इटहरी । चट्याङ लागेर झापामा एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार बिर्तामोड नगरपालिका–३ निवासी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको मृत्यु भएको हो । आज बिहान ११ः०० बजे वर्षासँगै परेको चट्याङ लाग्दा उहाँ घाइते हुनुभएको थियो । मुसहर बस्ती निवासी उहाँ खेतमा बाख्रा लिन गए बेला उहाँलाई चट्याङ लागेको प्रहरीले जनाएको छ । घाइते ऋषिदेवलाई उपचारका लागि बिर्तासिटी अस्पताल लैजाँदा उहाँको बाटोमा नै मृत्यु भएको हो ।
इटहरी । पाँचथरको याङवरक गाउँ पालिका ४ को कालिका निशान धाममा धुमधामका साथ जोर निशान नचाइएको छ । वर्षौंदेखिको परम्परालाई निरन्तरता दिँदै यहाँ कम्फु र जङ्गे नामका जोर निशान धुमधाम साथ नचाइएको हो । यी निशान प्रत्येक वर्ष महानवमीका दिन नव दुर्गा भवानीको प्रतिक र शक्तिका रुपमा पुजा गरेर नचाउने चलन छ । यो वर्ष पनि निशान प्रदर्शनीलाई निरन्तरता दिइएको हो । यी निशान १८३१ साल देखि देखाउन थालिएको इतिहास छ । नेपाल राज्य एकिकरणका क्रममा लिम्बूवान फौज र साह बंशीय सेनाबिच छ पटक सम्म भएको युद्धमा दुवैतर्फ हारजित नभएपछि साह सम्झौता गर्दै साह बंशीय राज्यका सेनाले लिम्बुवानलाई उपहार स्वरुप छोडेका २ वटा निशान सहित
इटहरी । पथरी शनिश्चरे नगरपालिकाबाट प्रतिनिधित्व गर्दै मिस्टर नेपाल २०२५ न्यु म्यान अफ द वल्र्ड नेपालको उपाधि जित्न सफल प्रतिभाशाली युवा प्रकाश चौहानलाई गृहनगर पथरी शनिश्चरेमा भव्य कार्यक्रमका साथ स्वागत गरिएको छ । उहाँलाई स्वागत पछि नगर परिक्रमा पनि गरिएको हो । पथरी शनिश्चरे वडा नं ४ का वडाध्यक्ष लोक किरण न्यौपाने, पथरी शनिश्चरे जेसीज वर्ष –२०२५ की अध्यक्ष निर्मला भट्टराई, समाजिक व्यक्तित्व हिक्मत श्रेष्ठ, लगायत विभिन्न संघसंस्था तथा व्यक्तित्वहरूले मुहार चित्र, खदा सहित अबीर टीकाले बधाई तथा थप सफलताका लागि शुभकामना प्रकट गर्नुभएको थियो । पथरी शनिश्चरे नगरवासी सहित देश–विदेशम
इटहरी । हरेक वर्षझैँ यस वर्ष पनि बडादशैंको अवसरमा विराटनगरका विभिन्न स्थानमा दुर्गा भवानी सहितका देवी–देवताको माटोको मूर्ति स्थापना गरी आकर्षक मण्डप सजाइएको छ । एक मण्डप बनाउन करिब पाँच लाख देखि साढे १२ लाख रुपैयाँसम्म खर्च भएको बताइएको छ । यसपटक विराटनगरको करिब ३ किलोमिटर क्षेत्रभित्र मात्रै डेढ दर्जनभन्दा बढी मण्डप निर्माण गरिएको छ । यसरी सजाइएका मण्डपमा दर्शन गर्न आउने भक्तजनले विश्वासका साथ पूजा गर्दा मनोकामना पूरा हुने र परिवारमा सुख–शान्ति आउने धारणा राखेका छन् । मण्डप निर्माणमा नेपालका भन्दा पनि भारतीय मिस्त्रीलाई बढी रोजाइमा पारिएको छ । मूर्ति निर्माण देखि बिजुली तथा सजावट सम्म भारतीय
इटहरी । जेनजी आन्दोलनपश्चात् क्षतिग्रस्त कार्यपालिकाको भवनमै सोमबार इटहरी उपमहानगरपालिकाको १५० औँ कार्यपालिका बैठक सम्पन्न भएको छ । बैठकले नगरवासीको सुरक्षालाई प्राथमिकता दिँदै शान्ति, जनसुरक्षा र सेवा प्रवाहलाई प्रभावकारी बनाउन चारवटा महत्वपूर्ण निर्णय गरेको मेयर हेमकर्ण पौडेलले जानकारी दिनुभयो । निर्णय अनुसार शान्ति–सुरक्षा सुदृढ गर्न इलाका प्रहरीलाई उपयुक्त स्थानमा पुनः व्यवस्थित गरिने छ । सोही स्थानबाट ट्राफिक प्रहरी मार्फत सेवा प्रवाह गर्ने व्यवस्था मिलाइने निर्णय समेत गरिएको छ । यसले इटहरीभित्रको भिडभाड नियन्त्रण, दुर्घटना न्यूनीकरण र यातायात सहज बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । जेन
