । सञ्जयको गत शनिबार राति उपचारका क्रममा निधन भएको हो भने मनिताको मङ्गलबार बिहान ६ बजे भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उहाँले जानकारी दिनुभयो । गत वैशाख २९ गते श्यामबहादुर चेपाङको पाँच जनाको परिवारले जङ्

    • प्रकाशित मितिः जेठ ५, २०८३
    • १५१ पटक पढिएको
  • दश महिनामा तीन अर्ब ६१ करोड राजस्व सङ्कलन

    इटहरी । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२ र ८३ को १० महिनामा रु तीन अर्ब ६१ करोड ८४ लाख २२ हजार राजस्व सङ्कलन गरेको छ । यो रकम सो अवधिका लागि तय गरिएको लक्ष्यको ८२ दशमलव २१ प्रतिशत हो । कार्यालयका कर अधिकृत डिल्लीराम चम्लागाईका अनुसार चालु आवको वैशाख मसान्तसम्म रु चार अर्ब ४० करोड १५ लाख ४० हजार राजश्व सङ्कलन गर्ने लक्ष्य राखिएको थियो । वैशाख महिनामा मात्र रु ४२ करोड ८५ लाख ६३ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा लक्ष्यको ८३ दशमलव ८७ प्रतिशत मात्र सङ्कलन भएको उहाँले जानकारी दिनुभयो । कार्यालयका तथ्याङ्कअनुसार चालु आवको वैशाख महिनासम्ममा आयकरबाट रु एक अर्ब ६८ करोड ६८ ला

    • प्रकाशित मितिः जेठ ५, २०८३
    • १७४ पटक पढिएको
  • नुन पनि गुणस्तहीन ! आयोडिनविहीन नुन बिक्री रोक्न माग

    इटहरी ।चिकित्सक तथा जनस्वास्थ्यकर्मीले नेपालमा आयोडिनको कमीले हुने जनस्वास्थ्य समस्याको जोखिम देखिने खतरा बढेकामा गम्भीर चिन्ता व्यक्त गर्दै तत्काल आयोडिनविहीन नुन बिक्रीवितरणमा प्रतिबन्ध लगाउन सरकारको ध्यानाकर्षण गराएका छन् । उहाँहरुले नेपाल भारत खुला सीमाका कारण यहाँका व्यापारिक ‘सुपर मार्केट’ तथा खाद्यन्न पसलमा  आयोडिनविहीन भारतीय नुन खुलमखुला बिक्री वितरण भइराखेकामा चिन्ता व्यक्त गर्दै आम उपभोक्ताको स्वास्थ्यमा असर पुर्‍याउन यस्ता नुनलाई  बजार अनुगमन गरेर जफतसमेत गर्न तीनै तहका सरकारसँग आग्रह गरेका छन् ।  अर्कोतर्फ सरकारले नुन बिक्री वितरणमा निजी क्षेत्रलाई प्रवेश गराएपछि बज

    • प्रकाशित मितिः जेठ ५, २०८३
    • ९५ पटक पढिएको
  • चिनी निर्यातमा पूर्ण प्रतिबन्ध, उद्योगमा चिनीको समस्या हुन सक्ने

    इटहरी । भारत सरकारले सन् २०२६ सेप्टेम्बरसम्मका लागि चिनी निर्यातमा पूर्ण प्रतिबन्ध लगाएपछि नेपालका बिस्कुट, चकलेट, कन्फेक्सनरी र जुस उद्योग सङ्कटमा पर्ने देखिएका छन् । भारतको यो कदमले स्वदेशी उत्पादनले माग धान्न नसक्ने अवस्थामा रहेका नेपाली उद्योगलाई कच्चा पदार्थ अभाव हुने निश्चित भएको भन्दै उद्योगीले तेस्रो मुलुकबाट हुने चिनी आयातमा भन्सार महसुल घटाउन सरकारसँग माग गरेका छन् । नेपालमा वार्षिक करिब दुई लाख ५० हजार मेट्रिक टन चिनी खपत हुने गरेको छ, जसमध्ये स्वदेशी उद्योगले करिब एक लाख ५० हजार मेट्रिक टन मात्र उत्पादन गर्न सक्छन् । बाँकी एक लाख मेट्रिक टन चिनीको आपूर्ति मुख्य रूपमा भारतबाट हुँदै

    • प्रकाशित मितिः जेठ ५, २०८३
    • ७७ पटक पढिएको
  • झापाको काँकरभिट्टामा डेढ करोडको सुन र २० हजार अमेरिकी डलरसहित भारतीय नागरिक पक्राउ