इटहरी । आगजनी तथा तोडफोडका कारण क्षतिग्रस्त इलाका प्रहरी कार्यालय दमक झापाको भवन पुनःस्थापित गरिएको छ । पुनःस्थापित गरिएसँगै प्रहरीहरु काममा फर्किएका छन् । सोमबार फूलपातीको अवसर पारेर प्रहरी नायब उपरीक्षक रामप्रसाद तिम्सिना सहित इलाका प्रहरी कार्यालयमा सेवारत प्रहरीहरुलाई फूलमाला, खादा ओढाएर स्थानीयले स्वागत गरेको दमक उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपाल गुरागाईंले बताउनुभयो । प्रहरीहरुलाई कोशी प्रदेशसभा सदस्य होमबहादुर थापा, दमक नगरपालिकाका प्रमुख रामकुमार थापा लगायतले स्वागत गर्नुभएको थियो । जेनजी प्रदर्शनका क्रममा आगजनीबाट दमक प्रहरीका पाँचवटा पक्की भवन र गाडीहरुमा क्षति पुगेको थियो भने प्रह
इटहरी । बुढीगङ्गा गाउँपालिकामा हरेक सोमबार लाग्ने साप्ताहिक हटियाको दिन सडक नै अवरुद्ध हुने समस्या रहेको छ । हटियाका कारण प्रमुख सडकखण्डमा भीडभाड बढ्दा सवारी सञ्चालनमा कठिनाइ हुने र सडकमै व्यापार गरिने भएकाले सवारी दुर्घटनाको जोखिम समेत उच्च छ । स्थानीय निकायले हटिया व्यवस्थापनमा चासो नदिएको भन्दै सर्वसाधारणले असन्तुष्टि जनाएका छन् । गाउँपालिकाले केही समय अघि गाउँ प्रहरी भर्ना गरे पनि हटिया व्यवस्थापनमा उनीहरूको उपस्थिति नदेखिएको स्थानीयको गुनासो छ । गाउँ प्रहरीको प्रमुख जिम्मेवारी मध्ये हटिया र सार्वजनिक स्थलहरूको व्यवस्थापन पनि पर्छ तर हालसम्म उनीहरूको सक्रियता देखिएको छैन । स्थानीयवासीहरूले
इटहरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ नडाहा चतरा जंगल नजिक मदन भण्डारी लोकमार्गमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार झण्डाचोकबाट नडाहातर्फ आउँदै गरेको प्रदेश १–०२–०४६ प ४३३४ नम्बरको स्कुटर सोमबार राति ११ः५५ बजेतिर अनियन्त्रित भई सडक छेउको सिमेन्टको पर्खालमा ठोक्किँदा चालक ३५ वर्षीय कमल पौडेलको घटनास्थलमै मृत्यु भएको हो। मृतक पौडेल बराहक्षेत्र–५ कालाबन्जारका निवासी हुन्। घटनापछि इलाका प्रहरी कार्यालय चतराबाट खटिएको टोलीले कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अन
इटहरी । ‘ग्रेण्डर मेसिन’ले राँगा काट्ने तयारीका क्रममा आफ्नै खुट्टा काटिँदा झापामा एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका–१ का ३५ वर्षीय रमेश परियार रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सोमबार साँझ परियारले आफ्नै घरमा राँगा काट्ने तयारी गर्नुभएको थियो । तर, अचानक आफ्नै बायाँ खुट्टा ग्रेण्डरमा परेपछि उहाँ घाइते हुनुभएको थियो । घाइते परियारलाई उपचारका लागि तत्काल विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज ल्याइए पनि उहाँको अत्यधिक रक्तश्रावका कारण गएराति मृत्यु भएको प्रहरी नायब निरीक्षक चन्द्रकुमारी चेम्जोङले जानकारी दिनुभयो ।
इटहरी। ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा ९मुक्कुमलुङ० दर्शन गर्ने भक्तजन घटेका छन् । दसैँ पर्वसँगै मूख्य सिजन ९मौसम० सुरु भएको र यो मुख्य मौसममै पाथीभराको दर्शन गर्ने भक्तजनको सङ्ख्या घटेको हो । पाथीभरा दर्शन गर्ने मुख्य मौसम दसैँ तिहारको समयलाई लिने गरिन्छ । यो मौसममा पनि दसैँको नवरात्रीको समयलाई निकै महत्व दिएर भक्तजनले पाथीभराको दर्शन गर्ने गर्दछन् । नवरात्रीको समयमा नेपालका विभिन्न जिल्लासहित भारतको सिक्किम, दार्जिलिङ लगायतबाट पाथीभरा दर्शनका लागि उल्लेख्य रुपमा भक्तजन आउने गरेका थिए । कुनै वर्ष एकैदिन १५ हजार बढी भक्तजनले पाथीभराको दर्शन गरेको तथ्याङ्क रहेकोमा यसवर्ष भने नवरात्रीक
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.