    इटहरी। झापाको काँकरभिट्टाबाट डेढ करोडको सुन र २० हजार अमेरिकी डलरसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । सोमवार मेचीनगर–६ काँकरभिट्टास्थित भन्सार ढाँटमा सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेडक्वाटर काँकरभिट्टावाट सशस्त्र प्रहरी सहायक निरीक्षक सन्तोषकुमार तामाङको कमाण्ड तथा मेची भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ सिटी सफारीमा आउँदै गरेका भारत पश्चिम बंगाल कोलकात्ता बस्ने वर्ष ३९ का परम पाठकलाई पक्राउ गरेको हो । उनलाई शंका लागेर चेकजाँच गर्दा उनको साथबाट सुन, अमेरिकी डलर, भारतीय रुपियाँलगायत बरामद भएको हो । उनको साथबाट १ करोड ४४ लाख ३० हजार ८१५ रुपियाँ बराबरक

    • प्रकाशित मितिः जेठ ५, २०८३
    • २२३ पटक पढिएको
  • सोलुखुम्बुमा एआइ पत्रकारिता तालिम

    इटहरी। विश्वको सर्वोच्च शिखर सगरमाथाको फेद सोलुखुम्बुमा पत्रकारितालाई आधुनिक प्रविधिसँग जोड्ने उद्देश्यले एआइ पत्रकारिता सम्बन्धी तीन दिने तालिम सुरु गरिएको छ । ग्रामीण तथा हिमाली जिल्लामा कार्यरत पत्रकारलाई डिजिटल सीप र कृत्रिम बुद्धिमत्ता (एआइ) सम्बन्धी ज्ञानसँग अभ्यस्त गराउने लक्ष्यसहित तालिम सञ्चालन गरिएको हो । नेपाल पत्रकार महासङ्घ सोलुखुम्बु शाखाको आयोजना तथा आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशको सहयोगमा जिल्ला सदरमुकाम सल्लेरीमा आजदेखि तालिम सुरु भएको जनाइएको छ । तालिममा जिल्लाका विभिन्न सञ्चारमाध्यममा कार्यरत २५ जना सकृय पत्रकारहरु सहभागी छन् । तालिम उद्घाटन गर्दै सोलुखुम्बु

    • प्रकाशित मितिः जेठ ५, २०८३
    • ९१ पटक पढिएको
  • दिक्तेलमा खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव सुरु

    इटहरी। जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा ‘तेस्रो बृहत् खोटाङ–हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८३’ आइतबारबाट औपचारिक रूपमा सुरु भएको छ । नेपाल खेलकुद प्रतिष्ठान खोटाङ र नेपाल सितोरियो कराते सङ्घ खोटाङले संयुक्तरुपमा आयोजना गरेको खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव यही जेठ–९ गतेसम्म सञ्चालन हुने छ । खेलकुदको माध्यमबाट खोटाङलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउँदै पर्यटन प्रवर्धन गर्न महोत्सवको आयोजना गरिएको आयोजक नेपाल खेलकुद प्रतिष्ठानका अध्यक्ष सञ्जयकुमार राईले जानकारी दिनुभएको छ । महोत्सवमा एथलेटिक्स, खुला पुरुष बुद्धिचाल र साहित्यिक प्रतियोगिताहर

    • प्रकाशित मितिः जेठ ५, २०८३
    • ९६ पटक पढिएको
  • खुम्बु पासाङल्हामु गाउँपालिकाको ५९ करोड बढी राजश्व सङ्कलन

    इटहरी। खुम्बु पासाङल्हामु गाउँपालिकाले हालसम्म सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय राजश्व बापत कुल ५९ करोड ७८ लाख ३७ हजार तीन सय दुई रुपियाँ ७८ पैसा राजश्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०८२–८३ साउनदेखि वैशाख मसान्तसम्म १० महिनाको अवधिमा उक्त राजश्व सङ्कलन गरेको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाले आर्थिक वर्ष २०८२–८३ मा बाँडफाँट भई प्राप्त हुने पर्वतारोहण बापतको रोयल्टी शीर्षकमा सबैभन्दा बढी राजश्व सङ्कलन गरेको हो ।जसमा १४ करोड ६४ लाख ४७ हजार ६ सय २५ रुपियाँ नौ पैसा सङ्कलन गरेको खुम्बु पासाङल्हामु गाउँपालिका लेखा अधिकृत चेतनाथ कटेलले जानकारी दिनुभयो। उहाँका अनुसार दोस्रोमा पर्यटन शुल्क बापत १३

    • प्रकाशित मितिः जेठ ५, २०८३
    • ९७ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]